पार्कर दिनेश सुनारले पाचौँ पटक गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाए

दलित अनलाईन असार ३०, २०७८

काठमाडौं—  अमेरिकामा नेपाली पार्कर खेलाडी दिनेश सुनारको नयाँ विश्व रेकर्ड गिनिज बुकले दर्ता गरेको छ । गत मार्चमा  ओहायोको एक्रोनमा सनसाईन तेक्वान्दो एकेडेमीको प्रायोजनमा सुनारले ‘द मोस्ट स्टाण्डिङ फूल ट्वीस्ट ब्याक समरसल्ट इन थर्टी सेकेण्ड’ शीर्षकमा विश्व रेकर्डको प्रयास गरेका थिए । यो रेकर्ड मंगलबार गिजिन बुकले दर्ता गरेको हो ।

उनी ३० सेकेन्डको समयमा १३ पटक सम्म ट्वीस्ट ब्याक समरसल्ट हान्न सफल भए । यस बिधामा विश्व रेकर्डका लागी ३० सेकेन्ड मा ८ पटक सम्म ट्वीस्ट ब्याक समरसल्ट हान्नुपर्ने भएपनि उनले त्योभन्दा धेरै १३ पटकसम्म हानेका थिए ।

यस अगाडि दिनेशले गतबर्षको जनवरी ५ मा अमेरिकामा नै ‘दि मस्ट ब्याकवार्ड समरसल्ट अगेन्स्ट ट्राम्पोलिन इन एन आवर’ मा ४६० पटक ब्य्याक फ्लिप्स गरेर गिनिज बुकमा नयाँ रेकर्ड कायम गरेका थिए । उनले गतबर्ष भर्जिनियामा आयोजित कार्यक्रममा रेकर्ड ब्रेक गरेका थिए ।

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank