महामारीले समय समयमा विश्वलाई आतंकित बनाइरहन्छ । विगतमा पनि हाम्रा पुर्खाहरुले र हामीहरुले पनि बेला बेलामा महामारीको अनुभव गरिरहेका छौं । त्यसमध्ये वर्तमान परिस्थितिमा महामारीको रुपमा आएको हो, यो कोरोना अर्थात कोविड–१९ । जसको प्रभावले विश्वभर जनमानसमा आतंक, आर्थिक र सामाजिक द्धन्द्धको श्रृजना गराइरहेको छ । हुन त संसार वर्तमान परिस्थितिमा निकै नै कठिन अवस्थामा गुिज्ररहेको छ । हामीले हाम्रो अर्थतन्त्रमा पनि कोरोनासँगै यी विकसित राष्ट्रहरुको उतारचढावले पनि प्रभाव पार्न सक्छ भन्ने कुरालाई भुल्नु हुदैन । यी त भए अलिक समग्र रुपमा अर्थतन्त्रलाई प्रभाव पार्ने चित्र तर हामी हाम्रो स्थानीय स्तरमा बसेर यसबारे केहि सोचौं त, छलफल गरौं त ।
यस भाइरसले कैयौं आम मानिसको जीवन, स्वास्थ्य, ब्यवसाय, अर्थतन्त्र र शैक्षिक क्षेत्रमा यसले नकारात्मक प्रभाव पारेको छ । आज कोरोनाको प्रभावले विश्वबजार बन्द भएको १ महिना भन्दा बढि भईसक्यो । कैयौंको व्यापार, व्यवसाय बन्द भइरहेको छ । कैयौंको रोजगार बन्द भएको अवस्था छ । कैयौं उत्पादनहरु उपभोक्ता समक्ष पुग्न नसकिरहेको अवस्था छ । कैयौं यात्रीहरु गन्तब्यसम्म पुग्न सकेका छैनन् । कैयौं उत्पादनहरु बाटोमा फालिरहेका छन् भने कैयौं परिवारहरु खान नपाई दिनहरु बिताउन बाध्य भइरहेका छन् ।
कतिपय जसलाई , आफनो आज साथमा नभएकाहरुलाई भोलीको चिन्ता पनि छैन भने कतिलाई भोली कस्तो आउला भन्ने त्रासमा मनमा सकसहरु लिएर बसिरहेको अवस्था छ । साच्चै हामी कसैलाई पनि थाहा छैन भोली कस्तो आउनेछ भनेर । कोरोनाको त्रास कहिले सम्म भनेर अहिले सम्म निश्चित गर्न सकिरहेका छैनौं । यो त बिस्तारै सकिदै जाला तर यसले उब्जाएको केही सकारात्मक साथै केही नकारात्मक र त्रासपुर्ण असरहरु जुन अहिलेको जनमानसको मनमष्तिकमा एउटा चित्र बनाएर बसेको छ । त्यसलाई कहिले र कसरि हटाउन सकिन्छ वा सकिदैन केहि भन्न सक्ने अवस्था छैन । मलाई केहि त्यस्ता सम्भावित अवस्थाहरुको यहाँ केहि चर्चा गर्न मन लागिरहेको छ ।
१) व्यवहारमा परिवर्तनः कोरोना भाइरसले गर्दा आज सामाजिक दुरीको विकास भएको छ भने वर्षो देखि मानिसहरुलाई हात धोएर खाना खानुपर्छ भन्दा भन्दा कैयौं सरकार र विकासका कार्यक्रमहरुले सिकाउन नसकेको व्यवहारलाई आज कोरोनाले सिकाई रहेको छ । मलाई लाग्छ, सिकाई मात्र हैन, अब यो मान्छेको व्यवहारमा पनि देखिन्छ । मास्क लगाउने, साबुन पानीले हात धुने, स्वस्थ रहने जनस्वास्थका प्रभावहरु अब सबै मानिसमा देखिन सक्छ र यसलाई निरन्तरता दिन हामीले सक्नु पर्छ । यसलाई कोरोनाको सकारात्मक पक्षको रुपमा पनि हेर्न सकिन्छ भनौं वा भन्न सकिन्छ ।
कतिपय जसलाई , आफनो आज साथमा नभएकाहरुलाई भोलीको चिन्ता पनि छैन भने कतिलाई भोली कस्तो आउला भन्ने त्रासमा मनमा सकसहरु लिएर बसिरहेको अवस्था छ ।
२) कृषिमा संलग्नताः कोरोनाको आतंकले ल्याएको अर्को परिवर्तन भनेको कृषिमा रुचि र संलग्नता बढनु हो । परिजिविको सबैभन्दा राम्रो उदाहरण नै हामी मानीसहरु हौं जस्तो लाग्छ । किन कि धेरै भन्दा धेरै अरुमा भर परेर पनि हो । हाम्रो राज्य नै सानो भन्दा पनि सानो आवश्यक बस्तु र सेवाको लागी बाहिरी देशमा भर पर्नु परेको छ । त्यस्तै हामी पनि दैनिक रुपमा आफनो पसिनाले उब्जाएर खाने तरकारी, हरियो सागहरु पनि हामी अरुमा भर पर्न थालेका छौं । तर, आज कोरोनाले जसरी दुरी बढाउनु पर्छ, स्वस्थ खाना खानु पर्छ भन्ने मापदण्ड छ । यसले आज सामान्य भन्दा पनि सामान्य ब्यक्तिहरु यो लकडाउनको अवस्थामा कृषि कर्ममा फर्किएका छन । गर्दा के हुने रहेनछ भने जस्तै कैयौले कौसीमा कृषिका कर्म गरिरहेका छन् । कैयौंले घरआँगनमा तरकारी, सागहरु उब्जाएर प्रयोग गरिरहेका छन् । त्यसैले यसलाई कोरोनाको अर्को राम्रो पक्ष भन्न सकिन्छ । आशा गरौं कि अब यो नियमित होस् र भोली फेरि सामान्य अवस्थामा आएपछि पनि यसलाई निरन्तर दिन सक्नु हाम्रो प्रतिफल हुनेछ ।
३) मानसिक द्धन्द्धः मानिस सामाजिक प्राणी हो । समाजमा रहेर उसले आफनो आवश्यकताहरु पुरा गरिरहेका हुन्छन् । दुःखमा होस, सुःखमा होस वा कुनै पल होस् । उ त्यही समाजको चार कुनामा बसेर रमाइरहेको हुन्छ वा रमाउन खोज्छ । तर आज त्यही मानिस यस समाजमा टाढिएर बस्नु पर्छ, अलग्गिएर बस्नु पर्छ भन्ने कुरा यो कोरोना भाईरसको कारणले सिक्दै गईरहेको छ । बिस्तारै यो सामान्य अवस्थामा आईपुगे पनि हाम्रो समाज पहिल्यै जस्तो हुन अलिक कठिन हुन सक्छ । हाम्रो मस्तिष्कमा फेरि यो कोरोनाको लक्षण प्रभावहरु देखिने हो कि भनेर मानसिक द्धन्द्ध भईरहन्छ । किन कि अन्य देशमा लागु गरिएको जस्तो औषधीमुलक प्रयोगहरु हाम्रो देशमा गर्न सकिरहेको अवस्था छैन । सामान्य अवस्थामा बस्दा पनि ज्वरो आए जस्तो, छाती दुखे जस्तो, खोकी लागे जस्तो आज प्रत्येक जनमानिसलाई यस प्रकारको मनोचिन्ता देखिन थालेको छ । भोली विश्व सामान्य अवस्थामा आए पनि हामी चाही सामान्य हुन सक्छौं कि सक्दैनौं भन्ने अहिलेको मुख्य विषय वस्तु हो जसलाई राज्य, तपाई हामी सामान्य नागरिक, निजि संघ संस्था लगायत सबै निकायले आ आफनो क्षेत्रबाट भुमिका निर्वाह गर्नु पर्दछ ।
४) आर्थिक द्धन्द्धः सामान्य रुपमा १४ दिन भनिएता पनि कोरोना भाईरसको लक्षणहरु फरक फरक अवस्थामा देखिरहेको पाइरहेका छौं । जसले गर्दा हामी लगायत विश्वका अन्य राष्ट्रले पनि लकडाउनको अवधीलाई बढाएको बढाई छ । हाम्रो देशमा पनि लकडाउनको समय एक महिना भन्दा धेरै भई सक्यो । जसले गर्दा बजारहरु बन्द भईराखेको छ । व्यापार व्यवसायहरु बन्द भएर बस्नुपरेको अवस्था छ । उत्पादन क्षेत्र पुर्ण रुपमा बन्द भएको छ । कर्मचारीहरुले समयमा तलब नपाईरहेको अवस्था छ । व्यापारीहरु व्यवसाय सञ्चालन गर्न नसकेर कसरी बैङ्कको साँवा र ब्याज तिर्ने भनेर अल्मलिरहेका छन् । सरकार र बैङ्कले ब्याज छुट, अबधी छुटको सुचनाहरु बिभिन्न सञ्चार माध्यममा आएता पनि बैङ्कले नियमित समयमा सम्बन्धित ब्यक्तिहरुमा आफनो साँवा र ब्याजको सुचना पठाईरहेका छन् । जसले गर्दा बैङ्क लगायत सबै ब्यक्तिहरु आर्थिक द्धन्द्धबाट गुज्रीरहेका छन् । यो राज्यको दायित्व हो जसले यो कठिन परिस्थितिमा आएको आर्थिक समस्यालाई समाधान गर्न सक्नु पर्दछ । सरकार घरभाडा छुट गर भन्छ तर त्यही घरवेटीलाई सरकारले पानी, बिजुली छुट दिनसकेको छैन । ऋण नभएको सायदै कोही मानिस होला त्यसैले सरकारले बैङ्कलाई आवश्यक सहयोग गरेर सबै ऋणीहरुलाई कम्तीमा पनि १ महिनाको ऋण चाहि पछिल्लो ३ महिना सम्ममा बुझाउन सक्ने खालको प्रावधान गर्न सक्नुपर्दछ । नत्र समय भोली सामान्य अवस्थामा त आउला तर यो आर्थिक द्धन्द्धलाई रोक्ने वातावरण के हुन सक्छ , कसैले यकिन गर्न सकेको छैन ।
५) स्वास्थ्यः हाल विश्व नै कोरोनाको आतंकबाट गुज्रिरहेको छ । सबैलाई अहिलेको भन्दा पनि कोरोनाको यो आतंक सामान्य अवस्थामा आए पछि चाहि के हुने होला भन्ने सबैको मनमा त्रास र प्रश्न छ । किन कि यो सामान्य अवस्थासँगै स्कुल, कलेज, हस्पिटलहरु खुल्छन होला । तर के ति सबै हामीले सोचे जस्तो सामान्य हुन सक्छन् त ? अर्थात के हामी सबै आफनो छोरा छोरीलाई ढुक्क भएर स्कुल पठाउन सक्ने सोचमा छौं त ? अहँ मलाई लाग्दैन हामी त्यति सजिलै ढुक्क हुन सक्ने अवस्था नै छैन जस्तो लाग्छ । अहिलेको यो भाईरसको कहाँ कहाँ कुन कुन स्थानसम्म यसले असर गरेको छ भन्ने यथार्थ जानकारी छैन । फेरी भोली सामान्य अवस्थामा आएपछि यसलाई सहज बनाउन डिसईन्फेसन गर्ने माध्यमहरुको प्रयोग क कसले कुन कुन प्रयोजनमा लगाउँछन वा लगाउन सक्छन भन्ने हो । यदि सम्पुर्ण स्कुलहरु, सार्वजनिक मन्दिर, यातायातहरुमा पनि डिसईन्फेक्सन गर्ने माध्यम नहुँदो हो त भोली सामान्य अवस्थामा अध्ययन गर्ने त्यहि सार्वजनिक स्कुल, पुजा गर्ने मन्दिर र हिँड्ने सार्वजनिक यातायात हुनेछन् र फेरि यसबाट भोली संक्रमण नहोला भन्न सकिदैन । यसको निर्मुलीकरणको यथार्थ चित्रण कसैले पनि गर्न नसकेको हुनाले भोली झन् के होला भन्ने सबैको मनमा छ । अहिले मान्छेहरु बजार गएका छैनन् । खाध्यान्न बाहेक अन्य केहीको कारोबार भएको छैन र भोली पनि सजिलैसँग सबै कारोबार हुन्छ भन्ने केही ठेगान छैन । त्यसैले, अहिले त मानिसहरु घर भित्रै छन, सुरक्षित पनि छन, तर भोली घरबाट बाहिर निस्केर हिँडन थाले पछि चाहि आउने अवस्था कस्तो हुनेछ र कसरी त्यो अवस्थालाई सामना गर्न सकिन्छ भन्ने कुरा सबैले बेलैमा बिचार गर्नुपर्ने हुन्छ ।
६) शैक्षिक अवस्थाः करिब एक महिना भन्दा बढि भयो होला शैक्षिक संस्थाहरु बन्द भएको । मोन्टेश्वरी देखी लिएर, स्कुल कलेजहरु सबै बन्द भएको अवस्था छ । एसईई पनि रोकिएको छ । आज ति एसईई तयार गरेर बसेका भाईबहिनीहरुमा कस्तो असर परेको होला । त्यति गहिराईमा गएर सोच्न यहाँ कसैलाई फुर्सद छ जस्तो मलाई लाग्दैन । ं१ देखी लिएर स्नातक तह सम्मको परिक्षाहरु पछाडी सरिरहेको अवस्था छ । आज अनलाईन शिक्षा भनेर एउटा नयाँ जमर्को गर्न खोजीरहेका छन् । तर, यसले समग्र रुपमा वर्तमान शैक्षिक परिस्थितिलाई अङ्गाल्न सक्छ जस्तो लाग्दैन । एक छाक पनि राम्रोसँग खाने अवस्था नभएको, एक जोर लुगा भन्दा पनि फेर्ने लुगा नभएको यस्तो परिस्थितिमा भएको बिधार्थी, पिछडिएको समुदायलाई के यो अनलाईन शिक्षाले छुन सक्छ त ? सबै कुरा नराम्रो त हुदैन । शुरुवात त राम्रै हो, तर हामी अनुभव र आवश्यकता भन्दा पनि अनुयायी भएर काम गर्ने प्रवित्तिले गर्दा हामी शुरुवात त गर्छो तर दिर्घकालिन रुपमा स्थापित गर्न सक्दैनौं । हाम्रो देश तराई, पहाड र हिमालको समिश्रणमा बनेको देश हो । हामीलाई थाहा छ, बर्षै पिच्छे कुनै न कुनै प्रकारको प्रकोप गईरहन्छ भनौं वा भईरहन्छ । कहिले बाढी, कहिले पहिरो, कहिले आधी त कहिले रोग ईत्यादि वर्ष पिच्छे आईरहन्छ । तर, हामी कहिले पनि दिर्घकालिन रुपमा समाधान हुने –गरी पुर्वतयारी गरेका हुदैनौं । यस्ता प्रकारका प्रकोपले भौतिक रुपमा मात्र नभएर,शैक्षिक क्षेत्रमा पनि प्रत्यक्ष असर पारिरहेको हुन्छ । त्यसो भए किन हामी पहिले देखि यसको पुर्व तयारी गर्न सकिरहेका छैनौं ? कतिपय स्थानमा अझै बाटो छैन, शिक्षाका श्रोत साधनहरु पुग्न सकेका छैनन् भने यस्तो अवस्थामा कसरी यो अनलाईन शिक्षाको कल्पना गर्न सकिन्छ ? त्यसैले अनुयायी मात्र भएर होईन, सिकाई र अनुभवको आधारमा पनि अबको हाम्रो कार्ययोजनाहरु निर्माण गर्न शुरु गरौं, कसरी भविष्यमा कसरी यो अनलाईन शिक्षालाई दिर्घकालिन रुपमा स्थायित्व गर्न सकिन्छ, सबै क्षेत्रबाट आ–आफनो महत्वपुर्ण योगदान दिउ ।
कोरोना विनासको रुपमा आए पनि यसले हामीमाझ धेरै अवसरका बाटाहरु देखाई दिएको छ । हामी भन्छौं नि विकास हुनलाई विनास हुन जरुरी छ । त्यसैले, यो हाम्रो लागी एउटा मौका पनि हो । जसरी हाथ धुने बानी स्थायी अबको दिनमा जनमानसमा बसेको छ । कृषि कर्मलाई पुर्ण जागन भएको छ । यस्तै अन्य परिवर्तनको पाटोलाई पनि हामीले यहि मौकामा खोज्न र स्थायित्व दिनलाई सबैले आ–आफनो तर्फबाट पहल गर्नु पर्दछ ।
Leave a Reply