गायिका सरिता राईकोे ‘मन पराउँछु माया गर्छु’ गीतको म्युजिक भिडियो सार्वजनिक

दलित अनलाईन कार्तिक २१, २०७७

काठमाडौं— समधुर स्वरकी धनी पूर्वेली गायिका सरिता राईको आवाजमा समेटिएको ‘मन पराउँछु माया गर्छु’ गीतको म्युजिक भिडियो सार्वजनिक भएका छ । धरानमास्थित शुक्रबार नेपाल पत्रकार महासंघ सुनसरीको सभाहलमा कार्यक्रम गरी म्युजिक भिडियो सार्वजनिक गरिएको हो । चोङहाङ राईको शब्द तथा कृष्णकुमार राईको संगीत संयोजन गीतमा एरेन्ज कुन्दन राई रहेको छ । गीतमा प्रेम र रोदनलाई कलात्मक रुपमा गीतमा समेटन खोजिएको छ । आफूले मन पराएको मायालुलाई अङ्गालोमा बाँध्न नपाउँदाको पीडालाई गीतमा समेटिएको छ । गीतको भिडियोलाई ‘हङकङभित्र’ पुस्तकका लेखक क्रान्ति सुब्बाले निर्माण गरेका छन् । नवप्रतिभालाई संरक्षण, प्रवद्र्धन हाम्रो अभियानको मूल नारा लिएर आफुले गायिका सरितालाई कलायात्राका लागी सहयोग गरेको क्रान्ति सुब्वाले बताए । गीतको भिडियोलाई हङकङ भित्र पुस्तकका लेखक क्रान्ति सुब्वाले प्रस्तुत गरेका हुन । कार्यक्रममा निर्माता तथा हङकङ भित्र पुस्तकका लेखक क्रान्ति सुब्वाले कलाकार गंगा वरदानलाई  १० हजार रूपैयाँ सहयोग गरे । निर्माता तथा हङकङ भित्र पुस्तकका लेखक क्रान्ति सुब्वाले च्यानलबाट उक्त गीतको भिडियो सार्वजनिक गरिएको छ ।

शिरकुमार साङपाङको छायाङ्कन तथा बसन्त उम्बुले राईले सम्पादन तथा निर्देशन गरेका थिए । भिडियोमा गायिका सरिता, कृष्णकुमार राई र सविना लिम्बूको अभिनय देख्न सकिन्छ । कार्यक्रमका प्रमुख अतिथि कलाकार प्रेम सुब्बा, मिना श्रेष्ठ,गायक गंगा बरदानलगायतले सफलताको शुभकामना व्यक्त गरे ।  गीतको म्युजिक भिडियोमा पूर्वाञ्चलका विभिन्न रमणीय एवम् पर्यटकीय सम्भावना बोकेका स्थानहरुलाई प्राथमिकता दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank