क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

दलित अनलाईन २ जेष्ठ २०८१, बुधबार १८:१३

काठमाडौँ — उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ । काठमाडाैँ जिल्ला अदालतकाे फैसला उल्ट्याउँदै उच्च अदालत पाटनले निर्दाेष ठहर गरेकाे हाे।

काठमाडाैँ जिल्ला अदालतले सन्दीपलाई किशाेरी बलात्कार मुद्दामा दाेषी ठहर गर्दै ८ वर्ष जेल सजाय ताेकेकाे थियाे। उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई निर्दोष ठहर गरेकाे हाे।

आफूलाई बलात्कार गरेकाे भन्दै एक किशाेरीले २०७९ भदाै २१ मा गाैशाला प्रहरी वृत्तमा किटानी जाहेरी दर्ता गरेकी थिइन्।

बलात्कार मुद्दामा सफाइ पाएसँगै सन्दीपकाे विश्वकप खेल्ने सम्भावना बढेकाे छ। आगामी जुन २ बाट सुरु हुने विश्वकप क्रिकेट खेल्नकाे लागि नेपाली टाेली त्यसतर्फ प्रस्थान गरेकाे छ। सन्दीपकाे विश्वकपबारे निर्णय गर्ने आजै क्यानकाे बाेर्ड बैठक बस्दैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank