दलित अनलाईन

संविधानमा दलित हक अधिकार चाहे अनुसार लेखाउन सकिएन : सभामुख महरा

दलित अनलाइन मंसिर ९, २०७५

दलित अनलाईन डेक्स

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले दलित आन्दोलनले प्राप्त गरेको अधिकारलाई संस्थागत गदै थप अधिकारका लागि दलित समुदायका अगुवाहरु एकीकृत रुपमा अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।
दलित महिला केन्द्र नेपालद्वारा प्रकाशित ‘दलित नेतृत्व : सङ्घर्ष र सफलता’ नामक पुस्तकको राजधानीमा आयोजित विमोचन कार्यक्रममा सभामुख महराले थप अधिकारका लागि दलित अगुवाहरु एकीकृत रुपमा अगाडि बढ्नुपर्ने बताउनुभएको हो ।
दलित समुदायको पक्षमा संविधानमा केही मूलभूत अधिकार लेखिए पनि आफुहरुले चाहे जस्तो हक अधिकार लेखाउन नसकिएको बताउँदै महराले संविधानमा लेखिएको अधिकारको पूर्णरुपमा कार्यान्वयन गर्न सबै लाग्नुपर्ने बताउनुभयो । ‘जे जति कानुनमा अधिकार लेखिएको छ, त्यसको कार्यान्वयनमा सबै तहतप्काबाट लाग्नुपर्छ । ’
१३ जना दलित आन्दोलनका अगुवा तथा नेताहरु बारे लेखिएको सो पुस्तकलाई दलित नेताहरु परशुराम रम्तेल र गणेश विकेले लेख्नुभएको हो । लेखक राजेन्द्र महर्जनले सम्पादन गर्नुभएको हो ।


पुस्तकमा दलित आन्दोलनका अगुवा तथा नेताहरु उमादेवी वादी, कलावती पासवान, खड्कबहादुर बस्याल, छविलाल विश्वकर्मा, टेकु नेपाली, तिलक परियार, पद्यलाल विश्वकर्मा, मिठाईदेवी विश्वकर्मा, मानबहादुर विश्वकर्मा, रामप्रित पासवान, विश्वभक्त दुलाल, सन्तबहादुर नेपाली र सन्तोषी विश्वकर्मा संर्घष र सफलताको कथा समावेश गरिएको छ ।
‘दलित नेतृत्वः सङ्घर्ष र सफलता’ पुस्तक देशकै लागि ऐतिहासिक दस्तावेज भएको हुँदा त्यसबाट दलित समुदायका नयाँ नेतृत्वले सिक्नुपर्ने सभामुख कृष्णबहादुर महराले बताउनुभयो ।
दलित अधिकारकर्मी तथा मुक्ति समाजका महासचिव गणेश विश्वकर्माले संघर्षको हिसाबले दलित आन्दोलन अन्य आन्दोलनभन्दा उच्च रहेको दावी गर्नुभयो ।


नेपाली काँग्रेसका केन्द्रीय सदस्य मान बहादुर विश्वकर्मा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तिलक परियार, नेत्रीहरु मिठाईदेवी विश्वकर्मा र टेकु नेपाली लागतयकले एकीकृत दलित आन्दोलनका जोड दिनुभयो । दलित महिला केन्द्र नेपालकी अध्यक्ष गौरा नेपालीले पुस्तकमा समेटिएका सङ्घर्षका गाथा कुनै व्यक्ति–विशेषको कथामात्र नभई सिङ्गो दलित आन्दोलनको इतिहास रहेको टिप्पणी गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank