गुल्मीको एक सरकारी कार्यालयभित्रै छुवाछुत, सिडियोबाट मुद्दा हाल्ने चेतावनी

दलित अनलाईन २९ असार २०७५, शुक्रबार २१:४३

प्रेम सुनार

गुल्मी-  नेपाल सरकारको स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरुबीच नै छुवाछुत सम्बन्धी विभेदको खुलासा भएको छ । गुल्मीको एक स्वाथ्य संस्थामा दलित समुदायकी एक स्वास्थ्यर्कीलाई सहकर्मीबट भएको चरम  जातीय  विभेदको खुलासा भएको हो ।

अस्लेवा स्वास्थ्य चौकी सत्यवती १, अस्लेवामा कार्यरत रेखा घिमिरे बिश्वकर्मा समुदायकी स्वास्थ्यकर्मी हुनुहुन्छ  । उहाँलाई त्यही कार्यरत अर्की अनमी लक्ष्मी पाण्डेले छुवाछुद विभेद गर्दै आईरहेको  बताउनुभयाे । अनमी घिमिरे भन्नुहुन्छ, ‘६–७ जना स्टाफ छौं । अरु कसैले विभेद गर्नुहुन्न । लक्ष्मी म्याडमले मात्रै असाध्धै छुवाछुत विभेद गर्नु हुन्छ ।” उहाँले थप्नभयाे, ” हामी संगै उपचार गर्न पनि हिँड्नु पर्छ, गाउँसमाजमा जाँदा पनि मलाई उहाँले तल्ला जातकी हो भनेर बिभेद गर्न छोड्नुहुन्न ।”

आफुमाथि जातीय  विभेदको बिभेदको बारेमा घिमिरे ले थप बताईन्, “अफिसमा काम गर्दा चिया र पानी समेत मैले छोएको खानुहुन्न, उहाँको विभेदले मलाई टिक्नै गाह्रो परेको छ ।”

यस सम्वन्धमा सत्यवती गाउँपालिका वडा नम्वर १ अस्लेवाका वडाध्यक्ष भिमप्रसाद पाण्डेको ध्यानकृष्ट गराउँदा उहाँले पनि अनमी घिमिरेवाट त्यस्तो गुनासो आएको बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘ हो त्यस्तो विभेद भएको सुनेपछि आजै म त्यहाँ गएर सम्झाएको छु, आगमी दिनमा त्यस्तो नगर्ने भएका छन् ।’

श्रीमान श्रीमती एउटै कार्यालयमा, मनपरी भएको गुनासो
अस्लेवा स्वास्थ्य चौकीका प्रमुख अहेव कृष्णप्रसाद पाण्डे र अनमी लक्ष्मी पाण्डे श्रीमान(श्रीमती हुनुहुन्छ । उहाँहरुको त्यही स्वास्थ्य चौकी नजिकै पाण्डे मेडिकल क्लिनिक रहेको छ । उहाँहरु श्रीमान श्रीमतीले झोलामा औषधी ओसार–पसार र विक्रि वितरण गर्ने गरको आरोप समेत नाम नबताउने शर्तमा एक स्थानियले लगाएका छन् ।

स्वास्थ्य चौकी प्रमुख पाण्डेले भने ति आरोपहरु निराधार भएको दावी गर्नु हुन्छ । उहाँले भन्नुभयाे, ‘अरु कुरा त सवै निराधार हुन, छुवाछुत विभेदको सम्वन्धमा आजै वडाध्यक्ष आएर भन्नु भएको छ । छुवाछुत उहाँले गरे जस्तो त लाग्दैन । यदि गर्ने गरेको भए आगामी दिनमा त्यस्तो हुने छैन ।’ श्रीमती पाण्डेसंग भने उनले सम्पर्क गराउन चाहेनन् ।

सरकारी कार्यालय मै छुवाछुत ? यो गम्भीर विषय हो । यस सम्वन्धमा जिल्ला जनस्वास्थ्य प्रमुख उत्तम कोईराला र प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालको समेत ध्यानकृष्ट गराईको छ । कोईराला र पौड्याल दुवैले सरकारी कर्मचारी विचमै त्यस्तो छुवाछुत विभेदलाई गम्भीर रुपमा लिएर सम्वन्धित स्वास्थ्य चौकीसंग कुरा गर्ने प्रतिकृया दिनुभयाे । प्रजिअ पौड्यालले त मुद्धा नै हालिदिने सम्मको चेतावानी दिनुभएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank