काभ्रेपलाञ्चोकका अजित मिजारको लास ३ वर्षदेखि काठमाडौं टिचिङ अस्पतालमा सडिरहेको छ । अर्घाखाँचीकी १५ वर्षीया समिता नेपालीलाई राजु अधिकारीले बलात्कार गरी हत्या गरे । बोक्सीको आरोपमा रामेछापको लिखु तामाकोसी गाउँपालिका —१ दुरागाउँकी २६ वर्षीया सरिता दर्जीको गालामा पन्यूले डामिनु प¥यो । भर्खरै प्रतिनिधिसभाको बैठकमा सांसद कलुदेवी विश्वकर्माले दलित भएकै कारण काठमाडौंमा डेरा नपाएको पीडाले चर्चा पायो ।
कालिकोटको नरहरिनाथ गाउँपालिका–९ बाट निर्वाचित वडा सदस्य मना सार्कीलाई राजेन्द्र शाही, दुर्गा शाही र सिर्जना शाहीले कमिनी डुमिनी भन्दै कुटेर मारे । गत असार १२ गतेदेखि ३ दिनसम्म बेपत्ता भएकी कैलाली गौरीगंगा नगरपालिका–११ कि २१ वर्षीया माया विकको शव असार १५ गते नजिकैको चपरथली सामुदायिक वनमा फेला प¥र्यो । उनको सामूहिक बलात्कार गरी हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
बेनी नगरपालिका– ९ का ३१ वर्षीय इन्द्र बहादुर खड्का र अन्नपूर्ण गाउँपालिका तातोपानीकी २१ वर्षीय सविता नेपालीबीच प्रेम सम्बन्ध थियो । चार वर्षको गोप्य सम्बन्धमा रहेका उनीहरु जब सविताको पेटमा बच्चा हुर्किदै गयो ,सविताको मुत्युको दिन पनि नजिकिदै गयो । १२ कक्षाको परिक्षा दिएर बसेकी सविताले इन्द्रबहादुर खड्काको गर्भ बोकेकी थिइन् । सविताको पेटमा बच्चा हुर्किदै जाँदा गाउँलेहरुले चाल पाए । गाउँलेहरुले चाल पाएपछि सविताकी आमा राधिकालाई छोरीको विषयमा दबाब परेपछि गाउँलेहरुले र आमाले असार १४ गते जीप चालक रहेका इन्द्रबहादुर खड्कालाई पोखरा जानुछ भन्दै बेनी बोलाए । गाउँलेहरुले सविताको पेटमा बच्चा हुर्किएको भन्दै जिम्मा लिन लगाएपछि इन्द्रबहादुरले सविताको पेटमा भएको बच्चा आफ्नो र सविता आफ्नो भएको स्वीकार गरी अब आफुहरु पोखरा सँगै बस्ने बताउँदै जीपमा हालेर हिँडेका थिए । सोही दिन उनीहरुको जीप कालीगण्डकीमा दुर्घटना हुँदा दुवै जना वेपत्ता भएको निष्कर्ष प्रहरी र सविताका आफन्तहरुले निकालेका थिए । घटना भएको एक हप्तापछि पेटको बच्चा र सवितालाई स्वीकार गरी बेपत्ता भएका भनिएका इन्द्रबहादुर प्रहरी सम्र्पकमा आएपछि घटनाले नयाँ मोड लिएको छ ।
आमा राधिका र सिंगो गाउँलेहरुले सविताको नियोजित हत्या गरिएको आरोप लगाएका छन् । के गाउँलेले लगाएको आरोप जस्तो सविताको हत्या नियोजित हो कि साच्चिकै बेपत्ता ? इन्द्रबहादुर किन एक हप्तापछि प्रहरीको सम्र्पकमा आए ? एक हप्तासम्म कहाँ थिए ? बेपत्ता भनिएका व्यक्ति आफु मात्रै प्रहरी सम्पर्कमा आउनु र सविताको मृत्यु भएको जानकारी दिनुको अर्थ के हो ? के उनले भनेजस्तै सविता बेपत्ता भएकी हुन त ? शंका गर्ने धेरै ठाउँहरु छन् ।
हिजो सविताको सेक्सको स्वाद लिँदा दलित नहुने ,आज सविता दलित हुने ? धेरै दलित दिदि बहिनीहरु गैरदलितबाट यसैगरी लुटिएका छन्, लुकिछिपी प्रेम गर्ने निहुँमा बलात्कृत भइरहेका छन् । सेक्सको प्यास नमेटिउनजेलसम्म राम्री अति राम्री हुने, जब सेक्सको प्यास मेटिन्छ अनि कुरुप र दलित हुने ? सेक्स गर्दा दलित नहुने विवाह गर्दा दलित हुने ? समाजभित्र हुर्किएका यस्ता आपराधिक मनस्थितिका मान्छेहरुको सोचमा कहिले परिर्वतन आउँछ कुन्नि ?
आज सविता, माया र समिता मात्रै दलित भएर लुटिएका छैनन् कि ,सेक्स प्यास मेटाउने निुहँमा बलात्कृत पनि बन्दै आइरहेका छन् । हाम्रो समाजमा जातीय भेदभाव तथा छुवाछूतका कुप्रथाहरु सामाजिक कंलकको रुपमा अझै व्याप्त रहेको यी माथिका घटनाहरुले छर्लङ्ग पर्छ ।
देश संघीय लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरित हुँदा पनि दलित समुदायले जातीय विभेद तथा छुवाछूतको शिकार भई अपमानित र अमर्यादित जीवन जिउनु पर्ने अवस्थाको सृजना हुनु लोकतन्त्र र गणतन्त्र दुवैको उपहास हो ।
हिजो सविताको सेक्सको स्वाद लिँदा दलित नहुने ,आज सविता दलित हुने ? धेरै दलित दिदि बहिनीहरु गैरदलितबाट यसैगरी लुटिएका छन्, लुकिछिपी प्रेम गर्ने निहुँमा बलात्कृत भइरहेका छन् । सेक्सको प्यास नमेटिउनजेलसम्म राम्री अति राम्री हुने, जब सेक्सको प्यास मेटिन्छ अनि कुरुप र दलित हुने ?
राज्यले जातका आधारमा हुने कुनै पनि प्रकारका विभेद तथा छुवाछूतजन्य कार्यहरुलाई अपराधको रुपमा किटान गरेता पनि यो समस्याहरु घट्नु भन्दा दिनानुदिन बढ्दै गइरहेको छ । जसले नेपाली समाज जातीय संकीर्णताबाट माथि उठ्न नसकिरहेको यर्थाथतालाई प्रतिविम्वित गर्दछ । राज्यबाट जातीय विभेद तथा छुवाछूतका घटनाहरुमा प्रभावकारी भूमिका हुन नसक्दा दलित समुदायले निर्धक्क रुपमा मानव अधिकारको उपभोग गर्नबाट बञ्चित हुनु परेको छ । जातीय विभेद तथा छुवाछूतलाई अन्त्य गरी समतामूलक समाज निर्माण गरिनु पर्दछ भन्ने कुरामा राज्यको प्रतिबद्धता भएता पनि यस सम्बन्धिका घटनाहरुमा पीडकलाई कानूनी दायरामा ल्याउन तथा पीडीतको न्यायमा पहँुच दिलाउनका लागि राज्यको प्रभावकारी कदम नहुनु भनेको सबै मानवअधिकार र लोकतन्त्र प्रति सम्मान हुन नसक्नु दुख लाग्दो कुरा हो ।
नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गर्दैमा पनि समाजमा छुवाछुत हट्ने होइनरहेछ । त्यसो त २०२० को मुलुकी ऐनले पनि जातीय छुवाछुत गर्न नपाइने भनेकै थियो, तर त्यही भनाइ पनि लागू हुन सकेन । राज्यले यस्ता अनेक नीति–नियम, ऐन–कानुन कडाइपूर्वक लागू नगर्दा दलित समुदाय विभेद र उत्पीडनको सिकार भई नै रहेका छन् । स्थानीय तहमा दिनदिनै दलित समुदायमाथि भइरहेको अन्याय, अत्याचार, थिचोमिचो, शोषण र दमनविरुद्ध भोगिरहेका दलित समुदायका समस्यालाई सम्बोधन गर्न सरकार चुकेको यी घटनाहरुले देखाउँछ ।
०६३ को आन्दोलनपछि पुनस्र्थपित संसद्ले २१ जेठमा नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको थियो । जातीय छुवाछुत कसुर सजाय ऐन ०६८ व्यवस्थापिका संसद्बाट पारित ग¥यो । छुवाछुतमुक्त राष्ट्र घोषणा गरिए पनि थप कानुनलाई प्रभावकारी बनाउन नसक्दा दलित समुदायमाथि हुने सामाजिक विभेदका रुवरूप र उत्पीडनका समस्या अझै ज्युँकात्युँ छ । राजनीतिक, सामाजिक, आर्थिक, शैक्षिकलगायत सबै अधिकारका क्षेत्रबाट वञ्चित छन् । जबसम्म दलित समुदायका पक्षमा आएका कानुनहरु कडा कानुन लागू गर्न सकिदैन तब अन्तरजातीय विवाह गर्दा समाजबाट बहिस्करण हुनुपर्ने, होटल,घर ,स्कूल, अफिस ,मन्दिरभित्र दलितमाथिको विभेद कायमै रहन्छ । अनि कानुन जारी गर्ने सरकार यो सबै देखेर रमिते बन्नुको विकल्प के हुनसक्छ र ?
Leave a Reply