आज वैशाख ११ अर्थात १५ औं लोकतन्त्र दिवस । नेपालमा सिद्धान्तमै र अनुकुलता वमोजिम व्याख्या गरिए पनि लोकतन्त्र प्राप्त भएको दिन । आजैका दिनमा नेपाली समाजमा प्रचलनमा रहेको चर्चित दुई उखानको सम्झना आईरहेको छ । ‘सानो लाई ऐन, ‘ठुलो लाई चैन र ‘जो अगुवा उही बाटोमा,’ यो उखानहरुले आजको नेपाली समाजको अवस्था झल्किएको अनुभूति हुनसक्छ । नेपाली समाजमा राज्य र कानुनको कुरा गर्दा दुई वटा दृष्टिकोण देख्न पाईन्छ । पहिलो दृष्टिकोण राज्य र कानुनलाई नमान्दा के फरक पर्दछ भन्ने यी विषय हाम्रा सुविधाका लागि निर्माण भएका हुन र अवस्था र फाइदा अनुसार प्रयोग गर्न सकिन्छ । दोस्रो दृष्टिकोण राज्य र कानुन हाम्रा लागि होइनन् । यसबाट लाभ र सुविधा प्राप्त गर्न सकिदैन । यो त पहुँच भएकाहरुका लागि मात्र हुन । यी दुई दृष्टिकोण समाजमा निर्माण भएकाले समाज शास्त्रको नजरबाट हेरिनु पर्दछ । पहिलो दृष्टिकोणको प्रतिनिधित्व राज्य संरचना,नीतिगत तहमा पहुँच भएका र त्यसका आसेपासेकाहरुको हो भने दोस्रो दृष्टिकोण पछाडि पारिएका समुदाय जसको पहुँच र नियन्त्रण छैन उनीहरुको । समाजमा सामाजिक दृष्टिकोण त्यति सजिलै छोटो समयमा निर्माण भै स्थापित हुदैन् यसका लागि समयको कालखण्ड नै व्यतिmव्त भएको हुन्छ । समाजमा यो र यस्तो दृष्टिकोण निर्माणका लागि नेपालमा हरेक पद्धति,प्रणाली,कार्य सञ्चालन, नियमक निकाय र नीतिगत तहमा रहेकोहरुले गरेको व्यवहार हो जसमा एक रुपता छैन र हरेकमा दोहोरो मापदण्ड छ । यो विषय सर्वसाधारणले बुझदँैनन् भन्ने भ्रम समेत रहेको छ तर यो फगत भ्रम मात्र हो । सर्वसाधारणले अनुभुति गरेकै कारणले उल्लेखित दृष्टिकोण निर्माण भएका हुन । दोहोरो मापदण्डकै कारणले राज्य र कानुनप्रति सकारात्मक र नकारात्मक ढगले नगरिकको ठूलो हिस्सामा वितृष्णा पैदा हुन्छ । यो वितृष्णा यत्तिमा मात्र सिमित हुँदैन व्यवस्थामा समेत हुन्छ । फलत ः नैतिकतामा ह्रास र समाज व्यवस्था नै तहस नहस हुन जान्छ ।
लोकतन्त्र र दोहोरो मापदण्ड :
लोकतन्त्रमा दाहोरो मापदण्ड जायज मानिदैन अर्थात राज्य व्यवस्थाले गर्ने व्यावहार र कानुनको प्रयोग गर्दा दोहोरो मापदण्ड अपनाइदैन । लोकतन्त्र केवल सिद्धान्तकै जग र भाषणमा मात्र सिमित रहयो भने त्यसको अर्थ रहदैन । त्यसैले पनि लोकतन्त्र जीवनशैली पनि हो जो व्यावहारबाट प्रतिवितम्वित हुनु पर्दछ । जीवनशैली नक्कल र हस्तान्तरण हुने प्रक्रिया हो । जसलाई समकालिन समाजका सदस्यहरुबाट सिको गर्ने गरिन्छ । यदि लोकतन्त्रका आधारभुत मुल्य मान्यतालाई स्थापित हुन गरि व्यावहार गरिएन भने त्यो वास्तविक अर्थमा लोकतन्त्र हुँदन । नेपालका सन्र्दभ्मा यस्ता सयौं दृष्टान्त छन जसलाई उल्लेख गर्नु सम्भव समेत छैन ।
कोरोना महामारीको दोस्रो लहरले मुलुक आक्रान्त छ । अस्पतालमा आधारभुत सुविधाह को समेत प्रयाप्त व्यवस्था छैन । स्वास्थ्य मन्त्रालय,विज्ञ र स्वास्थ्य क्षेत्रमा खटिनेहरुले अवस्था का जटिलता तर्फ सचेत गराउदै आएका छन । नित्य जस्तै स्वास्थ्य मन्त्रालयले भिडभाड नगरौं, २५ जना भन्दा बढी एक ठाउँमा जम्मा नहुन अनुरोध गरिरहेको छ । तर मुलुकमा आफुलाई आर्दशको रुपमा प्रस्तुत गर्नु पर्नेहरुले यसलाई पटक्कै पालना गरेको देखिदैन । पार्टिका कार्यक्रम,मुर्ति स्थापना र उद्घाटन जस्ता कार्यक्रमहरु सञ्चालन गरी भिड जम्मा गर्ने र त्यसमै सरकार र सरकारका मन्त्री समेतको सहभागीताले सरकारकै अनुरोधको ठाडो उल्लंघन गरेको देखिन्छ । यसबाट नागरिक र समाजमा कस्तो सन्देश प्रबाह होला ? के यस्ता विषय नागरिकले मात्र पालन गर्नु पर्ने हो । यी र यस्तै सयौंका दृष्टान्त छन जसमा दोहोरो मापदण्ड को सहजै अनुभूती गर्न सकिन्छ । यस्ता खालाका व्यावहारले लोकतन्त्रको उपहास गरिरहेको देखिन्छ । लोकतन्त्रमा दोहोरो मापदण्ड ग्राह्य मानिदैन ।
धर्म,प्रथा र परम्पराका नाममा विभिन्न अन्यायपुर्ण व्याहार सहन वाँध्य हुने अवस्था छ । लोकतन्त्र सुन्दरता विचार,चुन्ने र चुनीने कुरा मात्र होइन बाँकी विभेदको अन्त्य,अवसर र पहुँचमा प्राथमिकता,निर्णय प्रक्रियामा सहभागीता समेत हो । बर्षौदेखि राज्य सञ्चालनमा बस्ने हरुको सुनियोजित बदमासीका कारणले पछाडी पारिएका समुदायलाई प्राथमिकतामा पारि अवसर दिनु आजको लोकतन्त्रको पुर्व सर्त हो ।
लोकतन्त्रको मुल्यमान्यता उपर प्रहार
सर्वसाधारणलाई कार्यस्थलमा र अनुभूती खालको लोकतन्त्र चाहिएको छ । यो लोकतन्त्रको मानक पनि हो । यसको सुनिश्चितताको बाटोमा सरकार अगाडी बढनु पर्दछ र नागरिकलाई आश्वत पार्नु पार्दछ । यो कामको प्रमुख जिम्मेवारी दल र सरकारकै हो । लोकतन्त्रमा थपिएका अवधारणमा नागरिक केन्द्रित निर्णय र विकासका साथै पछाडी पारिएका,जोखिममा रहेका समुदायको सहभागीतामुलक विकासको अवधारणा हो । यी मुल्य मान्यतामा सबै भन्दा बढी प्रहार देशका अगुवाहरुबाटै भै रहेको छ । मानवअधिकार,संविधान र प्रचलित कानुन कार्यान्वयन गर्ने जिम्मा लिएकाहरुबाटै उल्लंघन हुनुले लोकतन्त्रमा प्रहार माथिल्लो स्तरबाटै हुदै आएको छ । अर्थात आम नागरिकको तुलनामा सरकारबाटै लोकतन्त्रीक मुल्य मान्यता उपर प्रहार भै रहेको छ । अनुकुलता अनुसारको व्याख्या र व्यावहारले त्यो प्रष्ट भएको छ । आफनो फाईदा र सत्ताका लागि जति बेला जे पनि गर्नु र बोल्नुले यो कुरा लाई थप प्रमाणित गर्दछ ।
संविधान र कानुन आफुले मान्ने र मान्न लगाउने वातावरण श्रृजना गर्ने काम सरकार को हो र शासन प्रणाली सविधान र प्रचलित कानुन वमोजिम चल्नु पर्ने मान्यता लोकतन्त्रको हो । यहाँ निर बाटै प्रष्ट हुन्छ कि संविधानको मर्म भावना वमोजिम कार्य भए नभएको विषयमा प्रश्न को उपर उठने गरेको छ । के हामीले चाहेको संघियता, समावेशी लोकतन्त्र र सबैधानीक सर्वोच्चता यहि हो र यसको मुल मर्म उपर कसले प्रहार गरिरहेको छ । संविधान, कानुन र अवस्थाबाट लाभ लिई दोहोरो मापदण्डयुक्त व्यावहारले लोकतन्त्र उपर उपहास भै रहेको छ । संविधान मा उल्लेखित समावशीताको सिद्धान्त, मौलिक हक,संघीयताका आधारभुत मान्यता उपर निरन्तर प्रहार हुनुले समेत यो कुरालाई पुष्टि गरिरहेको छ ।
लोकतन्त्रमा पछाडी पारिएका समुदाय
शासन प्रणाली परिवर्तन गर्दा उठाइएका प्रमुख मुद्धा वर्तमानमा ओझेल पर्दै गएका छन । वर्तमानमा लोकतन्त्रको अभ्यास हेर्दा फगत राजनैतिक व्यवस्था नाममा मात्र परिवर्तन भएको देखिन्छ । लोकतान्त्रिक शासन व्यवस्थामा समेत दलित, महिला, आदिवासी र सिमान्तकृत समुदायको अवस्था दोस्रो दर्जाका नागरिक सरह छ । सिमान्तकृत पछाडी पारिएको समुदाय आज पनि संविधानमा भएको अधिकारको प्रयोग गर्न बाट बञ्चित छन । विभेद विरुद्धको हक, शोषण विरुद्धको हक, दलितको हक र समावेशीत जस्ता कुराहरु नारा र कानुनान मात्र सिमित रहेका छन । आज पनि महिला र दलित का नाममा विभिन्न खाले विभेद कायमै छ । धर्म,प्रथा र परम्पराका नाममा विभिन्न अन्यायपुर्ण व्याहार सहन वाँध्य हुने अवस्था छ । लोकतन्त्र सुन्दरता विचार,चुन्ने र चुनीने कुरा मात्र होइन बाँकी विभेदको अन्त्य,अवसर र पहुँचमा प्राथमिकता,निर्णय प्रक्रियामा सहभागीता समेत हो । बर्षौदेखि राज्य सञ्चालनमा बस्ने हरुको सुनियोजित बदमासीका कारणले पछाडी पारिएका समुदायलाई प्राथमिकतामा पारि अवसर दिनु आजको लोकतन्त्रको पुर्व सर्त हो । लोकतन्त्रका १५ बर्ष वितिसक्दा पनि समाजमा जात,धर्म,लिगंका नामाा विभेद कायम रहनु दुर्भाग्य हो ।
लोकतन्त्रमा पछाडी पारिएकाहलाई पहिचान गरि क्षमता विकास, अवसर निर्माण र सहभागीता विना वास्तविक लोकतन्त्रको कल्पना गर्न सकिँदैन ।
सिक्ने प्रक्रिया मा नक्कल महत्वपुर्ण प्रक्रिया हो जो देखेर सिकिन्छ । समाजमा अगुवाहरु भनिनेहरु को आनी वानी,व्यावहार र कार्यशैलीमा सबैले दृष्टि पुञ्याईरहेका हुन्छन । त्यसैले अगुवाहरुले समाजमा आर्दश स्थापित गर्न सक्नु पर्दछ जो आम नागरिकका लागि सिक्ने विषय बनोस । तर नेपालका सन्र्दभमा यो ठिक विपरित छ । शासन सञ्चालनमा रहेका र नेतृत्वमा रहेकाहरुको कार्यशैली र व्यावहार लोकतन्त्रका मानकका विपरित छन र उनीहरुले संविधान र कानुनको प्रयोग र पालनामा ऐच्छिक व्याख्या गरि लोकतन्त्रको उपहास गरिरहेका छन । कुनै अमुक अवस्था र परिस्थीतिलाई फाइदाको जोड घटाउमा व्याख्या विश्लेषण गरि सार्वजनिक व्यावहार र अभिव्यक्तिले नियम पालन र कार्यान्यनमा दोहोरो मापदण्डमा सञ्चालन भै रहेको छ । जसले लोकतन्त्रको उपहास गरिरहेको छ भने आम नागरिकमा लोकतन्त्रप्रति वितृष्णा पैदा गरेको छ । यो लोकतन्त्र दिवसले कर्मकाण्डी लोकतन्त्रको अन्त्य गरोस र नीति निर्माण र कार्यान्वयन तहमा रहेका हरुलाई वास्तविक लोकतन्त्रीक आचरणका लागि उर्जा प्रदान गरोस ।
Leave a Reply