बिरालोलाई चुलोको देउता स्वीकार्ने, गुहुखाने कुकुरलाई म्वाईखाने र पुजागर्ने, सिनोखाने गिद्धकौवालाई र पशु गाईलाई पुजागर्ने, सातसमुद्र्र पारीका गाईकोमासु खाने जोसुकै विदेशी विधर्मीलाई पनि ज्वाँइ, बुहारी सहजै सर्वस्वीकार्ने, तर….स्वदेशी र आफ्ना साख्खै अंशियार वंशियार साथै आफु बिरामी परेका बेला बोकेर अस्पताल पनि लैजाने र रगत चाहिए तुरन्तै रक्तदान गरेर आफुलाई बचाइहाल्ने तथा समाज र देशको समृद्धिको लागि सँधै लागि रहने सीपले सम्पन्न समुहलाइ भने ‘अछुत’ को नाम दिएर हरदम हदैसम्मको घृणा गर्ने हीनबुद्धि हिन्दूहरुको आराध्यदेव महादेव (शिव, शङ्कर वा अनेक नाम) को यो पृथ्वीमा कहिल्यै अस्तित्व थियो, छ वा छैन ? भन्नेबारे हिन्दूले सर्वशक्तिमान् ठानेको तेसको अस्तित्व र शक्ति परीक्षण इतिहास बाट गरौंन ! के रहेछः
(१) सोमनाथ मन्दिरः- भारतको गुजरात,कठियाबाड़ स्थित समुद्री किनारामा रहेको सोमनाथ मन्दिर दौलत र चमत्कारको लागि प्रख्यात् थियो । तेसको बिचोबीच रहेको विशाल र भव्य कोठाको चारैदिशाका भित्तामा, भुईंमा र माथि गुम्बज(छत)मा मन्दिर निर्माता कालिगढ विश्वकर्मा इन्जिनियर वैज्ञानिकले बाहिरबाट सजिलै नदेखिनेगरी हल्का छुपाएर चुम्बकका ठूलाठूला टुक्रा बैलेन्स मिलायर यसरी जडेको थियो कि जस्का असरले फलाम मिश्रित अष्टधातुको नटराज मूर्ति कोठाको बिचोबीच हावामा टक्क अडि़एको थियो । काम सकिएपछि विश्वकर्मा इन्जिनियरलाई बेपत्ता पारियो भने त्यो हावामा अडेको मुर्तिलाई भगवान शिवको साक्षात् औतार भन्दै बाहुनहरुले भारतभर प्रचार प्रसार गरे । फलतः तेहाँ साक्षात् शिवको दर्शन गर्न देशविदेशका राजामहाराजा, व्यापारी, धनाढ्यका साथमा धनदौलतको ओइरो लाग्यो । जसलाई तत्कालिन प्रचलन अनुसार अति सुरक्षित स्थल मानिने देवस्थल गर्भगृह (मूल मूर्तिको ठिक मुनी जमिनभित्र बज्रले बनाइएको गोप्यकोठा) मा थुपार्दै जाने र बाहुनहरुले दिनहुँ भजन, भोज र मोज गर्थे ।
काम सकिएपछि विश्वकर्मा इन्जिनियरलाई बेपत्ता पारियो भने त्यो हावामा अडेको मुर्तिलाई भगवान शिवको साक्षात् औतार भन्दै बाहुनहरुले भारतभर प्रचार प्रसार गरे ।
कालान्तरमा त्यो दौलतको गन्ध गजनी(फारस)को खुँखार लुटेरा शाह मुहम्मद गजनवींले पाएपछि ई.सन् १०२५ मा सोमनाथ मन्दिरमा हल्लाबोल चढ़ाइ ग¥यो । मन्दिर रक्षार्थ जम्मा भएका वरपर देशका पचासौं हिन्दू राजाहरुका झण्डै एकलाख राजपूत सेनाले ‘हरहर महादेव’ उद्घोषले आकाश थर्काउँदै बडोवीरता पूर्वक प्रतिकार त ग¥यो, तर…तेहाँ उनीहरुको रक्षार्थ न स्वयं महादेव आयो न तेसको शक्ति ! अन्ततः संख्यामा लाखौं भएका, मनभित्र तँ सानो म ठूलो भन्ने जातिय अहङ्कारले घैंटो झैं फुटेर एक्लाएक्लै भएका राजपूतको हुललाई एकमात्र गजनवींको नेतृत्व मानेर एकजुट भएका मुट्ठीभर मुसलमानी सेनाले गाजरमूला सरह काटेर सोत्तर बनायो । भजन किर्तन गर्दै शत्रुलाई संहारगर्न महादेवलाई गुहारिरहेका बाहुन मण्डली कोहि काटिए भने धेरैले भागेर ज्यान जोगाए । विजयले उन्मत्त गजनवीं जब मन्दिर भित्र पस्यो हावामा अडिएको धातुको मूर्ति देखेर छक्कै प¥यो । उ अन्धविश्वासी नभएकोले कारण खोज्यो । जमिन र भित्ता तरवारले रगड़दै जाँदा जब तरवार चुम्बकमा टाँसीयो, तब पत्ता पायो र मन्दिर मूर्ति सब ध्वस्त पा¥यो । लुट्नु सम्म लुट्यो, आगो लगायो र सयौं उँटहरुमा बोकाएर अकुत सम्पति गजनी लग्यो । महादेवको अस्तित्व र शक्ति केहि देखिएन !
(२)काशी विश्वनाथ मन्दिरः- काशी हिन्दूहरुको पौराणिक शहर हो । यसलाई भगवान विश्वनाथको नगरी पनि भनिन्छ । संसारैभरीका हिन्दूको आस्थाको केन्द्र र उत्तरभारतको युगौ देखिको प्रख्यात मन्दिर भएकोले यसको गर्भगृहमा अकुत सम्पति हुनु स्वाभाविकै थियो । तेसै कारण ठूला मन्दिरका गर्भगृह लुट्न पल्केका मुसलमान आक्रामकहरु, दिल्लीको पृथ्वीराज चौहानलाई मार्ने शहाबुद्दिन गोरीको सरदार कुतुबुद्दिन ऐबकले ई.सन् ११९४ मा, ई.सन् १३६० मा दिल्लीको बादशाह फिरोज शाह तुगलकले, ई.सन् १५०४ मा दिल्लीकै बादशाह सिकन्दर लोदीले र ई.सन् १६६९ मा मुगल बादशाह औरङ्गजेब समेतले यो मन्दिरलाई ४ पटक ध्वस्त पारेर लुटे । हरहर महादेव भन्दै मन्दिरको रक्षार्थ होमिएका हिन्दूयोद्धा जतिलाई सखाप पारे । तेहाँ पनि महादेवको अस्तित्व र शक्ति देखिएन ! ऐले विद्यमान विश्वनाथ मन्दिर इन्दौरकी मराठा रानी अहिल्याबाई होल्कर द्वारा ई.सन् १७७५÷७६ मा निर्मित पाँचौं हो ।
(३) पशुपतिनाथ मन्दिरः- नेपाल(काठमाण्डौं)को पशुपतिनाथ मन्दिर लाई वि.सं.१४०६ मा बंगालको सुल्तान समसुद्दिन इलियासले ध्वस्त पा¥यो । मूर्तिलाई ४ टुक्रा पारेर फ्याँक्यो भने गर्भगृह खोतलेर लुटे पश्चात् गाई काटेर रगतको भोग दियो । तत्कालिन द्वैधशासनकी मूलरानी राजल्लदेवी लगायत जनता सबै डरले भागेर जङ्गल पसे । सुल्तानले तिनैशहरमा आगो लगाई खरानी पारेर अकुत सम्पति लिई फिर्ता गएपछि बल्ल सबै जङ्गलबाट निस्केर आई पुनः ऐलेको पशुपतिनाथ मन्दिर बनाएका हुन । तेसबेला पनि महादेवको अस्तित्व र शक्ति देखा परेन त !
अब पाठकले आपैm सोंच्नुस् कि भगवान शिव काल्पनिक वा वास्तविक के रहेछ ?
Leave a Reply