काठमाडौं —सामाजिक आन्दोलनका मुद्धाहरुको सम्बोधन किन हुन सकेन ? राजनीतिक आन्दोलन सकिएलगत्तै सामाजिक आन्दोलन पनि सकिएको हो ? हिजो संगै हिडिरहेको राजनीतिक आन्दोलन र प्रगतीशिल आन्दोलनका विच किन दुरी बढ्दै छ ? एक कार्यक्रममा दिग्गज पत्रकारहरुले यस्तै प्रश्न गरे ।
नेपाली मिडियामा दलित सवाल : सम्पादकहरुसँग सवाल विषयक जागरण मिडिया सेन्टरद्धारा आयोजित दुई दिने अन्तरक्रिया कार्यक्रममा उपस्थित सहभागीहरुले यस्तो प्रश्न गरेका हुन् ।
प्रतिउत्तरमा उनीहरु आफैले प्रगतिशिल आन्दोलन र दलित आन्दोलनका विचमा सामान्जस्यता हुनुपर्ने धारणा राखे । राजनीतिक आन्दोलन तथा सामाजिक आन्दोलन जे भनेपनि दलित उत्पीडित समुदायको विभेद अन्त्यका लागि अब वाहुन क्षेत्रीहरुको प्रगतीशिल हिस्साले सहयोग गर्नुपर्र्ने विचार उनीहरुको थियो ।
संविधानसभा सदस्य विनोद पहाडीले दलित समुदायको मुद्धाको उठानमा दलित पत्रकारले वाहेक अरु मिडियाले खासै चासो दिन नसकेको टिप्पणी गरे । कमलहरी प्रथाको मुद्धाको उठानमा नेपाली मिडियाले शसक्त रुपमा साथ दिएरै मुक्त कमलहरी घोषणा भएको स्मरण गर्दै पहाडीले दलित माथीको विभेदको अन्त्यका लागि पनि मिडियाको ससक्त भूमिका खेल्न आवश्यक रहेको बताए ।
राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष समेत रहका पहाडीले कुनै पनि घटनाको मुद्धा मिडियाले नै उठान गर्न सक्ने र पिडितले न्याय पाउनसक्ने आधार बलियो रहेको समेत विचार व्यक्त गरे ।
“सिन्धुपाल्चोक सिपापोखरीमा लक्ष्मी विकमाथी कुवामा पानी लिन जाँदा विभेद भयो, मिडियाकै कारण त्यो घटना बाहिर आयो, र यसको राष्टियकरण भयो । पछि घटनाका दोषी दण्डित भए ।” उनले भने, “पहिला भन्दा अहिले मिडियाले जातिय समस्यालाई विभेदलाई हेर्ने दृष्टिकोण फरक छ, मिडिया पनि विभाजित भएको छ । ”
पहाडीले नेपाली मिडियामा दलित समावेसीकरणको मुद्धालाई समावेस गर्न र दलित पत्रकारहरुलाई ठाउँ दिलाउन लामो समयदेखी आफूहरु अभियानमा लागिरहेको पनि बताए ।
१९५५ मा भारतमा दलित समुदायका लागि आरक्षणको व्यवस्था गरियो । तर नेपालमा ६० वर्षपछि २०१०मा यसको कानुनको व्यवस्था गरेपनि लागु हुन सकिरहेको छैन, उनले भने, “दलित समुदायले राजधानीमा कोठा नपाउदाको विभदेको भोगाईलाई आरक्षणको कोटा र कोठाको वहसमा केन्द्रित गरिनु दुखद कुरा हो ” ।
नेपाली मिडियामा दलित सवाल : सम्पादकसँग सम्वाद विषयक अन्तरक्रिया कार्यक्रममा संविधानसभा सदस्य तथा जागरण मिडिया सेन्टरका अध्यक्ष कमला विश्वकर्माले दलितका मुद्धालाई मिडियामा ल्याउन आफूहरु लामो समयदेसखि मिडिया पैरवीका लागि क्रियाशील रहेको बताइन । समावेसी मिडियाका लागि, दलित मुद्धाको स्थापनाको लागि नेपाली मिडियासँग निरन्तर छलफल र वहसका लागि अभियान सुरु गरेको विश्वकर्माले सुनाइन् ।
उनले मुलधारका मिडियाहरुका सम्पादकहरुसँग, दलित मुद्धाको उठानका लागि केन्द्रिय र प्रादेशिक स्तरमा पनि वहस सुरु गरेको बताउदै आगामी दिनमा यो अभियानलाई ससत्त वनाउन सबै मिडियाकर्मीले सहयोग गर्न अपिल गरिनन् ।
गोर्खापत्र दैनिकका सल्लाहकार तथा अग्रज पत्रकार दिपक ज्ञवालीले पछिल्लो समयमा नयाँ शिराबाट पनि दलितमाथी विभेद हुने गरेको विचार राखे । उनले दलित आन्दोलनले जाँगर चल्दा कलम चलाउने र नचल्दा नचलाउने परिपाटीले पनि दलित मुत्तिको अभियान सफल हुन नसकेको दावी गरे । सबैभन्दा ठूलो कुरा राजनीति हो । राजनीतिले दिशा निर्देश गर्न छोड्दा सबै कुरा असफल हुन्छ उनले भन्, “हामीले आशा गरेको माओवादी के नाराले स्थापित भयो ? । कुन पार्टीले दलितका मुद्धा समाधान गर्न पहल गर्यो । अहिले ठूला राजनीतिक पार्टी सबैले महाधिवेसन सम्पन्न गरे । दलितलाई आरक्षणमै सिमित गरे, किन खुलामा ल्याउन प्रयत्न गरेनन् । यस्ता कुराको तथ्यगत वहस र अध्ययनका लागि मिडियाले कलम चलाउन आवश्यक छ । ”
लामो समयदेखी मोफसलमा रहेर मुलधारका मिडियाका लागि कलम चलाउदै आउनुभएका पत्रकार दिपक ज्ञवालीले मिडियाका लागि लेख्न पर्ने दलितका सवालहरु धेरै भएको तर यो मुद्धामा लेख्न सक्ने कलमजीवी तथा लेखक, दलित पत्रकारहरुको अभाव रहेको गुनासो गरे ।
जनता टेलिभिजनका सम्पादक टंक पन्तले दलितका सवालमा लेख्न सक्ने पत्रकारको संख्या बढाउनपर्नेमा जोड दिए । उनले मिडियाले आफ्नो ठाउँमा भूमिका निर्वाह गरिरहेका छन्, बजारमा दलित पत्रकारको अभावका कारण मिडियामा दलितका मुद्धाले ठाउँ पाउन नसकिरहेकोमा जोड दिए । उनले जनता मिडियामा समग्रमा १५० जना सञ्चारकर्मीहरु रहेको र त्यसमध्ये ९ जना दलित पत्रकारहरुले काम गरिरहेको बताए ।
कान्तिपुर टेलिभिजनका रामकृष्ण भण्डारीले विभेद र हिंसा अन्त्य गर्ते नीतिगत व्यवस्था कार्यन्वयमै समस्या भएकाले विभेद कायमै रहेको बताए । उनले संविधानमा, मौलिक हकमा, विभेद अन्त्य गर्ने भनेको छ, यो कुरालाइ टेकेर पिडितले न्याय नपाएको कुरा मिडियाले आवाज उठाउन सक्नुपर्ने बताए । “ मिडियाले नयाँ कुरा खोज्ने हो । समाचार त सबै आईरहेको छ, दलित मुद्धाको उठानमा किन निरन्तरता हुन सकेन ? दलितको सहभागीता कसरी वढाउने ? ” प्रश्न गर्दै उहाँले भने , “पत्रकार नै अलमलमा परेका छन् । कसरी दलितको मुद्धाको उठान गर्ने ? ” । उनले दलितहरु आफुलाई परेको पिडा आफै बोल्न नसकिरहेका ठाउँमा मिडियाले सहयोग गर्नुपर्नेमा जोड दिए ।
थाहा सञ्चारमा क्रियाशील पत्रकार दिपेन्द्र कुँवरले दलित आन्दोलने न्याय पाउने वातावरण सिर्जना गर्न वाहुन क्षेत्रीहरुको प्रगतीशिल हिस्साले खुलेर सहयोग गर्नुपर्नेमा जोड दिए । उनले हिजोसंगै हिडिरहेको राजनीतिक आन्दोलन र प्रगतीशिल आन्दोलनको वीचमा किन दुरी बढिरहेको छ, किन आन्दोलन शिथिल भयो ? यसको विश्लेषण गर्नु तर्क राखे ।
उनले सर्वाेच्चले उठाएको तरमाराको विषयले धार्मिक सामाजिक सांस्कृतिक कुरालाई जोड दिदै घुमाउरो पारामा पुरानै परम्परागत व्यवस्था नै ठिक थियो की भन्ने पक्ष गलत रहेको कुँवरको धारण थियो । “मिडियाले आक्रोस व्यत्त गर्न सक्दैन । विश्वसनीय कुरालाई जोड दिनुपर्छ । ” उनले भने “दलितले लेख्न त पर्छ नै । गैर दलितले पनि दलितको मुद्धामा कलम चलाउनु पर्छ भन्ने तरिकाले अभियान चलाउने हो की ” ।
पत्रकार गोपी ज्ञवालीले जनयुद्धका वेला सबै भन्दा वढि दलितमाथीको विभेद अन्त्यका लागि मुद्धा उठाएको तर जनयुद्ध सकिने वित्तिकै दलितमाथिको विभेद फेरी सुरु भएको बताए । नीति बनाउने ठाउमा विभेद भोग्नेहरुको उपस्थिति नभएकाले कमजोर नीति निर्माण भयो, उनले भने, “ राजनीतिक क्षेत्र र सामाजिक आन्दोलनको अभियान सँगै लिएर जानुपर्छ ”।
नेपाल पत्रकार संघका केन्द्रिय सदस्य सरिता बराईलीले आन्दोलनले परिवर्तन ल्याउछ भनेर जनयुद्धमा लागेको अनुभव सुनाइन् । जनयुद्धका बेला आफ्नो जात बताउदा जसले विभेद गर्छ त्यहीनिर त्यतिखेरै जन कारवाही गर्नुपर्छ भनेर सिकाईन्थ्यो र हामी त्यही गथ्र्याैं, विभेद पनि कम भएको महसुस हुन्थ्यो, उनले भनिन् । पत्रकार सिमा शर्माले दलितको सवाल दलितले मात्रै वा महिलाको मुद्धा महिलाले मात्रै उठाएर समाधान नहुने बताइन् । उ
नले आफू सानो छँदा डोमहरुले उनको घरको चर्पी सफा गर्न आउदा, हात धुन आफैले घरैबाट घईटोमा पानी लिएर आउनुपर्ने विभेदपुर्ण घटनाको स्मरण गर्दै तराईका डोम मुसहर लगाएतका दलित समुदाय अझै पनि निकै ठूलो विभेद र अन्यायमा परेका बताइन्
कार्यक्रमको सहजीकरण गर्दै जागरण मिडिया सेन्टरका महासचिव भिम घिमिरेले देशैभरी दलित पत्रकारको संख्या वृद्धि गर्न नेपालका मिडिया सम्वद्ध सरोकार निकाय र संघसंस्थाहरु र अग्रज तथा वरिष्ठ पत्रकारहरुको सहकार्यतालाई जोड दिए ।
Leave a Reply