महाकाली–मेची पदयात्राले उब्जाएको प्रश्न

कानुनमा छुवाछुत सदाका लागि अन्त्य भनिएता पनि दलित समुदायले २१ औँ शताब्दीमा आईपुग्दा अझै पनि कतिपय ठाउँमा छुवाछुत अन्त्य हुन सकेको छैन । सुगम र शहरमा केही मात्रामा छुवाछुतको अन्त्य भएता पनि दुर्गम जिल्लाहरुमा पुगेर वास्तविक अवलोकन गर्ने हो भने अहिले पनि पुरानै रितिरिवाज रहेको छ । संविधानमा छुवाछुतको अन्त्य र दण्ड जरिवाना तोके पनि कतिपय स्थानमा आफ्नो शासन र बहादुरी पना देखाई दलितलाई कु–व्यबहार गरेका घटना मानसपटलमा ताजै छन् । त्यस्तो व्यक्तिलाई नियम अनुसार कडा कारवाही गर्ने भनिएता पनि शक्तिको आडमा घटना कसरी हुन्छ अन्यत्र मोडिन पुग्छ । देशमा संघीयता आएपछि पनि जातीय विभेद तथा छुवाछुतको व्यवहारिक अन्त्य हुन सकेको छैन । फगत कागजी खोस्टोमा सिमित कानुनले दलितका मुद्दाहरु हल हुन सकेको छैन । हो त्यसैले छुवाछुत राष्ट्रबाटै व्यवहारिक रुपमा सदाका लागि अन्त्य गर्नुपर्छ भन्ने उद्देश्यका साथ दलित र गैरदलित मिलेर २०७५ चैत ३ गते सुदुर पश्चिमको चादँनी दोधाराबाट सुरु भएको महाकाली–मेची पदयात्रा ५४ दिनको पैदलयात्रापछि मेचीको काँकरभिट्टामा पुगेर पहिलो चरणको अभियान सफलतापूर्वक सम्पन्न भएको छ । ३ जना होनहार युवा अभियन्ताहरु होमराज आचार्य, अशोक दर्नाल र रिता परियारले २२ वटा जिल्लाहरुमा पैदलयात्रा गरी कसरी छुवाछुतलाई व्यवहारबाट सदाका लागि अन्त्य गर्न सकिन्छ भनेर स्थानीय सरकारका जनप्रतिनिधि र स्थानिय तहका दलित र गैरदलितहरुसंग बहस र संवादहरु गरेका थिए । परिवर्तन सुरुमा समाजबाट भन्दा पनि आफैबाट गर्नुपछ भनेर गैरदलित होमराज आचार्यले पदयात्रा सुरु गर्नु भएको थियो । यो खुसी सिंगो दलित समुदायलाई मात्र नभइ अब गैरदलित पनि छुवाछुत अन्त्यका लागि एकजुट हुनुपर्छ भन्ने सन्देश दिन खोजेको हो ।

यो खुसी सिंगो दलित समुदायलाई मात्र नभइ अब गैरदलित पनि छुवाछुत अन्त्यका लागि एकजुट हुनुपर्छ भन्ने सन्देश दिन खोजेको हो ।

देशका प्रत्येक कुनाकुनाबाट छुवाछुत सदाका लागि अन्त्य गर्न व्यक्ति र छिमेकीहरुलाई उत्प्रेरित गर्ने उद्देश्यले वास्तवमा उक्त पदयात्रा गरिएको हो । १ लाख १७ हजार आम जनसमुदायसँग प्रत्यक्ष संवाद, अन्तरक्रिया र छलफल गर्दै विभेदको अहिलेको अवस्था, परिर्वतनका बाधक तत्वहरु र समाधानका उपायहरुबारे स्थानीय तहबाट खोजी गर्नुको साथै कानुन कार्यान्वयनमा देखिएका कमीकमजोरीलाई औल्याउँदै सचेतीकरणको काम समेत कुशलतापूर्वक सम्पन्न गरेको अभियन्ता अशोक दर्नालले बताएका छन् । ५४ दिनको लामो महाकाली–मेची पदयात्रामा १३२८ किलोमिटरको यात्रा पार गर्नाले पनि उनीहरुमा यतिका दलित समुदायप्रति कति माया र ममता रहेछ भन्ने कुरा पैदल यात्राबाट प्रष्ट हुन्छ । पारिवारिक कामलाई थाति राखेर ५४ दिन सम्म टन्टलापुर घाममा पैदल यात्रा गर्नु सामान्य कुरा होईन । व्यक्तिगत स्वार्थलाई त्यागी सिंगो दलित समुदायको हकहित र उत्थानका लागि पैतलामा छाला जाँदासम्म निरन्तर यात्रामा लाग्दा जो कसैलाई पनि शंका उत्पन्न हुन सक्छ । कतिपयले आफुलाई चर्चामा आउनका लागि र पैसा कमाउनका लागि यो पदयात्रामा लागेको भनेर टिप्पणी गर्न समेत भ्याए । तर मलाई लाग्छ, यो स्वार्थी भावना उनीहरुमा पटक्कै जागेन किनभने यो अभियन्ताका पदयात्रीहरु आर्थिक रुपले अति सम्पन्न छन् र उनीहरुलाई कहिल्यै छुवाछुतले छुदैन । त्यसैले पनि उनीहरु सबै दलितहरुको न्यायको लागि पहरेदारका रुपमा दर्बिला खम्बा र न्यायका एक हिस्सेदार हुन । दलितका बारेमा धेरै बहस र टिकाटिप्पणी भएता पनि समग्रमा छुवाछुत व्यवहारमा अन्त्य नभएकोले यो पदयात्राले केही मात्रामा परिवर्तन आउछ कि भनेर पनि देशैभरिका जिल्लाहरुमा प्रत्यक्ष भेटेर सुझाव लिएको हुनसक्छ ।

यो स्वार्थी भावना उनीहरुमा पटक्कै जागेन किनभने यो अभियन्ताका पदयात्रीहरु आर्थिक रुपले अति सम्पन्न छन् र उनीहरुलाई कहिल्यै छुवाछुतले छुदैन । त्यसैले पनि उनीहरु सबै दलितहरुको न्यायको लागि पहरेदारका रुपमा दर्बिला खम्बा र न्यायका एक हिस्सेदार हुन ।

१०४ वटा स्थानीय सरकारको आयोजना र व्यवस्थापनमा यो पदयात्रा अगाडी बढ्दै गर्दा धेरै नगरपालिकाहरुबाट जातीय छुवाछूतको व्यवहारिक अन्त्य गर्ने प्रण मात्रै गरेनन् कि वडावडा तहबाटै छुवाछूत अन्त्य गर्न संकल्पको घोषणा गरे ।
नेपाल पदयात्रा २०१९ मार्फत् देशका प्रत्येक कुनाकुनाबाट छुवाछुत सदाका लागि अन्त्य गर्न व्यक्ति र छिमेकीहरुलाई उत्प्रेरित गर्ने उद्देश्यका साथ यो पदयात्रा गरिएको थियो । महाकाली देखि मेचीसम्मको पदयात्राको क्रममा १३ सय २८ किलोमिटर दुरी पार गदै ५५ लाख ७७ हजार ६ पाइलाहरु विभेद अन्त्यका लागि खर्चिएको छ । जातीय विभेद र छुवाछूतको मुद्दालाई राष्ट्रिय मुद्दाको रुपमा उठान गरी दलित एंवम गैरदलित समुदायबाट यस सामाजिक कंलकको रुपमा रहेको जातीय विभेद र छुवाछूतको अन्त्यबाट पदयात्रीहरुबाट सम्भव छ भन्ने सन्देश प्रवाह गर्न सफल भएका कुरा देशमा उर्लिरहेको जनसागरबाट स्पष्ट हुन्छ । किनकि पदयात्रा सुरु भएको दिनबाटै सबै जिल्लाहरुमा स्थानिय तहका प्रमुख, उपप्रमुख, जनप्रतिनिधि र दलित र गैरदलित समुदायको राम्रो सुझाव आएको थियो । ८७ वटा वस्तीहरुको कथा व्यथा छुवाछूतबाट आक्रान्त भएको र जातीय छुवाछूतको घटनामा स्थानीय निकायहरुको प्रभावकारी नजर नपरेको नेपालको करिब आधा भन्दा बढी जनसंख्या ओगटेको तराईमा जातीय विभेद र छुवाछूतको चरम विभेदको अभ्यास अहिले पनि कायमै रहेको यथार्थ यस पदयात्राको क्रममा अनुभूत गरिएको निष्कर्ष सहितको प्रतिवेदनमार्फत टोलीले केही महिनामा सार्वजनिक गर्नेछ ।

जातीय विभेद र छुवाछूतको मुद्दालाई राष्ट्रिय मुद्दाको रुपमा उठान गरी दलित एंवम गैरदलित समुदायबाट यस सामाजिक कंलकको रुपमा रहेको जातीय विभेद र छुवाछूतको अन्त्यबाट पदयात्रीहरुबाट सम्भव छ भन्ने सन्देश प्रवाह गर्न सफल भएका कुरा देशमा उर्लिरहेको जनसागरबाट स्पष्ट हुन्छ ।

जातीय विभेद तथा छुवाछूतको व्यवहारिक अन्त्यका लागि नेपाल पदयात्राले मुलतः ७ सय ५३ स्थानीय निकायसँग समन्वय गरी सामाजिक रुपान्तरणका लागि थप कार्य योजना सहित भावी रणनीति समेत तय गरेर काम गर्न लागेको र यसो गरेमा छुवाछुत व्यवहारिक रुपमै अन्त्य नहोला भन्न सकिदैन । जातीय विभेद र छुवाछूतको अन्त्यका लागि चालिएको नेपाल पदयात्राले २०१९ भित्रमा दलित समुदायका पक्षमा जारी भएको कानुनहरुलाई व्यवहारिक कार्यान्वयन गराउनका निम्ति सार्कस्तरीय नीति संवाद गरी केन्द्रिय सरकार र स्थानीय सरकारलाई समेत प्रतिवेदन पेश गरी दवाब सिर्जना गर्ने अभियन्ताहरु लाग्ने निर्णयले पनि यो पदयात्राले सकारात्मक सन्देश दिएको छ । आज देशैभरि छरिएर रहेका विभिन्न तहका व्यक्तिहरुले पदयात्राको अवधिभर पदयात्रीले पाएको सम्मान र उर्लिदो जनसमुदायको भेलले पनि यो पदयात्राले चौतर्फी रुपमा सबैको ध्यान केन्द्रित गरेको छ । पदयात्रीले जसरी प्रत्यक्ष संवाद गरी भेटेर पिडितका गुनासाहरु टिपोट गर्नाले पनि अबका दिनमा त्यस्ता घटना कम हुन सक्ने अनुमान लाउन सकिन्छ । किनकि अब पिडितहरुको लागि बोलिदिने र न्याय दिलाईदिने संस्था कही कतै रहेछ भन्ने महसुस दुर्गम जिल्लाका त्यहाँका दलितहरुमा हुनेछ । आशा छ अबका दिनमा यो सन्देशले दलितहरुको वषौ देखिको मुद्दालाइ व्यवहारिक रुपमा अन्त्य गर्न सबै तहमा रहेका नागरिकहरुले सहयोग गर्नेछन् र समृद्ध नेपाल र व्यवहारिक छुवाछुत मुक्त नेपाल भनेर सबैले गर्व गर्न सकुन् ।व्यक्तिगत स्वार्थलाई त्यागी सिंगो दलित समुदायको हकहित र उत्थानका लागि पैतलामा छाला जाँदासम्म निरन्तर यात्रामा लाग्दा जो कसैलाई पनि शंका उत्पन्न हुन सक्छ ।

लेखक रणपाल बुटवलबाट प्रकाशित हुने जनसंघर्ष दैनिकका पत्रकार हुन् ।


प्रकाशित | १४ जेष्ठ २०७६, मंगलवार २२:१४

Leave a Reply

Your email address will not be published. Required fields are marked *

 

error: Content is protected !!