प्रतिरोधको शतक बिशेषांक प्रकाशित

दलित अनलाईन ७ चैत्र २०७८, सोमबार २२:५०

काठमाडौं — आरएम मिडिया हाउसले अन्तरराष्ट्रिय रंगभेद तथा जातिय बिभेद उन्मूलन दिवस (२१ं मार्च) को अवसरमा बिशेषांक (पत्रिका) प्रकाशन गरेको छ । कम्पनीले सोमबार उक्त पत्रिका बिमोचन पनि गरेको छ ।

सोमबार काठमाडौंमा राष्ट्रिय दलित आयोगले २१ मार्च सम्बन्धमा गरेको बिशेष कार्यक्रममा उक्त पत्रिका बिमोचन गरिएको हो । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र प्रसाद श्रेष्ठ, दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा र पत्रिकाका सम्पादक विश्वास खड्काथाेकीले संयुक्त रुपमा बिमोचन गरेका हुन् ।

कम्पनीले राष्ट्रिय दलित आयोगसँगको सहकार्य र दलित महिला संघको सहयोगमा उक्त पत्रिका प्रकाशन गरेको हो । बिशेषगरि पछिल्लो १०० बर्षमा भएका दलित आन्दोलत र आन्दोलन गर्ने पात्रहरुमा केन्द्रीत रहेर उक्त पत्रिका प्रकाशन गरिएको सम्पादक विश्वास खड्काथोकीले बताए ।

पत्रिकाको अनलाइन पार्टनर भने दलित अनलाइन रहेको छ । पत्रिकामा रहेको कन्टेट मंगलबारदेखि दलित अनलाइनमा पनि पढ्न सकिने छ । २१ मार्चको अवसर पारेर हरेक बर्ष यस्तो बिशेषांक प्रकाशन गरिने कम्पनीका संचालक मिलन विश्वकर्माले बताए । समग्र दलित आन्दोलन र दलित मुक्तिमा सहयोग पुग्ने गरि पत्रिका प्रकाशन गरिने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank