दलित आन्दोलनका प्रथम नेता भगत सर्वजित

राष्ट्रपिता भगत सर्वजित :
भगत सर्वजीत विश्वकर्मा नेपाली दलित आन्दोलनको राष्टपिता हुन् । नेपाली दलित आन्दोलनमा उनले वि.सं. १९९७ सालमा स्थापना गरेको “विश्व सर्वजन संघ” लाई पहिलो दलित संगठन भएकोले उनले नै संगठित इतिहासको शुभारम्भ गरेका हुन । उनको जन्म बागलुंग जिल्लाको बागलुंग नगरपालिका वडा नंबर ७ अर्थात साविकको मूलपानी गाविसको गैरागाउँमा वि.सं. १९५० मा भएको थियो । सानैदेखि विद्रोही स्वाभावका भगत सर्वजित रगरगेको नामबाट पनि चिनिन्थे । उनले भारतको बनारसबाट संस्कृतमा आचार्य गर्नुकासाथै हिन्दू धर्मग्रन्थका वेद, उपनिषद, पुराण, स्मृतिलगायतका ग्रन्थहरुको गहिरो अध्ययन गरेका थिए । यही अध्ययनको जगमा उनले दलित आन्दोलनको महशुस गर्दै संगठनको निर्माण गरेका थिए र आफ्नो नामको अगाडि भगत र पछाडि बृन्ची लेख्न शुरुवात गरेका थिए । उनी अध्ययनशिल, कर्तव्यनिष्ट, तार्किक कुशलता भएको व्यक्तित्व भएको कारण धार्मिक ग्रन्थमा कतैपनि उचनिच ठूलो सानो नभएको र दलित समुदायलाई जातीय भेदभाव र छुवाछूत अपमानित गर्न नमिल्ने तर्क संकलन गरि तार्किक वहसमा उत्रने उनी पहिलो नेपाली दलित नेता हुन् । यस्तो तर्क मात्र नगरी उनले आफ्नो प्रथम पुत्रको न्वारन समेत बैदिक विधि अनुसार सम्पन्न गरेका थिए । सचेत र संगठीत शक्तिको माध्यमबाट मात्र मुक्ति आन्दोलनलाई अगाडि बढाउन सकिन्छ भन्ने मान्यताका आधारमा आजीवन जनचेतना फैलाउन र संगठन निर्माण गर्न दलित मुक्तिका निम्ति घर परिवार निजी स्वार्थ र सुख सुविधा त्याग गरी आफ्नो सम्पूर्ण जीवन आन्दोलनमा समर्पण गर्नु हुने भगत सर्वजित विश्वकर्मा नेपाली दलित आन्दोलनको प्रथम दलित नेता हुन् । कुनै जाति, उपजाति वा क्षेत्र विशेषको मात्र नभई सिंगो शोषित पीडित र दलित समुदायको सुन्दर भविष्यको निर्माण गर्ने सपनालाई साकार पार्नका निम्ति संघर्षरत उहाँ दलित समुदायका श्रमजीवि शिल्पकार वर्गका सर्वोपरि हित र मुक्तिका लागि आजीवन आफ्नो मान्यतामा दृढ रही कोही पनि उचनिच ठूलो सानो भन्न नहुने र दलित समुदायलाई जातीय छुवाछूत भेदभाव गरी अपमानित गर्न नमिल्ने भनी सधैंभरि उत्पीडित जातिको पक्षमा संघर्षरत रहने व्यक्तित्व तथा दलित मुक्ति आन्दोलनका अग्रणी संस्थापक नेताका रुपमा भूमिका अतुलनीय छ ।

सचेत र संगठीत शक्तिको माध्यमबाट मात्र मुक्ति आन्दोलनलाई अगाडि बढाउन सकिन्छ भन्ने मान्यताका आधारमा आजीवन जनचेतना फैलाउन र संगठन निर्माण गर्न दलित मुक्तिका निम्ति घर परिवार निजी स्वार्थ र सुख सुविधा त्याग गरी आफ्नो सम्पूर्ण जीवन आन्दोलनमा समर्पण गर्नु हुने भगत सर्वजित विश्वकर्मा नेपाली दलित आन्दोलनको प्रथम दलित नेता हुन् ।

उनको लामो अध्ययन पश्चात हिन्दू ग्रन्थमा विश्वकर्मा भनेको शिल्पी ब्राम्हण उल्लेख भएको कारण पहिलो पटक आफैले जनैधारण गर्नु भएको थियो । उनले जातपात, छुवाछूत र विभेदको उत्पीडितबाट शोषित पीडित समुदायलाई वि.सं. १९९७ सालमा विश्व सर्वजन संघ नामक संस्था स्थापना गरी दलित मुक्ति आन्दोलनलाई एकीकृत रुपमा अगाडि बढाउनुकासाथै आर्थिक उन्नतिका लागि दलितमाथिको चरम श्रम शोषण र आर्थिक शोषणका विरुद्धमा संघर्ष गर्नु भएको थियो । परम्परागत बालीघरे प्रथाबाट उत्पीडनमा परेकाले बालीको सट्टा नगद पाउनुपर्दछ भन्ने माग अघि सारेका थिए । यस मागलाई सार्थक निश्कर्षमा पुर्याउन उनले आरनको टुडो भाँच्ने, दर्जीहरुको कल बन्द गर्ने, सार्कीहरुको छालाको काम बन्द गर्ने पेशा बहिष्कार तथा आम हडताल जस्ता कार्यक्रमहरुको घोषणा गरेका थिए । सो आन्दोलन साहसपूर्ण र ऐतिहासिक मानिन्छ । दलित समुदायले शिक्षा दिक्षा पाउनुपर्दछ भन्ने मान्यता स्थापित गर्न उहाँले आफ््नै पहलमा आफ्नै गाउँमा २००७ मा भारतबाट अध्ययन गरी फर्केका हिक्मत सिंह तथा उहाँका सहयोद्धा लक्ष्मीनारायण वि.क, मनविर वि.क र रामशरण वि.ककोसाथ सहयोग लिएर विश्वकर्मा प्रावि स्थापना गर्नुभयो । उक्त विद्यालयको व्यवस्थापनमा अध्यक्ष मनवीर, कोषाध्यक्ष रामशरण शिक्षकमा हिक्मत सिंहलाई राखेका थिए । सो विद्यालय हाल विश्वकर्मा उच्च माविका रुपमा संचालित छ । उनले समाजमा सदीऔंदेखि छुवाछूत भेदभाव अपमान र अभावको जीवन काट्न दलित समुदायको मुक्तिको सपना कोरेका थिए ।

जातपात, छुवाछूत र विभेदको उत्पीडितबाट शोषित पीडित समुदायलाई वि.सं. १९९७ सालमा विश्व सर्वजन संघ नामक संस्था स्थापना गरी दलित मुक्ति आन्दोलनलाई एकीकृत रुपमा अगाडि बढाउनुकासाथै आर्थिक उन्नतिका लागि दलितमाथिको चरम श्रम शोषण र आर्थिक शोषणका विरुद्धमा संघर्ष गर्नु भएको थियो ।

उनले यस्ता क्रान्तिकारी कदमलाई तत्कालिन वर्णवादी समाजले पचाउन सकेन फलस्वरुप उहाँ विरुद्ध उच्चजातीय अहंकारवादी पंडित पुरोहित तथा सामन्त ठूलाबडा भनिनेहरुबाट ठूलो षडयन्त्र रचियो । उहााको घरगोठ मन्दिर र विद्यालय समेत तोडफोड गरी उनीमाथि साँघातिक आक्रमण गरियो । उनलाई गादगद्यदी ताकेको, व्यवस्था र समाज विरोधी काम गरेको लगायतका आरोप लगाउँदै तत्कालिन सरकारले चरम यातना सहित पटक पटक जेलमा थुनेको थियो । अन्तिम पटक भगत विश्वकर्मालाई पाल्पा जेलमा ल्याई १७ महिनासम्म ठेडुका ठोकी अति कठोर यातना दिइएको थियो । यातनाको कारण उहाँका अगाडिका दाँतहरु सबै छारिए तरपनि उनी आफ्नो अडानमा विचलित भएनन् । दलित समुदायले आफ्नो मुक्ति र मर्यादा र आत्म सम्मानका लागि आत्म शुद्ध गरी समयमा आव्हान गर्नुभयो । सोलीडोली भातभान्सा आफ्नो आफ्नो मान्छे सरावरी हुन पाउँ भन्ने नारा सहित जनैधारण गर्नू र शिक्षादिक्षा ग्रहण गर्न पाउनुपर्ने व्यवस्थाका लागि वडाहाकिमसमक्ष उनले माग प्रस्तुत गरेका थिए । वडाहाकिमद्धारा आयोजित शास्त्रास्त्रमा पंडित पुरोहितलाई समेत परास्त गरेका थिए सर्वजित विश्वकर्माले । तत्कालिन परिस्थितिलाई दृष्टिगत गरी फेरि नयाँ ढंगबाट आन्दोलनलाई सशक्त बनाउने उद्देश्यले उनी आफ्नो छोरालाई साथ लिएर भारतमा निर्वासित भए । यसरी उत्पीडित दलित मुक्ति आन्दोलनका अगुवा प्रथम संगठकको स्वर्गारोहण २०१२ मा भारतमा भयो । यही योगदानका कारण भगत सर्वजितलाई नेपालको दलित आन्दोलनको राष्ट्रपिता भन्दा अतियुक्ति हुंदैन । उनलाई राष्ट्रपिता भनी रहंदा डा.अम्बेडकरको खाँचो भने खड्कीरहेको यथार्थता हाम्रा सामु रहेको छ ।

नेपाली दलित आन्दोलनको उपलब्धी :
नेपाली दलित आन्दोलनको संगो विरासत भगत सर्वजित विश्वकर्माको विरासत हो । संगठीत रुपमा उनले बोकेको दलित मुक्तिको झण्डा आज पनि फहराई रहेको छ । उनले शुरुवात गरेको दलित समुदायको आन्दोलन समुदायका हिसाबले नेपालको दलित आन्दोलन मुलुकको सबैभन्दा जेठो समुदायगत आन्दोलन हो । वि.स.२००३ सालमा दलितभित्रको एक जात संगठित भएर सुरु भएको आन्दोलन वि.स. २००४ सालमा पुग्दा पहाडका दलितभित्र पर्ने सबै जातहरु एउटै संगठनमा बस्न सक्ने स्तरमा पुग्यो । वि.स. २०२४ सालमा पुग्दा आर्य–खस दलित, मधेसी दलित र नेवारभित्रको दलित एउटै राष्ट्रिय स्तरको संगठनमा गोलबन्द हुने स्तरमा विकास भयो । छुवाछुत–भेदभावको विरोधबाट सुरु भएको आन्दोलन २०२४ सम्म पुग्दा यसले राज्यका निकायहरुमा आरक्षण दावी गर्यो । भने वि.स.को २०४६ जनआन्दोलनमा नेपाली दलित आन्दोलन निरङकुश पञ्चायत विरोधी राजनैतिक आन्दोलनको रुपमा विकसित भयो ।

कतिपय स्थानहरुमा त संवैधानिक र कानूनी रुपमा अनिवर्या व्यवस्था भएको छ । छैठौं दलित आन्दोलनका पक्षमा अर्थात जातीय भेदभाव र छुवाछूतका विरुद्धमा गैरदलित समुदायबाट ठूलो हिस्सामा क्रियाशील छन् । सातौं सिंगो मानवअधिकार तथा नागरिक समाजको समुदाय दलित आन्दोलनको पक्षमा रहेको छ ।

त्यसपछिका दश वर्षको जनयुद्ध, वि.स.२०६२÷६३ जनक्रान्ति र मधेश आन्दोलनजस्ता विगतका सबैभन्दा ठूला आन्दोलन एवं विद्रोहहरुमा दलितहरुको उल्लेखनीय योगदान रहेको छ । भगत सर्वजितले शुभारम्भ गरेको आन्दोलनबाट आजको दिनसम्म आइपुग्दा पहिलो देशव्यापी रुपमा दलितहरुबीच विभिन्न क्षेत्रमा संगठित हुदै विभिन्न संरचनामा दाबी गर्ने स्तरमा पुगेका छन् । दोस्रो दलित विषय नेपालको राजनीतिक क्षेत्रको एउटा अनिवार्य केन्द्रीय विषयको रुपमा स्थापित भएको छ । तेस्रो नेपालको संविधानमा दलित पहिचान, प्रतिनीधित्व र पहुँचका हिसाबले हालसम्मकै दलित आन्दोलनले स्वामित्व ग्रहण गर्ने गरी प्रगतिशील छ । चौथो दलित समुदायका हजारौं राजनीतिक नेता÷कार्यकर्ता उत्पादन भएका छन् । पाँचौं, राज्यका धेरै जसो निकायहरुमा झिनो भएपनि दलित समुदायको उपस्थिति बृद्धि हुन थालेको छ । कतिपय स्थानहरुमा त संवैधानिक र कानूनी रुपमा अनिवर्या व्यवस्था भएको छ । छैठौं दलित आन्दोलनका पक्षमा अर्थात जातीय भेदभाव र छुवाछूतका विरुद्धमा गैरदलित समुदायबाट ठूलो हिस्सामा क्रियाशील छन् । सातौं सिंगो मानवअधिकार तथा नागरिक समाजको समुदाय दलित आन्दोलनको पक्षमा रहेको छ । सबैजसो राजनीतिक दलहरुले दलित क्षेत्र पार्टी कामको एक अनिवार्य कामका रुपमा लिदै जनवर्गीय संगठन निर्माण गरेका छन् । आठौं राज्यकातर्फबाट छुवाछूतमुक्त राष्ट्र घोषणा भई दलित अधिकार दिवस मनाउने प्रचलन शुरुवात भएको छ । नेपालको संविधानमा जातपात र छुवाछूत निषेध गरिएको छ । कानूनी रुपमा यो दण्डनीय मात्र होइन अमानवीय घोषित भएको छ । अब यो दलितहरुको व्यापक हस्तक्षेपकारी अभियानबाट स्याग्य गर्न मात्र बाँकी छ । यति हुँदाहुँदै पनि भगत सर्वजित उठान गरेको हलियाप्रथा र बालघरेप्रथालाई आन्दोलनको मूल पक्ष बनाउँन नसक्दा आज पनि दलितमाथिको भूमिहीनता, बेरोजगारी, बालीघरेप्रथा र चरम श्रमशोषण यथावत छन् । राजनीतिक र प्रशासनिक क्षेत्रमा दलितलाई नयाँ नयाँ तरिकाले बहिष्करणको प्रकृया यथावत छ । जातीय छुवाछुत सतही रुपमा घटे जस्तो भए पनि यसले आफ्नो स्वरुप बदलेको छ र यसका नाममा हुने बहिष्करण डरलाग्दो बन्न थालेको छ । यति मात्र होइन स्वयं दलितभित्रको आम अन्तरविरोधका रुपमा अन्तरदलित विभेदको योजनाबद्ध सामुहिक अभियान बन्न सकेको छैन । मधेशी दलित, दलित महिला, नेवार दलित, कर्णालीका दलित अनि सुदूरपश्चिमका दलितहरुको आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक जीवन भयावह अवस्थामा छ । यसप्रकारको अवस्थाले गर्दा अबको दलित आन्दोलनलाई नयाँ कार्यदिशाका साथ नयाँ उचाईमा उठाउनु अनिवार्य बन्न पुगेको छ ।

भगत सर्वजितका नाममा भएका केही प्रयासहरु
भगत सर्वजित नेपाली दलित आन्दोलनको संस्थापक भईकन पनि उनका विषयमा अझै कुनै औपचारिक खालको अनुसन्धान हुन सकेको छैन । उनको नामको एक भगत सर्वजित प्रतिष्ठान निर्माण भएको छ । सौभाग्यले यो प्रतिष्ठानको नेतृत्व र शुरुवाती नेपाली दलित आन्दोलनका शिखर व्यत्तित्व नेकपा एमालेका नेता छविलाल विश्वकार्मबाट भएको छ । उनकै सत्प्रयासमा बुटवलमा भगत सर्वजित प्रतिष्ठानको आफ्नै भवन निर्माण भएको छ । एम्बुलेन्स संचालनमा रहेको छ । मुक्ति समाज नेपालको पहलकदमीमा झापामा उनको अर्धकदको सालिक निर्माण भएको छ । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको सरकार हंदा तत्कालिन सूचना तथा संचारमंत्री शंकर पोखरेलले हुलाक सेवा विभागबाट मुहार चित्राँकीत हुलाक टिकटमा टाँचा लाउने काम भएको थियो । भने नेकपा एमालेका अध्यक्ष कमरेड केपि शर्मा ओली प्रथम पटक प्रधानमंत्री हंदा पर्यटन तथा संस्कृतिमंत्री आनन्द पोखरेलले भगतसर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कारको स्थापना गर्नु भएको थियो । सोही सरकारका पालामा नेपाल सरकारको नीति तथा कार्यक्रम तथा बजेटमा भगत सर्वजित शिल्प विकास केन्द्र स्थापना गरी परम्परागत पेशाको आधुनिकीकरण गर्न करिब ५० लाखको बजेट विनियोजन भएको थियो ।

अब उनका नाममा दलितहरुका परम्परागत पेशालाई उद्योगमा रुपान्तरण गर्नेखालको केन्द्रमा एउटा र हरेक प्रदेशमा विश्वविद्यालय निर्माण गरिनुपर्दछ । हरेक दलित वस्तिमा सहकारी निर्माण अभियान संचालन गर्नुपर्दछ । उनले शिक्षामा दिएको योगदानको कदर गर्दै दलितहरुमा शिक्षाको अभियान व्यापक बनाउँदै नेपाल सरकारका प्रशासनिक क्षेत्रमा हस्तक्षेकारी भूमिका निर्वाह गर्नुपर्दछ ।

यसका साथै भगत सर्वजितका नाममा क्यालेण्डर, पोष्टर तथा विभिन्न योगदान झल्काउने अपिल, लेखहरु तथा स्मारिका प्रकाशन भएका छन् । यसकासाथै बागलुंगका भगत सर्वजितका समकालिन, परिवारजन तथा शुभचिन्तकहरु मिलेर स्थानीय रुपमा भगत सर्वजित विश्वकर्मा प्रतिष्ठान पनि स्थापना गरी विभिन्न क्रियाकलापहरु भइरहेका छन् । यी सबै गतिविधिले उनको योगदानलाई चिरस्थायी बनाएको छ । यद्यपि भगत सर्वजितलाई अमूक जातको रुपमा स्थापित गर्न खोज्न, उनका नाममा निश्चित चौघेरा निर्माण गर्दै राष्ट्रव्यापी बनाउन आलटाल गर्नु र अलग अलग प्रतिष्ठान बनाइनु त्यति सुन्दर पक्ष होइनन् । अब उनका नाममा दलितहरुका परम्परागत पेशालाई उद्योगमा रुपान्तरण गर्नेखालको केन्द्रमा एउटा र हरेक प्रदेशमा विश्वविद्यालय निर्माण गरिनुपर्दछ । हरेक दलित वस्तिमा सहकारी निर्माण अभियान संचालन गर्नुपर्दछ । उनले शिक्षामा दिएको योगदानको कदर गर्दै दलितहरुमा शिक्षाको अभियान व्यापक बनाउँदै नेपाल सरकारका प्रशासनिक क्षेत्रमा हस्तक्षेकारी भूमिका निर्वाह गर्नुपर्दछ । उनको नामा एक अक्षेय कोषको स्थापना गरी देशका हरेक अस्पतालमा दलित समुदायका ठूला विरामीहरु निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउनुपर्दछ । उहाँलगायत उनका समकालिन र हालसम्म योगदान गर्दै आएका दलित अगुवाहरुको व्यापक अध्ययन अनुसन्धान गर्दै नेपाल सरकारको पहलमा एक प्रदेश एक दलित संग्राहलयको स्थापना गरिनुपर्दछ । उक्त सम्पूर्ण कामहरु सम्पन्न गर्न एकीकृत दलित आन्दोलनको विकल्प छैन ।

लेखक, मुक्ति समाज नेपाल महासचिव हुनुहुन्छ ।


प्रकाशित | २८ असार २०७५, बिहीबार ०३:२३

2 responses to “दलित आन्दोलनका प्रथम नेता भगत सर्वजित”

  1. सि. बि . गहतराज (नेकपा) कपिलवस्तु says:

    धन्यवाद कमरेड लेख पढेर निकै खुसी लागेयो दलितहरुको समग्र बिकासका लागि आन्दोलन लाई अझ उचाई मा पुर्याउनु पर्छ

  2. कुमार खाति says:

    खुशी लाग्यो।अशल काम हुनलागेकोमा।तर बास्तवमा यो शिल्पकारी सुदायलाई दलित बनाएको निशितरुपमा हिन्दुधर्माले नै हो।किन आफुले आफैलाई डाट्ने हामी?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

 

 

')