ओझेलमा झलकमान गन्धर्व

जेवी विश्वकर्मा

लोकसंगीतको क्षेत्रमा विशिष्ट पहिचान बनाएका झलकमान गन्धर्वको निधन भएको १५ वर्ष पुग्यो । दमको रोगले थलिएर झलकमानको ०६० साल मंसिर ६ गते काठमाडौंमा देहावसान भयो । उनको मृत्युसँगसँगै कर्खा, सवाईजस्ता गायन पनि बिस्तारै हराउँदै गए ।

नेपालको अमूर्त सांस्कृतिक सम्पदाका रूपमा रहेका गन्धर्वका वाद्ययन्त्रदेखि मौलिक धुन र संगीत पनि लोपोन्मुख छन् । यस्ता सांस्कृतिक-सांगीतिक प्रतिभाको योगदानको संरक्षण र कदर गर्ने दायित्व राज्यको हो ।

तर, झलकमानको एउटा प्रतिमा राख्नका लागि समेत निकै संघर्ष गर्नुपर्ने अवस्था आयो । संघर्षकै बाबजुद पोखराको बाटुलेचौरमा झलकमानको प्रतिमा स्थापित गरिएको छ ।

राज्यले झलकमानको मृत्युपछि उनका छोरालाई जागिर लगाइदिने वाचा गरेको थियो । तर, उनका छोरा कर्णबहादुर गन्धर्व अहिले पनि पोखराआसपासमा सारंगी बजाउँदै जीविका चलाइरहेका छन् । झलकमानको कला, गायकी र संगीतलाई सम्मान गर्ने व्यवस्था हुन्थ्यो भने ‘झलकमान लोकसंगीत प्रतिष्ठान’ बन्थ्यो होला ।

गन्धर्वहरूले अभ्यास गर्ने पिंगुला संगीतशास्त्र संगीत विद्यालय वा विश्वविद्यालयमा सिकाइन्थ्यो होला । कर्खा, सवाईजस्ता गीत, यसको महत्व र इतिहासमा त्यस्ता गीतले खेलेको भूमिकाबारे नयाँ पुस्तालाई साक्षात्कार गर्ने अवसर मिल्थ्यो होला ।

तर, नेपाली लोकसंगीतको क्षेत्रमा गन्धर्व जातिको योगदान, त्यसमा पनि विशेषगरी झलकमानको भूमिकालाई सम्मान गर्ने काम न राज्यले गरेको छ न त नेपाली सांगीतिक क्षेत्रले नै । यदि सत्ता र शक्तिको वरिपरी झलकमान भइदिएको भए उनले मृत्युपूर्व नै राज्यबाट पाउनुपर्ने सम्मान पाउँथे होला । राज्यले त उनलाई सम्झेन, सिंगो नेपाली संगीत क्षेत्रले समेत उनको उपेक्षा गरिरहेको छ ।

गन्धर्व र संगीत

सबै सभ्यता र जाति, समुदाय वा सांस्कृतिक समूहका आ—आफ्नै गीत–संगीत हुन्छन् । तर, आफ्नो जीवन नै गीत–संगीत क्षेत्रमा बिताउने नेपालको एउटै मात्र जाति हो, गन्धर्व । अन्य जाति र समुदायका लागि गीत–संगीत सांस्कृतिक परम्परा मात्रै थियो भने गन्धर्वहरूको पेसा र सामाजिक उत्तरदायित्व ।

फरक किसिमको तार बाद्ययन्त्र सारंगी र अरबाजो बनाउने र आफ्नै शास्त्रका आधारमा संगीतका धुन निर्माण गर्ने, समसामयिक आवश्यकताअनुरूप गीत रचना गर्ने र गाउने कला गन्धर्वहरूस“ग थियो ।

गन्धर्व जातिले कला, साधना र मिहिनेत गरेर मनोरञ्जन मात्रै दिएन, उनीहरूले समाजमा दैनन्दिन हुने घटना र सरोकारलाई पनि टपक्क टिपेर श्रोतासामु पस्किन्थे ।

विशेषगरी सारंगी र अरबाजोलाई प्रयोग गरी गीतसंगीतकै क्षेत्रमा समर्पित गर्ने गन्धर्व जाति करिब १३औंँ शताब्दीदेखि नै कास्की क्षेत्रमा बसोवास गर्थे भन्ने तथ्य इतिहासमा पाइन्छ ।

१६औँ शताब्दीतिरका शासकहरूको विवाहमा खाँडो जगाउने, गीत गाउने काममा संलग्न भएको तथ्यले कास्कीवरपरको क्षेत्रमा गन्धर्वले लामो समयदेखि नै बसोवास गरेको देखाउ“छ ।

जगजित खान वा कुलमण्डन शाहले कास्कीमा शासन गर्ने वेलादेखि बाइसे–चौबीसे राज्यबीचको युद्धका वेला गन्धर्वलाई सूचना संकलन गर्न पठाउँथे । सञ्चारका माध्यमको विकास नहुँदा नेपालमा सूचना प्रवाहको मुख्य जिम्मेवारी गन्धर्व जातिलाई नै दिने गरिन्थ्यो ।

चाहे नेपाल राज्य विस्तारका क्रममा पृथ्वीनारायण शाहलाई सूचना प्रदान गर्ने मणिराम गाइने हुन् वा बाइसे–चौबीसे राज्यमा राजा, महाराजाका सूचना सम्प्रेषण गर्ने व्यक्तिहरू, तीमध्ये अधिकांश गन्धर्व जातिकै थिए । सूचना प्रवाहका लागि गन्धर्वहरू सारंगी बजाउँदै गीत गाउँदै गाउँ–गाउँसम्म पुग्ने गर्थे ।

सूचना सम्प्रेषणका लागि गन्धर्वको गायन र सारंगीको संगीत सबैभन्दा सशक्त माध्यम थिए । गीत–संगीतमार्फत शासकको वीरगाथा जनतासम्म पुर्‍याउने र विरोधी राज्यको सूचना संकलन गरी शासकसम्म पुर्‍याउने ऐतिहासिक जिम्मेवारी पूरा गर्ने सञ्चारकर्मी हो, गन्धर्व जाति ।

दरबारले सारंगीको संगीत र गन्धर्वको गायनबाट मनोरञ्जन लिनुका साथै गाउँ–गाउँका संस्कार, संस्कृति र अवस्थितिबारे जानकारीसमेत लिने गर्थे । तर, आधुनिक सञ्चारमाध्यमको विकाससँगै गन्धर्व जातिको सारंगी बजाउँदै सूचना र मनोरञ्जन दिने पेसा जीविकोपार्जनको पेसा बन्न पुग्यो ।

गन्धर्व जातिले बजाउँदै आएको अर्बाजो र सारंगीजस्ता मौलिक संगीतसाधनको न त राज्यले सम्मान गर्न सक्यो न त नेपाली संगीत क्षेत्रमा आजीवन योगदान पुर्‍याउँदै आएका गन्धर्व जातिको कला र श्रमको मूल्यांकन नै भयो ।

गन्धर्वले निर्माण गरेका सारंगीबाट ३६ राग, ३६ रागानी, ४८ पुत्र (प्रत्येक भाषाको शब्द÷शब्द) र त्यसका शुद्धरअशुद्ध निकाली धुन निकाल्न सकिने गन्धर्वहरू बताउँछन् । यसरी सारंगी बजाउनका लागि गन्धर्वले मौलिक ‘पिंगुला’ गायनशास्त्र नै तयार पारेर अभ्यास गरेका थिए ।

यति मात्रै होइन, उनीहरू मन्त्र, वेद, सवाई, कर्खा, बेलोल, रामकली, घटना, माहाल, मंगल, मालश्री, देउसी, भैलो, रत्यौली, असारे, झ्याउरे आदि धार्मिक र विविध लोकछन्दलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने संस्कृतिकर्मी पनि हुन् । गन्धर्वहरू लोक साहित्यका संरक्षक र प्रवर्तकसमेत हुन् ।

गन्धर्व जाति लिखितरअलिखित इतिहासका संग्रहकर्ता र प्रचारक हुन् । विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय र स्थानीय परिघटनालाई उनीहरूले कर्खा, सवाईमार्फत अलिखित इतिहासलाई जनतासम्म पुर्‍याउने काम मात्रै गरेका छैनन् ।

त्यसलाई नयाँ पुस्तासम्म पुस्तान्तरण गर्ने कामसमेत गरेका छन् । तर, शासकले आफ्नो अनुकूलताअनुरूप प्रयोग मात्रै गरे । उनीहरूका सीप, क्षमता र ज्ञानलाई प्रयोग गरेबापत शासकले गन्धर्वलाई छुवाछुत गर्नुपर्ने जाति बनाइदियो । उत्पादनका साधनबाट विमुख गरी गाउँदै–माग्दै खानुपर्ने अवस्थामा पुर्‍यायो ।

यद्यपि, विभेदकारी सत्तासँग जुध्दै दुर्गे मिजार, धनमानसिंह, झलकमान गन्धर्व, खिमबहादुर, होनीमाया, कर्णबहादुर, हिरादेवी, मनमाया, लोकमाया गन्धर्व हुँदै बर्ता गन्धव र रुविन गन्धर्वले आफूलाई सारंगीबादक, गायकरगायिकाका रूपमा स्थापित गर्न सफल भए ।

झलकमानको कला, गायकी र संगीतलाई सम्मान गर्ने राज्यव्यवस्था हुन्थ्यो भने ‘झलकमान लोकसंगीत प्रतिष्ठान’ बन्थ्यो होला । गन्धर्वहरूले अभ्यास गर्ने पिंगुला संगीतशास्त्र संगीत विद्यालय वा विश्वविद्यालयमा सिकाइन्थ्यो होला । मौलिक पहिचान बोकेको पिंगुला संगीत शास्त्रले पनि जीवन पाउँथ्यो होला ।

झलकमान र नेपाली लोकगीत

सम्पूर्ण जीवन नै सारंगीको साधना र गायनमै बिताउने धेरै व्यक्ति छन् । तिनैमध्ये एक व्यक्ति हुन्, झलकमान । विसं १९९२ वैशाख १२ गते पोखराको बाटुलेचौरमा जन्मिएका झलकमानले गाउँघर, उकाली—ओराली, भञ्ज्याङ चौतारी, मानिसका दैनन्दिन जीवनव्यवहारका कथालाई टपक्क टिपेर सारंगीको संगीतमा भर्दै उनले जनताका कथा गाए ।

विदेशी सेनामा भर्ती हुनुको बाध्यता र युद्धमा मारिएका योद्धाका गाथा गाए । युद्धमा मारिएका जवानको परिवारमा परेको विपदको धुन सारंगीमा रेटे । राजा—महाराजाका वीरगाथादेखि जनताका दर्दनाक दुःखका कहानीलाई सारंगीको संगीतमा भरेर गाए । ऐतिहासिक र सामाजिक घटनाका कथाव्यथा गुन्जाए ।

उनीहरूको मनोदशा गाए, अर्थात सिंगो सामाजिक—ऐतिहासिक घटनाको सांगोपांगो इतिहास कर्खा, सवाई र लोकगीतमार्फत गाए । सिंहदरबारको आगलागीको घटनालाई निकै मार्मिक ढंगले गाए । यस्ता ऐतिहासिक घटनालाई संगीतमार्फत दस्तावेजीकरण गरे । ‘डाँफे चरी’जस्तो अत्यन्तै गम्भीर प्रकृतिको गीत गाए ।

 

झलकमानको कला, गायकी र संगीतलाई सम्मान गर्ने राज्यव्यवस्था हुन्थ्यो भने ‘झलकमान लोकसंगीत प्रतिष्ठान’ बन्थ्यो होला । गन्धर्वहरूले अभ्यास गर्ने पिंगुला संगीतशास्त्र संगीत विद्यालय वा विश्वविद्यालयमा सिकाइन्थ्यो होला । मौलिक पहिचान बोकेको पिंगुला संगीत शास्त्रले पनि जीवन पाउँथ्यो होला ।

०२२ सालमा रेडियो नेपालद्वारा आयोजित लोकगीत प्रतियोगितामा प्रथम भए । धर्मराज थापाले उनलाई रेडियो नेपाल छिर्ने वातावरण मिलाए । जुन सहायक कारण थियो भने मुख्य कुरा उनको कला, सीप, क्षमता र साधनालाई मन पराइएकै कारण उनले रेडियो नेपालमा प्रवेश पाए ।

‘आमाले सोध्लिन नि खोइ छोरा भन्लिन्‘’ गीत रेकर्ड भएपछि उनले नेपाली मौलिक संगीतयन्त्र सारंगीको धुनलाई आधुनिक प्रविधिमा रेकर्ड गराउन सफल भए ।

गन्धर्वले गाउने लोकलय र रचनालाई समेत रेकर्ड गराए । यसले गीत र सारंगी तथा अरबाजोको संगीतलाई माया गर्ने, तर गन्धर्वलाई हेयको भावले व्यवहार गर्नेहरूलाई गन्धर्वले आफ्नै गीत, लय र संगीत रेकर्ड गरेर रेडियो नेपालबाट प्रसारण गर्ने सामथ्र्य राख्छन् भन्ने गतिलो जवाफ दियो ।

यसले सारंगी र गन्धर्व गायनलाई एक हदसम्म उचाइ दिने काम गर्‍यो । उनका सबै गीत मौलिकता र प्रस्तुतिका हिसाबले निकै उत्कृष्ट थिए, तर उनका कति गीत रेकर्ड भएका छन् भन्ने तथ्यांक न रेडियो नेपालसँग छ, न अन्य संगीत क्षेत्रमा काम गर्ने संघसंस्थासँग ।

जगजित खान वा कुलमण्डन शाहले कास्कीमा शासन गर्ने वेलादेखि बाइसे–चौबीसे राज्यबीचको युद्धका वेला शासकले गन्धर्वहरूलाई सूचना संकलन गर्न पठाउ“थे । सञ्चारका माध्यमको विकास नहु“दा सूचना प्रवाहको मुख्य जिम्मेवारी गन्धर्व जातिलाई नै दिने गरिन्थ्यो ।

जगजित खान वा कुलमण्डन शाहले कास्कीमा शासन गर्ने वेलादेखि बाइसे–चौबीसे राज्यबीचको युद्धका वेला शासकले गन्धर्वहरूलाई सूचना संकलन गर्न पठाउ“थे । सञ्चारका माध्यमको विकास नहु“दा सूचना प्रवाहको मुख्य जिम्मेवारी गन्धर्व जातिलाई नै दिने गरिन्थ्यो ।

विडम्बना नै भनौँ, शक्ति र पहुँच हुनेकै बोलवाला भएको रेडियो नेपालमा झलकमानका कतिपय गीतले प्रसारणमा समेत प्राथमिकता पाएनन् । बरु, विसं ०१७ सालमा राजा महेन्द्रले सुरु गरेको निरंकुश पञ्चायती व्यवस्थालाई भरथेग गर्ने संस्कृति निर्माणमा जोड दिइयो ।

नेपालभित्रकै विविध सांस्कृतिक समुदायका गीतसंगीत तथा सांस्कृतिक अभ्यासलाई ओझेल पार्ने उद्देश्यले बंगालमा विकसित रवीन्द्र संगीत तथा शास्त्रीय संगीतलाई बढावा दिइयो । यद्यपि, झलकमानले देश—विदेशमा नेपाली मौलिक लोकसंगीत र सारंगीलाई संसारभर चिनाउने काम गरे ।

नेपालको सारंगी मात्रै त्यस्तो बाद्ययन्त्र हो, जुन पेरिसको लाहुम्मेलगायत संसारका ठूला संग्रहालयसम्म पुगेका छन् । यसो हुनुमा पनि झलकमानहरूकै कला, गला र लगनले काम गरेको हो । तर, नेपाली संगीतप्रति झलकमान गन्धर्वले पुर्‍याएको योगदानलाई राज्यले अहिले पनि न्याय गर्न सकेको छैन ।


प्रकाशित | ६ मंसिर २०७५, बिहीबार २३:१९

Leave a Reply

Your email address will not be published. Required fields are marked *

 

 

')