तमसुक : तथाकथित बुद्धिजीवीहरुको सोच

दलित अनलाईन ७ मंसिर २०७६, शनिबार १२:३५

लमजुङको धमिलीकुवा–३ स्थायी वतन भएका पदम विश्वकर्मा अमेरिकाको कोलोराडोमा बसोवास गर्छन् । विदेशको अति व्यस्त जीवनबाट बचेको समय नेपाली साहित्यको चिन्तन र मनन गर्ने नेपालीहरुमध्ये एक हुन्, विश्वकर्मा । अन्तर्रराष्ट्रिय साहित्य समाजका पूर्व अध्यक्ष पदम विश्वकर्मा अनवरत रुपमा नेपाली साहित्यको सम्वद्र्धन र प्रवद्र्धनमा लागि परेका छन् । अनेसास केन्द्रीय समितिमा दुई कार्यकाल अध्यक्ष भइसकेका विश्वकर्मा हाल बोर्ड अफ ट्रस्टीको उपाध्यक्षमा छन् भने नासो कम्युनिटी र ब्लड डोनर्स अफ अमेरिका गरी दुईवटा निकायको सल्लाहकारका रुपमा तथा जातीय भेदभाव विरुद्ध विश्वमञ्चको वरिष्ठ उपाध्यक्ष समेत छन् । त्रिभुवन विश्वविद्यालय काठमाण्डौंबाट नेपाली साहित्यमा स्नातक र समाजशास्त्र र मानवशास्त्रमा स्नातकोत्तर अध्ययन पूरा गरेका उनले डा. अम्वेडकर अन्तर्रराष्ट्रिय पुरस्कार–२०१८ लगायत केही विशिष्ट पुरस्कार तथा सम्मानहरु प्राप्त गरिसकेका छन् । उनै विश्वकर्माले नेपाली पाठकहरुका लागि एउटा अमूल्य कृति प्रकासित गरे , “तमसुक”। साहित्यमा विश्वकर्माको यो दोस्रो कृति भएपनि कथासङ्ग्रहको रुपमा भने यो पहिलो कृति हो । “तमसुक”मा २३ ओटा कथाहरु सङगृहीत छन् । तमसुकमा भएका हरेक कथाले नेपाली समाज,नेपाली मानसिकता र नेपालीहरुको जिवन जिउनाका लागि गर्नुपरेको संघर्ष र पीडालाई व्यक्त गरेको छ ।  “तमसुक”शिखा बुक्स प्रालिबाट प्रकासित भएको हो । “तमसुक”कथासमा समावेश तथाकथित बुद्धिजीवीहरुको सोच हामीले प्रकासित गरेका छौं । बाँकी कथाहरु पनि हामीले प्रकासित गदैजानेछौं । प्रस्तुत छ तथाकथित बुद्धिजीवीहरुको सोच ।

प्रतीक सामाजसेवाका क्षेत्रमा निकै योगदान गदैआएको व्यक्ति थियो । ऊ साहित्यक क्षेत्रमा पनि निकै कहलिएको छ । साहित्यक संस्थाका विभिन्न ओहदामा रहेको ऊ संस्थाको कामको सिलसिलामा स्वदेश र विदेश बारम्बार आउनेजाने गरिरहन्थ्यो ।
नेपाली समाजमा वर्णव्यवस्थामा आधारित जातीय भेद्भाव जीवितै रहेको पाइन्छ । जातीय भेदभावले जरो गाडेको नेपाली समाजमा यो ठूलो चुनौतीका रुपमा खडा भएको छ । जातीय भेदभावको अन्त्यका लागि प्रशस्तै आन्दोलन भए,थुप्रैले ज्यान गुमाए,अङ्गभङ्ग पनि भए । कानुन बने,नीतिनिर्माण भए तर त्यसको कार्यान्वयन गर्ने जिम्मेवार व्यक्तिहरु नै कानुन कार्यान्वयनको बाधक बन्न पुगेका छन् ।
जातीय विभेदको समस्या राष्ट्रिय समस्या हो भन्नेहरुको अभाव भएको वर्तमान परिवेशमा जातीय समस्या निराकरण कसरी सम्भव होला र ? जातीय आन्दोलन अन्त्य गर्न वर्गीय समाजको अन्त्य गर्नुपर्छ भन्नेहरु नै पद,धनमा लिप्त भएपछि जातीय विभेदको अन्त्य छिट्टै होला भन्ने विश्वास वर्तमान नेपालको अवस्था हेर्दा हराउँदै गएको छ ।
नेपालीहरु संसारका जुनसुकै कुनामा पुगे पनि उनीहरुले आफ्नो धर्म, संस्कृति, परम्परा, रीतिवाज,स्वभावसँगै लागेका हुन्छन् । तिनै संस्कृतिहरु अवलम्बन गर्ने क्रममा जहाँजहाँ पुगे पनि जातीय छुवाछूत र भदभाव हट्न सकेको हुँदैन । उनीहरुले कुनै न कुनै किसिमबाट कार्यान्वयन गरिरहेकै हुन्छन् ।
एक्काईसौँ शताब्दीको विज्ञानको युगमा र जहाँ जातीय व्यवस्था सयौँ वर्ष अघि नै लोप भइसकेको मुलुकमा बसेर पनि नेपालीहरुले त्यही घृणित व्यवहार अन्त्य गर्न सक्दैनन् । घृणाका व्यवहारहरु त्यहाँ फरक ढंगले विकसित हुँदै गएको पाइन्छ ।
साहित्यिक संस्थामा योगदान गरेबापत प्रतिक त्यस संस्थाको उच्च तहसम्म पुग्न सफल भएको थियो । उसले यो प्रतिष्ठा भाग्यबाट प्राप्त नगरी मिहिनेत र परिश्रमबाट आर्जन गरेको थियो । उसको लोकप्रियता दिनदिनै बढ्दै गएकोले डाह गर्नेहरुको संख्या कम थिएन । यस्ता संस्थाको माथिल्लो पदमा पिछडिएको वर्गका सदस्याहरु पुग्न नसकिरहेको अवस्थामा प्रतीक भने अपवाद बनेको थियो ।
प्रतिक संस्थाको गतिविधिको सिलसिलामा देशविदेश बारम्बर घुमिरहन्थ्यो । ती ठाउँहरुमा आफुले पाउने सद्भाव र सम्मान स्वभावत : नै फरक भएको महसुस ग¥थ्यो । उसले कल्पना ग¥थ्यो–“मेरो सट्टा अरु कुनै उपल्लो भनिने जातका भएका भए उसलाई गर्ने व्यवहार,सम्मान आकाश–जमिनको फरक हुनेथियो ।” उसको नरम स्वभाव,लगनशीलता र मिठो बोलीले गर्दा संस्थामा उसको छवि विशिष्ट खालको थियो । उसलाई मन पराउनेहरुको संख्या पनि कम थिएन । उसको सबैमा राम्रो प्रभाव रहेको स्पष्ट देख्न सकिन्थ्यो ।
संस्थाको चुनावको बेला थियो । उसको पक्षमा जताततै जनलहर फैलिएको थियो । चुनावमा उसले विजय हासिल ग¥यो । छापाहरुमा उसको विजयका खबर प्रकाशन भए । बधाई र शुभकामनाहरुले फेसबुकका पानाहरु भरिएका थिए ।

एक्काईसौँ शताब्दीको विज्ञानको युगमा र जहाँ जातीय व्यवस्था सयौँ वर्ष अघि नै लोप भइसकेको मुलुकमा बसेर पनि नेपालीहरुले त्यही घृणित व्यवहार अन्त्य गर्न सक्दैनन् । घृणाका व्यवहारहरु त्यहाँ फरक ढंगले विकासित हुँदै गएको पाइन्छ ।

चुनाव सकियो । यसको टिकाटिप्पणी जतासुकै हुनु सामान्य थियो । त्यसैको केही महिनापछि एकजना महिलाको फोन आयो । उनले सुनाइन्–“तिमी साना जातिको मान्छेलाई मैले सहयोग गरेको हुनाले यहाँका केही दिदीबहिनीहरुले मलाई दुःख दिएका छन् ।”प्रतीकलाई यी नमीठो शब्दहरुले घोचिरहे……घोचिरहे । उसले मनमनै भन्यो–विदेशमा आइयो तर नेपालीहरुको व्यवहारमा परिवर्तन आएन । धन्य,ती दिदीबहिनीहरु । ”
जाडोको महिना थियो । हिउँले जमिन सेताम्मै थियो । रातभरीको हिउँ वर्षाले दिन अति चिसो थियो । समुदायमा एक गैरनाफामूलक संस्थाका बारेमा छलफल गर्न नेपालबाट विशिष्ट पाहुनाहरु आइपुगेका थिए । जाडोको दिन भए पनि छिमेकका सबै पाहुनाहरुलाई छलफलपश्चात् खाना खुवाउने घरमा विभिन्न परिकारहरु पाकेका थिए । केही मानिसहरुले उत्सुकतासाथ उपस्थित हुने सूचना गरेका थिए भने कोहीले विभिन्न कारणवश उपस्थित हुन नसक्ने सूचना गरेका थिए ।
कार्यक्रमको अघिल्लो दिन फोनमा मेसेज आयो । लेखिएको थियो –“राजाको काम छोडी…..को विहे । ” त्याे मेसेज देख्नासाथ प्रतीकलाई बज्रप्रहार गरेजस्तै भयो र ऊ छाँगाबाट खसेजस्तै भयो । मेसेज पाउनसाथ प्रतीकले उसलाई फोन ग¥यो र दुःख प्रकट ग¥यो । उसले माफी माग्दै भन्यो–“यो मेसेज गलत व्यक्तिलाई पर्न गयो । अर्को साथीलाई पठाएको थिएँ । दुःख नमान्नुहोला ।”
प्रतीकलाई ठूलो चोट प¥यो । त्यस व्यक्तिले आफैँलाई नलेखे पनि उसको भावनामा त त्यस्तै गलत प्रवृति लुकेको रहेछ भनेर ऊ आश्चर्य चकित भयो ।

अर्को वर्ष हङ्कङमा भव्य अन्तर्रराष्ट्रिय सम्मेलनको आयोजना गरिएको थियो । कार्यक्रममा विभिन्न देशहरुबाट सहभागीहरु उपस्थित भएका थिए । दुईदिने त्यस भव्य कार्यक्रममा सयको हाराहारीमा सहभागीहरु उपस्थित रहेका थिए ।कार्यक्रममा भाषविद्हरु विशिष्ट अतिथिहरु उपस्थित भइसकेका थिए । कार्यक्रमको पहिलो दिन उद्घाटन समारोह,परिचयात्मक कार्यक्रम,विभिन्न विषयमा कार्यपत्रहरुको प्रस्तुति र त्यसमाथि छलफल तथा अन्तरक्र्रिया गर्ने कार्यक्रम तय भएको थियो । भोलीपल्टको कार्यक्रममा बाँकी रहेका कार्यपत्रहरु प्रस्तुत गरिने,काब्य गोष्ठी, घोषणापत्र प्रस्तुत गरी समापन गर्ने कार्यक्रम राखिएको थियो । उद्घाटन र समापन कार्यक्रमा केही विशिष्ट व्यक्तिहरुले मात्र बोल्ने क्रम थियो । सबैजनाले बोल्न सम्भव थिएन नै । हुन त यस्ता कार्यक्रमहरुमा केही वक्ताहरु छुट्नु र केही वक्ताहरु थपिनु स्वाभाविकै हुन्छ । कार्यक्रम सकियो । भोलिपल्ट सबै आआफना दिशातिर लागे । केही जहाज चढे,केही बस र केही कारमा चढेर बिदा भए ।
केही दिनपछि हङ्कङका एक जिम्मेवार सदस्यले फोन गरेर दुःखसाथ भने–“कार्यक्रममा विष्णुप्रसादलाई बोल्न नदिएकाले उनी साह्रै रिसाउँदै जातअनुसारको व्यवहार गरे ।”भने रे ।
यो सुनेर प्रतीक अवाक् बन्ये र मनमनै आफैलाई धिक्कार्दै अफ्सोच प्रकट ग¥यो । यो भन्दा बढी उसले ती तथाकथित बुद्धिजीवीहरुको सोचमाथि के नै गर्न सक्थ्यो र !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank