दिनेश सुनारले तोडे जापानका खेलाडीले १० वर्षअघि बनाएको विश्व कीर्तिमान

दलित अनलाईन साउन १, २०७९

काठमाडौं— जापानिजले राखेको रेकर्ड १० बर्षपछि तोड्दै नेपाली पार्कर खेलाडी दिनेश सुनारले अमेरिकामा सातौं विश्व रेकर्ड राखेका छन् । उनले गत मे ४ मा गरेको विश्व रेकर्ड प्रयासलाई गिनिज बुकले औपचारिक रुपमा दर्ता गरेको हो । ३० सेकेण्डभित्र स्कीपिंग गर्दै उनले १४ पटक ब्याकवार्ड समरसल्ट हानेर रेकर्ड कायम गरेका हुन् । यस अगाडि यो रेकर्ड १० बर्ष अगाडि जापानका डाइसुके मिमोराले कायम गरेका थिए ।

उनले बच्चाहरूलाई पार्कर खेलमा प्रेरित गर्न यो शीर्षकको प्रयास गरेको बताएका गिनिज बुकले उल्लेख गरेको छ । उनले यो रेकर्ड प्रयास अमेरिकाको एक्रोनमा गरेका थिए ।

सुनारको छैठौं विश्व रेकर्ड गिनिज बुकले गत महिना दर्ता गरेको थियो ।  ३० सेकेण्डमा १३ पटक फुल ट्वीस्ट ब्लाक फ्लीप्स गरेर सुनारले यो रेकर्ड कायम गरेका थिए । उनले जुन १० मा ओहायोको एक्रोनमा रेकर्ड प्रयास गरेकोमा उक्त प्रयास सफल भएको थियो ।

गत बर्ष ओहायोको एक्रोनमा सनसाईन तेक्वान्दो एकेडेमीको प्रायोजनमा सुनारले ‘द मोस्ट स्टाण्डिङ फूल ट्वीस्ट ब्याक समरसल्ट इन थर्टी सेकेण्ड’ शीर्षकमा विश्व रेकर्ड राखेका थिए ।

उनी ३० सेकेन्डको समयमा १२ पटक सम्म ट्वीस्ट ब्याक समरसल्ट हान्न सफल भएका थिए । यस बिधामा विश्व रेकर्डका लागी ३० सेकेन्ड मा ८ पटक सम्म ट्वीस्ट ब्याक समरसल्ट हान्नुपर्ने भएपनि उनले १२ पटकसम्म हानेका थिए । उनले आफ्नो पुरानो रेकर्डलाई समेत तोडेर उक्त नयाँ रेकर्ड कायम गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank