पन्ध्रौ पटकको अनशन बस्न जुम्ला पुगे डा. गोविन्द केसी

दलित अनलाईन १४ असार २०७५, बिहीबार १३:२०

नेपालगञ्‍ज, बाँके – पन्ध्रौं पटक आमरण अनशन बस्न डा. गोविन्द केसी बाँकेको नेपालगञ्ज पुगेका छन् । उनले १५औं अनशन कर्णाली प्रदेशको जुम्लामा बस्ने तयारी गरेका छन् । त्यहिअनुरुप डा .केसी आज नेपालगञ्ज पुगेका हुन् ।

जुम्लामा गएर किन अनशन बस्ने खोजेको जिज्ञाशामा डा. केसीले भने, ‘आफूले उठाएको मेडिकल शिक्षा र स्वास्थ्य सेवा सुधारका मुद्दामा दूरदराजका जनताको ध्यानाकर्षण गराउनका लागि जुम्लामा अनसन बस्ने तयारी गरेको हुँ ।’

उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भोलीदेखि १५ औं अनशसन बस्ने बताए। डा। केसीले आज नेपालगञ्जमै बस्ने र शुक्रबार बिहानै गाडीबाट जुम्ला गएर साँझदेखि अनशन शुरु गर्ने जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank