दस्तावेजमा कुनै  विवाद छैन : प्रचण्ड

दलित अनलाईन १५ पुष २०७८, बिहीबार १९:०५

काठमाडौं  — मा‌ओवादीको ८औं राष्ट्रिय महाधिवेशनको  बन्दसत्रमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष  प्रचण्डले  आफ्नो राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफलको निष्कर्ष र सुझाव प्रस्तुत गर्ने क्रममा कुनै  फरक मत र  विवाद नआएको  बताएका छन् ।

बिहीबार महाधिवेशनस्थल प्रज्ञा भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले  बन्दसत्रमा आफ्नो प्रतिवेदनलाई सहयोग नै पुग्नेगरि सुझाव आएको र कुनै विवाद आएको  बताएका  हुन् ।

अध्यक्ष  प्रचण्डले  समूहगत छलफलको निष्कर्ष र सुझाव प्रस्तुत गर्ने क्रममा फरक मत र  विवाद नआएको बताउँदै  कुनै  भन्दै भ्रममा नपर्न आग्रह गरे । उनले आफ्नो दस्तावेजलाई परिमार्जन गर्न सहयोग पुग्ने ढंगले नै फरक मत र विचार आएको जिकिर गरे । लेखनाथ न्यौपानेको फरक मत पनि आफुले हेरेको र आफुलाई सहयोग पुग्ने गरिनै सुझाव आएको उनको भनाई छ ।

समूहगत छलफलका सवै समूहले आफ्नो प्रस्तावलाई समर्थन गर्दै केहि परिमार्जन गर्न सुझाव दिएको उनले बताए । उनले शुक्रबार उठेका प्रश्नको जवाफ दिएर केन्द्रीय समितिको निर्वाचन हुने र त्यसपछि पदाधिकारीको निर्वाचन हुने जानकारी दिए । प्रचण्डले महाधिवेशन व्यवस्थीति र अनुशासित रुपमा अघि बढिरहेको जिकर गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank