सम्भव छ हिन्दु धर्ममा छुवाछुतको अन्त्य ?

संजय अधिकारी १९ श्रावण २०७७, सोमबार २२:४९

केहि महिना देखी नेपालका संचारमाध्यमहरुमा कोभिड १९ संक्रमण इतरका घटनाहरुले विरलै स्थान पाएका छन् । तिनै विरलै मध्येको एक बन्न सफल भयो रुकुम जाजरकोट हत्याकाण्ड । हत्याकाण्डमा अनेकन दोषी र अपराधीहरु कानुनी कारवाहीमा आउँदैछन् भन्ने पनि सुनिदैछ । त्यस अलावा स्वस्पूmर्त रुपमा केहि नागरिकहरु सामाजिक सन्जालमा दलित र गैरदलित बीचको दुरी कम गर्ने प्रयासमा लागेका पनि देखिन्छन् । तर यी सब सतही कुराहरु हुन् । जसरी चिन्ह र लक्षणको उपचारले मात्र रोग निको हुदैन त्यसै गरी, जातिय विभेदका अपराधीहरुलाई सजाय दिएर वा पिडितहरु प्रति सहानुभुति देखाएर मात्र समस्या समाधान हुँदैन । जातिय व्यवस्था र छुवाछुतको मुल जरोलाई निर्मुल पार्ने वहस अभैm पनि सुरु भएको छैन । जातिय विभेद र छुवाछुतको अपराधमा यदि वास्तविक दोषी र अपराधी कोहि छ भने त्यो हो समाजमा विद्यमान धार्मिक रुढिवादी व्यवस्था जो धार्मिक विश्वासको अन्धकार र गहिरो खाडलभित्र निसास्सिएको छ । हिन्दु धर्म भित्रको कथित वर्ण व्यवस्थाको आधारमा माथिल्ला भनिएका कथित अपराधी जातिलाई तल्लो भनिएका उत्पिडित जाति प्रति हदै सम्मको अमानवीय व्यवहार गर्ने छुट दिएको छ ।
भारतीय लेखिका अरुन्दती रोय सुमधुर आवाजमा कडा शब्दहरु बोल्छिन् । ती शब्दहरुमा उनी हिन्दुधर्ममा जकडिएको जातिय प्रथाको विरोध गर्छिन् । सो क्रममा भारतमा महात्मा मानिएका गान्धीको खेदो खन्छिन् र दलितहरुको आवाज मानिएका डा. बि. आर. अम्बेडकरको प्रशंसा गर्छिन् । अम्बेडकर र गान्धी दुवै भारतीय स्वतन्त्रता संग्रामका अगुवा नेताहरु थिए । अम्बेडकरले दलितहरुको पक्षमा आवाज मात्र उठाएनन्, छुवाछुत व्यवस्था भएको हिन्दुधर्मको आलोचना पनि गरे । धर्म परिवर्तन उन्मुख दलितहरुको पक्षमा खुला समर्थन गरे । अर्थात् हिन्दु धर्म परित्याग गर्न उकासे ।
रोयका अनुसार गान्धीको आवाज आज सम्म पनि धेरै सुनिन्छ सुनाइन्छ । तर, अम्बेडकरको आवाज त्यति ठुलो हुन सकेन कारण कथित माथिल्ला जातका र शक्तिशालीहरु गान्धीसँग थिए र छन् । कुनै बेला अमुकहरुको आवाज बनेका अम्बेडकर विस्तार विस्तार आपैm अश्रब्य हुँदै गएझैँ लाग्छ । आज भारतको शक्ति सत्तामा हिन्दुहरुको बलियो पकड हुनु पनि यसको एक कारण हुन सक्छ ।
रोयले गान्धीको आलोचना गर्दा दिने तर्क के हो भने गान्धीले जातिय प्रथाको समर्थन गरे । उनले छुवाछुतको विरोध त गरे तर जातिय व्यवस्थालाई वैधानिकता दिए जस्तै गरी । जवकी जातीय प्रथा नै नरहेको भए छुवाछुतको कुरा उठ्दैन थियो । जातपात कायम राखेर छुवाछुतको अन्त्य सम्भव छैन ।  हुन पनि हो, महात्मा मानिएका गान्धी जत्तिका प्रभावशाली व्यक्ति जातिय व्यवस्थाकै उन्मुलनको लागी अघि बढेका भए भारतीय महादिपको अवस्था अर्कै हुन्थ्यो होला । तर त्यसो भएन । बरु गान्धी, इश्वर सत्य हो वा सत्य नै इश्वर हो भन्ने जस्ता अमुर्त डिस्कोर्स सृजना गरेर त्यसको अध्यात्मिक व्याख्यामा लागे ।
अब कुरा गरौँ नेपालको । नेपाल पनि यस्तो देशहो जहाँ बहुसंख्यक मानिसहरु हिन्दुधर्म मान्छन् । त्यसो भएपछि यहाँ पनि असंख्य मानिसहरु यस्ता छन् जसलाई सोही धर्मले अछुतको श्रेणीमा राख्छ । भारतमा त अम्बेडकर थिए जसले जीवनभर दलितको बारेमा बोले र दलित हकहितको अभियानमा सक्रिय भए । हाल नेपालमा त्यस्ता नेता वा अगुवाको खडेरी परेको छ जो छुवाछुतको विरुद्धमा साँच्चै लागिपरेको होस् ।
नेपालमा कथित कम्युनिस्ट नेताहरु शक्ति  आफुँसँग नहुँदा वा विद्रोहीको अवस्थामा रहँदा धेरै क्रान्तिकारी र प्रगतिशलि कुराहरु गर्छन् । समानता र न्यायका सस्ता सपनाहरु महँगो दरमा बेच्छन् । जसै शक्तिमा आउँछन् तिनको वर्ग परिवर्तन् हुन्छ । सर्वहाराबाट सम्भ्रान्त वर्गमा रुपान्तरित हुन्छन् । नभए नेपालमा वामपहरुको यत्रो विजय हुँदा वा सत्ता शक्ति आफ्नो हातमा हुँदा छुवाछुत उन्मुलनको लागि सामाजिक, राजनैतिक अनि कानुनी अभियान चलिरहेको हुनुपर्दथ्यो । तर त्यस्तो अभियानको कुनै छनक पाइँदैन ।
बरु जातपातको नाममा जघन्य हिंसाहरुले पराकाष्टाका रुपहरु लिईरहेछन् । हिंसा त पहिले पनि थियो नै, अहिले बढेको होइन । बरु आधुनिक संचारका साधनहरुले गर्दा ती तीव्र गतिमा प्रकाशमा आईरहेका मात्र हुन् ।
जातपातको कारण मानिसहरु मारिएका घटनाहरु सुन्नमा आउनु वर्तमान न्याय संगत व्यवस्थाको परिहास हो । जसले आफुलाई जनताको प्रतिनिधी र सरकार भन्छ उसको अनुपस्थितिको प्रमाण हो । किनकि ती पिडकलाई न कानुनको मर्यादा छ न अरु कोही कानुन इतरका शक्तिहरुको नै भय छ । धर्मको नाममा ति बेफिक्रि अपराध गरिरहेछन् । शयौ वर्षदेखि अपमानित भएर बाँचिरहेका र अछुत बनाईएकाहरु आज पनि आफ्नै आँशुको पोखरीमा डुबिरहन बाध्य छन् । नेपालमा प्रजातन्त्रको स्थापनाको अघि सम्म व्राम्हण वा क्षेत्रीलाई कुनै कसुर गरे वापत दण्ड सजाय स्वरुप जात काढेर तल्लो जातमा झारिन्थ्यो । यसको अर्थ तल्लो जात भनेको अपमानित वा दण्डित अवस्था नै हो । यसको अर्को अर्थ हो दलित वा अछुत भनिएकाहरु अनन्त काल सम्मको लागि दण्डित वा अपमानित भईरहनु पर्नेछ ।
मान्छेहरु भन्छन्, आजकाल त दलितलाई आरक्षण दिईएको छ नि । मानौ आरक्षण सबै समस्याको हल हो । तर केवल समावेशिता र आरक्षणले बाटोबाट दलितहरु गैर दलितको कित्तामा पुग्न सक्तैनन् । आरक्षणको सिद्धान्तले तिनलाई तात्कालीन रुपमा केही लाभ पु¥याए पनि छुवाछुत र दलनको दलदलबाट चाहिँ बाहिर ल्याउदैन । समाजले गरिरहने अनवरत अत्याचारको मूल्य राज्यले दिने झिनो आरक्षणले तिर्न सक्तैन ।
हिन्दु धर्मग्रन्थ मनुस्मृतिले जातिय प्रथाको वकालत गर्छ । रामायण महाभारत र अन्य हिन्दुधर्म सम्बन्धी कथाहरुमा पनि जातपात र छुवाछुतको कुरो आउँछ । वेदहरुमा छुवाछुतको कुरो लेखिएको छैन भन्छन् वेद पढ्नेहरु । वेदका नेपाली अनुवादहरुमा पनि छुवाछुतको कुरो भेटिँदैन । यद्यपी, वेदको नेपाली अनुवादमा वैधता र सत्यता कति छ भन्ने कुरा थाहा पाउनु सँस्कृत भाषाको ज्ञान नभएका मानिसहरुको लागि सहज कुरो होइन । जेहोस् छुवाछुतमा विश्वास गर्नेहरु र छुवाछुतमा सहभागी हुनेहरुको आधार भनेको हिन्दु धर्ममा विद्यमान जाातिय व्यवस्था नै होे । हिन्दु भए पछि चार वटा जातको व्यवस्थालाई मान्नु पर्छ भन्ने सिद्धान्त नै छुवाछुतको मूल आधार हो । शुद्रहरु अछुत नै हुन् त्यसैले तिनलाई छुनु हुँदैन । उनीहरुको मान्यताले यसै भन्छ । उनीहरुको मान्यताले ती अछुत बनाईएकाहरुलाई जीवन पर्यन्त अपमानित भएर र दलित भएर बाँच्न आदेश दिन्छ ।

हिन्दुधर्मसँग जातिय व्यवस्था र छुवाछुत गाँसिएर रहिन्जेल यसका अनुयाईहरु छुवाछुतको मानसिक बन्धनबाट सजिलै निस्कन सक्दैनन् । समस्या राजनैतिक कानुनमा होइन, समस्या धार्मिक कानुनमा छ । समस्या त्यहि धार्मिक कानुनले निर्देशित गर्ने सामाजिक व्यवहारमा छ । अतः समाधान पनि धार्मिक व्यवस्था भित्रै लुकेको हुन सक्छ । एकथरि नरमपन्थी प्रोग्रेसिभहरु भन्छन् जातपात र छुवाछुत समयको विकास क्रमसँगै मासिँदै जानेछन् । त्यसो भए के अझै सैयौँ वर्ष सम्म तिनले अछुत भएर नै बस्नु पर्ने हो ?

 

आजको दिनमा नेपाल एक धर्मनिरपेक्ष राज्य हो ,जहाँ धर्ममा आधारित जातपातको नाममा कसैलाई भेदभाव गर्न पाइँदैन । बि.संं २०२० सालको संशोधित मुलुकी ऐनमा छुवाछुतलाई गैरकानुनी बनाइए पनि व्यवहारमा त्यो आज सम्म पनि लागु भएको छैन । नेपालको वर्तमान संविधानमा उल्लेखित मौलिक हकका तीन वटा धाराहरुले जातीय छुवाछुतको विरुद्धमा र समानताको पक्षमा बोल्छ । समानताको अधिकार, छुवाछुत विरुद्धको अधिकार, र दलितको अधिकारका बारेमा नेपालको संविधानको धारा १८, २४ र ४० मा क्रमशः लेखिएको छ ।
संविधान र कानुनमा छुवाछुतलाई कसुरवार ठह¥याईनु मात्रले समाजमा छुवाछुत हटाउन नसक्ने रहेछ । हिन्दुधर्मसँग जातिय व्यवस्था र छुवाछुत गाँसिएर रहिन्जेल यसका अनुयाईहरु छुवाछुतको मानसिक बन्धनबाट सजिलै निस्कन सक्दैनन् । समस्या राजनैतिक कानुनमा होइन, समस्या धार्मिक कानुनमा छ । समस्या त्यहि धार्मिक कानुनले निर्देशित गर्ने सामाजिक व्यवहारमा छ । अतः समाधान पनि धार्मिक व्यवस्था भित्रै लुकेको हुन सक्छ । एकथरि नरमपन्थी प्रोग्रेसिभहरु भन्छन् जातपात र छुवाछुत समयको विकास क्रमसँगै मासिँदै जानेछन् । त्यसो भए के  अझै सैयौँ वर्ष सम्म तिनले अछुत भएर नै बस्नु पर्ने हो ?
राज्य धर्मनिरपेक्ष भयो अब हाम्रो धर्म, परम्परा, सँस्कृति नासिने भयो भनेर रोइलो गर्नेहरुको आवाज आजभोली यत्रतत्र सुनिन्छन् । उनीहरु भन्छन् नेपालमा मानिसहरु शीघ्र गतिमा धर्म परिवर्तन गरेर इशाइ बनिरहेछन् त्यसैले हिन्दु धर्म संकटमा छ । हाम्रो् वैदिक सनातनिक सभ्यताको वंशाणु गुण नासिने खतरामा छ ।
के साँच्चै वैदिक सनातनिक सभ्यता खतरामा परेको हो त ? हिन्दु धर्म नासिने बाटोमा हिँडिसकेको हो त ? धर्म परिवर्तनका अनेकन आयामहरु र कारणहरु हुन्छन् । यहाँ चर्चा गर्न खोजिएको चाहिँ एउटै मात्र कारणको छ । त्यो हो, हिन्दु समाजमा अछुत मानिएकाहरुलाई हिन्दु धर्मले समेटेर राख्न सक्छ कि सक्दैन भन्ने ।
हिन्दु धर्म नासिने भयो यसको रक्षा गर्नु पर्छ भनेर चिन्ता जाहेर गर्नेहरुले यस धर्म भित्रको छुत र अछुत व्यवस्थालाई कसरी लिन्छन् ? उनीहरुले छुवाछुतसहितको हिन्दुधर्मलाई निरन्तरता दिन चाहिरहेछन् कि, धर्ममा सुधार वा परिवर्तन चाहान्छन् ? हिन्दु सँस्कारलाई जोगाई राख्न चाहानेले जातपात र छुवाछुतको खुलेर विरोध गर्न मात्र होइन व्यवहारमा लागु गर्न पनि सक्छन् त ? अनि छुवाछुतको कुरीति बेगर पनि हिन्दुधर्म पुर्ण मात्र होइन अझ पवित्र छ भनेर भन्न सक्छन ? अझ स्पष्टसँग भनौ वेदविद्याश्रम जस्ता पाठशालाहरुमा कथित शुद्रहरुले प्रवेश पाउँन सक्छन् ?
राजनैतिक नेताहरुले समाज सुधारको मामलामा छुवाछुत सम्बन्धि कुरालाई सशक्त ढंगले उठाउन नसकेको कुरा त भैहाल्यो । नेपालका धार्मिक अगुवाहरुले पनि यो विषयमा सकारात्मक बोलि बोलेको पाइँदैन । र सम्भवत बेल्दैनन् पनि ।
संसारमा कुनैपनि सम्यता जस्ताको तस्तै अनन्तकालसम्म चालिरहँदैन । परिमार्जन र सुधारले मात्र त्यो सभ्यता वा व्यवस्थालाई दिर्घजीवि बनाउँछ । वैदिक सनातन सभ्यताको आजको रुप एकैपटक उत्पत्ति भएको होइन । यो क्रमशः विकास र परिमार्जनहुँदै आएको हो । समयान्तरमा वैदिक सनातन सभ्यतामा अनेकन धार्मिक समुह र सम्प्रदायहरुको विकास भएको देखिन्छ । यसै सभ्यतामा चारवाक र शांख्य दर्शन जस्ता नास्तिक वा भौतिकवादी विचारहरु अटाएका छन् । बुद्ध धर्म पनि जातीयभेद विहिन व्यवस्था हो । बौद्ध सप्प्रदायको संघमा सबै समान रहन्छन् । त्यहाँ जातको आधारमा उचो–निचो वा छुत–अछुत हुँदैन । इतिहाँसमा हजारौँ कथित तल्लो जातिका हिन्दुहरुले बोद्धमार्ग अपनाएको तथ्यहरु यत्रतत्र छन् । कारण हिन्दुधर्मभित्रको छुवाछुत हो । आज इशाईहरु नेपालमा आफ्नो संख्या बढाइरहेका छन् । यसको पनि एक कारण हिन्दु सम्प्रदायमा समावेश असमान जातीय व्यवस्था नै हो । उनीहरुले सजिलै तिनलाई आकर्षित गर्न सक्छन् जो हिन्दुत्वको पीडक प्रवृत्तिबाट पिल्सिएका छन् । यसले के पुष्टि गर्छ भने दलितहरुले हिन्दु धर्म परित्याग गर्नु वा धर्म परिवर्तन गर्नु भनेको अति सामान्य र वैज्ञानिक कुरो हो । हिन्दु धर्मभित्र अछुत भनेर पर–पर लखेटेपछि तिनलाई अर्को धर्मले तान्ने त भैहाल्यो । कुनै चीज कतैबाट पर धकेलिन्छ भने त्यो अर्को ठाउँमा त अवश्य पुग्छ नै ।
सभ्यताहरु मनवजाति आफैले कुनै समय निर्माण गरेका हुन् । कालान्तरमा त्यो सभ्यता असहज र अवैज्ञानिक हुँदै जाँदा मानव जाति नै ति सभ्यताबाट टाढिँदै जान्छन् । अथवा त्यहिँ भित्र क्रमशः अर्कै सम्यताको विकासहुँदै जान्छ । किनकी सभ्यताहरु मानवको हित र सहजताको लागि बन्दै जान्छन् र भत्कीन्छन पनि । वैदिक सनातनिक सभ्यता पनि त्यस्तै हो । जस्तो सुकै सुन्दर सभ्यतामा पनि अनेकन कुरीति र कुरुपताहरु टाँसिएका हुन्छन् । जातपात वा छुवाछुत प्रथा त्यस्तै एउटा उदाहरण मात्र हो ।
वैदिक सनातनको सभ्यता वास्तवमा ज्यादै उदार र सहज पनि छ । यसमा मान्छेले चाहे जस्तो सुधार र परिमार्जन गरि पनि रहेका छन् । कुनै बेला सति प्रथा जस्ता अमानवीय र अपाराधिक प्रथाहरु पनि थिए, ती मासिए । किनकी सम्पुर्ण नारी जातिको अहितमा रहेको प्रथा ननासिएको भए यो प्रथाको आधार बनेको सभ्यता नै नासिने थियो । अतः सति प्रथा नासिनु सभ्यतामा सुधार थियो । कानुन लगाएर गरिएको भए पनि त्यो धर्ममा सुघार वा परिमार्जन् थियो । तर सति प्रथा मासिँदा छुवाछुत किन मासिएन ?
नेपाल साप्ताहिकमा मिती.२०७६ श्रावण १ मा प्रकाशित सोकेसको पूmल र दलित समावेशिता नाम लेखमा घम्बर नेपालीले यस बारेमा केहि लेखेका छन् । उनका अनुसार सती प्रथाबाट माथिल्लो जातका महिलाहरु पनि पिडित थिए । त्यसैले त्यो हट्यो ।
कानुनी रुपमै नेपालबाट सति प्रथा हट्नुमा सत्ता शक्तिमा रहेका कथित माथिल्लो जातकै पहल थियो । तर तल्लो जात भनिएकाहरुको पिडा उनीहरुले बुझ्न सकेनन् वा चाहेनन् । त्यसैले छुवाछुत आजसम्म पनि कायम छ । निष्कर्ष के हो भने माथिल्ला जातका भनौँदाहरुले धर्मको परिमार्जन वा रुपान्तरण गर्दा पनि आफ्नै स्वार्थ हेरे । आफुलाई परेको असरलाई मात्र असर ठाने । अरुको वास्ता गरेनन् ।
हिन्दु धर्मका हिमायतीहरु धर्म परिवर्तनका कारण हिन्दु नासिने भए भन्ने भयमा पिल्सिएका छन् । हिन्दुराज्य बनाउने अभियानमा छन् । तर तीनले यो धर्मलाई सुधार गरेर जातीय विभेद र छुवाछुत मुक्त बनाउने कुरा किन गर्दैनन् ? यस्तो लाग्छ उनीहरुलाई छुवाछुत र विभेदयुक्त समाजले सन्तुष्टि दिन्छ । होइन भने धर्म सुधारको अभियान सुरु हुनु प¥यो । र यो कार्य धार्मिक अगुवा वा हिन्दु धर्मका पक्षधरहरुबाट भयो भने ज्यादा सह्रायीन हुनेछ । अन्यथा कोही पनि अछुत र तल्लो जातको बनेर बस्न चाहँदैन । बरु उनीहरुलाई धर्म परिवर्तन् नै उचित मार्ग सम्झन्छ जो अपमानित र पिडित भएर बाँचिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank