दास भन्ने वितिकै कमारो,सेवक ,नोकर भन्ने बुझिन्छ । यो प्रथाको सुरुवात हजारौं वर्षअघि बाट सुरु भएको हो । दासता भन्ने महामारीले संसारलाई पिरोलेको थियो र छ । पशुधन सरह मानिसलाई किनबेच गरेर काममा लगाउनु नै दास प्रथा हो । दासताले त्यति बेला जरा फैलाउँदछ जति बेला मानव जीवन आर्थिक ,सामाजिक ,राजनैतिक इत्यादि चपेटा र उत्पीडनमा पर्छ र पारिदैछ । सामन्तवादी युगमा जति दास प्रथाको प्रभाव र मानव जीवन ध्वस्त पारिएको थियो, अहिले २१ औ शताब्दिमा आएर पनि पुँजीवादी युगमा नदेखिने गरि भुसभित्रको आगो जस्तै गरी योजनाबद्ध कमारो बनाउने सिस्टम लादिएको छ । उदाहरणको लागि सामन्ती युग भनौ या दास युगका मालिक आज पुँजिपतीका रुपमा देखा पर्नु र त्यतिबेलाका मोही ,कमारो आज श्रमजीवी वर्गको रुपमा देखा पर्नु दास प्रथाको रूपान्तरित रुप हो ।
के हो दास प्रथा ?
तात्कालिक समयमा दास तिन किसिमले हुने गर्दथ्यो ।
१. दुई देशका सेनाका बीचमा युद्ध हुदथ्यो जस्ले युद्ध जित्दथियो हार्ने देशका सेना ,जनता जित्नेले बन्दी बनाएर दास बनाइन्थ्यो ।
२.ऋण नतिरे बापत ऋण लिने व्यक्ति वा उसका छोराछोरी दास बनाउने ।
३.आफ्नो मालिकलाई खुशी पार्नको निमित आफ्नो बच्चालाई उपहार स्वरुप दिने ।
दास प्रथाको विश्व इतिहास
मानवता विरोधी दास प्रथा विश्व भरी नै हजारौं वर्ष अगाडि बाट नै चल्दै आयो । कतिपय दासता एक देशले अर्को कमजोर देशलाई बन्धक बनाउँथ्थे त कतिले जाती ,भाषा ,धर्म ,रङ्ग का आधारमा दास बनाउने गरिन्थ्यो । चिनको ह्वाङ्गो नाइल नदि किनारा ,भारतको पुर्वी प्रदेशका अधिकाम्स ठाउँमा दास प्रथा व्यापक थियो । युरोपले जब सन् १६५०–१८५० मा अफ्रिकाको तलदेखि माथिसम्मका सबै जनजीवनलाई बन्धक बानाई आफ्नो दास बनायो । सस्तो कामदार ,मरे जेसुकै भएपनी मतलब नहुने जसरी पनि काम गर्नु पर्ने काम गर्न नसकेको खण्डमा काटेर फालिने गरिन्थ्यो चाडैं नै युरोप विकसित देशको रुपमा विकास भयो । युरोपमा चिनिको माग धेरै थियो अरब र युरोपसगै मिलेर अफ्रिकाको काला जातीलाईमाथि श्रम शोषण गरि सफल भए तर अफ्रिकाले भने आफुलाइ विकास गर्न सकेन ।
कुनैपनी देश विकास हुनका निमित खोज अनुसन्धान आवश्यक पर्दछ अनुसन्धान गर्ने क्षमता उतर अमेरिका,अफ्रिकाको ठाउँमा कृषिका लागि उतम भएको त्यहाँ कफी ,उखु ,धान धेरै उत्पादन हुन्छ भन्ने कुरा जब शासकले थाहा पाए कमजोरलाई दास बनाएर मन लागेको जति काम गर्न लगाउने गरिन्थ्यो ।
अहिले रोजगारी नाममा दिनानुदिन युवाहरुलाई नियम पुर्याएरै बेचिनु अझ गतिलो उदाहरण जात कै आधारमा नेपाल सरकार देखि समाजले सम्म दलित भनी विभेद गरी दलित जीवन पतन बनाउनु दास प्रथाको रूपान्तरित अवस्था हो ।
अफ्रिकामा दास प्रथा जात,धर्म र रङ्गको रुपमा देखा पर्यो ठुलो जातले सानो जातलाई ,गोरा जातिले काला जातिलाइ दास बनाउने गरिन्थ्यो । गोरो छाला भएकाहरुको सोचाइ यस्तो बनिसकेको थियो कि, हामी जन्मेकै शासन गर्नलाई हो भन्ने भाव पैदा हुन्थ्यो । उनीहरुले त्यहाँ काला जाति सबै दासको रुपमा हेरिन्थ्यो । त्यसैगरी युरिपियन देशले मुस्लिम बाहेक अरु सबै धर्म मान्नेलाइ दास बनाइन्थो ।
जब अमेरिकामा अब्राहम लिङ्कन्को उदय भयो सबैलाई थाहा थियो कि, उनी दासहरुलाई सहयोग गरिरहेका छन उनी एक अति चलाख राजनीतिज्ञय थिए । उनी रिपब्लिकन पार्टी बाट जब राष्ट्रपति भए उनले सन् १८६१ मा दास प्रथा अन्त भएको घोषणा गरे । उनले मानवताविरोधी दास प्रथा अन्त्य गरेर अमेरिकाको शिर उच्च तुल्याए अनि स्वाधीनताको झन्डा फराए ।
अमेरिकामा भएको दास प्रथाको अन्त्य त्यहाँको मात्रै होइन विश्वको सबै देशको लागि उदाहरणिय भयो ।
नेपालमा दास प्रथाको प्रभाव
सामन्तीवादी युगमा नेपालमा भने दास प्रथा व्याप्त रहेको थियो । राणाकालीन समयमा नेपालको मुलुकी ऐन १९१० जङ्ग बहादुर राणाले दास प्रथालाई जातको आधारमा सम्बोधन गरी कानुनी मान्यता दिएका थिए । यो सबै तथ्य र आधारलाई हेर्दा जातको आधारमा जनजीवनलाई दास बनाएको कुरो विहानको घाम झै छर्लङ्ग छ ।
हिन्दुशासित नेपाली समाजले ठुलो भनेर चिनाइ दिएको जातले क्रमशः आफुभन्दा तल्लो जातलाई शोषण र दास बनाउदै जाने होडबाजी नै चल्न थाल्यो । त्यसैगरी पुरुषले महिलामाथि शोषण दमन गर्ने र पिँधमा परेको समुदाय जाती लिङ्ग नेपाली समाजको दासको रुपमा परिचित हुनु पुग्यो । उनीहरुको जीवन ध्वास्त पारियो । उदाहरणको लागि दलित समुदायलाई र महिलालाई लिन सकिन्छ । उनीहरुलाई सम्पत्ति कमाउने,स्वतन्त्र भएर बोल्ने ,पढ्ने त्यति मात्रै होइन आफ्नो श्रीमतीको अधिकार समेत नहुने कमारो नोकर मात्रै बन्नु पर्ने ब्यवस्था थियो तर पछि आएर नेपालमा १९८१ मा चन्द्र शम्सेरले दास प्रथाको अन्त्य गरेको घोषण गरे । तर नेपालमा अझै दास प्रथा उन्मुलन भइसकेको छैन । दास प्रथा अहिले पनि कायमै रहेको पाइन्छ । त्यसको प्रत्यक्ष उदाहरण पश्चिम तराईका ५ जिल्ला कैलाली ,कंचनपुर ,बाके ,बर्दिया र दाङमा बिद्यमान कमैया र कमरी प्रथा सुदूर तथा मध्य पश्चिममा हलिया प्रथा पुर्वी तराईमा हरुवा र चरुवा प्रथालाई लिन सकिन्छ । सरकारले वि.स. २०२० सालमा छुवाछूत मुक्त राष्ट्र ,२०५७ सालमा कमैया प्रथा त्यसै गरी २०६२ सालमा हलिया प्रथाको अन्त्य र २०७० सालमा कमारी मुक्त राष्ट्र घोषणा ग¥यो । तर व्यवहारिक कार्यान्वयन हुनै सकेनन् ।
परिवर्तित दास प्रथाको रुपलाई कसरी चिन्ने
हामी सबैलाई लाग्दछ कि नेपालमा दास प्रथा थियो, तर आज छैन । तर त्यो विल्कुलै हाम्रो गलत बुझाइ हो । तात्कालिक समयका जमिनदार अहिलेका पँुजिपती वर्ग ,मोही किसान आजको श्रमजीवी वर्ग हुनु त्यसै गरी त्यतिबेला बन्धक बनाएर श्रममा लगाइन्यो तर अहिले रोजगारी नाममा दिनानुदिन युवाहरुलाई नियम पुर्याएरै बेचिनु अझ गतिलो उदाहरण जात कै आधारमा नेपाल सरकार देखि समाजले सम्म दलित भनी विभेद गरी दलित जीवन पतन बनाउनु दास प्रथाको रूपान्तरित अवस्था हो ।
मानिसले मानिसलाई मान्छे भएर बाँच्न नदिने सिङ्गो मानव जीवन माथिको कलङ्क हो दास प्रथा । जिउँदो लास बन्दै समाजका मालिक ,जमिनदार ,पुँजिपती अझ शोषक सामन्तीहरुले मुठीमा कैद गराई (निर्जीव मेसिन जस्तै ) आवाजविहिन बनाई हिजो र आज सम्म पनि छाक टार्ने वर्ग अथवा समुदाय बनाइ योजनाबद्ध कमारो बनाउने सिद्धान्तमा डोर्याएर सिङ्गो हिजोका दास आजको कमारो श्रमजीवी वर्गको शिरमा लात मारिरहेको छ । अझै मानव जीवन दास बनाइए फाइदा लुट्न ढुकी बसेको छ । पिछडिएका वर्ग समुदाय र सम्पुर्ण श्रमजीवी वर्ग एक भएर रूपान्तरित दास प्रथाको विरुद्धमा संघर्ष गर्नु आजको आवश्यकता हो ।
Leave a Reply