मलाई मर्ने योजना असफल भएपछि छुवाछूतका मुद्धामा झनै बढी लागेँ

स्मरणमा राजनीति
२०३८ सालदेखि निरन्तर रुपमा दलित समुदायको हक अधिकारको लागि विभिन्न कोण र क्षेत्रबाट आन्दोलनमा लागिरहे । जातीय विभेद, छुवाछुतको विरुद्धको मुद्दामा काम गर्दै अघि बढेँ । त्यसमा केहि घटनाहरु पनि भएका थिए । २०४७ सालमा केही व्यक्तिहरुले सुनियोजित रुपमा एक जना गाउँलेको घरमा आगो लगाए र मलाई त्यही लगेर मार्ने योजना बनाएका रहेछन् तर म त्यस दिन घरमा नभएकोले म जोगिए र पछि अनुसन्धान भयो र आगो लगाउने व्यक्तिहरुको पनि पहिचान भयो । पछि म झन् सशक्त रुपमा अघि जातीय छुवाछुत तथा भेदभावको विरुद्धमा लागिपरेँ । सुरुमा मैले पार्टीको सेल कमिटीमा बसेँ । त्यसपछि मैले क्षेत्रीय समन्वय कमिटीको नवलपरासीको ३ नम्बरको सदस्य भएर काम गरें । र त्यसमा जिम्मेवारी पुरा गर्दागर्दै २०५४ सालमा पार्टीको जिल्ला कमिटि सदस्य भएँ र निरन्तर पार्टीको जिल्ला कमिटी सदस्य पुरा गर्दै सचिवालय, क्षेत्रीयलय हुँदै कार्य सम्पादन गरेँ । त्यही क्रममा काम गर्दै जाँदा २०५४ सालको स्थानीय चुनावमा नेपाल कम्युनिष्ट पार्टी एमालेबाट गाविस अध्यक्षको उम्मेदवार पनि भए । तर मैले त्यतिबेला चुनाव जित्न नसकेपनि जनसमर्थन राम्रै रहेको थियो । त्यसपछि मेरो अलिकति लोकप्रियता बढ्यो र २०५५ सालमा नेपाल गण्डक पश्चिम सिचाइ आयोजनाको उपाध्यक्षको उम्मेदवार भए र दुइ तिहाइ भोट ल्याएर जिते । अनि अझै मेरो उत्साह बढ्यो । २०५६ सालको आम निर्वाचनमा मलाई पार्टीले नवलपरासीको ३ नम्बर निर्वाचन क्षेत्रको प्रतिनिधी सभाको उम्मेदवार पनि बनायो । त्यतिबेला म सशक्त रुपमा लागे तर चुनाव जित्न नसके पनि फेरी पनि पं्रसशनीय भोट नै प्राप्त गरेँ । यसले मलाई राजनीतिमा जिल्लाभरी र बाहिर पनि चिनाउने ऐतिहासिक अवसर प्राप्त गरे । बीचमा यो संक्रमणकालको अवस्था भयो र भिजिलान्ते समुहहरुले मलाई २०६१ फागुन २३ गते विलासपुर भन्ने ठाउँबाट अपहरण गरेर हात बाँधेर , आखाँमा पटी बाँधेर छातीमा चुरोटको ठुटाले पोलिदिएर चरम यातना दिए । त्यतिबेला सेना , प्रहरी र पार्टी लागेर मलाई सबै लागेर छुटाउने पहल गरे । अहिले त्यतिबेला तत्कालीन सुस्ता गाउँपालिकाको रतनगन्ज लगेका थिए । मलाई मार्ने नियतले नै लगेका थिए । पार्टी, जिल्ला प्रशासन , जिल्ला प्रहरी कार्र्यालय, सेनाको सहयोगमा मैले आफनो जीवनदान पाएँ । अझै देशव्यापी रुपमा मेरो चर्चा रह्यो र जनआन्दोलनको समयमा पनि मैले सक्रिय भुमिका निभाए । ६२,६२ सालको जनआन्दोलनको सुरुवातमा कोटेश्वरमा एउटा पार्टीको बैठक बस्यो । त्यहाँ प्रहरीहरु आएर हामीलाई समातेर लगे र १४ दिनसम्म जेल जीवन पनि बिताए । जनआन्दोलन पनि सफल भयो र २०६४ सालको संविधान सभाको निर्वाचनमा पार्टीले मलाई नवलपरासी क्षेत्र नं ५ को उम्मेदवार बनायो । चुनाव लडे र त्यतिबेला पनि मैलै चुनाव जित्ने परिस्थिति बनेन । २०७० सालमा पार्टीले मेरो समानुपातिक लिस्टमा नाम राख्यो र ३ नंम्बरमा नै मेरो नाम थियो र त्यतिबेला पनि परिन । तर मलाई कुनै चिन्ता थिएन । हामी वर्गीय आन्दोलनमा लागेको मान्छे जबसम्म वर्गीय समस्या समाधान हुदैन, सम्बोधन हुदैन तवसम्म एउटा रामलखनको समस्या समाधान भएर केही हुनेवाला छैन भन्ने लाग्यो । त्यसकारण मैले जीवनमा आफु कुनै ठाउँमा पुग्नुभन्दा समुदाय नै त्यो ठाउँमा पुगेपछि आफनो अधिकार प्राप्त हुन्छ , आन्दोलनमा लागेपछि सामुहिक आन्दोलन सफल नभइकन एकजनाले मात्र केही चिज प्राप्त गरिदिएर समग्र समाज परिवर्तन हुदैन भन्ने कुरा मलाई लागिरह्यो र म पार्टीको काममा लागिरहे । उता बाम गठबन्धन सहितको निर्वाचन भयो र प्रतिनिधी सभा, प्रदेश सभाको निर्वाचनको लागि मैले प्रचारप्रसार गरेर लागिपरेँ । यही कामको विगत देखि हालसम्मको कामलाई मुल्यांकन गरेर मलाई अहिले यो अवसर प्राप्त भएको हो ।

ऐतिहासिक खुशीको क्षण
म राजनीतिमा लागेपछि म सांसद हुन्छु भनेर सोचेर लागेको थिइन । म समाज परिवर्तनको लागि लागेको हो , देश परिवर्तनको लागि लागेको हो । र त्यो लागिरहने अवस्था संगसंगै म लागेको पार्टी तत्कालीन नेपाल कम्युनिष्ट पार्टी एमालेमा सक्रिय रुपमा भुमिका खेल्दै आइरहेको अवस्थामा मलाई मेरो पार्टीले राष्ट्रिय सभाको सदस्यको निम्ति निर्णय ग¥यो र त्यो निर्णय ८ गते माघ मा प्राप्त भयो र यो जानकारी दिने मलाई आदरणीय नेता तत्कालीन नेपाल कम्युनिष्ट पार्र्टीका नेता विष्णु पौडेलले फोन गरेर जानकारी गराउनुभयो । त्यसको लगत्तै मलाई आदर, माया गर्ने विष्णु पौडेलकै छोरा नविन पौडेलले अष्टे«लियाबाट फोन गर्नुभयो र मलाई बधाई दिनुभयो । मलाई तेस्रो कल आदरणीय नेता छविलाल विश्वकर्माले गर्नुभयो र बधाई दिनुभयो । त्यतिबेला मेरो परिवार मेरो घर नवलपरासीमा हुनुहुन्थ्यो । त्यतिबेला म यहाँ काठमाडौमा एक्लै थिएँ । यहाँ मेरो भतिजाहरु र छोरी थिए । उनीहरुलाई मैले तुरुन्तै जानकारी गराएँ । त्यो दिन , त्यो समय मेरो जीवनकै अत्यन्तै महत्वपूर्ण क्षण हो भन्ने मैले महसुस गरेको छु किनभने मैले जीवनमा यो ठाउँ प्राप्त गर्छु भनेर कहिले पनि राजनीतिमा नलागेको मान्छे , निरन्तर परिवर्तनको लागि मात्र लागिपरेको र काम गरिरहेको मैले पार्टीले यसमा सही काम गरेको भन्ने लाग्यो । हुन त पार्टीले जहिले पनि राम्रो काम गर्छ । आफु पर्दा राम्रो अरु पर्दा नराम्रो भन्ने होइन तर मेरो लािग पनि पार्टीले जुन काम ग¥यो यो मेरो लागि ऐतिहासिक खुशीको क्षण, पल नै रह्यो ।


पहिलो पटक राष्ट्रियसभा प्रवेश गर्दा
यसको पछाडी २ वटा कुरा छन् । मलाई निर्वाचनमा भाग लिनलाई पार्टीले पहिला निर्णय ग¥यो । माघ १० गते उम्मेदवारी भयो दाङमा । उम्मेदवारी दर्ता गरेपछि माघ २४ गते मतदान भयो र मतदान हुँदाको अवस्थामा पनि वामगठबन्धको एउटा भोट थियो । त्यहाँ त्यो भन्दा पनि अत्यधिक भोट मैले प्राप्त गरेँ त्यसले पनि मेरो हौसला थपिएको थियो । जो मैले हिजो पार्टी र वर्गसमुदायको लागि आन्दोलनमा लागेको थिएँ , त्यसको साच्चै उचित मुल्यांकन हुँदोरहेछ भन्ने मलाई लाग्यो । त्यसपछि एक त चुनाव जितियो त्यसमा नै म खुशी भएँ, अर्को जुन मत मलाई प्राप्त भयो । हाम्रो गठबन्धन भन्दा बाट पनि मैले मत पाएँ त्यो सहानुभुतिको मत थियो । त्यो अत्यन्त जनप्रतिनिधीहरुले मलाई विश्वास गरेर मत दिएका थिए । यो विश्वासलाई कायम राखेर अघि बढ्नुपर्छ । अर्को कुरा सदनमा मैले पहिलो दिन फागुनको २० गते सपथ भयो र त्यो मेरो जीवनको पहिलो र उत्साहजन त्यो क्षण थियो । किनभने आज देशको गरिमामय ठाउँ राष्ट्रिय सभाको बैठकमा भाग लिन एउटा मधेशी दलितको छोरो त्यो ठाउँमा पुग्दा आफुमै गर्व लाग्यो । अनि अनुभूति गरे । म जस्तै सयौ दलित समुदायको यो ठाउँमा उपस्थिति कहिले होला ? यो ठाउँमा सहज ढंगबाट आउनसक्ने अवस्था कहिले आउँला ? म आज मेरो समुदायको हजारै व्यक्तिबाट यहाँ आउँदा निकै चुनौती पार गरेर आएको छु । त्यस्तो फिल भएको थियो । पहिलो बैठकमा मेरो मनमा यस्ता प्रश्न उठ्दै थिए । दलित समुदाय गरिब उत्पीडनको मार झेलिरहेका छन् । यो समग्र समुदायको हितको लागि अधिकारको लागि आवाज उठाउनुपर्छ र वर्गीय समस्या समाधान नहुन्जेलसम्म आफनो पदावधि सम्म सदन भित्र खेल्नुपर्ने भुमिका म खेल्छु । पहिलो पटक राष्टियसभामा प्रवेश गर्दा समुदायलाई सम्झिए र समुदायको मुद्दा बोक्ने प्रतिवद्धता मनमनै गरे ।

चारवर्षे मुद्दा रणनीति
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेपछि संविधान पनि जारी भइसकेको छ । संविधानले तत वर्गको हक अधिकार सुनिश्चित गर्नको लागि अर्थात नेपालको समम्र विकासको लागि एउटा बाटो कोरिसकेको छ । संविधानले नै धेरै कुरा बोलिसकेको छ । त्यसैले अबको ४ वर्षको मेरो भुमिका संविधानमा दलित समुदायका लागि , अन्य समुदायको लागि जो राज्यको साधन, श्रोतबाट बाहिर छन् यी समुदायको राज्यको हरेक क्षेत्रमा प्रतिनिधित्व, पहुँच र नियन्त्रणको लागि निर्माण गर्ने कानुननहरुमा मेरो भुमिका सक्रिय रहन्छ । जसमा यी सबै कानुनहरुको निर्माण गरिसक्नुपर्ने संवैधानिक व्यवस्था पनि छ । तत समुदायको अधिकारको निम्ति कानुन निर्माण गर्दा त्यसमा म सक्रिय भुमिका निभाउँछु । लामो समयदेखि रिक्त रहेको राष्ट्रिय दलित आयोगलाई संवैधानिक बनाउने क्रममा अहिले सरकारले विभिन्न आयोगलाई बजेट विनियोजन पनि गरेको छ । नयाँ आर्थिक वर्ष संगै दलित आयोगले पनि पुर्णता पाउँदै छ । आयोगले पूर्णता पाईसकेपछि हामीले खेल्ने भुमिका सरकारले खेल्ने भुमिका उत्तिकै हुन्छ । जातीय छुवाछुत कसुर सजाय ऐन र विधेयकमा कुनै पनि कानुनहरु निर्माण गरिरहँदाको अवस्थामा वर्गीय रुपमा जो पीधमा परेको समुदाय छ, जो अन्यायमा परेको समुदाय छ, त्यो आखाँबाट हेर्दे नीति नियमहरु सम्बोधन हुनुपर्छ भन्ने हो । अर्को कुरा जातीय छुवाछुतको घटना निकै बढिरहेको अवस्था छ । पहिला पहिला यस्ता घटनाहरुलाई चुप लागेर सहेर बस्ने चलन थियो , यो बाबु बाजे, पुर्खाको चलन नै हो भन्ने एक खालको मान्यता राख्ने धारणा थियो । अहिले राष्टिय अन्र्तराष्टिय कानुनहरुले गर्दा र मानिसहरुमा एक किसीमको चेतनाको विकासले गर्दा यो त हामी विरुद्धको विभेद नै हो भन्ने लागेकाले पनि यो ऐन , आयोगको गठन भएको हो । त्यस्तै हिजो संचारका माध्यमहरु पनि त्यति थिएन, कम थिए जसले गर्दा घटनाहरु पनि थाहा हुदैनथ्यो तर आज छापा , विद्युतीय माध्यमका संचार माध्यमहरु धेरै छन् जसले गर्दा केहि घटनाहरु भइहाल्यो भने पनि त्यो एकछिनमा भाइरल भइहाल्छ जसले गर्दा हामीलाई हिजो भन्दा आज घटनाहरु झन् धेरै बढिरहेको हो की भन्ने लागेको हो । अझै यस्ता घटनाहरु प्रत्येक गाउँमा दबेर बसेको छ । हिजो भन्दा अहिले घटेको भन्ने होइन , दिनानुदिन बढिरहेको छ । जातीय विभेद घटनाको हिजोको भन्दा आजको रुप परिवर्तन भएको छ । हिजो जताततै ठाडै रुपमा अस्वीकार, विभेद गर्ने गरिन्थ्यो भने र त्यसलाई अवसर , माथि आउन दिन हुदैन भन्ने खालको त्यहा गुपचुप विभेद हुन्थ्यो र त्यहा थाहा हँुदैन र भए पनि बोल्न सक्ने स्थिति थिएन । तर आज केहि परिवर्तन भएको छ , खानपिन गर्छ, उठबस पनि गर्छ तर उसलाई अवसर दिन चाहँदैनन् ।
कार्यान्वयनमा जोड
जातीय छुवाछुत कसुर सजाय ऐन आएको छ , त्यसको अझै पूर्ण रुपमा कार्यान्वयन हुन सकिरहेको छैन । तर त्यसलाई कार्यान्वयन गर्न हामीले दवाव दिने हो, राज्यको तर्फबाट लाग्ने हो । तर अहिले समाज हिजो कुन तहबाट निर्माण हुदै आएको छ त ?त्यो हेर्दे अहिले पनि जातीय छुवाछुतलाई राख्नुपर्छ भन्ने मान्यता राख्ने मानिसहरु पनि छन् । एउटा जातलाई नभनी व्यक्ति भित्र पनि अझै त्यो रुढिवादी मान्यता भएका मान्छेहरु उच्च तहमा नै छन् । अर्को कुरा जुन वर्गले जातीय विभेद गर्छ, त्यही वर्गको माथिल्लो तहसम्म राज्यसंचालनको प्रतिनिधिको रुपमा व्यक्तिहरु छन्, त्यहाँबाट कही कतै संरक्षण पनि हुँदोरहेछ की भन्ने महसुस पनि गरेका छौं । कानुनत त्यसलाई निषेध गर्ने हो । त्यस्तो संरक्षण गर्ने मान्छेलाई पनि कारवाही गर्नुपर्छ भन्ने हाम्रो माग हो ।

(राष्ट्रियसभाका सांसद रामलखन हरिजनसँग दलित अनलाइनले गरेको कुराकानीमा आधारित )


प्रकाशित | १६ कार्तिक २०७५, शुक्रबार १७:५३

Leave a Reply

Your email address will not be published. Required fields are marked *

 

 

')