सिमान्तकृत समुदायकाे लाेपाेन्मुख अमूर्त साँस्कृतिक सम्पदा

 

नेपालका दलितहरुको सन्दर्भमा दलित तथा गैरदलित विद्धानहरुले विभिन्न परिभाषा दिएका छन् । कसैले दलितहरु जुनसुकै भाषिक तथा जनजाति समुदायका भए पनि उनीहरु आर्थिक, सामाजिक, राजनीतिक तथा साँस्कृतिक दृष्टिकोणले उत्पीडित समुदाय हुन् भनेका छन् भने कसैले अनार्य वा द्रविड मूलका हुन् भनेका छन् त कसैले शिल्पी समुदाय भनेका छन् । त्यसैगरी कसैले उनीहरुलाई सामाजिक भेदभावको परिणामस्वरुप जन्मेका एउटा समुदाय मानेका छन् भने कसैले भेद्भावका विरुद्ध संघर्षरत वर्ग मानेका छन् । वास्तवमा दलित समुदाय जातीय भेद्भावबाट सबैभन्दा बढी शोषित, पीडित र प्रताडित वर्ग हुन् ।

विं. सं. १९१० मा जङ्गबहादुर राणद्धारा निर्मित मुलुकी ऐनले काम व्यावसायको आधारमा गरिएको जातीय वर्गिकरणलाई कानुनी मान्यताका साथ वंशानुगत रुपमा परिणत गरिदियो । ऐनले नेपाली समाजलाई चार तहमा विभाजित गरी बाहुनको काम पुजापाठ, क्षेत्रीको काम राज्य सञ्चालन, वैश्यको काम व्यापार तथा कृषि तथा शुद्रको काम आफू भन्दा माथिल्लो तहका सबै जातिको सेवा गर्नु रह्यो । यसरी, मानव समाजका जन्मदेखि मृत्युसम्मका सबै सामाजिक क्रियाकलापबाट अपहेलित र तिरष्कृत हुनु परेपछि । आर्थिक, सामाजिक, साँस्कृतिक तथा प्रशासनिक क्रियाकलापमा भाग लिने अवस्था नै आएन दलित समुदायले । तहगत जातीय संरचनाको धर्ममा आधारित कानूनी व्यवस्था भएकोले किराँतकाल बाहेक लिच्छवीकाल, मल्लकाल, शाहकाल र राणाकालमा समान किसिमको अपराधमा कथित उपल्ला जातिले भन्दा तल्ला जातिकाले कडा र अमानवीय सजाय भोगेको तथ्य इतिहास साक्षी छ । त्यस्तै राजेन्द्र विक्रम शाहको पालामा विं.सं. १८९३ आषाढ सुदी ७ रोज ४ मा जारी गरिएको रुक्का अनुसार शुद्र जाति जस्तै दमाई, कामी, सार्की, बलामी, माझी दनुवार, मुर्मी, भोटे, चेपाङ, कुमाल आदिले जानी–जानी भाउजुको करणी गरे मारिदिने कानूनी व्यवस्था थियो । २०२० सालमा आएको मुलुकी ऐनले कानूनी समानता प्रदान गर्नै सैद्धान्तिक प्रावधान भएपनि मुलुकको कैयौ भागमा दलितहरुले कानूनको समान हकदार हुन पाएका थिएनन् । विं.सं. २०१९ को नयाँ मुलुकी ऐनले कानूनी रुपमा जाति प्रथालाई उन्मूलन गरेको छ । विं. सं. २०४७ सालको संविधान तथा २०६४ सालको अन्तरिम संविधान, छुवाछुत तथा जातीय भेद्भाव विरुद्धको कसुर र सजाय ऐन, २०६८, नेपालको गणतान्त्रिक संविधान २०७२ ले सबै भन्दा प्रगतिशिल संवैधानिक व्यवस्था गरि कानूनको आधारमा सबै नागरिकलाई समान मानेको छ । विं.सं. २००४ सालदेखि २०७२ साल असोज ३ गते जारी भएको नेपालको संविधान समेत गरी सात वटा संविधान जारी भैकेको छ ।

विगत ३५ सय वर्ष देखि मनुवादी दर्शनमा आधारित वर्णवादी राज्यसत्ताले जीवनयापनका सबै क्षेत्र, अवसरबाट वञ्चितिकरण, विमुखिकरण र बहिष्करणमा पार्दै आइरहेको छ । सामाजिक, साँस्कृतिक, राजनैतिक, शैक्षिक, आर्थिक, तथा सत्ता र सम्पतिको प्राकृतिक जन्मसिद्ध अधिकारमा समेत आजको दिनसम्म सन्तोषजनक प्रतिनिधित्व रहेको छैन । नेपालको कूल जनसंख्याको २० प्रतिशतभन्दा बढी रहेको यो समुदाय नागरिकता र भूमिविहिन छन् भने जन्म र मृत्युदर पनि उच्च एवं गरीबीले आक्रान्त रहेको राष्ट्रिय–अन्तराष्ट्रिय तथ्याङ्कले उल्लेख गरेकाछन् । यो समुदाय जीवनयापन (गाँस, बाँस, कपास, शिक्षा, रोजगार, औषधोपचार) का लागि आधारभूत आवश्यक्ता परिपूर्तिमै तड्पिरहनु पर्ने बाध्यताले उनीहरुसँग भएको श्रम, सीप, सृजना र प्रविधि लोप हुने अवस्थामा रहेकाछन् ।

दलित सर्वनामको ऐतिहासिक श्रृंंखलाः

ऋृग्वेदको अनेक ठाँउमा वर्णलाई रङ्ग अथवा प्रकाश मानिएको छ । तैत्तिरीय ब्राम्हण ग्रन्थमा ब्राम्हणलाई देवी वर्ण र शृ्द्रलाई असृ्र्य वर्ण भनिएको छ । असृ्र्य वणको अर्थ हो शृ्द्रजाति । ऋृग्वेदकालमा आर्य र अनार्यको आपसमा झगडा भएको कुरा सर्वविदितै छ । अनार्यलाई ऋृग्वेदमा दास वा दस्यु पनि भनिएको छ । आर्यहरुले अनार्यहरुलाई समाप्त गर्न साम, दाम र दण्ड भेदको प्रयोग गरेका थिए । सो समयमा आपसमा परस्पर दुई विरोधी दल थिए—आर्य र अनार्य । यिनीहरुलाई आपसमा अलग—अलग छुट्याउने कुरा छालाको रङ्ग, भाषा र पृ्जापाठ नै थियो । ऋृग्वेदका केही ठाँउमा जहाँ ब्राम्हण, क्षत्रिय शब्द प्रयोग भएको पाईन्छ । त्यहाँ वर्ण शब्दसित कुनै साईनो सम्बन्ध छैन् । वैश्य र शृ्द्र शब्द ऋृग्वेदको पुरुषसुक्त बाहेक कतै उल्लेख गरिएको छैन् । वैज्ञानिकहरुका अनुसार पुरुषसुक्त प्राचिन नभएर पछि थपिएको हो शास्त्र सहायक मात्रै थियो । अथर्ववेद र तैत्तिरीय संहितामा भने वैश्य शब्दको प्रयोग निकै ठाँउमा उल्लेख गरिएको छ । ऋृग्वेदका पुरुषसुक्त (१०÷९०) मा ब्राम्हण, क्षेत्री, वैश्य र शृ्द्रको उल्लेख गरिएको छ । श्रुतिग्रन्थ भन्दा पछिका ग्रन्थहरुमा दासको अर्थ हो कमारो ‘क्रीतभृत्य’ । ऋृग्वेदमा उल्लेख भएका अनार्यहरु आर्यका विरोधी थिए । पछि आर्यहरुबाट विजित भए पछि दस्यृ् वा दासमा परिणत भएकाहरुलाई नै शृ्द्र भनियो । तैत्तिरीय संहिताको एक ठाँउमा प्रार्थनाद्धारा हाम्रा ब्राम्हण, हाम्रा वैश्य र हाम्रा शृ्द्रमा प्रकाश भरेर मलाई पनि प्रकाश देउ भन्ने वाक्यको प्रयोग गरिएको हँदा प्राचिन समयमै शृ्द्र पनि समाजको एक अभिन्न अङ्ग भएको स्वतः सिद्ध हुन् आउँछ । यद्यपि विभाजनको श्रृंखला अझै चर्किदै गएर ऋृतु र देवता पनि बाँड्फाँड गरे जसमा–अग्नि, बृहस्पति ब्राम्हण, इन्द्र, वरुण र यम क्षत्री, वसु, रुद्र, मरुत वैश्यको थिए भने ‘ पृ्षा’ शृ्द्रको भागमा । वसन्त ऋृतु ब्राम्हण, ग्रष्मि ऋृतु क्षेत्रिय, वर्षा ऋृतु वैश्य र हेमन्त ऋृतु शृ्द्रको । तर, बौद्ध साहित्यमा भने क्षत्रिलाई ब्राम्हण भन्दा माथि राखिएको पाईन्छ । कामको आधारमा पनि ऋृग्वेद र अथर्ववेदमा कामी –(कर्मार) र सार्की (चर्मन) शब्दको प्रयोग गरिएको छ । सो समयमा म्लेच्छअर्थात अहिन्दृ् जातिमा दमाई, कामी, सार्की र केही माझी र धोवीलाई राखिएको थियो । यसरी द्रविड, अनार्य, असृ्र्य–वर्ण,अस्पृष्य,म्लेच्छ (दस्यृ्) दास, शृ्द्र, हरिजन, सृ्चिकृत जाति दलित, शिल्पी, उत्पीडित, हुंदै वर्तमान नेपालमा दलित नामले परिचित छन् । अहिलेको दलित शव्द पनि विवादमुक्त हुन सकेको छैन्।

सँस्कृतिसम्बन्धी अबधारणा र विकासको चरणः

विवेकशिल मानव जातिले आफ्नो ज्ञान, सीप र क्षमताको उपयोग गरी निर्माण वा रचना गरेका यावत सिर्जना अनुरुपको जीवनशैली नै मानव सँस्कृति हो । मानवले निर्माण वा रचना गरेका सिर्जनाहरु भैतिक र अभौतिक गरी दुई किसिमका हुन्छन् । दुबै किसिमका सिर्जनाहरुलाई सँस्कृतिका रुपमा संवोधन गर्ने गरिन्छ । कुनै दर्शन वा चिन्तनका अनुयायीहरुले सो दर्शन वा चिन्तन अनुरुप सिर्जना तथा अवलम्बन गरेका कुराहरुलाई तत्तत् दर्शन एवं चिन्तन नै सँस्कृतिको रुपमा उल्लेख गर्ने प्रचलन छ । उदाहरणको रुपमा हिन्दू सँस्कृति, बौद्ध सँस्कृति, किराँत सँस्कृति, ईस्लाम सँस्कृति आदि आदि ।
“सँस्कृति” शब्द सँस्कृति तत्सम शब्द हो । सँस्कृतिलाई परम्परागत रुपमा “सँस्कार वा परिष्कार” का सन्दर्भमा अथ्याइएको पाईन्छ । साँस्कृतिक अध्ययन पाश्चात्य समालोचना र चिन्तनको नयाँ सन्दर्भ भएको हुँदा सँस्कृतिको खास तात्पर्य पूर्वीय ज्ञान र चिन्तनबाट नअर्थिने हुन्छ । यसका लागि साँस्कृतिक अर्थमा अंगे्रजी भाषामा प्रयुक्त “कल्चर” शब्दको व्युत्पति र विकासलाई नियाल्नु पर्ने हुन्छ । “कल्चर” शब्द युरोपेली भाषामा प्राचिनकालदेखि नै प्रयोग हुँदैआए पनि यसको प्रयोग एकै किसिमले भएको पाइन्न । प्राचिन “कुल्टुरा” बाट विकसित यस शब्दको ल्याटिन अर्थ शुरुमा रक्षा, श्रद्धासाथ गरिने पूजा बालीनाली लगाउने काम र बास गर्न भन्ने थियो । अंग्रेजी भाषमा यस शब्दले पन्ध्रौ शताब्दीमा प्रवेश पायो र प्रारम्भमा यसको अर्थ कृषिकर्म नै भन्ने थियो । बालीनाली लगाउने र उत्पादन गर्ने कलालाई नै त्यस बेला कल्चर भन्ने गरिन्थ्यो र एग्रिकल्चर, हर्टिकल्चर र फलोरिकल्चर जस्ता शब्दहरुको सन्दर्भले पनि प्राचिन अंग्रेजीमा भएको अर्थ कृषिकर्म नै थियो भन्ने कुराको पुष्टि हुन्छ । १६ औ शताब्दी देखि यस शब्दलाई मानव विकासका अर्थमा प्रयोग गर्न थालियो । बेकन, हब्स र जोन्सनले “कल्चर” लाई आफ्ना रचनाहरुमा मानव विकास प्रक्रियाकै सन्दर्भबाट प्रयोग गरेका छन् । १९ औ शताब्दी पछि मानवशास्त्रको उदय भयो । मानवशास्त्रले सँस्कृतिलाई परम्परा भन्दा भिन्न रुपमा हेर्न थाल्यो । सँस्कृतिको परम्परागत अर्थका बारेमा बहस प्रारम्भ भयो र सँस्कृति शब्दलाई मानवशास्त्रीहरुले “मानवका जीवन्त अनुभवका सन्दर्भमा समग्र र भिन्न किसिमको जीवनपद्धति”का रुपमा अथ्र्थाए ।
अंग्रेजी समालोचक आर्नोल्डले सर्वप्रथम सँस्कृति र सभ्यताको सन्दर्भबाट सँस्कृतिको अध्ययन गरे । उनी १९ औ शताब्दीका अंग्रेजी र सँस्कृतिको अध्ययन परम्पराका प्रमुख व्यक्तित्व पनि थिए । २० औ शताब्दीका बौद्धिक व्यक्तित्व अंग्रेजी साहित्यका साँस्कृतिक अध्येता टी.एस. इलियटका दृष्टिमा सँस्कृति समग्र मानवकै अनुभव आदान प्रदानको प्रक्रिया हो । साझा सँस्कृति होइन, तापनि यसले सबैको समान सहभागिता देखाउँछ ।

कला सँस्कृतिका सर्जक दलित समुदायः

कुनैपनि जातिको जातीय सभ्यता, रीतिरिवाज र सँस्कृतिको सामूहिक स्वरुप नै त्यो जातिको समग्र सँस्कृति हुन्छ । समग्रमा आम दलित समुदाय भौतिकशास्त्री हुन् । पृथ्वी सृष्टिको सुन्दर प्राकृतिक सृजना भएर पनि आफैमा पूर्ण छैन् । प्राकृतिक सृष्टिको यहि खाँचोलाई पूरा गर्न आदिम युगदेखि नै मानवले नवीन सौन्दर्यको सृष्टि गर्दैआएको छ । यसलाई नै हामी ललितकला भन्दछौ । वास्तवमा दक्षिण एशियालगायत समग्र विश्वमा नै ललितकलाका आविष्कारक, सृजनाकार र शिल्पकार आम दलित समुदाय नै हुन् कुनैपनि प्रकारको प्रकृतिप्रदत्त वस्तुलाई पुख्र्यौली ज्ञान, सीप, अनुभूति र शिल्पको
मिश्रणद्धारा सौन्दर्य थपेर जाज्वल्यमान बनाउनु ललितकलाको मुख्य कार्य हो । यो कार्य दलित भनिने शिल्पी तथा श्रमजिवी जातिले नै गर्दैआएको तथ्य घामजत्तिकै छर्लङ्ग र निर्विवाद रहेको छ । बेलैमा दलित समुदायको मानवशास्त्रीय तथा समाजशास्त्रीय रुपमा कित्ताकाट गर्न नसक्नु सबैभन्दा ठृ्लो कमजोरीको रुपमा रहेको पाईन्छ । दलितको सवालमा पनि जसलाई जे मन लाग्यो त्यही बोली दिने सँस्कृति नै बनेको देखिन्छ । क्रमशं :

क्रमशं :  बाँकी भाग २ मादलित अनलाइन डटकमा प्रत्येक बुधबार प्रकाशित हुने यस श्रंखलाका भागहरु लेखककाे अनुमति विना केही प्रकाशित गरेको पाएमा कपी राइट अनुसार कारबाही प्रक्रिया अगाडी बढाइने छ ।


प्रकाशित | २० असार २०७५, बुधबार १३:४०

Leave a Reply

Your email address will not be published. Required fields are marked *

 

 

')