(१)हिन्दु साहित्यमा चातुर्वर्णय वर्णव्यवस्था एंवम जातिविभेद
हिन्दु साहित्य जसलाइ आर्य साहित्य ब्राह्मण साहित्य पनि भनिन्छ, यो आर्यको प्राचीन ग्रंथ “ऋग्वेद“बाट प्रारंभ हुन्छ । ऋग्वेदमा मात्र प्रार्थना ,प्रशंसा तथा पुजा पाठ पाइन्छ, जसलाई अलिकति पनि ज्ञान को भोक छ ,अध्यात्मको भोक छ ,उनीहरुलाई वेदमा मुर्खताको वाहेक केहि प्राप्त हुदैंन , ऋग्वेद को दशौं मंडलमा अवैज्ञानिक कार्य कारणको विरुद्ध तथा अल्मालउने कुरोहरु मात्र पाइन्छ ,जहां मानवलाई ब्राह्माको मुखबाट उत्पन्न गरेर वर्णव्यवस्था जस्तो निस्कृष्टम एवंम वेकारको सामाजिक व्यवस्थालाई वढाएको देखिन्छ , चातुर्वर्णय वर्णव्यवस्था तथा जाति विभेदको घातक सामाजिक विमारीको जनक नै ऋग्वेद नै हो ।
ब्राह्मणोस्य मुखमासिद्वाहु राज्न्यस्कृत !
उरुतदस्य यद्वैश्यस् पद्मायां शुद्रो अजायत !
( ऋग्वेद १0र९0र१२)
अर्थात त्यस विराट पुरुषको मुखबाट ब्राह्मण, भुजा(हात)बाट छेत्री , तिघ्राबाट वैश्य तथा खुट्टाबाट शुद्र को उत्पत्ति भयो ! यो जन्म कति अवैज्ञानिक र अप्राकृतिक छ मुख ,पेट, हात खुट्टाबाट मान्छेको जन्म कसरी हुन्छ ? मुख ,पेट ,हात ,खुट्टा कुनै योनि त होइन , यहिंबाट वर्णव्यवस्थाको प्रदूषण फैलियो । यो प्रदूषण तथा अप्राकृतिक कुरोको असर महाभारतको शांति पर्वको यस स्लोकमा पनि देखियो !
ततस्कृष्णो महाभागस् पुनरेव युधिष्ठिर ।
ब्राह्मणानं शंत श्रेष्ठं मुखादेसृजत्प्रभुस् ।
बाहुम्यां छत्रियशंत वैश्यानामुरुतस् शतम् ।
पद्भ्यां शुद्रशतंचैव केशवो भरतर्षभ ।।
अर्थात हे भरतवंशिको श्रेष्ठ युधिष्ठिर महाभाग कृष्णले मुखबाट सयौ श्रेष्ठ ब्राह्मणहरुलाई ,दुबै हातले छेत्रीहरुलाई ,दुइवटै तिघ्राबाट सयौ वैश्य लाइ तथा दुबै खुट्टाबाट शुद्रलाई उत्पन्न गरे ।
यस्तै अवैज्ञानिक र अप्राकृतिक प्रदूषण वाल्मीकि रामायणमा पनि पाइन्छ, वाल्मीकिले पनि आफ्नो स्वजाति दाजुभाइ बाहुनको भलाइमा निकै जोड़दिएको देखिन्छ । रामायण कालमा वाल्मीकिले झन् शुद्र बनाइएकोहरुलाइ जनावरकै समान संबोधन गरेर वांदर ,भालु ,ढेंरु बनाइदियो जो पतित ,दलित, उपेक्षित तथा शोषित बनाइदिए । यो शुद्रहरुलाई बाहुन लेखकहरुले यति क्रुरता र कसाइ जस्तो व्यवहार गरे भने यिनीहरुलाइ मानवताको रुपमै पनि देख्न चाहेन ।
वणिाकक्किरात कायस्थ -मालाकार-कुटुम्बिनस् ।
वेरटो मेद -चाणडाल -दासश्वपच-कोलकास्।।
ऐतेन्त्यजास् समाख्वयाता ये चान्ये च गवाशनास्।
एषां सम्माषणात्स्नानं दर्शनादर्क वीछणम् ।।
(व्यास स्मृति १ र ११ र १२)
अर्थात वणिक ,किरात, कायस्थ ,माली, बांसफोर , स्याल मार्ने ,कंजर ,चांडाल, बारी ,भंगि कोल अथवा गौभछक गर्नेहरु अंत्यजो (अछुत)मा सम्मिलित गरिएको छ यिनीहरुसंग बोलेको दोष स्नान गरेर तथा देखेको दोष सुर्यलाइ देखेर छुट्छ !
उपरोक्त श्लोकमा व्यास ऋषि जो आफै एक मझिनिको कोखबाट जन्मेको थिए ,उनले एकै झट्कामा यि सबै समुदायलाई अपराधी बनाइदिए । ऋग्वेदले बाहुनलाइ पृथ्वीको स्वामी बनाइदियो , जसको फलस्वरुप बाहुन निरंकुश ,निष्ठुर र क्रुर बन्दै गयो ।
ब्राह्मणो जायमानोहि पृथिव्या मधिजायते ।
ईश्वरस् सर्वभुतानां धर्म्मकोशस्य गुप्तये ।।
(मनुस्मृति १र९९)
अर्थात बाहुन जन्मलिदैं पृथ्वीको संपूर्ण जीव मध्ये श्रेष्ठ हुन्छ । बाहुन सबै प्राणीहरुको ईश्वर हो र बाहुन नै धर्मको खजानाको मालिक हो ।
संपूर्ण ब्राह्मण ग्रंथमा बाहुन र क्रमशः छेत्री तथा वैश्यहरलाई आजिविका मानसम्मानको व्यवस्था छ तर बहुसंख्यक शुद्र ,अतिशुद्रहरुलाई अधम बनाएर रसातलमा पुर्याइदिएको छ ,जसलाई बलपुर्वक नीच भन्दा पनि नीच बताइएको छ । जुन देशमा ८० %को जनसंख्यामा रहेको बहुसंख्यक समुदायलाई मुलधारबाट बाहिर गर्नुले नै देशको अवस्था र स्थिति कस्तो होला भन्ने देखिन्छ ? हेर्नुहोस शुद्रको लागि अति कठोर भन्दा पनि कठोर विधान ..
शक्तिनापि. हि शुद्रेण न कार्यो धनसंचयस्।
शुद्रो हि घनमासाध्द ब्राम्हानेव बाधते ।।
वेदमा मुर्खताको वाहेक केहि प्राप्त हुदैंन , ऋग्वेद को दशौं मंडलमा अवैज्ञानिक कार्य कारणको विरुद्ध तथा अल्मालउने कुरोहरु मात्र पाइन्छ ,जहां मानवलाइ ब्राह्माको मुखबाट उत्पन्न गरेर वर्णव्यवस्था जस्तो निस्कृष्टम एवंम वेकारको सामाजिक व्यवस्थालाई वढाएको देखिन्छ , चातुर्वर्णय वर्णव्यवस्था तथा जाति विभेदको घातक सामाजिक विमारीको जनक नै ऋग्वेद नै हो ।
अर्थात सामर्थ्यवान भएर पनि शुद्रले धन संचय गर्नु हुदैंन ,किनकि शुद्र संग भयो भने शुद्रले बाहुनलाइ पिडाÞ दिन्छ । धन भएको शुद्रले बाहुनलाइ पिडाÞ दिन्छ । यो चिंताजनक कुरो हो ? शुद्र समझदार हुन्छ ,अवसर पायो भने अवैज्ञानिक र अप्राकृतिक कल्पनाको विरुद्ध विद्रोह गर्छ । बाहुन मात्र विद्वा ( Learned ) हुन सक्छ , बुद्धिजीवी, मनिषि (Intellectual) हुदैन । उनीहरुमा सत्य निरुपण गर्ने विवेक हुदैंन ,यसकारण बाहुनहरु धनले संपन्न शुद्र संग भयभित हुन्छ । यसकारण शुद्रलाई धनबाट वंचित गर्ने विधान बनाएका हुन् । कहिं कतै बाहुनहरुको षड्यंत्रको पोल नखुलोस भन्नको लागि बाहुनले शुद्रको खानपिन तथा लताकपडा (गांस ,बास,र कपास)को पनि विधान बनाएको छ ! प्रस्तुत पुस्तकमा बाहुनधर्म(हिन्दूधर्म)को शुछ्म विवेचना गरिएको छ ।
उच्छिष्टमन्नं दातव्यं जीर्णा्निवसनानि च ।
पुलकाश्चैव धान्यानां जीर्णाश्चैव परिच्छदस्।।
(मनुस्मृति ४ र ८०)
अर्थात शुद्रलाई भोजनको लागि जुठो अन्न , पहिरनको लागि पुरानो वस्त्र(लुगा) तथा ओछ्याउनको लागि धानको पराल एंवम पुरानो कपडा इत्यादि दिनु पर्छ । अछुतको एक समुदाय आज मनुस्मृतिको यो कालो कानुन अनुसार यहि हालमा जीवन बिताइ रहेको पाइन्छ धार्मिक आदेश मानेर ।
न शुद्राय मति दध्दान नोच्छिष्टं न हविष्कृतं ।
ना चास्योपदिशेध्दर्म्म न चास्य व्रतमादिशेत् ।।
(मनुस्मृति ८ र २७०)
अर्थात शुद्रलाइ बुद्धि दिनु हुदैंन, आफ्नो सेवामा लागेको नोकर बाहेक अन्य शुद्रलाई आफ्नो जुठोपुरो तथा यज्ञ हवनको बांकी रहेको भाग पनि नदिनु । शुद्रलाई धर्मको उपदेश पनि कहिल्यै नदिनु तथा कुनै वर्तको उपदेश पनि नदिनु ,बुद्धिजीवीले बाहुनलाइ दुःख दिन सक्छ । यसै विधान र व्यवस्थाको कारण हजारौ वर्षदेखि शुद्र अतिशुद्र(अछुत)हरु शिक्षा बाट वंचित हुदै आएका थिए र छन् ।
एक जातिर्द्व विजातींस्तु दारुणया छिपन् ।
जिव्हायास् प्राप्नुयाच्छेदं जघन्य((प्रभवो. हि सस्।।
(मनुस्मृति ८र२७०)
शुद्रलाई भोजनको लागि जुठो अन्न , पहिरनको लागि पुरानो वस्त्र(लुगा) तथा ओछ्याउनको लागि धानको पराल एंवम पुरानो कपडा इत्यादि दिनु पर्छ । अछुतको एक समुदाय आज मनुस्मृतिको यो कालो कानुन अनुसार यहि हालमा जीवन बिताइ रहेको पाइन्छ धार्मिक आदेश मानेर ।
अर्थात यदि शुद्र जातिले बाहुन लगायत तीन वर्णलाई कठोर वचन बोलेर आछेप लगाउंछ भने त्यो शुद्रको जिब्रो काटिदिनु किनकि उ सबैको अपेक्षा नीच वर्णमा उत्पन्न भएको छ ।
नामजातिगृहं त्वेषामभिद्रोहेण. कुर्वतस्।
निछेप्योक्योमयस् शंकुजर्वलन्नास्ये दशांगुलस्।।
(मनुस्मृति ८र२७२)
शुद्रले कुनै द्विजको नाम काटेर तथा जाति उच्चारण गरेर “ यो यज्ञदत बाहुन अधम(निंच) छ“ यस प्रकारले बोलेर निंदा अपमान गर्न चाहेमा त्यो शुद्रको मुखमा दशं औला बराबरको तातो पारेको फलाम मुखमा हाल्दिनु ।
धर्मोपदेशं दर्पेण विप्रमाणामस्य कुर्वतस्।
तप्तमासेचयेत्तेलं वक्ते श्रोते च पार्थिवस्।।
(मनुस्मृति ८ र २७२)
अर्थात यदि शुद्रले गौरव संग “तिमिले यो धर्म गर्नुपर्छ“भनेर बाहुनलाई धर्मोपदेश गर्न चाहे वा गरे राजाले त्यस्ता शुद्रको मुखमा कानमा तातो तेल हालेर सजाय दिनु । यो भन्दा क्रुरता के हुन सक्छ ?
महर्षि अत्रि आफ्नो स्मृति मा लेख्छन् ।
वध्यो राग्या सवै. शुद्रो जपहोमपरश्च यस्।
यतोराष्ट्रस्य हंता४सौ. यथा वहेश्च. वै जलम्स्। ।
अर्थात (राजाले जप होमादि ब्राह्मणोचित कर्म गर्ने शुद्रलाई वध गरिदिनु किनकि जुन प्रकारले पानीले आगोलाइ नष्ट गरिदिन्छ , त्यसैगरी जप होम इत्यादि ब्राह्मणको कर्म गर्ने शुद्रको कारण संपूर्ण राज्यलाई नष्ट गर्दछ !
यसैगरी विष्णु महाराजले पनि आफ्नो विष्णु स्मृति मा लेख्छन् कि शुद्रको भए भरको जे जति सम्पति छ त्यो बाहुनलाई अर्पित गर्नु पर्छ ।
प्राणानर्थास्तथा दारान् ब्राह्माणार्थे निवेदयत्स्।
स शुद्र जाति र्भोज्यस्शेष. उच्यते स्। ।
(विष्णु स्मृति ५र११)
अर्थात जो शुद्र आफ्नो प्राण ,धन , पत्नीलाई बाहुनलाई अर्पन गर्दछ त्यस शुद्रको अन्न भोजन ग्रहण गर्ने योग्य हुन्छ , बांकि यसो नगर्ने शुद्रको भोजन गर्नु हुदैंन ,। कस्तो कपटि धुर्त दिमाग बाहुनको धन ,प्राण र स्वास्नी बाहुनलाई दियो भने बाहुनले भोजन गर्ने रे , कस्तो व्यवस्था हो यो , स्वास्नी धन ,ज्यानै दिनु पर्ने नियम ..
धारणं. जीर्णवस्त्रस्य विप्रस्योच्छिष्टभोजनम् ।
स्वदारेषु रतिश्चैव. परदारविवर्जनम् ।।
इत्थं. कुर्यात्सदाशुद्रो मनोवाक्कायर्मभि स्।
स्थानमैन्द्रमवाप्नोति नष्टपापस् सुपुण्यकृत् ।।
(हरित स्मृति २र१३ ,२ र १४)
हरितको कथन अनुसार शुद्रले पुरानो कपडा लगाओस ,बाहुनको जुठो खाओस ,आफ्नो स्वास्नी वाहेक अन्य स्त्रीसंग प्रेम नगरोस् , शुद्रले मन वचन कर्मले शुद्ध मनले गरेमा त्यहि पुण्यको प्रभावले उसको सबै पाप नष्ट हुन सक्छ । हरितको यसप्रकारको टिप्पणी देखेर “रजनिकांत शास्त्री आफ्नो प्रसिद्ध पुस्तक हिन्दु जातिको उत्थान और पतनको पृष्ठ ३१०( ३११ मा लेख्छन कि स्याबास बाहुन महासय ।
यसैलाइ भनिन्छ, मुर्खलाइ कथित स्वर्गको लालच देखाइ आफ्नो सेवामा लगाउने आफ्नो स्वार्थ पुर्तिगर्ने , यस्तै तथाकथित स्वर्ग र नर्कको लोभ लालच देखाएर प्प पुण्य को त्रास देखाएर गुलामी गराउनु कांहाको नैतिकता हो ?
ऋग्वेद देखि लिएर वर्तमानको सबै बाहुन वैदिक साहित्य यस्तो किसिमको कुरुप अवैज्ञानिक चातुर्वर्णय वर्णव्यवस्था रुपि दुषितले भरिएको छ । यसै साहित्यको क्रममा निर्माण गरिएको सर्वाधिक लोकप्रिय ग्रंथ गीतामा पनि यस्तै प्रदूषण भरिएको छ । वर्णव्यवस्था जस्तो निष्कृष्ट व्यवस्थाको चर्चा परिचर्चा बाहुनको बाहुन द्वारा लिखित पुस्तक गीता पनि वैदिक ग्रंथ वेदको विरुद्ध जस्तो देखिए पनि गीताले पनि वैदिक चातुर्वर्णय वर्णव्यवस्थालाइ नै निरंतरता दिएको देखिन्छ ,गीता पांचौ शताब्दीको लेख हो !
Leave a Reply