काभ्रे — धुलिखेल नगरपालिकामा दोस्रो पटक अशोक ब्याञ्जु निर्वाचित भएका छन् ।
ब्याञ्जुले स्वतन्त्र उम्मेदवार विदुर बस्नेतलाई ९४० मतले पराजित गर्दै नगर प्रमुखमा निर्वाचित भए। यसैगरी धुलिखेल नगरपालिकाको उपप्रमुख पदमा नेपाली काँग्रेसका उम्मेदवार निराजन जङ्गम विजयी भएका छन् । उनलेले एमालेकी लालतारा अधिकारीलाई १४७ मतले पराजित गरिन ।
यसैगरी धुलिखेल नगरपालिकाको वडा अध्यक्षमा काग्रेसका सन्तबहादुर लामा, वडा नम्बर २ मा एमालेका अर्जुन घोरासाईने, वडा नम्बर ३ मा एमालेका गणेश आचार्य, वडा नम्बर ४ मा काँग्रेसका उत्तमप्रसाद तिमल्सिना, वडा नम्बर ५ मा एमालेका प्रमोदसुन्दर श्रेष्ठ, वडा नम्बर ६ मा काँग्रेसका सञ्जय कोँजु निवार्चित भए ।
यसैगरी वडा नम्बर ७ मा राप्रपाका रोमीप्रसाद ब्याञ्जु, वडा नम्बर ८ मा बिनोद गौतम, वडा नम्बर ९ मा काँग्रेसका बद्रीप्रसाद हुमागाँई, वडा नम्बर १० मा काँग्रेसका गोविन्दप्रसाद उपाध्याय, वडा नम्बर ११ मा एमालेका नारायणप्रसाद बडाल र वडा नम्बर १२ मा एमालेका मोहनप्रसाद लामिछाने विजयी भए।
Leave a Reply