आज सिँगो विश्व कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण र यसले उत्पन्न गरेको जटिल स्थितिसँग जुधिरहेको छ । विश्वका धेरैजसो शहरहरू सुनसान र अधिकाँश देशहरु लकडाउनको अवस्थामा छन् । यो विश्वव्यापी संकटले एकातिर आजको विकसित सभ्यता र आधुनिक विज्ञानलाई कडा चुनौति दिइरहेको छ भने अर्कातिर विश्वका सबैभन्दा ठूला अर्थतन्त्र तथा शक्तिशाली राष्ट्रहरुलाई हरेक किसिमले भयावह स्थितिको सिर्जना गरिदिएको छ । यसको तत्कालिन र दिर्घकालिन प्रभावहरुलाई कम गराउँदै लैजानका लागि सार्थक पहल गर्न सबैतिर आवाज र दवाव बढिरहेको भए पनि यसको सही उपचार वा औषधी पत्ता लाग्न सकेको छैन । यस महामारीबाट उत्पन्न परिस्थितिका बीचबाट पहिलो कोरोनाको रोकथाम, नियन्त्रण र उपचार, दोस्रो विश्व अर्थतन्त्रमा आउने परिवर्तन र तेस्रो विकासको परम्परागत विकासको मोडललाई नयाँ मोडलमा विकास गर्ने विषयमा वहसहरु चल्न थालेका छन् ।
सौभाग्यवश हालसम्म नेपालमा कोरोनाबाट संक्रमितहरुको संख्या न्यून रहेको छ । विश्वका अत्यन्तै विकसित तथा शक्तिशाली मुलुकहरुमा समेत परिस्थिति अति जटिल रहेको स्थितिमा हाम्रो जस्तो मुलुकमा आपतकालिन शैलीमा नेपाल सरकारले २०७६ चैत्र ११ गतेदेखि लागू गरेको लकडाउन कोरोना संक्रमणको स्थिति नियन्त्रणमा नआएसम्म निरन्तरता दिने गरी अघि बढेको छ । नेपाल सरकार उच्चस्तरीय समन्वय समितिसहित विभिन्न प्राविधिक समूहहरु निर्माण गरेर देशका ७ वटै प्रदेश र सम्पूर्ण ७५३ वटै स्थानीय तहमा विशेष संजालमार्फत सम्पूर्ण शक्तिका साथ नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको छ । यस महामारीबाट जोगिने कुनै औषधि नभएपनि यसको जन्म भएको देश चीन र विश्वका अन्य मुलुकहरुको अनुभवका आधारमा हाम्रा ७५३ वटै स्थानीय तहलाई कोरोना भाइरसको महामारीबाट जोगाउन उनीहरुले “५–टि” को रणनीतिका आधारमा कुशलतापूर्वक लडाँइ जित्न सकिने देखिन्छ ।
१. पहिलो टि : टेष्टिङ्ग (Testing)
कोरोना भाइरसको सबैभन्दा पहिलो चरण भनेको यसको टेष्टिङ्ग हो । रोगको टेष्ट नगरी अन्य जति उपाय अवलम्बन गरे पनि खासै महत्व राख्दैन । विशेषगरी विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको प्रकोपलाई ‘पेन्डेमिक’ घोषणा गरेसँगै हजारौंको संख्यामा विदेशमा रहेका नेपाली घर फर्किएका छन् । त्यसैगरी संघीय राजधानी काठमाडौंबाट गाउँ फर्कनेको संख्या पनि ठूलो छ । कतिपय त आजसम्म पनि पैदल हिँडेर पनि फर्कदै छन् । सीमामा अलपत्र परेकाहरु अनौपचारिक क्वारेन्टाइनमा छन् । यस्तो अवस्थामा टेष्टिंगको काम रप्mतारमा लागिएन भने भोलि लकडाउन खोल्दा थुनिएको पानीले बाढीको रुपधारण गरे जस्तो हुनसक्दछ । विश्वका अन्य देशको अनुभवले पनि के भन्छ भने जुन देशले टेष्टिङ्गमा ध्यान दिएन ती देशहरुमा अवस्था भयावह छ । त्यसैले हरेक स्थानीय तहले बढीभन्दा बढी टेष्टिङ्ग किड्समा लगानी गरेर र्यापिड टेष्टिङ्ग गर्नुपर्दछ । त्यसपछि टेष्टिङ्गको परिणामका आधारमा सम्भावित संक्रमणका आधारमा हट स्पट घोषणा गरेर अन्य तयारीमा जुट्नु सान्दर्भिक हुने देखिन्छ । यसका लागि सार्वजनिक सञ्चार र नागरिक शिक्षाको लागि रेडियो, टेलिभिजन, मोबाइल, फोन, इन्टरनेट जस्ता सूचना प्रविधिको भरपुर प्रयोग गर्न गराउन, विपद्को अवस्थाबारे प्रत्येक दिन आधिकारिक सूचना दिनुपर्ने र प्रेस तथा नागरिकहरुको सूचनामा पहुँच सुनिश्चित गनुपर्दछ । साथै नागरिक र स्थानीय सरकारबीच सञ्चार सम्बन्धको लागि सम्भव भएमा नयाँ नयाँ एप्सहरु निर्माण गरि लागू गरिनुपर्दछ । स्थानीय सरकार लोकतन्त्र र पार्टीको घोषणापत्र कार्यान्वयन गर्ने सँंरचना भएकोले यसको प्रमुख भूमिका रहने गर्दछ ।
आफ्नो र अर्काको भन्दा पनि सिंँगो पालिका जोगाउने, सिँंगो जिल्ला जोगाउने, सिंँगो प्रदेश जोगाउने अनि सिंँगो राष्ट्र जोगाउने यस महान लडाईमा हाम्रो नेतृत्व कोरोनाभन्दा ३ गुना अघि हुन सक्यो भने मात्र यस युद्धमाथि विजय हासिल गर्न सकिन्छ । कोभिड १९ को महामारी विरुद्ध लड्दै गर्दा नेपालको संविधान, मानवअधिकारका विश्वब्यापी सिद्धान्तहरु, अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरु, मौलिक अधिकारहरुको रक्षा र परिपूर्ति गर्ने कुरामा भने संवेदनशील हुनुपर्दछ ।
२. दोस्रो टि : ट्रेसिङ्ग (Tracing)
टेष्टिङ्गका आधारमा संक्रमित व्यक्तिहरुले क–कसलाई भेट्यो । उसको मोविलिटी कता–कता भयो, कुन कुन साधनमार्फत कता गयो ? भन्ने रिकर्डसहित उनीहरुका सम्पर्क मोबाइल नम्बरहरुरको अभिलेख स्पष्ट गरिनुपर्दछ । यदि बढी प्रभावित हुने सम्भावना देखिएमा त्यो क्षेत्र वा इलाका सील गर्नुपर्दछ । यस्तो कामको लागि स्थानीय प्रहरी तथा अन्य स्वयंसेवकहरु, नागरिक समाजका अगुवाहरुको सहयोग लिएर उनीहरुको पहिचान गरी क्वारेन्टाइनमा बस्नका लागि प्रेरित गर्नुपर्दछ । अहिले प्रदेश नंबर २, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा विशेषगरी भारतबाट घर फर्केकाहरु कोरेन्टाइनमा बस्न नमानेको अनि गाउँ वस्तीका वासिन्दाहरुले पनि उनीहरुलाई छि छि र दूरदूरको व्यवहार गरेको र कतिपय स्थानमा त वहिष्कारसम्म गरेको सुनिएको छ । यसको मूलकारण विभिन्न माध्यमबाट फिँजाइएको कोभिड १९ सम्बन्धीको भ्रम हो । यस्तो स्थितिमा उनीहरुलाई कम्तिमा १५ दिनको क्वारेण्टाइनमा बस्नैपर्ने र बस्दाका फाइदाका विषयमा सम्झाउने वातावरण निर्माण गर्नुपर्दछ । साथै उनीहरु क्वारेन्टाइनमा बसे नबसेको र नियम पालना गरे नगरेको अनुगमन गर्नुपर्दछ । अहिले कतिपय ठाउँमा क्वारेन्टाइन बनाउने होडबाजी नै चलेको देखिन्छ । यस्ता क्वारेन्टाइनको मापदण्ड चेक गर्ने, खाना, वस्न, स्वास्थ्य सामाग्री, सरसफाई लगायतको सुनिश्चित भए नभएको हेनुपर्दछ । हालको विषम परिस्थितिमा विपन्न र अभावमा परेका, सम्भावित अभाव भोग्नुपर्ने वस्तीहरु , महामारीलाई फैलाउन सहज बनाउने क्षेत्र र माध्यमहरुको स्पष्ट सूचना र अभिलेख राख्नुपर्दछ । साथै आफ्नो गाउँपालिका तथा नगरपालिकामा स्थानीय स्रोतसाधन तथा अन्य सम्ंभावित चीजवस्तुहरु, स्थानहरु, सामुदायिक भवन तथा अन्य सम्भावित भवनहरु, होटल तथा अन्य संरचनाहरुको पनि म्यामिंग गरेर दुरुस्त राखिनुपर्दछ । आफ्नो पालिकामा बसोबास गर्ने जनताहरुको स्वास्थ्यको पूर्ण ख्याल राख्न, मुख्यतया भारत तथा अन्य मुलुकबाट आएकाहरुलाई क्वारेन्टाइन र विशेष निगरानी गर्न समन्वय र सहजीकरण भूमिका निर्वाह गर्न स्थानीय पालिकाहरु र वडा समितिहरु तथा सबै सरोकारवाला निकायहरुसंँग समन्वय गरी अझ बढी क्रियाशील हुन अनुरोध गर्नुपर्दछ ।
३. तेस्रो टि : टिट्मेन्ट (Treatment)
टेष्ट्रिंग र ट्रेसिंङ्गका आधारमा पोजेटिभ देखिएका विरामीहरुलाई उनीहरुको उपचारको लागि प्राथमिकतामा राखिनुपर्दछ । कोरोनाको उपचारका लागि छुट्याइएको अस्पतालहरुलाई स्वास्थ्य सामाग्री, उपचार सामाग्री र आवश्यक औषधीहरुबाट पूर्ण बनाइनुपर्दछ । अन्य अस्पतालहरुलाई पनि अन्य खालको विरामीको उपचारको दुरुस्त व्यवस्थालाई ख्याल गर्नुपर्दछ । कोरोनाको उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीहरु र उपचार गराउनेहरुलाई होसियार हुनका लागि सचेत बनाइनुपर्दछ । उनीहरुलाई पोजेटिभ हुने वितिकै केही हुन्न, उपचारबाट ठीक हुने कुराको विश्वास दिलाउनुपर्दछ । उनीहरुलाई उपचारको पर्याप्तताको विश्वास दिलाउने काम गराइनुपर्दछ । यस्तो उपचारको व्यवस्था आफ्नो पालिकाको हरेक इलाकामा अर्थात भूगोलमा केही न केही रुपमा व्यवस्था गरिनुपर्दछ । सोही अनुसार आवश्यकता अनुसार सोको अनुगमन गर्नुपर्दछ । यसका लागि स्थानीय समुदाय भवन, सरकारी तथा निजी विद्यालय, सरकारी भवनहरुलाई पनि उपयोग गर्न सकिने सुनिश्चित गरिनुपर्दछ । स्वास्थ्यकर्मीहरुको कमी महशुस भएमा सेना, सशस्त्रहरुको ब्यारेक छन् भने त्यहाँ कार्यरतहरु, रिटायर भएका पूर्वस्वास्थ्यकर्मीहरु, विभिन्न गैससहरुले उत्पादन गरेका तालिम प्राप्त स्वास्थ्यकर्मीहरुलाई परिचालन गर्दा उपयुक्त हुन्छ । उपचारका लागि अत्यावश्यक मानिएका पिपिइ, भेन्टिलेटर, आइसियु, भाइरस टेष्ट गर्ने अत्यावश्यक सामाग्रीहरु यथासिघ्र पर्याप्त मात्रामा आपूर्ति गर्न र न्यायपूर्ण रुपमा वितरण गर्न, संकटको यस घडीमा आफुलाई जोखिममा राखेर अहोरात्र खटिनुभएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मीहरु, कर्मचारी, निजी क्षेत्र तथा नागरिक समाज लगायतका स्वयंसेवकहरुको प्रोत्साहन, सुरक्षा र मनोबल बढाउने ढंगले विशेष प्याकेजहरु सहित आवश्यकता अनुरुप थप आकर्षक कार्यक्रम घोषणा गनुपर्दर्छ र निजी क्षेत्रमा संचालित अस्पतालहरुलाई पनि थप जिम्मेवार बनाउने काममा ध्यान दिनुपर्दछ । आफ्नो पालिकाभरिमा उपचारको विश्वास दिलाउन केही स्वयंसेकहरुलाई कोरोना सम्बन्धी कम्तिमा ५ दिने आधारभूत तालिमको व्यवस्था गर्न सक्दा तालिम प्राप्तहरुप्रति स्थानीय सर्वसाधारणहरु थप विश्वस्त हुन सक्छन् ।
४. चौथो टि : टिम वर्क (Team work)
विश्वव्यापी महामारी विरुद्धको यस लडाँइमा कुनै व्यक्ति, राजनीतिक दल विशेष वा कुनै स्थानीय तह विशेषले मात्र एक्लै लडेर मात्र सम्भव छैन । यसका लागि सिँंगै मुलुक एक भएर लड्नुपर्दछ । त्यसैले कुनै पालिका विशेषले आफ्नो मात्र योजना बनाएर मात्र पुग्दैन । किनभने भोलि आवत जावत खुला भएपछि यो जता पनि सर्न सक्छ । त्यसैले सिँंगै जिल्ला, सिंँगै प्रदेश र सिंँगै देशलाई एउटा टीममा बाँधेर सामुहिक रुपमा काम गर्नुपर्दछ । बरु अहिले बनाएको प्रभावकारी योजना लकडाउन खुला भएपछि पनि त्यही योजनामा अरु पालिकाहरुले लागु गरुन् । यसका लागि सम्पूर्ण जनप्रतिनीधिहरुको कोर टीम बनाएर सम्पूर्ण राजनीतिक दलहरु, निजी क्षेत्र, नागरिक समाज तथा मानवअधिकार समुदाय, शिक्षक विद्यार्थी, बुद्धिजीविहरुलाई परिचालित गर्नुपर्दछ । यस्तो बेला समाजमा विभिन्न माध्यमबाट उत्पन्न भएका सबै खाले भ्रमहरुका कारण रुढिवादी, होम, पूजापाठ, धामीझाँक्री आदिबाट परिस्थिति भयावह हुन सक्छ । यसबेला स्थानीय सरकारले महंगी, कृतिम अभाव, भष्टाचार, राहात वितरणमा हुने पक्षपातमा शुन्य सहनशिलताको नीति अवलम्बन गर्नुपर्दछ । गर्भवती एवं सुत्केरी, महिला, जेष्ठ नागरिक, वालवालिका, दलित, अपांग, विपन्न, भूमिहिन र दैनिक ज्यालादारी गर्ने, विपन्न दलित, जोखिमपूर्ण अवस्थामा रहेका समुदाय तथा परिवारहरुको आवश्यकतामा ध्यान दिदै तत्काल घोषित राहतको न्यायपूर्ण तवरबाट वितरण गर्न विशेष संयन्त्र बनाउनुपर्दछ । त्यसैले केन्द्रीय सरकारको मार्गदर्शन, प्रदेश सरकारको समन्वयमा स्थानीय सरकारले आफ्नो आफ्नो पालिकामा नमूना काम गर्नुपर्दछ । राहत वितरणलाई प्रचारको विषय नबनाई वितरणको निश्चित स्थान र प्रक्रियाबाट एकद्धार प्रणालीबाट वितरण गर्नुपर्दछ । यस्तो महामारीमा भूकम्प वा बाढी पहिरोको जस्तो राहत वितरणले काम गर्र्दैन । त्यसैले कोरोनाको महामारीमा वस्तुमा होइन नगदमा राहत वितरण गर्दा उपयुक्त हुन्छ । राहत वितरण गर्दा सामाजिक दूरीलाई एकदम कडाइका साथ लागू गरिनुपर्दछ । यसरी टिमवर्कले आफ्नो सिँंगो पालिका जुरुक्क उठ्ने गरी काम गर्नुपर्दछ ।
५. पाँचौं टि :-Treaking)
विश्वव्यापी महामारीका विरुद्धको सम्पूर्ण प्रक्रियाको टेकिंङ्ग अर्थात अनुगमन गर्ने सम्पूर्ण कामको नेतृत्व गाउँपालिको अध्यक्ष वा नगरपािलकाको प्रमुखले गर्नुपर्दछ । हरेक नेतृत्वको परिक्षण संकटको बेलामा हुन्छ भन्ने मान्यतालाई ख्याल गर्दै नयाँ युगको नेतृत्व गरिरहेका स्थानीय तहको नेतृत्वले आफ्नो पालिकालाई यस्तै बेला जनताहरुलाई जोगाउने हो र उनीहरुको सच्चा जनप्रतिनीधि बन्ने कुशलता प्रदर्शन गर्न सक्नुपर्दछ । हरेक पालिकाको नेतृत्वले यस महामारीलाई आफ्नो कुशल नेतृत्व स्थापित गर्ने वा क्षमता प्रदर्शन गर्ने अवसरको रुपमा लिनुपर्दछ । त्यसैले सिंँगो पालिकाका लागि निर्माण गरेको बृहत योजना कार्यान्वयन भयो भएन अनुगमन गर्नुपर्दछ । यदि कार्यान्वयन भइराखेको छैन भने यस्तो बेला कसैलाई माया गरेर गल्ती गर्नेलाई माफ दिनु हुंदैन । आफ्ना विरुद्धमा समाजमा स्थिरता नचाहनेहरुले फैलाएका अपवाहबाट मुक्त हुनुपर्दछ । आफ्नो र अर्काको भन्दा पनि सिंँगो पालिका जोगाउने, सिँंगो जिल्ला जोगाउने, सिंँगो प्रदेश जोगाउने अनि सिंँगो राष्ट्र जोगाउने यस महान लडाईमा हाम्रो नेतृत्व कोरोनाभन्दा ३ गुना अघि हुन सक्यो भने मात्र यस युद्धमाथि विजय हासिल गर्न सकिन्छ । कोभिड १९ को महामारी विरुद्ध लड्दै गर्दा नेपालको संविधान, मानवअधिकारका विश्वब्यापी सिद्धान्तहरु, अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरु, मौलिक अधिकारहरुको रक्षा र परिपूर्ति गर्ने कुरामा भने संवेदनशील हुनुपर्दछ ।
Leave a Reply