छुइ डुम

भाग्ने , बचाउने, डुम हुने र डुम पार्नेको खेल हो, छुइ डुम । छुइ डुममा डुम हुनु नराम्रो ठानिन्छ । अरु चोखा खेलाडीलाई डुम पार्नुलाई सफलता मानिन्छ । स्कुलताका हामी खुब छुइ डुम खेल्थ्यौ । हाफ टाईममा ,घर जाने बेलाहोस् या कक्षा सुरु हुन अगाडी, छुइ डुम हाम्रो पहिलो रोजाइमा हुन्थ्यो । छुइ डुम खेल्न सजिलो पनि ! खाली कुद्नु पर्ने ताकि डुमले नछोइदियोस् भनेर । डुमले छोएको खण्डमा छोइने पनि डुम हुन्थ्यो । सबै डुम मिलेर त्यो चोखोलाई पनि डुम बनाउनु पर्ने ! र त्यो चोखोको काम जे जसरी हुन्छ डुमबाट बच्ने र डुम भएकाहरूलाई सेब अर्थात चोखो पार्ने हुन्थ्यो !

स्कुल छँदा म अलि पतलो थिए , कुद्न माहिर । हत्तपत्त कसैले छुन सक्दैन थिए मलाई । छुइ डुमको बादसाह नै थिए । म जसको टिममा हुन्थे मेरो काम नै सेब गर्ने हुन्थ्यो । मेरो टिमका प्राय सबै डुम भैसकेका हुन्थे । उनीहरू मेरो सेबको पर्खाइमा हातमाहात मिलाएर सेब भनेर चिच्चाइरहेका हुन्थे । म पनि उसेन बोल्टकै रफतारमा सबैलाई सेब अर्थात डुमबाट चोखो पारिदिन्थे । मेरो एक छुवाईमा उनीहरू डुमबाट मुक्त हुन्थे तर कहिलेकाहीँ म आफु नै डुम हुन्थे । जब म डुम हुन्थे मलाई कसैले पनि चोख्याँउन सक्दैन थिए। म डुम भएर नै खेल सकिन्थ्यो ।
बाल्यकालमा मलाई डुमको अर्थ थाहा थिएन । मेरा नजरमा मेरा साथीहरू सबै डुम थिए किनकि उनीहरू म जति तेज भाग्न सक्दैन थिए । भाग्न नसक्ने सबै डुम हुन्थे । म त छुइ डुमको राजा नै थिए । म प्राय डुम कम हुन्थे । साथीहरूको नजरमा म एकमात्र छोखो थिए त्यहीँ कारणले पनि मेरा साथीहरू छोइ डुम खेल्दा मेरै टोलीमा आउन लालइत हुन्थे ताकि उनीहरू डुम हुन नपरोस् भनेर ।

छुइ डुम खेलेर हामी विध्यालयबाट हामी घर फर्कदै थियौं । सधैं झै हामी एकअर्कालाई जिस्काउदै , कुदाकुद गर्दै , हसीमजाक रमाइलोमा थियौं । कस्तो झल्ला डुम रहेछ भनेकै मान्दैन वाक्य सुनियो । हामी त को मान्छे छुइ डुम खेल्दै रहेछ, यो बिच बजारमा ! दायाँबायाँ हेर्दा कतै कोहि देखिएन । फेरि कसले भनेको रहेछ ! हेर्दा कसैलाई देखिन । सायद कसैको घरभित्रै बाट निस्केको आवज थियो ।
घर पुग्नेबित्तिकै बुबालाई सोधे, बुबा यो झल्ला डुम भनेको के हो ? चलाउँदै गरेको कल मेसिन बुबाले रोक्नु भयो । कसले भन्यो तँलाई ? सोध्नु भयो । मैले बाटोमा सुनेको भने ! बुबा एकछिन गम्भीर हुनुभयो । गोजिबाट चुरोट निकालेर पिउन थाल्नु भयो । म अक्कमक्कीय , के गल्ती सोधेछु जस्तो लाग्यो । फेरि छुइ डुम त हामी सधैं खेल्थ्यौ । डुम शब्दमा म केही देख्दिन पनि । मेरो नजरमा त यो एक खेलमात्र थियो । अलि पछाडि पख तँलाई पछि भन्छु बुबाले भन्नू भयो । खाजा खाइवरी हामी छोइ डुम खेल्न लाग्यौं ।

हामी त को मान्छे छुइ डुम खेल्दै रहेछ, यो बिच बजारमा ! दायाँबायाँ हेर्दा कतै कोहि देखिएन । फेरि कसले भनेको रहेछ ! हेर्दा कसैलाई देखिन । सायद कसैको घरभित्रै बाट निस्केको आवज थियो ।घर पुग्नेबित्तिकै बुबालाई सोधे, बुबा यो झल्ला डुम भनेको के हो ?

होमवर्क गरे, अनि बुबाले सोध्नु भो तँ लाई कसले डुम भन्यो ? छैन कसैले मलाई भनेको । नडरा न कस्ले भन्यो फेरि सोध्नु भयो । मैले सुनेको मात्र हुँ भने । बुबाको अनुहारमा एक प्रकारको असहजता देखिन्थ्यो । निराश देखिनु भयो बुबा । मेरो प्रस्नमा बुबाको यस्तो रुप सायदै पहिलो थियो । एक्कासी बुबाले डुम हामीलाई भन्छन् बाबु भन्नू भयो । हामीलाई यस समाजले डुमको पदवी दिएको छ । हामीले छोएको चल्दैन । त्यति भनेर बुबा बाहिर बार्दलीमा बसेर चुरोट पिउन थाल्नु भयो ।
बुबाले धेरै बोल्नु भएन तर बुबाको त्यो हाउभाउले मलाई सबथोक बुझाइसकेको थियो । मेरो सब सोच क्षणिक भर मै परिवर्तन भए । वास्तविक डुम त म रहे छु । हिजोसम्म म छुइ डुमको राजा थिए । जो जो मेरा नजरमा डुम थिए वास्तवमा उनीहरू चोखा रहेछन् । मेरो सेब त व्यर्थै रहेछ । मलाई कसैको सेबले चोखो पार्न नसक्ने रहेछ । मैले जति सेब सेब…. भनी चिच्याय पनि कसैले नसुन्ने रहेछ ।

विचारा म !

मेरो बालक मानसपटलमा खैलाबैला मच्चीयो । बुबाले भन्नू अगाडि मेरो लागि छुइ डुम एक खेलमात्र थियोे । अब छुइ डुम खेल रहने । यो त विभाजन रहेछ । यसले मानिसबिच साध राखेको रहेछ । एका एक म डुम भए । आजीवन डुम रहने छु । डुम बन्ने छु । म जति चोखो बन्न कोसिस गरे पनि यस कुसंस्कारी समाजले दलदल बनाएको छ । खाडल खनेको छ, यस्तो खाडलबाट उम्कन ज्यादै ग्रारो छ । उक्त दलबाट निस्कन म जस्ता डुमलाई कठन छ । समाजले धेरै मुल्य मान्यता तोकेको छ । मान्छे अनुसार पदवी दिएको छ । कोहि चोखा छन् त कोहि डुम ।
यो विभाजित समाजलाई आगो लगाएर तहसनहस गर्ने मन्छ । सम्पुर्ण बस्ती खरानीमा बद्लेको हेर्न चाहन्थे । नयाँ युग श्रृजना होस् ताकि कोहि डुम र कोहि चोखा नहुन् । मानिसको मानसपटलमा विभाजन नहोस् , साध नराखियोस् ।

त्यस रात मैले डुमको अर्थ थाहा पाए । बाटोको घटना याद आयो । त्यो मान्छेले म जस्तैलाई गाली गरेको रहेछ । त्यो गाली खानेलाई सम्झेँ , बुबालाई सम्झेँ । सायद त्यो मान्छेको मुख मलिन थियोे होला । मेरो बुबालाई जस्तै भएको हुनुपर्छ ! डुम शब्द सुन्दा सामान्य लाग्छ । शब्द न हो जाभो दुई अक्षरले बनेको तर पापी समाजले त्यस शब्दमा बीष भरेको छ । बीस पिए कस्तो होला ! नेपाली समाजले वर्षै देखि म जस्ता लाई बीस पिलाउदै आएको छ । यस्तो कुप्रथा लाद्ने सधै चोखा अनि अरु डुम ?। मनमनै सोचे साथीहरूलाइ म डुम हुँ भन्ने थाहा पाए भने के गर्लान् ?

यो विभाजित समाजलाई आगो लगाएर तहसनहस गर्ने मन्छ । सम्पुर्ण बस्ती खरानीमा बद्लेको हेर्न चाहन्थे । नयाँ युग श्रृजना होस् ताकि कोहि डुम र कोहि चोखा नहुन् । मानिसको मानसपटलमा विभाजन नहोस् , साध नराखियोस् ।

समाजिक भाषा बुझ्न नजान्ने म अब बुझ्न थाले । समाजको छन्द र गन्थ मानिसहरु बिच भन्न हुनेरहेछ । कस्तो विडम्बना बिनाकारण कोहि चोखा हुने त कोहि डुम । म जस्ता तेज भाग्न सक्ने बिनाकारण डुम अनि लोसेहरु त्यसै चोखा । कस्तो खेल हो यो ? बुझ्नै नसकिने !
म बालकले के बुझ्यौला र ! ठुलैले बसालेको नियम । नाक ठुलो र मन सानो भएका को रीतिरिवाज ! यस्तो जालझेल म जस्ताकै लागि हो जस्तो लाग्छ । रमितेहरुको खेल रहेछ छुइ डुम । विजेताले पनि त्यही पगरी भिड्नु पर्ने । जब म मैदानमा कुद्थे मलाई खालि कुद्नु पर्छ र आफ्ना साथीलाई कसरी सेब गर्न सकिन्छ भन्ने सोच राख्थे । तर वास्तविक खेल अर्कै रहेछ । नियम, चालचलन विग्लै रहेछ । मनमनै धेरै कुरा खेलाउथे आफैले आफुलाइ प्रश्न ,प्रतीप्रश्न गर्थें । मेरो मनको भावना मनमै सिमित राख्थे । कसैलाई के भन्ने । चिच्याउन मन लाग्थ्यो तर कसैले नसुन्ने चित्कारको के काम !

संसारमा धेरै खेलहरु छन् । प्रत्येक खेलको आ(आफ्नै विशेष्ता छन्, नियम छन् । केहि विवेकले खेलिन्छन् त केही बलले खेलिने खेल छन् । केही खेलमा साथ चाहिन्छ त केहीमा एकल प्रयास भए पुग्छ । प्राय सबै खेलमा हारजित हुन्छ नै । तर छुइ डुममात्र यस्तो खेल हो जहाँ डुम डुमै समित रहन्छ । डुमलाई हार्न बनाइएको हुन्छ र चोखालाई जित्नका लागि । छुइ डुमले नेपाली समाजको रवैया छताछुल्ल देखाउँछ । कस्तो समाज ? खेल मार्फत विभाजनको जग खन्ने काम गरेको छ ।

छुइ डुम सुन्यो कि मन खिन्न हुन्छ । जोश जागर सब एकाएक हराउँछ । मलाई नै किटानीका साथ भनेको जस्तो भान हुन्छ । अब कुद्न सक्ने तागत घटेको जस्तो लाग्छ । पहिला हावाको बेगमा कुद्ने म अब वइलाएको थिए । भोली देखि के खेल्ने मनमनै चिन्ता लागेको थियो । साथीहरूले खेलौं भन्दा के जवाफ दिने !

छुइ डुमले नेपाली समाजको रवैया छताछुल्ल देखाउँछ । कस्तो समाज ? खेल मार्फत विभाजनको जग खन्ने काम गरेको छ ।

भोलिपल्ट म स्कुल गए । सधैं जस्तो सबैले छुइ डुम खेलौ भने । मैले नकार्न सकिन्न । कसैलाई केही भनिन , भनेर कसले के गर्न सक्छ र । त्यस दिन पनि सबै साथीहरू डुम भैसकेका थिए । म मात्र बाँकी थिए । सबै सेब सेब भन्दै चिच्याएर कराउँदै थिए । मलाई सब डुम भएकाहरूले घेरा हाल्न कोसिस गर्दै थिए । तर म जसोतसो उम्किए । मलाई छुन सकेनन् । सबै थाकिसकेका थिए । म पर बाट हर्दै थिए, सबै सेब सेब भन्दै चिच्याउदै थिए । म मौन बसे , मेरा पुर्खालाई सम्झे , सम्पुर्ण म जस्ता आँखा अगाडि देखिए । उनीहरू पनि बर्षै देखि सेबको पर्खाइमा छन् । कसैले सेब गरेनन् । चिच्याए , कराए तर कसैले वास्ता गरेनन् । सेब कुर्दाकुर्दा कयौंका छाला चाउरी परिसकेका छन् । कोहि तोते बोली मै छन् । सोच्दै थिए, एक्कासि मलाई डुम पार्न आयो एक जना । तर छुन सकेन म कुदिहाले । घण्टी तृङ तृङ बज्यो । हामी सब कक्षा तिर भाग्यौं ।


प्रकाशित | ८ आश्विन २०७५, सोमबार २१:५९

Leave a Reply

Your email address will not be published. Required fields are marked *

 

 

')