सर्लाही— संचारकर्मी रुपा सुनारको न्याय र दोषीको कारबाहीको माग गर्दै सर्लाहीमा सदरमुकाम मलंगवामा विरोध प्रदर्शन गरेका छन् । आइतबार सदरमुकाम मलंगवा स्थित सहिद चोकमा संयुक्त दलित संघर्ष समिति सर्लाहीले विरोध प्रदर्शन गरेको हो।
शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठको पुत्ला दहन गर्नुका साथै चर्को नारा सहित शिक्षा मन्त्रीको राजीनामाको माग समेत गरिएको नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीका अध्यक्ष राजेश पासवानले जानकारी दिए ।
विरोध प्रदर्शन कार्यक्रममा जातीय विभेद बन्द गर ,मतियार मन्त्री राजिनामा दे ,रुपा सुनारलाई न्याय दे लगायत नारा का साथ विरोध प्रदर्शन गरेका छन । विद्यार्थी नेता महेश पासवानको नेतृत्वमा भएको विरोध कार्यक्रममा संयुक्त दलित संघर्ष समिति सर्लाहीका सदस्य राजन बैठा,प्रमोद पासवान ,नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीका अध्यक्ष राजेश पासवान ,सचीव कामेश्वर पासवान ,दलित अधिकारकर्मी बिनोद राम ,मुरारी पासवान विद्यार्थीहरुको सहभागी रहेको थियो ।
Leave a Reply