सुनसरी — सुनसरीको सिमावर्ती स्थानीय तह कोशी गाउँपालिका वडा ७ को वडाध्यक्षमा मुसहर समुदायका २४ वर्षीय लालदेव सदा विजयी भएका छन् ।
सदा नेकपा माओवादी केन्द्रबाट मुसहर समुदायका युवा उम्मेदवार हुन् । यसपटकको निर्वाचनमा निर्वाचित भएका उम्मेदवारमध्ये मुसहर समुदायबाट लालदेव प्रदेश १ कै पहिलो वडाध्यक्ष जनप्रतिनिधि हुन्
उनले आफ्नो निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र महतोलाई १७० मतले पछि पार्दै निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनले ६११ मत ल्याउँदा पराजित महतोले ४४१ मत ल्याएका थिए । लालदेवसँगै उनको प्यानल नै वडामा विजयी भएको छ ।
Leave a Reply