कांग्रेसले हिड्न र बोल्नका लागि ठूलो योगदान दिएको छः नेता महत

दलित अनलाइन अशोज १९, २०७५

राजविराज नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वअर्थमन्त्री डा. रामशरण महतले उद्योगधन्दा स्थापना, गाउँगाउँमा स्वास्थ्य, शिक्षा, बिजुलीको व्यवस्था, खानेपानी एवं स्वतन्त्ररुपमा हिँड्न र बोल्नका लागि ठूलो योगदान दिएको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन सप्तरीले बिहीबार छैटौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेता डा. महतले प्रेस स्वतन्त्रता भए मात्र देशको विकास हुने समे बताउनुभयो ।

बताउनुभयोपत्रकारिताको महत्व भनेको प्रेस स्वतन्त्रता हो भन्दै प्रेस स्वतन्त्रता भएमा देशमा भोकमरी नहुने बताउनुभयो । प्रेसलाई कम्युनिस्ट सरकारले दबाउन खोजेको आरोप लगाउँदै बहुदलीय व्यवस्था ल्याउनका लागि राजनीतिक गरेका नेपाली कांग्रेसले अहिले पनि जनताको हकहितमा स्वतन्त्रता खोजिरहेको पूर्वअर्थमन्त्री डा. महतले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank