गत अक्टोवर ९ को विहानै मेरो मोवाईलमा टुंगटुंग आवाज आयो, अनेक म्यासेजहरु आईरहने हुंँदा सधै जस्तो सो म्यासेजलाई पनि मैले ध्यान दिइन, तर केही क्षण पछि मोवाईल खुल्दा भारतका उपभोक्ता सरोकार तथा खाद्य वितरण मन्त्री रामविलास पासवानको देहावसान भएको खवर रहेछ । त्यो खवर म्यासेजमा देखे पछि केही भारतीय समाचारका च्यानलहरु हेरे त्यसमा उनको मृत्युको वारेमा खासै ठूलो खवर वनाईएको रहेनछ । उनी एका तर्फमा विहारको हाजीपुरवाट आजीवन जस्तो सांसद जितेका र चाहे त्यो कांग्रेसको सरकार होस् वा भाजपाको, जसको सरकारमा पनि मन्त्रीपद लिन सक्ने व्यक्ति त्यसमा पनि वहालवाला मन्त्रीको मृत्युको खवरलाई सामान्य रुपमा लिइएको देख्दा मलाई केही आश्चर्य लाग्यो, अनि नेपालमै रहेका उनलाई नजिकवाट चिन्ने केही व्यक्तिहरुलाई सम्पर्क गरेँ । उनीहरुसंग मैले भारतको दलित आन्दोलनमा उनको के विशिष्ट योगदान छ भन्ने जान्नु मेरो उद्देश्य थियो । तर त्यस्तो उल्लेख्य पक्ष केही नभएको जानकारी पाएंँ । तर जे भए पनि उनी अम्वेडकरले स्थापित गरि दिएको आरक्षण कोटाको सवैभन्दा धेरै लाभग्राही मध्येका एकजना थिए भन्दा अत्युक्ति नहोला । भन्न तथा म एउटा दियो लिएर अध्याँरोमा रहेका जनताको घरमा उज्यालो छर्न हिँडेको हुंँ भन्ने गरेका थिए, तर त्यस्तो उज्यालो छर्न उनी कति सक्षम भए त्यो त भारतीय दलित आन्दोलन र त्यसको इतिहासले खोतल्ने प्रयास गर्ला ।
रामविलास पासवानको नेपाल साईनोलाई हेर्दा उनी आजीवन नै सार्वजनिक पदमा मात्र रहेनन्, धेरै जसो भारतको क्याविनेट मन्त्री नै रहे, लगभग नेपालका गच्छेदार जस्तै, जुनसुकै पार्टीको सरकार भए पनि त्यसमा सहजै अटाउने र उनको सकृय राजनैतिक जीवनमा चार पटक नेपाल आएको देखिन्छ । नेपालका केही दलित नेताहरुले उनलाई वारम्वार भेटेर आउने पनि गरेका थिए, तर सो भेटवाट स्वंय उनीहरुले वा नेपालको दलित आन्दोलनले कत्तिको फाईदा पायो त्यो भने खासै उल्लेख्य छैन । उनको संभवतः तेश्रो नेपाल भ्रमणमा मैले आफै पनि साक्षात्कार मात्रै नभईकन, लगभग एक दिन र आधा उनीसंग विताउने अवसर पाएको थिएँं । प्रथम संविधान सभाको चुनाव पछि प्रचण्ड प्रधानमन्त्री भएका थिए । उनलाई नेपालमा ल्याउने चाँजो मिलाएका थिए नेपालका दलित नेता विश्वेन्द्र पासवानले । त्यतिवेला विश्वेन्द्र पनि सभासद थिए, संसदमा एक्लै रोष्टम घेरेर चर्चा मात्रै नकमाएर प्रचण्डसंँग पनि राम्रै चिनजान राख्दथे । रामविलासलाई विश्वेन्द्रले वीरगंजमा उनको पार्टी दलित जनजाति पार्टीको एउटा विशेष भेलाको उद्घाटन तथा सम्वोधन गराउन नेपाल ल्याएका थिए । तर त्यो रामविलासको औपचारिक भ्रमण भने थिएन, त्यति वेला उनी रसायन तथा मल मन्त्री थिए । विश्वेन्द्र पासवानको निजी पहलमा भएको कार्यक्रम भएता पनि उनले राम्रो स्वागत नेपालमा पाएका थिए, त्यो दुवै सरकारी तथा जनस्तवाट थियो ।
त्यति वेला विश्वेन्द्रसंग मेरो राम्रो चिनजान भएको तथा रामविलासको भ्रमणलाई सहज वनाउन मैले पनि भूमिका खेलेको हुंँदा उनलाई स्वागत गर्न जीवनको पहिलो पटक विमानस्थलको भिआईपि कक्षमा जाने अवसर मिल्यो । दिल्लीवाट सिधै काठमाडौं अवतरण भए पछि वुद्ध एअरको सीमरा उडानवाट वीरगंज जाने कार्यक्रम रहेको तर सो उडान लगभग २ घंटा ढिलो भएको हुंदा भिआईपि कक्षमा केही संवाद गर्ने अवसर मिल्यो । वहालवाला मन्त्री भएको हुँदा नेपालका लागि भारतीय राजदुत राकेश सुद पनि विमानस्थल पुगेका थिए । भारतीय राजदुत र मन्त्री पासवान संगै भएको अवसरलाई उपयोग गर्दै मैले भारतीय दुतावासले नेपालमा लाखौं रुपियाको छात्रवृत्ति वांड्ने र भारतमा पनि पढ्ने अवसर दिन्छ तर त्यसवाट कुनै दलितले फाईदा लिन सक्दैनन् । एक त त्यसको सूचना हुदैन अर्को भए पनि त्यसवाट लाभ लिन सक्दैनन । भारतले जव त्यहाँंका दलितहरुका लागि विशेष आरक्षणको व्यवस्था गर्न सक्छ भने नेपालका दलितका लागि कुनै व्यवस्था गर्न सक्दैन ? भारतीय दूतावासले वितरण गर्ने छात्रवृत्तिमा भारतीय दलितले तिरेको कर पनि हुने र भारतीय दलितहरुसंग नेपाली दलितहरुको भाईचारा सम्वन्ध समेत भएको हुंँदा भारतीय दूतावासले वितरण गर्ने छात्रवृत्ति तथा अन्य विकासका सहयोगहरुमा यहांँका दलितको पनि हक हुन्छ की हुदैन भन्ने मैले थप तर्क राखेको थिएंँ । सो कुरालाई रामविलासले गंभीरतपूर्वक सुने र स्पष्टिकरण माग्ने शैलीमा राकेश सुदलाई प्रश्न गरे । सुदले खासै उत्तर नदिएर त्यसलाई पन्छाउने काम गरे ।
भोलिपल्ट अघिल्लो दिनकै कार्यक्रम सकाएर पुन उनी काठमाडौं आए, डोमेस्टिक टर्मिनलमा हामी उनको स्वागत गर्न पुग्यौै । उनको सो भ्रमण नीजि भएता पनि भारतका वहालवाला मन्त्री भएको हुंँदा त्यसलाई नेपाली संचारमाध्यमले केही महत्व दिएर समाचार वनाउला भन्ने हाम्रो अपेक्षा थियो । तर सीताराम यचुरी जो सांसद र भाकपाका नेता हुनु वाहेक अन्य महत्वपूर्ण पदमा नहुँदा पनि नेपालका संचार जगतको उनको वारेमा यथेष्ट समाचार वनाएको देखिन्छ, तर रामविलासको सो भ्रमणलाई पुरै उपेक्षा गर्यो, अन्यले त उनको भ्रमणको समाचार वनाएनन वनाएनन्, स्वंय सरकारी एजेन्सी रासस र गोरखापत्रले समेत कुनै समाचार छापेनन् । हामीसंगको भेटमा उनले मेरो भ्रमणको समाचार छ भनेर सोधे किनभने उनी सधैं संचार जगतमा आएको हेर्न मनपराउने नेताको रुपमा गनिदा रहेछन् र आफ्नो मातहतमा तीन चारवटा अखवारहरु पनि चलाउँंदा रहेछन् । तर कुनै समाचार आएको छैन भन्ने सुन्दा एकछिन उनी स्तव्ध भए ।
अहिले रामविलास पासवान दिवंगत भई सकेका छन् । उनी जीवनपर्यन्त दलितकै नाउंँ र राजनीतिमार्फत लाभको पद लिन सफल भए तर आम दलितले उनको त्यत्रो राजनैतिक उचाईवाट के लाभ लिन पाए भन्ने मैले जान्न सकिन र पनि उनले नेपालका दलितलाई पनि खासै प्रत्यक्ष केही गर्न नसकेता पनि नेपालको संविधानमा दलितका ऐजेण्डाहरुले प्राथमिकता पाउन भन्ने चाहाना देखिन्थ्यो ।
निर्धारित कार्यक्रम अनुसार उनको औपचारिक भेटघाटको कार्यक्रम प्रधानमन्त्री प्रचण्ड, पूर्व प्रधानमन्त्री गीरिजाप्रसाद कोईराला र राष्ट्रपति रामवरण यादवसंग थियो । सो भेटघाटको दलमा म पनि विश्वेन्द्रसंग संगसंगै हिँड्ने मौका पाएको थिएँं । हरेक भेटघाट दुई किसिमको थियो । पहिलो भेटघाटमा प्रतिनिधिमंडलमा रहेका सवै सदस्यहरुले औपचारिक रुपमा भेट गर्न पाउने रहेछन् । दोश्रो चरणमा दुईजनाको गोप्य भेटघाट हुने रहेछ । सो क्रम तीनै जना नेपालका तत्कालिन शीर्षस्थ व्यक्तिहरुसंग भेट्दा लागु भयो । हामी भएको वेलामा सामान्य कुराकानी तथा दुई देशको हितको वारेमा छलफल हुन्थ्यो । पछि व्यक्तिगत छलफलमा के कुरा हुन्थ्यो त्यो मेरो जानकारीमा आएन । त्यति वेला संविधान निर्माणको चरणमा थियो अतः विश्वेन्द्रजी र मेरो चाहाना रामविलासको भ्रमण मार्फत दलितका एजेण्डाहरुले संविधान बन्दा प्राथमिकता पाओस भन्ने थियो । खासगरी प्रचण्ड र गिरिजा मार्फत भारतीय शीर्षस्थ दलित नेताको पनि चासो नेपालको संविधान निर्माणमा छ भन्ने ध्यानाकर्षण गराउनु थियो । पहिलो संविधान सभाले दलितहरुको राजनैतिक प्रतिनिधित्व गराउँंदा जनसंख्याको अनुपातमा दिईने कोटाका क्षतिपूर्ति स्वरुप केन्द्रमा ३, प्रदेशमा ५ र स्थानीय तहमा १० प्रतिशत अतिरिक्त सीटको व्यवस्था गर्ने कुरालाई सैद्धान्तिक रुपमा सहमति जनाएको थियो, तर दोश्रो संविधान सभामा आउंँदा सो प्रावधान कता हरायो थाहै पाउन सकिएन ।
नेपालका तीनजना भिआईपिहरुसंगको भेटघाट पछि होटेल एभरेष्ट सेराटनमा दलित तथा केही गैरदलित अगुवाहरुको विशेष भेलालाई सम्वोधन गर्ने कार्यक्रम रामविलासको थियो । उनको सोही दिनको ४ वजे दिल्लीको फिर्ति उडान पनि भएको हुँदा उनले धेरै लामो समय दिन पाएनन् । मेरो समेत विशेष पहल र सहयोगमा सो कार्यक्रम आयोजना भएको हुँदा मैले दलितको विषयहरु राख्ने अवसर पाएको थिए । सो कार्यक्रममा मैले अघिल्लो दिनमा विमानस्थलमा भनेको कुरालाई लिखित सम्वोधन मार्फत दोहो¥याएको थिए र नेपाल र भारतका दलितहरु विच भएको भाईचारा सम्वन्धको व्याख्या गरेको थिएँं । रामविलासले आफ्नो संक्षिप्त संवोधनमा मैले उठाएका कुरामा खासै प्रवेश गरेनन्, सो उनले नचाहेर हो की नसक्ने भएर हो मैले अहिले सम्म वुझ्न सकेको छैन । भारतको एउटा वहालवाला क्याविनेट मन्त्रीले आफ्नै देशको दूतावासले दिने छात्रवृत्तिमा सो देशका दलितलाई पनि प्राथमिकता देउ भन्न पनि नसक्ने हो भने सो मन्त्रीको हैसियत के हुंँदो रहेछ भन्ने लाग्यो । उनी नेपालवाट फर्केर गएपछि पनि आफ्नो देशको परराष्ट्र मन्त्रालय मार्फत नेपालका दलितका लागि केही व्यवस्था गर्न लगाउँंछन भन्ने आशा थियो तर त्यसो गरिएको कहिल्यै थाहा भएन । विश्वेन्द्रजीले आफ्नो सम्वोधनमा उनलाई पटक पटक दलितका मसिहा भनेर सम्मान दिईरहनु भएको थियो, तर त्यो सम्वोधनको वास्तविक हकदार भने उनी नभएको मेरो ठहर छ ।
अहिले रामविलास पासवान दिवंगत भई सकेका छन् । उनी जीवनपर्यन्त दलितकै नाउंँ र राजनीतिमार्फत लाभको पद लिन सफल भए तर आम दलितले उनको त्यत्रो राजनैतिक उचाईवाट के लाभ लिन पाए भन्ने मैले जान्न सकिन र पनि उनले नेपालका दलितलाई पनि खासै प्रत्यक्ष केही गर्न नसकेता पनि नेपालको संविधानमा दलितका ऐजेण्डाहरुले प्राथमिकता पाउन भन्ने चाहाना देखिन्थ्यो । त्यसलाई दुई छिमेकी देशका दलित जनताहरुको एउटा विशिष्ट सदभावको रुपमा लिनु पर्छ भन्ने मेरो ठहर छ । अन्त्यमा उनी प्रति हार्दिक श्रद्धान्जली टक्र्याउन चाहान्छु ।
Leave a Reply