कहाँ छ दलितको स्थान हिन्दु धर्ममा ?

पुरातन नेपाली समाज तमाम विभेदहरुको जालोमा जेलिएको थियो । आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिक विभेदले मानिसलाई जन्मका आधारमा निर्धारण गरिएको जातीय कर्तव्य पालना गर्नुपर्ने परिधि भित्र कैद गर्दथ्यो। परिवर्तन र सुधारको उत्कट अभिलाषा हुदाँ पनि शुरुवात त परै जाओस् कानेखुशी गरेको पत्ता लाग्दा नि दण्ड र सजाय भोग्नुपर्ने अवस्थामा जो कसैले साहस गर्न सक्ने कुरै भएन । तोकिएका पेशा भन्दा दायाँबायाँ र अगाडि पछाडी एक डिक चल्न नसकिने आर्थिक, सामाजिक संरचनाले मानिसका सबै स्वतन्त्रतालाई जकडेको थियो। ब्राह्मणहरुले हलो नजोत्नु, तत्कालिन अवस्थामा हेपिएको संगीत नृत्य र निर्माण संग सम्बन्धित पेसा सेवा भावले दलितले मात्र गर्नुपर्ने, आपूर्ति अर्थात व्यापारका लागि पनि जाती विशेष तोकिनु र सेना प्रहरी शासकिय क्षेत्रमा ठकुरी र क्षेत्री जातिको वर्चश्व स्थापित गराएर समाजलाई सुधार गर्न नसकिने जडवादी चिन्तनका अगाडि समाजलाई घुँडा टेकाईएको थियो । अझैं पनि समाज घुँडा टेकेकै अवस्थामा छ । जयस्थिती मल्लका पालादेखी भारतमा अभ्यास भैइरहेको जातीय छुवाछुत छोईछिटोका रुपसम्म नेपाली समाज विद्यमान रह्यो । यसरी मानिस जन्मकै आधारमा पवित्र र अपवित्र, शुद्ध र अशुद्ध हुनुपर्ने वर्ण व्यवस्था लादियो ।
हिन्दुवादी समाजको सभ्यतालाई पांँच हजार वर्ष पुरानो, दस्तावेजीकरणका हिसाबले त्यो भन्दा नि कम भन्ने गरिन्छ। चार युगका हिसाबले हजारौं वर्ष हुन्छ हिन्दु सनातन सभ्यताको अभ्यासको । मानिसको उत्पत्ति ईश्वरबाट भएको भन्ने विश्वास गरिन्छ । ब्रह्मा सृष्टि कर्ता, विष्णु पालनहार र शिव संहारक भन्ने गरिन्छ । विश्वास मात्र गरिदैन यी भगवानहरुको दैनिक उपासना, पूजा अर्चना र अनुष्ठानहरु गरिन्छ । दैविय अलौकिक संसारको अस्तित्व प्रति पनि आस्था र मृत्यू पश्चात त्यतैतिर स्थान सुरक्षित गर्न अद्यापी हिन्दूहरु अभ्यासरत छन । लाग्छ मृत्यू पश्चात् स्वर्गबास प्राप्तिको आकांक्षामा धार्मिक ग्रन्थहरुको आफू अनुकुल अभ्यास र व्याख्या भैरहेकोछ । कसैलाई अनुकुल र कसैलाई प्रतिकुल बनाइएका छन यी अभ्यासहरु । ईश्वर मात्र होईन मान्छे पनि पूज्य बनाईएकोछ ।

अझैं पनि समाज घुँडा टेकेकै अवस्थामा छ । जयस्थिती मल्लका पालादेखी भारतमा अभ्यास भैइरहेको जातीय छुवाछुत छोईछिटोका रुपसम्म नेपाली समाज विद्यमान रह्यो । यसरी मानिस जन्मकै आधारमा पवित्र र अपवित्र, शुद्ध र अशुद्ध हुनुपर्ने वर्ण व्यवस्था लादियो ।

त्यो पूज्यनीय हक प्राप्त गर्न मान्छेले जातीय उच्चता जन्मका आधारमा प्राप्त गर्नुपर्छ । गुरु बन्ने क्षमताको जतिसुकै अभाव भएपनी जातले गुरु बन्न पाएकाहरुको ज्ञानको स्तर दया लाग्दो भएकाहरु पनि छन हाम्रो समाजभित्र । आजको समाज हजारौं सयौं बर्ष पहिले जस्तो भन्ने त कुरै छोडौं पाँच दस बर्षकै अवधिमा मानिसका जीवन पद्धतिमा अनपेक्षित चमत्कारिक परिवर्तन भैरहेकोछ। जुन परिवर्तन अनुकुल आफुलाई ढाल्न मानिस लालायित छ। तर जातीय छुवाछुत जस्तो दण्डनीय कसूर प्रति उदासिन देखिन्छ । संचार, विद्युत, शिक्षा, यातायात, स्वास्थ लगायतका क्षेत्रमा भएको नवीन उच्च प्रविधिको प्रयोग सबलाई चाहिएकोछ । मानिसका स्वभाव, चेतना, प्रवृत्ति, भावना, स्वार्थका कारण मानिसद्वारा मानिसको असुरक्षा बढ्दै जाँदा निर्धामाथी बलियाहरुको थिचोमिचो असह्य हुँदै गर्दा, धनी र गरीवका बिचको खाडल गहिरिदै जादा, कथित उपल्लाहरुले गर्ने विभेद र अपमानपूर्ण व्यवहार झांगिदै गर्दा यस्ता अमानवीय व्यवहार समाजमा फैलिदा मानवअधिकार, समानता, स्वतन्त्रता , नागरिक अधिकारको वकालत र प्रर्वद्धन विश्व भरी भइरहँदा यी मानवीय जीवन पद्धतिको हाम्रो समाजमा पनि बहस र अभ्यास भइरहेको छ ।
तर ब्रह्माका मुख, भुजा, नाभि र पाउबाट जन्मेर त्यही अनुसारको जात पाएका र तिनीहरुकै वंशज भनेर वर्तमानमा पनि त्यस्तै किसिमको मर्यादा क्रमलाई आत्मसात गर्दै कथित उच्चताभाषी जतिसुकै कमजोर ल्याकत भएकाहरु पनि तहगत जातिय उच्चताको अहंकारमा रमाईरहेकै छन् । मान्छेले मानव अधिकार, न्याय, स्वतन्त्रता , समानता र नागरिक अधिकारको जतिसुकै पैरवी गरेपनी जातिय संसारको सााघुरो दायरामा मानिस जकडिएको अवस्थाले मानिसलाई परम्परा, रितिरिवाजको दास बनाएकोछ । परम्परा र रितिरिवाजको दास भएको हरेक मानिस आफू सताइएको देख्छ तर आफ्ना जातीय विभेदपूर्ण हर्कतद्वारा सिर्जित गैरकानूनी व्यवहारलाई स्वभाविक ठान्छ ।

ब्राह्मणले कथित क्षेत्री र वैश्य जातिको लागि मात्र जन्म देखि मृत्यूसम्मका संस्कारहरु गर्नपर्ने तर दलित समूदाय उही धर्म भित्र रहेर पनि ब्राह्मणद्वारा प्राप्त हुने पूजा पाठ अनुष्ठान संस्कार बाट बञ्चित गरियो ।

विगतका विभिन्न कालखण्डमा यस्ता विभेदजन्य क्रियाकलाप पिडितले स्वीकार्नु र परिवर्तन गर्न चाहनेले परिवर्तनको शुरुवात गर्ने हिम्मत गर्न नसक्नुको खास कारण आर्थिक ढाँचा पनि दोषपूर्ण थियो । सरकारी र गैरसरकारी क्षेत्रमा रोजगारीको न्यून सम्भावना हुन्थ्यो । ज्ञान र शिक्षाको श्रोत ब्राह्मण समूदायले पूजा, पाठ, अनुष्ठान, कर्मकाण्ड गरे बापत दान दक्षिणा पाउँथे । त्यो नै गुजाराको उपाय या पेशा हुन्थ्यो ब्राम्हण समूदायको । ब्राह्मण समूदाय तोकिएका जाति विशेषको लागि कर्मकाण्ड पूजा पाठ अनुष्ठान गर्न वा नगर्न निर्देशित छ । यो निर्देशनको पालना गर्दा ज्ञान र शिक्षाको भण्डार जाती नै विभेद र छुवाछुत कार्यान्वयन गर्ने प्रमुख हुँदा अपजसको सिकार हुन पुगेको छ । ब्राह्मणले कथित क्षेत्री र वैश्य जातिको लागि मात्र जन्म देखि मृत्यूसम्मका संस्कारहरु गर्नपर्ने तर दलित समूदाय उही धर्म भित्र रहेर पनि ब्राह्मणद्वारा प्राप्त हुने पूजा पाठ अनुष्ठान संस्कार बाट बञ्चित गरियो । पूजा, पाठ, अनुष्ठान र कर्मकाण्ड गर्ने प्रमुख कार्यकारी देखिने ब्राह्मण समूदाय आलोचित भैरहेको छ । मनुस्मृतिका अनुसार पढ्न लेख्न र धन कमाउन बञ्चित गरिएको दलित समूदाय दान दक्षिणा दिन सक्ने हैसियत राख्ने कुरै भएन । यस्तो धार्मिक विधि विधान अनुसार निर्दे्शित समाजमा ब्राह्मणले पढ्न लेख्न र धन कमाउन बञ्चित गरिएको समूदायलाई मानविय भावनाले शिक्षित गराउनु दुस्साहस हुन्थ्यो । यस्तो कार्य गर्दा ब्राह्मण स्वयं सामाजिक बहिस्कार हुन्थे यद्यपि यो कृत्य जारी नै छ । पाउँदा पाउँदैको सम्मान गुजाराको अवसर कसले पो गुमाउन चाहन्छ र ?

मनुस्मृतिका अनुसार पढ्न लेख्न र धन कमाउन बञ्चित गरिएको दलित समूदाय दान दक्षिणा दिन सक्ने हैसियत राख्ने कुरै भएन । यस्तो धार्मिक विधि विधान अनुसार निर्दे्शित समाजमा ब्राह्मणले पढ्न लेख्न र धन कमाउन बञ्चित गरिएको समूदायलाई मानविय भावनाले शिक्षित गराउनु दुस्साहस हुन्थ्यो ।

सदियौं देखि अध्ययन अध्यापनको अभ्यास भएको ब्राह्मण समूदायका लागि वर्तमान युग अब बाध्यताको युग रहेन । सरकारी देखि गैरसरकारी , निजी तथा संस्थागत सेवा र उत्पादनका क्षेत्रमा रोजगारीका अवसरहरु बग्रेल्ती छन। अध्ययनको क्षेत्र पनि संस्कृत भाषा भित्रका विषय बस्तु मात्र रहेनन् । अंग्रेजी भाषाको विश्वव्यापी प्रभाव र त्यसमा हिन्दु पठित समूदायको सानदार दखल अब ब्राह्मण समूदाय स्वदेशमा मात्र होईन विदेशमा पनि आर्थिक उपार्जन गर्न पुगिरहेको छ । त्यसैले क्षेत्री र वैश्य जातिको दान दक्षिणाले गुजारा चलाउनु पर्ने बाध्यकारी अवस्थाबाट मुक्त छ आजको ब्राह्मण समूदाय । स्वदेशमै पनि राज्यको नीति निर्माण देखि कार्यान्वयन तहसम्म ब्राहमण समूदायको बर्चस्व रहेकोछ । जुन बर्चस्वले मनग्य आर्थिक उपार्जन पनि हुन्छ । यो युगमा हाम्रो देशमा योग्यता र ज्ञानको उत्कृष्टताको दृष्टिले कोही आत्मनिर्भर छन् भने सबैभन्दा बढी ब्राह्मण नै छ्न । अब हिजोका ब्राह्मण जस्तै आजका ब्राह्मण बाध्यकारी हुनुपर्ने आर्थिक कारण हुनै सक्तैन । हाम्रै देशमा पनि केही ब्राह्मणहरुकै नेतृत्व र साहसले राजनीतिक व्यवस्थामा सुधार देखि परिवर्तन सम्म भएकोछ । २००७ सालको जनक्रान्ती पूर्व देशका सिमित विद्यालयहरु थिए। त्यहां दलित समूदायका सन्तान अध्ययन गर्न पाउदैनथे । तत्पश्चात दलित समूदायका विद्यार्थीहरु विद्यालयहरुमा अध्ययन गर्न पाउने भए। केही ब्राह्मणहरुले सहास गर्दा बर्षौं देखि जरा गाडेका सत्ता र व्यवस्था पतन भए भने देशको सबैभन्दा विद्वान समूदाय सबै किसिमका विकृती विसंगतिका विरुद्ध एक हुन सक्यो भन्यो नेपाली समाजमा कलंकको रुपमा रहेको जातीय छुवाछुत अन्त हुन अब धेरै समय लाग्ने छैन ।

अंग्रेजी भाषाको विश्वव्यापी प्रभाव र त्यसमा हिन्दु पठित समूदायको सानदार दखल अब ब्राह्मण समूदाय स्वदेशमा मात्र होईन विदेशमा पनि आर्थिक उपार्जन गर्न पुगिरहेको छ । त्यसैले क्षेत्री र वैश्य जातिको दान दक्षिणाले गुजारा चलाउनु पर्ने बाध्यकारी अवस्थाबाट मुक्त छ आजको ब्राह्मण समूदाय ।

तर पनि किन हो देशको पठित शिक्षित योग्य समूदाय टुलुटुलु हेरेर बसेको छ । अझैं हिजोको विवश पूर्खाले झैं शासकहरुको ईच्छा मुताविक आदेश तामेली गर्न लम्पसार भएको ? किन अझैं शिक्षित पठित ब्राह्मण समूदाय मनुस्मृती निर्देशित कार्य गर्न विवश छ ? जातीय छुवाछुत जस्तो अ्मानवीय प्रथालाई मन्दिरमा ,घरमा, विवाहमा, व्रतबन्धमा, सार्बजनिक स्थलमा, यहांसम्म कि मृत्यू संस्कारमा पनि अभ्यासरत हरुसंग हातेमालो गरिरहेका छन् । के समाजको सचेत समूदाय समाजमा व्याप्त विकृति विसंगतिका विरुद्ध मौन बसिरहे भने समाजको सामाजिक दुर्गन्ध हट्न सक्छ ? हिजोको पूर्खा समाजमा व्याप्त विसंगतिका विरुद्ध बोल्न सकेन । आजको पुस्ता नि सामन्ती दवावमै थिचिन खुशी छ ? खुशी छ भने त खुशी नै भैरहुन । तर उपेक्षित उत्पिडित समूदाय २१औं शताब्दीको वैश्विक वातावरणमा समानता, स्वतन्त्रता , मानव अधिकारका मूल्य र मान्यतामा मर्र्या्दित अस्तित्व र सह(अस्तित्वको निर्भिकता पूर्वक पैरवी गरिरहेको छ । अब यी उत्पिडितहरु माथि अन्याय हुँदा स्वदेश विदेशका मानव अधिकारवादीहरु, नागरिक अगुवाहरु, प्रेस जगत एक भएर न्यायको गुहार लाउँछन। त्यसैले वर्तमानको उत्पिडन विरुद्धको संघर्ष वैश्विक भैइसकेको छ । वैश्विक भैइसकेको सवाल अब लुकाउन सकिदैन ।

अब यी उत्पिडितहरु माथि अन्याय हुँदा स्वदेश विदेशका मानव अधिकारवादीहरु, नागरिक अगुवाहरु, प्रेस जगत एक भएर न्यायको गुहार लाउँछन। त्यसैले वर्तमानको उत्पिडन विरुद्धको संघर्ष वैश्विक भैइसकेको छ । वैश्विक भैइसकेको सवाल अब लुकाउन सकिदैन ।

हिन्दु धर्म शास्त्रकै अनुसार “ जन्मना जायते शुद्र : संस्कारा। वेदाभ्यासाद् भवेद् विप्रो ब्राह्मणो ब्रह्मबोधतस् ।। सबै मानिस जन्मदा निर्विशेष शुद्र भएर जन्मन्छन् । गायत्री दीक्षा संस्कार भएर दोस्रो जन्म भएपछि द्विज हुन्छन। वेदको अभ्यास गरेपछी विप्र हुन्छन । ब्रह्मको बोध भएपछी ब्राह्मण हुन्छ्न भनिएको छ । जुनसुकै समूदायका ब्रह्मको बोध भएकाहरु आफू मात्र ब्रह्मको बोध भएकोमा मख्ख परिरहने कि सबैलाई सही बाटो देखाउने ?

हिन्दु धर्म गन्थमा उल्लेख वर्ण , कर्म बिभाजनले गर्दा यो अस्तित्वमा रहि रहनेछ ! दलित नेताहरु, अगुवाहरु, जे जति दलितको नाममा सङ्ग सस्था, खोल्नुस केही हुने वाला छैन । दलितहरु बिरुद्द विभेद हुन्छ हुन्छ ! किन कि दलित हरुको लागि हिन्दु धर्म जलि रहेको घर हो, जलि रहेको घर भित्र बस्ने अनि मलाई पोल्यो , जले, डाढे भन्नू कत्तिको उपयुक्त हो ?

जातीय विभेद छुवाछुत हिन्दु धर्म भित्रको रिति रिवाज, सस्कार , सस्कृती हो । हिन्दु समाजमा यो हट्नै सक्दैन वैदिक काल देखि अहिले सम्म यस्तै छ ! हिन्दु धर्म गन्थमा उल्लेख वर्ण , कर्म बिभाजनले गर्दा यो अस्तित्वमा रहि रहनेछ ! दलित नेताहरु, अगुवाहरु, जे जति दलितको नाममा सङ्ग सस्था, खोल्नुस केही हुने वाला छैन । दलितहरु बिरुद्द विभेद हुन्छ हुन्छ !
किन कि दलित हरुको लागि हिन्दु धर्म जलि रहेको घर हो, जलि रहेको घर भित्र बस्ने अनि मलाई पोल्यो , जले, डाढे भन्नू कत्तिको उपयुक्त हो ?
जहाँ जहाँ हिन्दुहरु छ्न त्यहाँ त्यहाँ विभेद हुन्छ । खै अरबमा मुसलमान छ्न । त्यहाँ दलित भेन्ने छैनन । विभेद हुदैन हुँदैनन् । विभेद त युरोप, अमेरिकामा छ । त्यहाँ इसाईहरु छन । त्यहाँ दलित भनिदैन, पुर्बी देशहरुमा बुद्दिस्ट छन । त्यहाँ पनि दलित हुदैनन, विभेद छुवाछुत हुदैन ।
हिन्दुले हिन्दुलाई दलित भनेर विभेद गरेको छ । अरु धर्ममा भनेका छैनन ! किन नेपाल र इन्डियामा मात्र दलित अनि जातिय विभेद छुवाछुत ? किन कि यहाँ हिन्दुहरु राज छ ! कुरा किलियर छ ,जलिरहेको घरबाट बाहिर निक्लने हिम्मत गरौ, विभेद भयो भनेर रुन कराउन छोडौ !!!


प्रकाशित | ६ मंसिर २०७५, बिहीबार २२:१०

2 responses to “कहाँ छ दलितको स्थान हिन्दु धर्ममा ?”

  1. तपाई को तथ्यपरक विचार सम्प्रेषण राम्रो छ ।तर हाम्रो देश मा जातिय विभेद छ भने अरब मा धार्मिक विभेद अमेरिका यूरोप मा नस्ल विभेद यहाँ हामी ले एक अर्का को तुलना न गरी स्वदेश मा स्थापित जातिय विभेद अन्त गर्न एक क्रांति नै गर्न सकनु पर्छ “”जसको लागी भिजन म संग छ ।।

  2. hari bk says:

    tyo vision share garera kadam chalnu bho bhane harmo saath abase tapai sanga hune xa.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

 

 

')