नेफेजमा नयाँ कार्यसमिति, अध्यक्षमा कसमस विश्वकर्मा

दलित अनलाईन १७ कार्तिक २०७५, शनिबार २१:३७

नेफेजकाे शुक्रबार सम्पन्न ३३औँ वार्षिक साधारण सभाले विश्वकर्माकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकाे हाे। उनी निर्विराेध चयन भएका हुन्। समूहकाे उपाध्यक्षमा चन्द्रशेखर कार्की विजयी भएका छन्।  उनले रोशनी अधिकारीलाई १३ मतले पराजित  गरे। कार्कीले ३७ मत ल्याउँदा अधिकारीले २४ मत पाइन्।

यसैगरी, महासचिवमा निमेश रेग्मी विजयी भएका छन्। उनले ध्रुब बस्नेतलाई २१ मतको अन्तरले पराजित गरे। रेग्मी र बस्नेतले क्रमश: ४० र १९ मत पाए। सचिवमा अम्बिका राजथला निर्विरोध चयन भएकी छन्। यसैगरी कोषाध्यक्षमा सविन शर्मा विजयी भएका छन्। उनले पूर्णहरि अमात्यलार्इ ११ मतले पराजित गरे। शर्मा र हमात्यले क्रमश: ३६ र २५ मत प्राप्त गरे।

यसैगरी, नेफेजकाे  सदस्यमा क्रमश: रविन सायमी  र छेटु शेर्पा विजयी  भएका छन्। सायमी र शेर्पाले क्रमश:  ३८ र ३४ मत पाउँदा सदस्यका उम्मेदवार मुकेश पोखरेल  शेर्पासँग १ मतले पराजित भए। महिला सदस्यमा सुजता कार्की र प्रगती ढकाल निर्विरोध निर्वाचित हुँदा विज्ञ सदस्यमा ज्योति बानियाँ विजयी भएका छन्।

त्यसैगरी लेखा समिती संयोजकमा गोपाल तिवारी र सदस्यहरुमा रञ्जना पौडेल र सोमनाथ लामिछाने निर्विरोध निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank