राष्ट्रिय दलित पत्रकार संघ दैलेखका उपाध्यक्ष टोपबहादुर सुनार प्रहरीबाट कुटिए

अमर सुनार २८ जेष्ठ २०७७, बुधबार १३:२८

दैलेख – नारायण नगरपालिका वडा नंं. ६ काँडाचौरमा राष्ट्रिय दलित पत्रकार संघ नेपाल दैलेख शाखाका उपाध्यक्ष टोपबहादुर सुनारलाई गस्तीमा गएको प्रहरीले कुटपिट गरेको छ ।
सोमवार सुनारले डेरा नजिकबाट दाल तरकारी लिएर आउँदै गर्दा गस्तिमा रहेका प्रहरीले कुटपिट गरेको हो । सुनारको दाल पोखिनुको साथ दुव्र्यवहार समेत गरेका थियो ।
सदरमुकामको त्रिभुवन मावि दैलेखको आडैमा मोवाइल मर्मत गर्ने पसल समेत गरी बसेका सुनार लकडाउनले पसल बन्द गर्नुपरेपछि आर्थिक समस्या भोगिरहेको बेला सुनारलाई प्रहरीले जातीय रुपमा समेत गाली गलौज गरेको सुनार बताउँछन् ।
घटनाबारे जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेको भए पनि प्रहरीले वास्ता नगरेको पीडितले सुनारले बताए । सुरक्षा निकायले चासो नदिएपछि पीडितले राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालय, इन्सेक लगायतका नागरिक समाज संस्थामा उजुरी दिएका छन् । कुटपिट गर्ने प्रहरीको परिचय खुलेको छैन । कारवाही प्रक्रियामा ढिलाई भएको विषयमा जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी हरीबहादुर ओलीले अनुसन्धान भइरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank