मुम्बईमा जम्दै रमेश

भानुभक्त आचार्य

कैलाली स् सुदूरपश्चिम प्रदेशका अधिकांश नागरिक मजदुरीका लागि भारत जाने गरेका छन्। उनीहरूमध्ये अधिकांश सस्तोमा श्रम बेच्न बाध्य छन्। तर भारतमा केही यस्ता नेपाली पनि छन्, जसले नाम र दाम दुवै कमाएका छन्। तीमध्ये एक हुन्( कैलाली गोदावरीका रमेश वि।क।। नृत्यमा निकै तिख्खर रमेशले अहिलेसम्म १०० बढी गीतमा निर्देशन गरिसकेका छन्। केही चलचित्रका गीतहरूमा पनि उनले निर्देशन गरेका छन्।
.. त्यसपछि मुग्लान पसेँ’
‘बुबा बाजेले भारतमा मजदुरी गरेर दिन बिताए। उनीहरूको त्यसैमा जुनी बित्यो तर म त्यही ठाउँमा केही नयाँ गर्न गएको हुँ’, रमेशले सुनाए। उनी मुग्लान पस्दा उनको उमेर दुई दशक पनि पुगेको थिएन। अझ भनौँ, ओठमाथि जुँगाका रेखीहरू पनि राम्ररी आउन पाएका थिएनन्। पुर्ख्यौली पेसा जस्तै छ सुदूरपश्चिमका अधिकांश नागरिकहरूका लागि भारतको मजदुरी यात्रा। बुब उतै, आमा उतै। कतिपयको पूरै परिवार नै उतै। केहीको त पुस्तौँ नै उतै। ‘रोटी बेटीको सम्बन्ध भन्छन्, बेटीको त त्यस्तै हो, रोटीको भने धेरै सम्बन्ध छ भारतसँग हाम्रो’, मुस्कुराउँदै रमेशले भने।

कैलालीको ग्रामीण बस्तीमा जन्मिएका रमेशलाई सानै उमेरदेखि नृत्यमा रुचि थियो। ‘नाच्ने गाउनेतिर नलाग्नू नि१’, अज्नानमै आफन्तहरूले दिने यस्ता सुझावले उनलाई संकटमा पार्ने गरेको थियो। ‘जे पो होस्, म त त्यतै लाग्छुु भनेर एक दिन आमालाई सुनाए। उनले भने, ‘बुबाले भारतमा मजदुरी गरेर पठाएको रकमले घर खर्च चल्छ। त्यसैमाथि तैँले पनि कमाउने उमेरमा नाच्ने गाउने कुरा गर्छस् भनेर आमाले हकार्नुभयो।’ खाने मुखलाई जुँगाले छेक्दैन भनेजस्तै नृत्यले रमेशलाई छाड्न सकेन। रमेशले नृत्यलाई छाड्ने कुरै भएन। ‘आर्थिक संकटले नेपालमा केही गर्न नसक्ने जस्तो भएपछि केही पैसा कमाउने र आफ्नै सपना पूरा गर्न भन्दै बाबु बाजेको बिँडो थाम्दै म पनि मुम्बई गएँ’, रमेशले भने।

१०० बढी गीतमा निर्देशन
थारू, देउडा, नेपाली आधुनिक र केही सानो पर्दाका चलचित्रका गरी रमेशले हालसम्म १०० बढी गीतमा नृत्य निर्देशन गरिसकेका छन्। केही गीतहरूमा आफूले पनि अभिनय गरेका छन्। कुशल अभिनेतासमेत रहेका रमेश अभिनयभन्दा बढी निर्देशनका दख्खल राख्छन्। तीन दर्जनको हाराहारीमा थारू गीत, त्यसको दुई गुणा बढी देउडा गीत र एक दर्जनको हाराहारीमा नेपाली आधुनिक गीतमा निर्देशक रहेका उनले तीनवटा सानो पर्दाका चलचित्रमा पनि काम गरिसकेका छन्। थारू भाषाको चलचित्र ‘छांगो’, ‘प्यार भरल जिन्दगी’ र राना भाषाको चलचित्र ‘मिलन’का उनी नृत्य निर्देशक पनि हुन्। उनी आफ्नो अधिकांश सफलता मुम्बई बसाइपछि सुरु भएको बताउँछन्। ‘सानै उमेरमा यो क्षेत्रमा लागेँ तर आर्थिक अवस्थाका कारण खुम्चिनुपरेको थियो। अहिले धेरै जना गीतहरूमा निर्देशन गरिदिनुपर्‍यो भन्दै मसँग आउने गरेका छन्’, उनले सुनाए , ‘विगतमा गीत ल्याउने तर भिडियो नबनाउने अवस्था थियो। भिडियो बने पनि खासै रुचाइहाल्ने जस्ता थिएनन्। हामीले नयाँपन दिएपछि अहिले भिडियोको माग बढेको छ।’ रमेश भारतमा सिसी क्यामेरा निर्माण गर्ने कम्पनीमा काम गर्छन्। उनको क्षमता र नृत्यप्रतिको रुचिले उनलाई काम गर्ने क्षेत्रमा पनि निकै सम्मान मिलेको छ। ‘काम गर्ने दिनभन्दा बढी म बिदा बस्नुपर्ने हुन्छ। दुईवटा गीतको निर्देशन गरे पूरै महिनाको तलबभन्दा बढी पारिश्रमिक पाउँछु’, रमेशले भने, ‘त्यसैले अचेल कामका लागि मात्रै काम गर्ने गरेको छु। धरै समय त म भारतका पनि विभिन्न गीतहरूको छायांकनमै व्यस्त हुन्छु।’ उनले निर्देशन गरेका ‘फरक्क फर्किजा साली’,‘साली माद्धी सिट्टी’, ‘रिनका झालले’लगायतका देउडा गीतहरू निकै चर्चामा रहेका छन्।

परिवारमा हराएको खुसी पलाएको छु
रमेशका बुबा वर्षौंदेखि भारतमा मजदुरी गर्थे। उनी १५ वर्षको उमेर रहँदा बुबाको निधन भयो। राम्ररी बुबासँग हेलमेल भएको पल छैन भन्छन् उनी। ‘हामी सानै थियौँ, बुबा गुमायौँं’, केही भावुक हुँदै उनले भने, ‘घरमा बुबा रहँदासम्म सामान्य लाग्थ्यो। उहाँले छाडेर गएपछि संसार नै बिरानो लाग्न थाल्यो।’ बुबाको निधनपछि आमालाई भारतप्रति वितृष्णा पैदा भएको थियो। जे गरे पनि जसो गरे पनि आफ्नै भूमिमा गर्नुपर्छ भन्ने लागेको थियो। ‘तर रहरले मात्रै जीवन कहाँ चल्दोरहेछ र१’, रमेशले भने, ‘बाध्यताले मलाई पनि मुग्लान पस्न बाध्य बनायो।’ कलाकार बन्ने रहर बोकेका रमेश केही समय त्यहाँ भौँतारिए। त्यतिकैमा सुदूरपश्चिमकै एक जना कुशल ‘क्यामेरा म्यान’ सोनु विक सँग उनको भेट भयो। दुवैको रहर उस्तैउस्तै रहेछ। ‘तपाईं निर्देशक, म क्यामेरा म्यान, अब हामी दुवै मिलेर केही नयाँ गरौँ’, सोनुले रमेशलाई सुनाए। ‘उहाँले त्यस्तो भन्दा मलाई त ढुंगा खोज्दा देउता मिलेझैँ लाग्यो’, रमेशले भने।

दुवै जना मिलेर ‘आरएस फिल्म’ स्थापना गरे। अहिले त्यही माध्यमबाट भारतका विभिन्न क्षेत्रहरूमा र नेपालमा पनि गीतहरूको निर्माण र निर्देशन भइरहेको छ। अहिले सबैभन्दा बढी खुसी रमेशका परिवारमा पलाएको छ। बुबाले मजदुरी गर्दा गर्दै प्राण त्यागेपछि छोरालाई त्यो ठाउँ कहिल्यै नपठाउने अठोट गरेकी रमेशकी आमालाई अहिले भने छोरालाई पहिल्यै पठाएको भए अझै प्रगति गर्थ्यो कि भन्ने लागेको छ। ‘अचेल आमा मात्रै होइन, परिवारका अन्य सदस्य र गाउँका छरछिमेकीहरू पनि मलाई टिभीमा देखेर दंग छन्’, फुरुङ्ग हुँदै रमेशले भने, ‘हिजो मलाई नाचेर केही हुन्न भन्ने गाउँका केही व्यक्तिहरूले आज स्याब्बासी दिँदै आफ्नो छोरालाई हेर्दै देख्यौ दाइले यस्तो प्रगति गर्‍यो, केही सिक तिमीहरू पनि भन्छन्।’

भोजपुरी गीतको अनुभव
रमेशले मुम्बईमा रहँदा भोजपुरी गीतहरू पनि निर्देशन गरेका छन्। भोजपुरी गीतहरूका निकै चर्चित मोडलका रूपमा स्थापित रमेश यादवको गीतमा रमेशले निर्देशन गरेका हुन्। ‘एक दिन म देउडाको छायांकन गर्दै थिएँ। केही नयाँ व्यक्तिहरूले मज्जाले हेर्दै हुनुहुन्थ्यो। गीत सकिएपछि चिनापरिचय भयो। निकै चर्चित मोडल रहेछन्’, प्रफुल्ल मुद्रामा रमेशले सुनाए, ‘मेरो गीतमा निर्देशन गर्नुहुन्छरु भनेर उहाँले सोध्नुभयो। मैले केही नसोची हुन्छ भन्दै मुन्टो हल्लाएँ।’ रमेश वि।क।ले निर्देशन गरेको र रमेश यादवले मोडलिङ गरेको ‘प्यारका नसा’ बोलको भोजपुरी गीतले निकै बजार चुट्यो। त्यसपछि उनलाई अरूले पनि अफर गरे तर रमेशलाई भने भोजपुरीभन्दा नेपाली गीतमै रम्न र जम्म मन थियो। ‘त्यो सागर थियो, छेउमै पुगेँ तर त्यसभन्दा पनि अगाडि गएको भए सायद म त्यहीँ बिलीन हुन्थेँ’, रमेशले भने, ‘त्यो हुनुभन्दा पहिले नै म फर्कन चाहन्थेँ, आफ्नै भूमिका लागि केही गर्न चाहन्थेँ।’

ठूलो पर्दामा आउने रहर
स्थानीय भाषाका चलचित्रमा नृत्य निर्देशन गरिसकेपछि उनलाई अहिले कलियुडमा डेब्यु गर्ने रहर पलाएको छ। त्यसैमाथि भोजपुरी गीतको निर्देशनले उनको मनोवल बढाएको छ। बिगत ५ बर्ष देखी उनी मुम्बइमा नृत्य सिक्दै, सिकाउदै आएका छन्। ‘अब त्यो कला नेपाली सिने जगतमा प्रयोग गर्ने रहर पलाएको छ’ रमेशले भने ‘अहिलेसम्म गीत र सानो पर्दाको चलचित्रमा सीमित थिएँ। अब ठूलो पर्दामा आउने रहर छ।’ १५ वर्षको कलिलो उमेरदेखि उनी व्यावसायिक नृत्य निर्देशनमा लागेका हुन्। दीपक चौधरीको ‘हाइ मेरी क्याम्पसकी गोरी’बाट निर्देशकका रूपमा डेब्यु गरेका उनले अहिले थारू र देउडा गीतको नृत्य शैली फेरेको दाबी गर्छन्। नेपाली सिने जगतमा अवसर पाए केही नयाँ गर्ने उनले विश्वास व्यक्त गरेका छन्। अपर्याप्त उपकरण र सीपको अभावका कारण हाम्रो गीत संगीतले अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्न नसकेको रमेशको दाबी छ। उनी भन्छन्, ‘राम्रालाई भन्दा पनि हाम्रालाई अवसर दिने प्रचलनले नेपाली सिने जगतले फड्को मार्न सकिरहेको छैन।’


प्रकाशित | ३० कार्तिक २०७५, शुक्रबार १८:१९

Leave a Reply

Your email address will not be published. Required fields are marked *

 

 

')