जातिय विभेद गरेको आरोपमा नयाँ शक्ति पार्टीका नेता पक्राउ

कैलाली-  जातिय विभेदको आरोपमा नयाँ शक्ति पार्टी, नेपालका नेता खड्क सावद पक्राउ परेका छन् । कैलालीको गौरीगंगा नगरपालिका ५ को मोहन्याल माध्यमिक विद्यालयको व्यवस्थापन समिति चयनको बिषयमा बिवादमा नेता सावदले जातिय विभेद जनाउने शब्द प्रयोग गरेपछि उनी पक्राउ परेका हुन् ।

विद्यालय व्यवस्थापन समितीको चयनका क्रममा गौरीगंगा नगरपालिका वडा नम्बर ५ का अध्यक्ष जंगबहादुर विकले आफूलाई दलित भनेको भन्दै प्रहरीमा उजुरी दिएपछि नेता सावदलाई पक्राउ गरिएको हो ।

सावदबिरुद्ध सामाजिक कसुर अन्तरगत जिल्ला प्रशासन कार्यालय कैलालीबाट म्याद थप गरिएको कैलालीका प्रहरी नायव उपरिक्षक हरि वलीले जानकारी दिए।


प्रकाशित | १९ मंसिर २०७५, बुधबार २०:२६

Leave a Reply

Your email address will not be published. Required fields are marked *

 

 

')