बेलायती संघर्ष र चलचित्रले चिनाएको नाम हो : प्रतिमा दुधराज

मन र इच्छाप्रति झुकाव राख्ने व्यक्तिहरु छोटो समयमै सबैको मनमा बस्न सक्छन् । आफ्नो मन र इच्छा विपरित आफुलाई जबरजस्ती कुनै काममा लगायो भने छोटो अवधिमै उसको नाम हराउन सक्छ । तर मन र इच्छाबाट उदाएका व्यक्तिहरु सधै आम जनताको मन र मस्तिष्कमा बसिरहेका छन् । यस्तै नेपाली मुलकी बेलायतवासी प्रतिमा दुधराजको जीवनमा पनि नेपालबाट सुरु गरेको कलरपर्दाको यात्रा बेलायतमा जमेको छ । पूर्व धारानमा जन्मिएकी प्रतिमा धारानमै हुँर्किन । प्रतिमा स्कूलले जीवन सकेर काठमाडौ उच्च शिक्षाका लागि काठमाडौमा आइकी थिइन् । स्कूले जीवन कविता लेखनमा रुचि राख्ने प्रतिमा त्यतिवेला नै काँचको पर्दाको सपना देखिन र त्यसैमा लाग्ने निधो गरिन् । उनले देखेको सपना केही वर्षमा नै पूरा भयो । उनी नेपाल टेलिभिजनबाट प्रसारण हुने टेलिसिरियल ‘अर्काको मान्छे ’ मा निकै राम्रो भूमिकामा देखा परिन् । उनको भूमिकालाई देखेर रुद्रराज पाण्डे, लय संगा्रैला, सुर्यमाला शर्माले थप प्रेरणा र हौसला दिइरहेका थिए । भर्खरै टेलिसिरियलको माध्यमबाट जम्दै गरिएकी प्रतिमा अचानक बेलायत उड्नु प¥यो । तर उनको इच्छा र सपनाहरु रोकिएनन् बेलायतमा पनि । उनी अहिले सिरियलमा अभिनय गर्दिनन् , फिल्ममा अभिनय गर्छिन् । उनले अभिनय गरेका दुई फिल्महरु छन् । र एक फिल्ममा लगानी पनि गरेकी छिन् । नेपालीमुलकी बेलायतवासी प्रतिमा दुधराजसँग नेपाल आएको मौका छोपी दलित अनलाइनले गरेको कुराकानीको बाँकी अंश ।

बेलायतमा नाम छ, नेपालमा छैन नि ?
म प्रचारविना नै काममा रमाउने मान्छे हुँ । अनि म नामको प्रचार कहिल्यै गर्दिन पनि । नेपाल हुँदा खास मान्छेहरुले चिन्नुभएको थियो । त्यो अहिले पनि राम्रोसँग चिन्नुहुन्छ । मलाई त्यति नेपालीहरुले चिनेका छैनन् अहिलेसम्म । म आफैले आफनो सरलता र शितलतालाई लिएर अघि बढेको छु । बाहिर दर्शाएकी छैन । बाहिर मान्छेले मलाई यस्तो भनेर भन्यो भने खुशी लाग्छ । तर म आफै म यस्तो छु भनेर चिनाउन चाहन्न । मैले त्यहाँ बसेर पनि आफनो फेमिली विशेष गरेर आफनो छोराहरुलाई राम्रोसँग पढाउने वातावरण बनाएँ । अहिले उनीहरु दुवैले राम्रोसँग पढिरहेका छन् । अझ कान्छो छोराले त कलेज नै टप गरेको छ । बाहिर आफनो फेमिलीलाई टाइम दिन एकदमै गाह्रो छ । त्यसमा पनि मलाई अरुले की तपाई भन्नुहुन्छ कि कसरी यस्तो टाइम दिएर आफनो छोराहरुलाई राम्रोसँग पढाउनुभएको छ भनेर । कान्छो छोरो नेपालबाट राजा विरेन्द्र र दिपेन्द्र शाहपछि इटन कलेज पढ्ने नेपाली छोरो हो । त्यही इटन कलेजमा छोराले टप गरेपछि अझै मलाई हेर्ने दृष्टिकोण बदलिएको छ । तर म सधै लो प्रोफाइलमा बसेर काम गरेकी छु । मैले चलचित्रमा लगानी गरेको कुरा केही मान्छेलाई मात्र थाहा हुन्छ । अहिले मेरो अभिनयपछि धेरैले चिन्नुहुन्छ । धेरै मिडियामा आउनु प¥यो भन्नुहुन्छ । तर मलाई प्रचार गर्न मन लाग्दैन । त्यसकारण बेलायतमा नाम भए पनि नेपालमा नाम नहुँदा मलाई दुख लाग्दैन् ।

तपाई कसरी फिल्मी क्षेत्रमा प्रवेश गर्नुभयो ?
यो चाहि मेरो पहिल्यैदेखिको प्यासन थियो । म नेपालमा हुँदादेखि नै टेलिभिजन, टेलिसिरियलहरुमा थिएँ । रुद्रराज पाण्डेज्युको ‘अर्काको मान्छे ’ सिरियलबाट मैले सुरु गरेको हो । तर पछि आफनो व्यत्तिगत कारणवश म लण्डन तर्फ लागेँ आफनो कर्म गर्नको लागि । त्यतिबेला त्यहाँ नेपालीहरु धेरै थिएनन् । त्यसैले नेपाली टिभी सिरियलहरु बनाउन पाए हुन्थ्यो भन्ने चाहना हुन्थ्यो । मेरो जेठो छोरा आर्टसमा पनि राम्रो भएकोले उनी मिडियातिर लागे । मैले उसलाई मिडियातिर लगाए । उनले मिडिया नै पढे । उनी मुभितर्फ लागे र उनले पहिलो हलिउड मुभि गरे पाइन उड स्टुडियोमा प्रिन्स अफ पारसिया भन्ने । अनि उनले बेलायतकै अंग्रेजी डकुमेन्ट्रीहरु बनाएर डिस्याबल पिपुलहरुको लागि पनि । यी सब छोराहरुको कामहरुले मेरो उत्साह जागेर आयो । उनले अंग्रेजी मुभितिर काम गर्दा एकदिन मैले उनीसंग सल्लाह गरेँ की तिमी नेपाली सिने क्षेत्रमा पनि किन लाग्दैनौं भनेर भनेँ । अनि एकदिन अनि त्यहि क्रममा एल.बी सुब्बा दाईसँग भेट भयो र उहाँसंग कुरा गरेँ । उहाँ पनि एकदमै खुसी हुनुभयो र छोरासँग कुरा गरेर ब्ल्याक समरमा लगानी गरेको हो । यसमा लगानी लगाउनुमा पनि हाम्रो नेपाली, त्यहाँको युथ भाइबहिनीहरुले चाहि आफनो कल्चर, र आफनो भाषा लाई सिने क्षेत्रमार्फत नै हे¥यो भने विदेशमा अगाडि बढाउन सकिन्छ भन्ने लागेर त्यसमा लगानी गरेको हो ।

नेपाल हुँदा सिरियलमा अभिनय गरेको मान्छे, लण्डनमा ठूलो मूभिमा काम गर्दा पहिलो अनुभव कस्तो रह्यो ?
नेपालमा हुँदा मेरो उमेर पनि सानै थियो । त्यतिबेला मेरो त्यो सिरियललाई सबैले मन पराउनुभएको थियो । मैले त्यतिबेला पनि नाटकको टप कलाकारहरु संगै काम गरेको थिएँ । लय संगा्रैला, सुर्यमाला शर्मा लगायत सबैले मलाई प्रोत्साहन दिनुभएको थियो । त्यसपछि त म तुरुन्तै बेलायत गइहाले । त्यस लामो अन्तरालपछि मलाई डाइरेक्टर एल बी सुब्बा ज्युले ब्ल्याक समर र डाइरेक्टर मिलन च्याम्सले मलाई एक्टिङमा ल्याउनुभयो हयाप्पी डेजमा । लामो समयपछि क्यामेराको छेउमा आउँदा एक्टिङ नै गर्न सकिन नर्भस भएर । पछि सबै टेक्निकल टिम, मिलन च्याम्स , छोराको प्रोत्साहन र छोराले हग गरेपछि मैले काम गर्न सरल भयो । अनि ब्ल्याक समर र ह्याप्पी डेजमा काम गर्ने मौका पाएँ र यसलाई निरन्तरता दिनेछु ।

यी फिल्ममा काम गर्दा सबैभन्दा बढी के कुरा सिकियो ?
पहिला त म फ्रोजन जस्तै भएँ । मलाई एक्टिङ नै गर्न आएन । सुटिङ गर्दा थुप्रैले तपाईले राम्रो गर्नु हुदोरहेछ भनेर आएर हग गर्दै राम्रो राम्रो एक्टिङ गर्नु हुन्छ , निरन्तरता दिइरहनु होला भनेर बढाए । सबै जनाको हौसला र प्रोत्साहनले गर्दा अब मलाई झन् भविष्यमा पनि एक्टिङ गर्ने हौसला मिलेको छ । त्यसैले मैले राम्रो नै गरे जस्तो लाग्छ र सबैले मेरो एक्टिङ मन पराउनुभएको छ । मैले जुन दुई फिल्ममा काम गर्ने मौका पाए । त्यसमा मेरो भूमिकालाई देखेर दर्शकहरु पनि खुशी नै हुनुभयो । मैले पाएको कामको जिम्मेवारी राम्रोसँग निभाँए । र अभिनय गरेको दुई अझै थप अभियनमा लाग्ने र कुशल अभियन गर्ने मौका मिलेको अनुभूति मैले गरेकी छु । हामीले सिनेमा हलमा गएर हेरिने चलचित्रमा समाजका वास्तविक घटनाहरुमा आधारित कथा हुन्छ । यही वास्तविक कथालाई अभिनय गर्नु सामान्य कुरा कलाकारको होइन । हामी जति इच्छा शक्ति लगाएर वास्तविक अभिनय गर्छौ अनि हाम्रो अभिनयको तारिफ हुन्छ । त्यो कुरा मैले पनि सिक्ने मौका पाएँ । हामीले अभिनयलाई सामान्य ढंगबाट लिनुहुँदैन भन्ने कुरा बढी सिक्ने मौका पाए । मैले पनि थोरै फिल्ममा काम गर्न तर गरेको फिल्मले चर्चा दिइयोस् भन्ने मान्यता राख्छु । त्यसैले कथाको भावलाई यथार्थबोध हुने गरी अभिनय गर्न सकियो भने मात्र राम्रो फिल्मले अफर गर्न सक्छ ।

अभिनयलाई कसरी हेर्न सकिँदो रहेछ ?
अभिनयलाई मान्छेहरुले निकै सांघुरो घेराबाट हेर्ने गरिन्छ । अभिनय भनेको एउटा कुनै पनि कथालाई चाहे त्यो सामाजिक होस् चाहे त्यो ऐतिहासिक कालखण्डलाई त्यसको पात्रमा आफुलाई ढालेर आफनो कला दर्शाउने माध्यम हो । त्यसमा डुबेर मात्र आफनो कलालाई निखार्न सकिन्छ । त्यतिकै अभिनय गर्ने हो , गरौं भनेर मात्र हुँदैन । अभिनय गर्दाखेरी पात्रहरु अनुसार आफनो एक्सप्रेशन ल्याउने, बोल्ने गर्नुपर्छ । अहिले त अभिनयमा जसले बढी निर्खार ल्याउन सक्छ ,उसको बढी चर्चा हुन्छ । नाटकबाट आउने कलाकारहरुको बढी वास्तविकता भेटिन्छ । अभिनयलाई सामान्य ढंगबाट सोचेर देखावटी गर्ने, अरुको देखासिकी गर्ने र फेम मा मात्र आउन खोज्ने कलाकारहरु वास्तविक कलाकार हुनै सक्दैन् । एउटा कलाकार कथाको गहिराइमा पुगेर अभिनय गर्न सक्नेहरुले मात्रै अभिनयमा जम्न सक्छन् । अभिनय भनेको बाहिर मनले गर्ने, गराउने कुरा होइन । जो अभिनयको क्षेत्रमा लाग्ने कलालाई भविष्य खोज्नेहरुले अभिनयलाई राम्रोसँग बुभm्न सक्नुपर्छ । विभिन्न विश्वविद्यालयबाट अभिनय सम्बन्धि कोर्स पुरा गरेर अभिनयमा लाग्दा अझै बढी फाइदा हुनसक्छ । आफनो देशको कल्चर लाई मिट गर्न सक्ने हुनुपर्छ । विदेशमा सिकेर आउँदा त विदेशी कल्चर अनुसार सिकिएता पनि आफनो कला, संस्कृति, सभ्यतामा पुरै डुबेर अभिनय गर्नुपर्छ , पढेर मात्र हुँदैन ।

नेपाली फिल्मले अन्र्तराष्ट्रिय बजारमा विस्तारै पहुँच बढाउन थालेको हो ?
अहिले नेपाली सिने क्षेत्र चाहि धेरै अगाडि बढिरहेको छ । त्यसैले फिल्म बनाउँदा बजेटलाई हेर्ने होइन । मुख्य कुरा हामीले कस्तो खालको कथालाई प्रस्तुत गर्न खोजेको छ ,त्यो पनि हेर्नुपर्छ । बजेटले मात्र राम्रो फिल्म बन्ने होइन । सानो बजेटमा पनि हामीले राम्रो फिल्म दिन सक्छौं । त्यसैले अहिले बजार चाहि धेरै राम्रो हुँदै गइरहेको छ अन्र्तराष्ट्रिय स्तरमा पनि । त्यसैले आफनो देशको कला संस्कृति अुनसारको फिल्महरु बनायो भने त्यो अवश्य चल्छ र ब्ल्याक समर पनि मेरो त्यस्तै खाले फिल्म थियो । त्यसैले ब्ल्याक समर बेलायतमा रहेका युथहरुलाई लिएर बनाइएको एक त्रिकोणात्मक लब स्टोरीको मुभि हो । र हालै अक्र्सफोडमा भएको शो मा दर्शकहरुले धेरै नै मन पराउनु भएको थियो । त्यस्तै यसले त्यहाँ रहेका बालबालिका , न्यु जेनेरेशनहरुलाई आफनो भाषा, संस्कृति बुझन पनि सहयोग गर्छ । पछिल्लो जेनेरेशनहरुको लागि पनि राम्रो हुन्छ आफनो भाषा, संस्कृति अनुसार फिल्महरु बनायो भने । हामीले वास्तविक घटनामा आधारित चलचित्रहरु निर्माण ग¥यौं भने राष्ट्रिय तथा अन्र्तराष्ट्रिय बजारमा नेपाली चलचित्रहरुले पकड जमाउन सक्छ । त्यो काम विस्तारै सुरु भएको छ । यसको मात्रा बढाउन नेपाली चलचित्र उद्योग क्षेत्रले नयाँ प्रविधिसँग नयाँ विषयवस्तुलाई उठान गर्नुपर्छ ।

के ग¥यो भने अझै अन्र्तराष्ट्रिय स्तरको फिल्म बन्न सक्छ नेपाली फिल्म ?
अन्र्तराष्ट्रिय स्तरकै सोच हुनुप¥यो । हामीले अन्र्तराष्ट्रिय हलिउड, चाइनिज र अन्य अन्र्तराष्ट्रिय फिल्महरुका कथालाई वास्तविकता दिन एउटा सिनको लागि ३, ४ दिनसम्म पनि लगाउँछ एउटा राम्रो सट दिनको लागि । तर हाम्रो नेपाली फिल्महरुमा त्यो छैन । नेपाली फिल्महरु छिटो छिटो सुटिङ गरेर सकाउने खालका छन् । केहि सिन छ भने त्यो हतार हतारमा सकाउने प्रवृत्ति छ । तर त्यस्तो गर्नु हुदैन । कम बजेटमा पनि धेरै समय लगाएर राम्रो फिल्म बनाउन सकिन्छ । मलाई त्यस्तो लाग्छ । मेन कुरा त्यसको स्टोरी राम्रो हुनुप¥यो, बजेटले मात्र फिल्म राम्रो बन्ने होइन ।

ब्ल्याक समर राम्रो भयो भन्ने सुनियो यसको लगानी उठ्यो के छ ?
ब्ल्याक समरको केहि टेक्निकल प्रोब्लम ले ढिलो प्रर्दशन हुन गयो । युके को केही भागहरुमा भएको प्रर्दशनने राम्रो नै गर्यो र अन्य भागहरुमा पनि देखाइदै छ र क्यानडा र अमेरिका र अन्य देशहरु सहित नेपालमा पनि प्रर्दशन गर्ने विचार राखिएको छ । युकेको टाइमको व्यस्तताले गर्दाखेरी युकेको अरु विभिन्न ठाउँमा देखाउन बाँकी नै छ ।

 

अब तपाईले बनाउने फिल्म कस्तो आउँछ ?
मेरो छोराले एउटा प्रोजेक्टमा काम गरिरहेछन् । उनले अहिले स्क्रिप्ट लेखिरहेका छन् महिला प्रधान विषयलाई लिएर । मलाई के लाग्छ भने यथार्थ रुपमा भएको कथावस्तुहरुलाई लिएर फिल्म बनायौं भने त्यो राम्रो हुन्छ । मलाई इतिहास पनि एकदम मन पर्छ । यसलाई लिएर पनि कति फिल्महरु बनाउन सकिन्छ र कुनै पनि इतिहासलाई लिएर फिल्म बनाउने भन्ने यो मेरो मनमा छ र त्यसलाई मैले कुनै दिन पुरा गर्छु भन्ने लागेको छ ।

 


प्रकाशित | ५ माघ २०७५, शनिबार १८:१९

Leave a Reply

Your email address will not be published. Required fields are marked *