बहस: नेपालमा दलित भविष्य
मैले पढेको शिक्षाले समाजको परिवर्तत वैज्ञानिक चेतनाले गर्दछ भन्दछ । तर मेरो समाज विज्ञानको आविस्कारलाई कुनामा थन्काएर हातमा जातीय विभेदको धर्मग्रन्थ बोकेर समान मानवलाई विभेद गरिरहन्छ । समाजलाई झन–झन जातको खाल्डोमा पर्दैछ, दिनानदिन जातीय हत्या, हिंसा, बालात्कार बढिरेकैछ । अनि विज्ञान विचरा मुर्छित छ ।
प्रश्न कहाँ – कहाँ ?
संविधानमः नेपालको संविधानले जातीय विभेद र छुवाछुत गैर संवैधानिक हो, नागरिक सवै समान हुन भन्दै, दलितहरु जातीय विभेदमा रहेका कुरा स्वीकार गर्दछ । देशको मुल कानूनले भन्दछ भन्दै कथित उच्च जातीय विद्धानहरु रेडियो, टेलिभिजन, पत्रपत्रिका, युट्य, फेसबुक, ईष्टाग्राम अनि ट्वीटरतिर भाषण छँट्दै गरेका भेटिन्छन् । तर वास्तविकतामा कथित उच्च भनिनेहरु नै जातीय आधारमा विभेद र छुवाछुत गर्न हिंसात्मक रुपमा लागि रहेको यर्थाथता हो । जब जातीय आधारमा विभेद र छुवाछुत भैइरहन्छ, अनि त्यो विभेदका विरुद्धमा प्रश्न गर्ने पाउन कि नपाउने ? कि सवैैधानिक व्यवस्था नै एउटा भ्रम हो भनि स्वीकार गर्नु परयो, नभए देशको मुल कानुनको विरुद्धमा क्रियामा संलग्न कथित उच्च जातीय समुदायले संविधान नमानेको भएन र ?
धर्मको आढमाः एउटा कथित दलित स्वधर्मी हिन्दू नै त हो नि, उसले पनि कथित उच्च जातिले जस्तै ॐकार लाई मान्दछ, पुजा गर्छ, गायत्री मत्र जप्दछ, व्रत वस्छ, भगवानको दिव्य आराधना गर्दछ, भगवानको चरणमा सबैले चढाए झै पुष्प अर्पण गर्दछ । हरेक कथित दलितका घरमा पनि खुसियाली हु“दा श्रीगणेशको नामवाट प्रारम्भ हन्छ तर पनि दलित समुदाय अशुद्ध अनि कथित उच्च जाति शुद्ध कसरी भयो भनि प्रश्न गर्न पाउने कि नपाउने ? मन्दिर बनाउने शिल्पीहातहरु तीनै दलित र मजदुरका नै हुन्छन् । मन्दिरको मुर्ति कद्ने पनि दलित शिल्पकार नै हुन्छन् । तर जव मन्दिर वन्छ पुजारी तथाकथित गैर दलित, अनि उ मन्दिरमा विभेद श्रृजना गर्छ, छोईछिटो गर्छ, दलितका लागि मन्दिर प्रवेश निशेष गर्छ । यो अधार्मिक कुचिन्तनका विरुद्धमा बोल्न किन नपाउने । भगवानको घरमा तिमि ठुलो दलित सानो कसरी, तिमि धार्मिक दलित अधार्मिक कसरी भनि प्रश्न गर्न पाउने कि नपाउने ?
विवाहमाः एक मानवले आफनो जिवनसंगी रोज्न पाउने अधिकार राख्दछ तर समाज अन्तरजातीय विवाह वहिष्कार मा उत्रिन्छ, ज्यान लिन्छ । हरेक पटक हत्या र वहिष्कार भैरहेकै छ, दलितले सहेर वसेकै छन्, अनि यी अमानविय घटना हु“दा मानवको जीवन साथी रोज्न पाउने अधिकार हनन् भयो भनि प्रश्न गर्न पाउने कि नपाउने ?
शिक्षा आर्जनमाः सयौ वर्ष देखि शिक्षा कथित वाह्ण समदायलाई छात्रवृति हुँदै आएको छ । शास्त्री पढाई पुरा गर्न सरकारी व्यवस्था, होस्टेल, खाना समेत निःशुल्क व्यवस्था हने, अनि दलित समदायले संस्कृत शिक्षा लिन पाउनपर्छ भनी एकजना गैरदलित चन्द्रकान्त पौडेलले आवाज उठाउ“दा सामाजिक सद्भाव भड्किएको भनी हिरासतमा राखियो, अर्को तर्फ हि“सामा उत्रिने कथित उच्च जातिहरुले राज्यको संस्कृत शिक्षामा सेवा पाउने दलितले किन नपाउने भनी प्रश्न गर्न पाउने कि नपाउने ?
रोजगारीमाः कथित उच्च जातिय समदायको लागि सयौं वर्ष देखि रोजगारी प्राप्ति सहज र जातिय पेवा जस्तै वनेको छ । राज्यको हरेक सरकारी सेवा चाहे त्यो प्रशासनिक होस्, वा निजामती सम्पुर्ण क्षेत्रमा गैर दलितहरुको पहुँज अधिकतम छ । तर अहिले विभिन्न प्रयासहरुवाट दलित समदाय पनि शिक्षामा अग्रसरता देखाएको अवस्थामा संवैधानिक व्यवस्था वमोजिम रोजगारीमा विशेष आरक्षण तथा अवसर प्रदान प्रश्न र अधिकारको करा गर्नुपर्दछ । मनस्मृतिकालमा कथित दलितले पढ्न हुदैन भनी वन्देज लगाएता पनि आजको विश्वव्यापीकरणले धेरै डाक्टर, पाईलट, वकिल, ईन्जिनियर, वैज्ञानिक दलित समुदायले जन्माउन सफल भएको छ । पढ्न वन्देन लगाई सदैव दास वनाउने कथित उच्च जातिय मनोवृतिमा समयकाल अनुुरुप परिवर्तन किन आएन ? किन अहिले समान क्षमता, समान योग्यता हु“दा पनि गैर दलित विशेष अनि उच्च अनि दलित नीच कसरी भयो भनी प्रश्न गर्न किन नपाउने ?
न्यायिक क्षेत्रमाः न्यायालय प्रवेश दलित समदायलाई फलामको ढोका जस्तै हो । प्रवेशको सम्ंभावना अधिकतन न्युन भएकै कारण हाल मात्र केहि माननिय न्यायाधिश पदमा अवसर पाएका दलित भएता पनि त्यो हात्तिको मुखमा जिरा नै हो भन्दा उपयुक्त होला । त्यसैले न्यायालयको ढोका दलितका लागि कहिले खुल्छ भनी प्रश्न गर्नु पाउनुपर्छ ।
राजनैतिक क्षेत्रः हरेक पार्टीहरुको शान्तिपर्ण होस् वा हिंसावाट होस उनीहरुको उद्धेश्य प्राप्तिका लागि हजारौ दलित युवा युवती तथा नेतृत्वले उल्लेखनीय योगदान गरेको ईतिहासलाई विसे नगर्चीको प्रतिनिधि पात्रले जनाउँदछ भने हजारौको सहादत जनयुद्धकाल देखि तराई मधेश आन्दोलन सम्म प्रष्ट्याउँदछ । तर जव राज्यको वागडोर सम्हाल्ने वेला वखतमा जहाँनिया र कथित उच्च जातिय वर्चश्व देखिन्छ । अनि दलित समुदायलाई भातृसंगठनको वाकसमा पार्टी ह्पिको ताला लगाएर वन्द गरिन्छ । के वलिदानीमा पनि विभिन्नता हुन्छ र ? नेता सधै कथित उच्च जातिय समदुाय, नेतृत्व पनि सदैव एक पछि अर्को गैर दलित समुदायमा सर्दै जाने जहाँनिया र जातिय प्रवृति हावी भैरहने । अनि सक्षम दलित समुदायलाई समान नेतृत्वको अवसर चाहिन्छ भन्दा विद्रोह गरेको वा प्रश्न गरेको हुने ।
समता फाउण्डेशनले एउटा प्रयास स्वरुप टेलिभिजन मार्फत संचालन गरेको कार्यक्रम नेपाली रजतपटमा महानायक राजेश हमालको प्रस्तती ‘जातको प्रश्न’ त्यही अन्धविश्वासी हिन्दू सनातनी धार्मिक पाण्डाहरुप्रति उठाईको प्रश्न हो जसको जवाफ तयार गर्ने जिम्मा सचेत, सक्षम र न्यायीक मन भएको हिन्दू समाजले लिन पर्दछ न कि यसको प्रतिरोध । किनकी ‘जातको प्रश्न’ धार्मिक नभै नितान्त कानूनी र न्यायिक प्रश्न हो ।
हालको प्रवृति र परिणामः
देशमा जातिय छुवाछुत अपराध तथा सजाय ऐन २०६८ वन्दै गर्दा, जातिय विभेदलाई सरकारवादी मुद्धाको रुपमा राखिरह“दा पनि देशमा जातिय विभेद र हिंसा वढिनै रह्यो । सन् २०२० मा अमेरिकाको वासिंटन डिसीमा कथित गैर दलितहरुले लिंकन मेमोरिएलमा जातिय विभेद भएकोमा पुर्खाको गल्तीमा घु“डा टेकी माफि मागिरह“दा होस वा नेपा वावुराम भट्टराईले वावुराम विश्वकर्मा लेख्छ भनेको नै किन नहोस् तर तराई मधेशमा अंगिरा पासी र पहाडमा वालिका संगिता कामीहरुको निर्ममता पुर्वक बलात्कार पछि हत्या भइ नै रह्यो । अनि पहाडमा नवराज वि क र तराई मधेशमा विजय राम मरिरहँदा राज्यले आँखा चिम्लि नै रह्यो । यसका अन्यायको विरुद्धमा न्यायको आवाज विश्वभरवाट उठ्न थालेको पनि छ । यसैक्रममा समता फाउण्डेशनले एउटा प्रयास स्वरुप टेलिभिजन मार्फत संचालन गरेको कार्यक्रम नेपाली रजतपटमा महानायक राजेश हमालको प्रस्तती ‘जातको प्रश्न’ त्यही अन्धविश्वासी हिन्दू सनातनी धार्मिक पाण्डाहरुप्रति उठाईको प्रश्न हो जसको जवाफ तयार गर्ने जिम्मा सचेत, सक्षम र न्यायीक मन भएको हिन्दू समाजले लिन पर्दछ न कि यसको प्रतिरोध । किनकी ‘जातको प्रश्न’ धार्मिक नभै नितान्त कानूनी र न्यायिक प्रश्न हो ।
कथित गैर दलित समुदायमाथि विभिन्न स्वरुपमा जातिय विभेद र छुवाछुतका पल–पल भोगिरहे कै छ, चिया पसलमा दलित मर्छ, मन्दिरमा दलित काटिन्छ, स्कूलमा विभेदमा पर्छ, सरकारी कार्यालयमा वहिष्कृत हन्छ, जागिरमा विभेदको सिकार हुन्छ । गा“उमा छोरीचेली नलुकाए जोखिममा पर्दछन् भने सहरमा थर नलुकाए बाच्न मुस्किल छ । अनि राज्य कानमा विर्को हालेर तमासा हेर्दछ । दलित मारियो हतार हतार पुरस्कार घोषणा गर्दछ, बलात्कार भयो छानविन गरेको वहाना गर्छ, जागिरमा विभेद भयो सुनुवाई गर्दैन, शिक्षामा छात्रवृति घोषणा मात्र हुन्छ कार्यान्वयन हु“दैन, न्यायको आश गर्ने ठा“उमा पनि दलितका मुद्धामा शाव्दिक व्याख्यामा मुद्धा टु¨िँछ, न्याय गरे जस्तो गर्दै जातिय विभेदका घटनामा जरिवाना सम्म हुन्छ । न्यायालय न्याय गरेको जस्तो गर्छ, तर न्याय परेको देखिदैन ।
राज्यको भुमिकाः
सवै अन्याय, जातिय विभेद र छुवाछुतको पीडा सयौं वर्ष देखि दलित समुदायले वुझ्न थाले पछि आफनो मानव अधिकार, सामाजिक न्याय, समानता र हक अधिकारको लागि प्रश्न गर्न थालेको भर्खर मात्र हो । के मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८ ले भनेको सवै मानवजाति अधिकार र आत्म सम्मानपर्वक स्वतन्त्र र समान रुपमा जन्म लिन्छन भनेको गलत हो । यदि हो भने नेपाल किन संयुक्त राष्ट्रसंघको एक सदस्य राष्ट्र हो ? सवै प्रकारका र“गिय तथा जातीय विभेद विरुद्धको महासन्धि १९६५ ले भनेझै कुनै पनि मानवलाई उसको वर्ण, र¨, उत्पत्ति, राष्ट्रियता, धर्म, समुदायका आधारमा भेदभाव गर्न पाईनेछैन भन्ने व्यवस्था गरेको छ । नेपाल सो अभिसन्धिको पक्ष राष्ट्रको हैसियतले नेपालमा जन्मका आधारका गरिने भेदभाव उन्मुलनका लािग दायित्व वहन गर्दछ, त्यसैले जन्मका आधारमा कोही उ“च र कोही नीच हुने प्रचलन हटाउन प्रयास किन भएन भनी प्रश्न गर्न पाउनुपर्छ । सन् १९६६ को आर्थिक, सामाजिक तथा सांस्कृतिक र नागरिक तथा राजनैतिक अधिकार सम्वन्धी अन्र्तराष्ट्रिय दुई भिन्न अभिसन्धिहरुको पक्ष राज्यले पिछडिएका नागरिकलाई विशेष अवसर तथा न्यायमा समान पहुँजको अवसरको करा राज्यले मिलाउनुपर्ने भन्ने व्यवस्था भएकोमा हाल नेपालमा राज्यवाट दलित समदाय प्रहरी हिरासतमा मारिने अनि आरक्षणका विरुद्धका कदममा राज्य विमुख बनेको छ । अव जातीय विभेद र छुवाछुतका घटना अनि मद्धा हरुमा राज्यको भुमिका पक्षपात रहित हुनुपर्दछ । राज्यलाई खवरदारी गर्न हामीले प्रश्न गर्न पाउने कि नपाउने ?
अबको उपाय सवै क्षेत्रमा प्रश्न गरौ ?
समाजमा समान नागरिको जीवनलाई कथित धार्मिक तथा जातिय आडम्वरमा कथित उ“चनीच र शुद्धता अशुद्धताको दायरा निर्माण गरिनु मानव अधिकार तथा सामाजिक न्यायको विश्वव्यापी मान्यता विपरित व्यवहार हो । अव चेतनशील बन्ने हो र आफुले समाजलाई भन्ने हो भने, हरेक मानव चाहे त्यो कथित उच्च भनिने जातिको होस् सवैले जातीय विभेद र छुवाछुतका विरुद्धमा प्रश्न गर्न सुरु गरौ । अरुलाई आरोपित गर्दै तिमी धर्म परिवर्तन गर्दैछौ, तिमी सामाजिक एकता भत्काउ“दैछौ भन्दै हि“ड्नु भन्दा पहिला हिन्दू धर्मभित्रको फोहोर चिन्तन जातीय विभेदयुक्त छुवाछुत व्यवस्थालाई सफा गर्न तर्फ लागौं ।
मार्टिन लुथर कि¨ले भनेका छन् कि ‘यदि अन्याय कहि पनि हुन्छ भने त्यो न्यायका लागि सवैतिर वाधक हुन्छ ’ । किनकी नेपाली समाजमा कथित दलित माथि सयौं वर्ष देखि भएको अन्याय पनि न्यायको लागि वाधक हो । तसर्थ सयौ वर्ष देखि सामाजिक सदभाव, एकता, भातृत्व, धार्मिकताको वाधाको रुपमा रहेको जातिय विभेद र छुवाछुतका विरुद्धमा हटाउन हातेमालो गरौं । प्रश्न गर्नु भनेको नै मानव अधिकार तथा सामाजिक न्यायको अभियान हो जसलाई अँग्रेजीमा ‘भोईस भनिन्छ । सामाजिक एकता, धार्मिक सहिष्णुता अनि राष्ट्रियताको बलियो आधार निर्माणका लागि विभेदयुक्त जात व्यवस्थाका विरुद्धमा एकतावद्ध भएर प्रश्न गरौं । डा. अम्बेडकरले भन्नुभएको छ‘ समानता, स्वतन्त्रता र भातृत्व भाव झल्काउने धर्म मलाई मन पर्दछ’ । अव हरेक व्यक्ति–व्यक्तिले हरेक क्षेत्रमा रहेको जातिय विभेद र छुवाछुतका प्रश्न गर्न थालौ अनि निदानको उज्यालो पनि देखा पर्नेछ । एक अफ्रिकन अमेरिकन लेखिका एडुरे लोर्डले भन्नु भएको छ कि ‘तिम्रो मौनताले मितिलाई संरक्षण गर्दैन ’। त्यसैले एकता र आत्मसंरक्षणको आवाज नै प्रश्न बन्नुपर्दछ ।
Leave a Reply