जनताको भावनाअनुसार काम हुनुपर्छ : अध्यक्ष यादव

राजविराज – राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष राजकिशोर यादवले जनताको आकाँक्षा र भावनाअनुसार काम पूरा गर्न नसकेकाले पूर्णरुपमा सरकार असफल भइसकेको विचार व्यक्त गर्नुभएको छ ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल सप्तरीले राजविराजमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले देशमा आर्थिक समृद्धिको लागि विकास निर्माण र मधेशको समस्या समाधान गर्न सरकारले सकेको छैन भन्नुभयो ।
मधेश आन्दोलनका क्रममा पक्राउ परेका कार्यकर्ताको रिहाइको माग गर्दै उहाँले मधेश आन्दोलनका क्रममा गठन गरिएको उच्चस्तरीय छानबिन समितिले सत्यतथ्य सार्वजनिक गर्नुपर्ने विचार राख्नुभयो ।

अध्यक्ष यादवले राजपा नेपालले वर्तमान सरकारलाई जनताको विकास र अधिकारको लागि समर्थन दिएको बताउँदै संविधान संशोधन हुनुपर्ने जिकिर गर्नुभयो ।

निजगढ विमानस्थल निर्माणका नाममा आठ हजार हेक्टर वन विनाश गर्न लागिएको भन्दै अध्यक्ष यादवले वन विनाश भएपछि प्रदेश नं २ को अर्थतन्त्र कमजोर हुने धारणा राख्नुभयो ।


प्रकाशित | १८ आश्विन २०७५, बिहीबार १७:४४

Leave a Reply

Your email address will not be published. Required fields are marked *