दलितमय नेपाल आईडल

हिरा विश्वकर्मा

करिब एक महिनाको थाईल्याण्डको वसाईमा वैंकक देखि लिएर त्यहांका २ वटा उनीहरुको भाषामा ग्रामीण क्षेत्र हामीले हेर्दा कुनै विकसित सहर भन्दा कम नभएको क्षेत्रको भ्रमण गरेका थियौं । एशिया क्षेत्रका धेरै देशका प्रतिनिधिहरु भएको हुँदा हाम्रो टोली पर्यटकहरुको ठूलै टोली जस्तै भएको थियो । हामी पुग्ने गाउँमा सांझमा हामीलाई पनि उनीहरुको लोक सांस्कृतिक नाच सहित स्वागत गरिन्थ्यो । तर सुदुर पूर्व र पश्चिममा अवस्थित ती दुवै गाउँका गीतसंगीत तथा नाचको भाखा र तरीका एउटै थियो । जनसंख्याको हिसावले हामीभन्दा तीनगुना ठूलो थाईल्याण्डको सांस्कृतिक विविधता नदेख्दा अचम्म लाग्यो । थाईल्याण्डको सांस्कृतिक स्वरुप तथा वैंककको नदीमा रातिमा गराईनै वोटटुरमा अझै दयनिय देखियो । किनभने सयौंको संख्यामा वैंकक नदिको दुवै पट्टी अवस्थित मन्दिरहरु लगायतका संरचनाहरुको रातिको समयमा गराईने दृश्यावलोकन वैंककको प्रमुख पर्यटकीय गन्तव्य मध्ये एउटा हो, तर पर्यटकहरुको मनोरंजनका लागि देखाईने सांस्कृतिक कार्यक्रममा भने पश्चिमा गीतहरु मात्रै थिए । त्यसलाई नेपालको लोक संस्कृति संग तुलना गर्दा त हामी आफैलाई कता हो कता सम्वृद्ध पाउंछौं । त्यहि सम्वृद्ध तथा विविधताले युक्त सांगितिक कार्यक्रम नेपाल आईडल टु अहिले एपि एचडि च्यानलमा प्रसारित भई रहेको छ । मलाई लाग्छ देश विदेशमा रहेका सारा नेपालीले यसलाई हेरेर मनोरंजन मात्र लिएका छैनन, आफ्नो कलासंगीतमा गर्व गर्ने अवसर पनि पाई रहेका छन् । यस्तो गर्व गर्न लायकको नेपाल र नेपालीको पहिचानलाई समेत प्रवद्र्धन गर्ने कार्यमा त्यसको सम्पूर्ण टिमले उत्कृष्ट काम गरेको छ भन्दा अत्युक्ति नहोला । भारत र नेपालमा भएको हिन्दुवर्णाश्रम व्यवस्थाले मानवजातिलाई जातमा वर्गीकरण गरेको छ र त्यसलाई निश्चित काम र पेशा दिएको छ । कला, गीतसंगीत मानव सभ्यताको अभिन्न अंग भएता पनि कालान्तरमा गीत र संगीतमा लाग्ने समुदायलाई शुद्रमा झारेर त्यसलाई अपमानित गरियो । त्यसैको प्रतिफल स्वरुप पहाडको कामी, दमाई, सार्की, वादी तथा गन्धर्वहरुको कला संगीतमा संयुक्त तथा छुट्टा छुट्टै महत्व छ भने मधेशका चमार समुदायको आफ्नै । अहिले मधेशीहरुले पनि आफ्नो पहिचान स्वरुप केही सांस्कृतिक पक्षलाई देखाउन थालेका छन् त्यस मध्येको झिंझिया नाचमा पनि त्यहाँका दलित समुदायको उच्चतम संलग्नता देखिन्छ । मैले महोत्तरीको विभिन्न गाउंमा भ्रमण गर्दा त्यस्तो नाच नाच्ने मुसहर, तत्मा तथा चमार महिलाहरु भएको पाएको छु ।

भारत र नेपालमा भएको हिन्दुवर्णाश्रम व्यवस्थाले मानवजातिलाई जातमा वर्गीकरण गरेको छ र त्यसलाई निश्चित काम र पेशा दिएको छ । कला, गीतसंगीत मानव सभ्यताको अभिन्न अंग भएता पनि कालान्तरमा गीत र संगीतमा लाग्ने समुदायलाई शुद्रमा झारेर त्यसलाई अपमानित गरियो ।

अहिले एपी वनमा चलिरहेको नेपाल आईडल दुईमा गाला राउण्ड अन्तर्गत विभिन्न विधाका गीतहरुमा प्रतियोगीहरु विचमा प्रतिस्पर्धा भई रहेको छ । यो आलेख तयार गर्दा सम्म ७ जना प्रतियोगीहरु वांकी रहेका छन् । दशजना प्रतियोगीहरु हुँदा पाँच जना दलित कलाकारहरु थिए, अहिले ३ जना छन् । उनीहरुको पृष्ठभूमीलाई हेर्दा उनीहरु अत्यन्त निम्न वर्गवाट आएका देखिन्छन् । सुदुरपश्चिम धनगढिका रवी ओडका वुवा भारतमा चौकीदारी गर्छन्, उनको घर अत्यन्त सामान्य छ र वर्षातमा चुहिने समस्या रहेको कुरा उनको वारेमा युटुवमा प्रसारित गरेको भिडियोमा देख्न सकिन्छ । त्यस्तै विक्रम वराल पोखराका सवारी चालकका पुत्र हुन, उनको आर्थिक अवस्था पनि कमजोर नै देखिन्छ । अमित वराल भने केही राम्रो आर्थिक हैसियत भएका देखिन्छन्, तर उनलाई धनी मान्न सकिदैन । नवौं नम्वरमा भएका सुविन सिंह सुर्खेतका हुन र अरुको तुलनामा उनको आर्थिक हैसियत राम्रो देख्न सकिन्छ । उनले पनि वेजोड प्रस्तुति दिएका थिए । त्यो भन्दा पहिले वाहिरिएकी हिना मल्ल वराईली पनि धरानवाट टप ११औं मध्येकी एक थिइन र उनले पपसंगीतमा आफ्नो प्रभाव छोडेकी थिइन् । यसरी एघार जना मध्येका ५ जना नेपाल आईडलमा एउटै दलित समुदायको हुनु आफैमा संयोग होकी नियती हो यो छुट्याउन गा¥हो देखिन्छ । यस कार्यक्रमकी होस्ट रिमा विश्वकर्मा आफैमा एउटी चर्चित नायिका तथा मोडेल हुन, सिजन एक देखिनै होस्ट रहेकी विश्वकर्माले भारतमा चलि रहेको ईण्डियन आईडलका होस्ट भन्दा आफुलाई कुनै पनि हिसावले कमजोर देखाएकी छैनन् । उनी र उनको कोहोस्टको संयुक्त प्रस्तुतिले यो कार्यक्रमको गरीमा वढाएको छ । वाँकी रहेका अन्य कलाकर्मीहरुले पनि नेपालको विविधता त्यसमा पस्किरहेका छन् । यसका अर्का होस्ट आशिफ शाहले त नेपालको कलासंगीतको क्षेत्रमा कतै नदेखिएको मुस्लिम समुदायलाई त्यहां उपस्थित गराएका छन् । मलाई लाग्छ उनले प्रतिनिधित्व गर्ने नेपाली मुस्लिम समुदायले पनि उनी माथि गर्व गरिरहेको हुनु पर्छ । वाद्यवादनमा सारंगी तर्फ हेमन्त कान्छा रसाईली र प्रिन्स नेपालीले तथा सारंगी वादनको उच्चतम रुप प्रस्तुत गरेर दर्शकलाई मन्त्रमुग्ध पारेकै छन् ।

रिमा विश्वकर्मा आफैमा एउटी चर्चित नायिका तथा मोडेल हुन, सिजन एक देखिनै होस्ट रहेकी विश्वकर्माले भारतमा चलि रहेको ईण्डियन आईडलका होस्ट भन्दा आफुलाई कुनै पनि हिसावले कमजोर देखाएकी छैनन् । उनी र उनको कोहोस्टको संयुक्त प्रस्तुतिले यो कार्यक्रमको गरीमा वढाएको छ ।

निलिमा थापा मगर नेपालको अत्यन्तै धनी कला र संस्कृति भएको मगर समुदायको प्रतिनिधित्व गर्छिन । उनी आफ्नो समुदायको मौलिक करुवा नाचको गीत र नृत्यलाई अव्वल ढंगले प्रस्तुत गरेर उनको सम्पूर्ण समुदायलाई गौरवान्वित वनाएको हुनुपर्छ । अन्य कलाकार मध्ये सुमित पाठक, पवन गिरी र अस्मिता अधिकारीले पनि परम्परागत रुपमा गीत संगीतलाई आफ्नो कर्म नवनाएको समुदायको प्रतिनिधित्व गरेर समग्र नेपालको विविधतालाई सम्वृद्ध वनाउने काम गरिरहेका छन् । यी मध्ये नम्वर एकमा आएर को नेपाल आईडल वन्छ भन्न गा¥्हो छ, तर स्वर, गायन र विविधतालाई हेर्दा विक्रम वराल, सुमित पाठक र अस्मिता अधिकारीको विचमा कडा प्रतिस्पर्धा हुने देखिन्छ । विक्रम वराललाई प्रसाद फिल्मको टोलीले आफ्नो गीत गाउन अनुवन्ध गराइसकेकोले अरु भन्दा यसका प्रवल दावेदार उनै हुनकी भन्ने देखिन्छ । तर रवी वडलाई जिताउन सुदुर पश्चिमनै लागेको कुरा उनले पाएको सवैभन्दा वढि भोटले देखाउंछ ।
नेपालका दलित आधुनिक तथा यान्त्रिक काल सुरु नहुंदा सम्म आफ्नो परिश्रम, सीप, कला र पेशा मार्फत सम्पूर्ण देशको अर्थतन्त्रको मेरुदण्ड थिए, किनभने उनीहरुको श्रम र सीप विना कृषि चल्न सक्दैनथ्यो । धेरै लामो समय सम्म कृषि नै अर्थतन्त्रको मूल आधार थियो । तर हिन्दुवर्णाश्रम व्यवस्थाले उनीलाई सम्मान दिनु तथ कता हो कता दास र पशु सरह वांच्न विवश वनायो । विक्रम वरालका मामासंगको कुराकानीमा उनको पेशा वा व्यवसायको वारेमा सोधीएको थियो, उनले आफु सुन व्यवसाय गर्छु भनेर गौरवका साथ भन्न सकेनन, त्यसलाइ घुमाएर कुनै व्यापार व्यवसाय गर्छु भन्ने जवाफ दिए । यसवाट वुझ्न सकिन्छ विक्रमले आफ्नो उत्कृष्ट कलावाट सम्पूर्ण परिवारको मान सम्मान वढाएको वेलामा पनि आफ्नो पेशामा हितनावोध गर्छन । अमित वराललाई उनले प्रस्तुत गरेको झ्याउरे शैलीको गन्धर्व गीतमा लोक गायक तथा अतिथि जज जयनन्द लामाले तिमी वराल भएर पनि कसरी यस्तो गीत गाउन सक्यौ भन्दा उनले खासै उत्तर दिन सकेनन, मलाई लाग्छ उनी आफु अर्को दलित समुदायको हुं भन्न हिच्किचाए ।

हिन्दुधर्मको वर्णाश्रम व्यवस्थाले जुन किसिमको अघोषित आरक्षण नेपालका शासक जाति खास गरि व्राम्हण र क्षेत्री समुदायलाई दियो, त्यसले देशका सवै क्षेत्रमा कव्जा जमायर अरुलाई अगाडि वढ्न दिएन ।

हिन्दुधर्मको वर्णाश्रम व्यवस्थाले जुन किसिमको अघोषित आरक्षण नेपालका शासक जाति खास गरि व्राम्हण र क्षेत्री समुदायलाई दियो, त्यसले देशका सवै क्षेत्रमा कव्जा जमायर अरुलाई अगाडि वढ्न दिएन । तर गीत संगीत उनीहरुको रुचिको विषय भएन । यसलाई यत्तिकै छोडि दिए, त्यसलाई चाहेर नचाहेर निरन्तरता दिने काम मात्रै नभएर नेपालकै इज्जत वढाउने काम दलित समुदायले गरेका छन्, । चाहे त्यो गन्धर्व समुदायले वजाउने सारंगी मार्फत होस वा वुद्धि परियारले रेशम फिरिरी जस्तो विदेशीले समेत सजिलै टिप्न सक्ने गीत वनाएर होस । दलित समुदायको कला, संस्कृति तथा संगीतलाई राज्यको तर्फवाट अहिले सम्म पनि कुनै प्रोत्साहन र सम्वद्र्धन नभएको कुरा तथा चाहे त्यो प्रज्ञा प्रतिष्ठान होस् वा संगीत कला तथा नाट्य एकेडेमीमा एक जना पनि दलित समुदायवाट प्रतिनिधित्व नभएको वाट देखिन्छ । तर पनि धन्य छन् नेपालका दलितहरु जस्ले राज्यको यत्रो अपमान र उपेक्षा सहेर पनि नेपालको कला तथा गीत संगीतलाई सम्वृद्ध वनाई सारा नेपालीलाई जोड्ने काम गरेका छन् ।


प्रकाशित | ६ मंसिर २०७५, बिहीबार १८:०५

Leave a Reply

Your email address will not be published. Required fields are marked *

 

 

')