निरोज सुनार जसले गीत गाउनका लागि आफ्नै मिर्गौला बेचे, तर………

मदन ढुङ्गाना

मिति स् २०७५ भदौ २४ गते शनिबार
स्थान स् पाँचखाल नगरपालिका १२ बालुवा
समय स् मध्यान्ह १२ बजे

भदौको चर्को घाम । त्यतिबेला पाँचखाल नगरपालिका वडा नं १२ बालुवाको बाहिरी तापक्रम थियो ३२ डिग्री सेन्टिग्रेड ।

श्री आजाद उच्च माविको ठीक अघिल्तिर एउटा सानो छाप्रो छ । करिब पुगनपुग ६ फुट अग्लो जस्ताको छाप्रोमुनि एउटा अपाङ्ग युवक अस्पतालमा प्रयोग हुने बेडमाथि सुतिरहेका छन् ।

तस्बिरमा देखिएका यी युवक हुन् निरोज सुनार । उमेरले भर्खर २७ वर्ष लागे । अनुहार सुन्दर छ । कुराकानी साह्रै मीठो गर्छन् । तर दुर्गाभ्य निरोज यतिबेला हिँडडुल गर्न सक्दैनन् । कम्मरभन्दा तलको भाग चल्दैन निरोजको । प्यारालाइसिसको कारण हिँडडुल गर्न नसक्दा अधिकांश समय निरोज ओछ्यानमै हुन्छन् । बेडसोरको कारण कम्मरभन्दा तलको विभिन्न भागमा निरोजको घाउ भएको छ ।

निरोजको घरमा जे देखियो

करिब ६ फिटको उचाइ भएको जस्ताको छानामुनि र निरोजको बेडबाट छानोसम्मको दूरी करिब ३ फिट मात्रै छ । जसको कारण तातो घाममा फ्यान चलाएर निरोज सुतिरहेका थिए ।

मध्याह्न हामी निरोजको घरमा पुग्दा उनका बुवा र आमा पनि शितलता लिने प्रयास गरिरहेका थिए । मध्याह्नको चर्को घाम, त्यसमाथि जस्ताको छानो र जमिन तथा छानोबीचको दूरी पनि एकदमै कम । बाहिरको तापक्रमभन्दा बढी त भित्रकै गर्मी थियो ।

पाँचखालबाट करिब ९ किलोमिटरको यात्रा गरेर हामी बालुवा भन्ने स्थानमा पुगेका थियौँ । बनेपामा रहेकी सामाजिक अभियन्ता कृष्णप्यारी नकर्मीले हामीलाई निरोजको घरबारे जानकारी दिएकी थिइन् । त्यही जानकारी पछ्याउँदै हामी निरोजको घरसम्म पुगेका थियौँ । निरोजको फोन बिग्रिएकाले हामीले निरोजलाई सम्पर्क गर्न सकेका थिएनौँ । तर ‘लोकेसन म्याप’ पछ्याउँदै जाँदा हामी सहज ढङ्गले निरोजको घरमा पुगेका थियौँ ।

भर्खरै खाना पकाएको जुठा भाँडा पनि सानो छाप्रोभित्र नै थियो । निरजका बुबा र आमा पनि निरोजसँगै थिए ।

अपरचित मान्छे निरोजको घरमा एक्कासि पुग्दा उनीहरू पनि अलमलिए । हामीले आफूहरू पत्रकार भएको बताउँदै सामान्य भेटघाटका लागि आएको बतायौँ ।

परिस्थितिलाई सामान्य बनाउने प्रयास गर्दै हामीले आफ्नो परिचय दियौँ । मुख्यतः हामी समाचारका लागि भन्दा पनि भेटघाटका लागि मात्रै आएको भनेपछि उनीहरू पनि सामान्य बने ।

निरोजको हालको स्वास्थ्य अवस्थाबाटै कुराकानीको सुरुवात गरियो ।

‘के हुनु र सर, ५ वर्ष भयो, प्यारालाइसिस भएको । पहिले सामान्य ज्वरो आएको थियो । अस्पताल जाँदा म्यानेन्जाइटिस भएको छ भने तर म्यानेन्जाइटिसको उपचार गर्दागर्दै प्यारालाइसिस भयो । अहिले कम्मरभन्दा मुनिको भाग चल्दैन । दिसापिसाब आएको थाहा हुन्छ तर रोक्न सकिँदैन । त्यही भएर सधैँ क्याथेटर लगाउने गरेको छु ।’ निरोजले भने ।
निरोजको कम्मरमुनिको भाग नचल्दा उनलाई हेर्न उनका बुवा र आमा सधैँ घरमै बस्नुपर्छ । दिसापिसाब सोहोर्ने काम पनि तिनै बुवा आमाको हो । एउटा भाइ छ, जो कक्षा ६ मा पढ्दैछ । अर्की एउटी बहिनी छिन्, जो घरमा सघाउँछिन् । यो सानो छाप्रोमा परिवारको ५ सदस्य बस्छन् ।

निरोजको कम्मरमुनिको भाग नचल्दा उनलाई हेर्न उनका बुवा र आमा सधैँ घरमै बस्नुपर्छ । दिसापिसाब सोहोर्ने काम पनि तिनै बुवा आमाको हो । एउटा भाइ छ, जो कक्षा ६ मा पढ्दैछ । अर्की एउटी बहिनी छिन्, जो घरमा सघाउँछिन् । यो सानो छाप्रोमा परिवारको ५ सदस्य बस्छन् । दुई बहिनीको बिहे भएर आफ्नै घरमा छन् भने दाजु साँगामा सामान्य काम गरी परिवारसँग बसेका छन् ।

हामीले सोध्यौँ, ‘सधैँ यसरी नै ओछ्यानमै सुतिरहने हो कि केही हलचल पनि गर्नुहुन्छ रु’ निरज फिस्स हाँसे । बेडको अगाडि रहेको ह्विलचेयर देखाउँदै भने ‘एउटा यही ह्विलचेयर हो । त्यही पनि बिग्रिसकेको छ । कहिलेकाहीँ त ह्विलचेयरमा बस्थे । अहिले त निस्कन पनि गाह्रो छ । त्यही भएर धेरै भयो बाहिर ननिस्किएको ।’

निरोजको कम्मरमुनिको भाग नचल्दा उनलाई हेर्न उनका बुवा र आमा सधैँ घरमै बस्नुपर्छ । दिसापिसाब सोहोर्ने काम पनि तिनै बुवा आमाको हो । एउटा भाइ छ, जो कक्षा ६ मा पढ्दैछ । अर्की एउटी बहिनी छिन्, जो घरमा सघाउँछिन् । यो सानो छाप्रोमा परिवारको ५ सदस्य बस्छन्

लामो समयसम्म ओछ्यानमै थलिनुपर्दा निरजको शरीरका विभिन्न भागमा घाउसमेत भएको छ । चिकित्सकीय भाषामा यसलाई बेडसोर भनिन्छ । यस्तो घाउ निको हुन पनि लामो समय लाग्छ ।

सामान्य औपचारिकता सकिएपछि सुरु भयो निरोजको भित्री पाटोको कथा । हामीले निरोजलाई सुरुमै सोध्यौँ, के हामी तपाईंसँगको कुराकानी रेकर्ड गर्न सक्छौँ रु समाचार नबनाउने भए बरु नबनाउँला ।

निरोज फिस्स हाँसे । अब पत्रकार केका लागि नै पो आउँछन् र । मलाई खोज्दै आउनुभएको छ, त्यही समाचारकै लागि । ठीक छ, समाचार नै बनाउनुस् न ।

हाम्रो अनुहारमा पनि केही चमक आएको निरोजले स्पष्टसँग देखे ।

एउटा डीएसएलआर क्यामेरा क्यामेरा निकालियो र सुरु भयो निरोजको वास्तविक कथा ।

निरोजको काठमाडौं कथा

निरोज कक्षा ६ पढ्दापढ्दै भागेर साथीहरूसँगै काठमाडौं पुगेका थिए । त्यहाँ गलैंचा कारखानामा काम गर्थे निरोज । आम्दानी ठिकै थियो, दैनिकी चलिरहेकै थियो ।

यहीबीचमा निरोजको भेट भयो निरोजको घर नजिकैको अर्को गाउँका राजु भन्ने साथीसँग । राजुसँगै अर्का व्यक्ति पनि सधैँ हुन्थे ।

उनीहरूको हाईफाई धेरै राम्रो थियो । उनीहरूसँग १५–२० हजारको खाँचो कहिल्यै हुँदैनथ्यो । जबकि निरोजलाई एकै पटक १५–२० हजार देख्न पनि मुस्किल थियो ।

कहिलेकाहीँ रेस्टुरेन्टमा खाजा खान जाँदा निरोज राजुलाई गीत सुनाउँथे । स्वर एकदमै राम्रो भएको भन्दै राजुलगायतको समूहले फुर्काइदिन्थे । वास्तवमै निरोजको स्वर पनि मीठो नै थियो ।

यहीबीचमा राजुले निरोजलाई भने ‘यति राम्रो स्वर छ एल्बम किन निकाल्दैनौँ रु’ राजुको प्रस्तावले निरोजलाई पनि चिमोट्यो । स्वर त राम्रो छ तर एल्बम निकाल्नका लागि पैसा त टन्नै चाहिन्छ । त्यतिबेला अडियो क्यासेट मात्रै निकाल्न पनि करिब १ लाख रुपियाँ लाग्थ्यो ।

निरोजले गीत गाउन र एल्बम निकाल्न रहर भएको तर आफूसँग पैसा नभएको बताए ।

त्यसपछि निकालियो उपाय ।

राजुले निरोजलाई कोही धनी मान्छेको दुईवटै मिर्गौला फेल भएको र एउटा मिर्गौला खोजिरहेको भन्दै मिर्गौला दिएमा १ लाख ५० हजारसम्म पैसा दिने बतायो ।

सुरुमा निरोजले त्यस्तो प्रस्ताव अस्वीकार गरे । तर पछि एउटा मिर्गौला दिँदैमा केही स्वास्थ्य समस्या नआउने, एउटा मिर्गौलाले पनि मान्छेले सबै काम गर्न सक्ने र मिर्गौला दिँदा पनि गोप्य ढङ्गबाट हुने भन्दै निरोजको ‘ब्रेनवास’ गरे ।

जब १ लाखको आशामा मिर्गौला बेचियो……

मानिस एउटै मिर्गौलाले पनि बाँच्ने सक्ने र सबै काम गर्न सक्ने भएपछि दुईवटा मिर्गौला किन चाहियो र १ अन्ततः एउटा मिर्गौला दिएबापत १ लाख ५० हजार पाउने भएपछि निरोज मिर्गौला बेच्न तयार भए । उनले आफू तयार रहेको जानकारी गराए ।

निरोज तयार भएलगत्तै उनको ब्लड ग्रुप पत्ता लगाउनेदेखि रोग लागेको नलागेको बारे जाँच सुरु भयो । भर्खरै १६ वर्षको केटो । के पो रोग लाग्छ र १ निरोज फिट देखिए ।
त्यसपछि तिनै राजुले अरू काम गरे । कागजात बनाउनेदेखि सबै काम राजुकै मातहतबाट भयो ।
निरोजले निराश भएर मिर्गौला बेचेको कुरा परिवारलाई बताए । निरोजको कुराले परिवार पनि विचलित भयो । तर जे नहुनु थियो, त्यो भइसकेको थियो । बरु निरोजको बुवाले राजु भन्ने दलाललाई खोज्न थाले । राजु भन्ने दलाल सहरभन्दा टाढा कोठा लिएर बसेको थाहा भयो । निरोजका बुवा वीरबहादुर सुनार त्यहीँ पुगे र दलाललाई समाते । ४ दिनसम्म राजुलाई उनकै कोठामा बन्धक बनाएर बाँकी रकम माग गरियो । तर उसले आफूसँग पैसा नभएको बतायो । अन्ततः राजुसँग रहेको १८ हजार पर्ने मोबाइल लिँदै फेरि यस्तो काम नगर्ने शर्तमा राजुलाई छाडियो ।

कागजात तयार पारेर निरोजलाई भारत पुर्याइयो । तर कुन सहर हो भन्ने त्यति जानकारी भएन । भारत पुगेपछि नै थाहा भयो, उनले मिर्गौला दिन लागेका व्यक्ति धरानका राम राई भन्ने रहेछन् । निरोजलाई रामको भाइ बनाएर मिर्गौला ‘दान’ गर्न लागिएको रहेछ ।

अन्ततः भारत पुगेर निरोजको एउटा मिर्गौला अर्का व्यक्तिलाई ‘दान’ गरियो, १ लाख ५० हजार पाउने आशामा ।

मिर्गौला बेचेबापतको पैसा नेपालमै दिने भनियो । तत्कालका लागि १२ हजार मात्रै रकम दिइयो ।

तुहियो एल्बम निकाल्ने सपना

निरोज नेपाल फर्किए र एल्बम निकाल्नका लागि तयारी थाले ।

तर जसले निरोजलाई भारत पुराएका थिए, उनी सम्पर्कमै आएनन् । राजु भन्ने व्यक्ति त्यसपछि फरार भयो । फोन नम्बर पनि परिवर्तन गरिसकेको रहेछ । निरोजले जति खोजे पनि राजु फेला परेनन् ।

निरोजले निराश भएर मिर्गौला बेचेको कुरा परिवारलाई बताए । निरोजको कुराले परिवार पनि विचलित भयो । तर जे नहुनु थियो, त्यो भइसकेको थियो । बरु निरोजको बुवाले राजु भन्ने दलाललाई खोज्न थाले । राजु भन्ने दलाल सहरभन्दा टाढा कोठा लिएर बसेको थाहा भयो । निरोजका बुवा वीरबहादुर सुनार त्यहीँ पुगे र दलाललाई समाते । ४ दिनसम्म राजुलाई उनकै कोठामा बन्धक बनाएर बाँकी रकम माग गरियो । तर उसले आफूसँग पैसा नभएको बतायो । अन्ततः राजुसँग रहेको १८ हजार पर्ने मोबाइल लिँदै फेरि यस्तो काम नगर्ने शर्तमा राजुलाई छाडियो ।

यता गीत गाउने सपना सजाएर आफ्ना मिर्गौला बेचेका निरोज भने तनावमा रहे । अब के गर्ने भन्ने योजना र सपना निरोजसँग रहेन ।

जसका लागि मिर्गौला दिएका थिए, ती व्यक्ति निरोजकै सम्पर्कमा थिए । धरानका राम राई भन्ने व्यक्ति चावहिलको ओम अस्पतालमा काम गर्ने गरेको निरोजले जानकारी पाए । उनी राम राईलाई भेट्न गए । राईले निरोजले अस्पतालमा भेट्न मानेन र बाहिरै भेट्यो । राम राईले आफू ओम अस्पतालको गाडी चलाउने ड्राइभर भएको बतायो । निरोजले धेरै जान्नै चाहेनन् ।

राम राईले केही अप्ठेरो परे सम्पर्क गर्न भनेको निरोज बताउँछन् । पछि पनि सहयोग गर्छु त भनेका थिए तर उक्त व्यक्ति पनि पछि सम्पर्कमा आएनन् । जसका लागि निरोजले मिर्गौला दिए उनी साँच्चिकै ओम अस्पतालको सवारीचालक मात्रै थिए कि अरू केही निरोजलाई त्योभन्दा बढी केही थाहा छैन । तर उनी ओम अस्पतालमै कार्यरत रहेको निरोजलाई थाहा थियो ।

निरोजको मिर्गौला बिक्री प्रकरणको कथा गैरसरकारी संस्थाले थाहा पाए । निरोजलाई पुनः पढाउने र गीत सिकाउने भन्दै धुलिखेलमा राखेर पढाउन थालियो । निरोज होस्टलमै बसेर पढ्न पनि थाले ।

तर यहीबीचमा निरोज बिरामी परे । अस्पताल लगियो । सामान्य ज्वरोबाट सुरु भएको उनको बिरामी म्यानेन्जाइटिस हुँदै प्यारालाइसिससम्म पुग्यो । करिब डेढ वर्ष उनले धुलिखेल, बनेपा लगायतका अस्पतालमा उपचार गराए । तर उनको प्यारालाइसिस ठीक भएन । अन्ततः उनलाई घर ल्याइयो । उपचारका क्रममा परिवारले भएको आफ्नो सबै सम्पत्ति सकाए । त्यसपछिको दैनिकी सुरुवातमै उल्लेख गरिएको छ ।

एउटा १६ वर्षको केटो, जसको गीत गाउने सपनाले एउटा मिर्गौला बेच्नुपर्यो र अहिले प्यारालाइसिसको शिकार भएका छन् ।

हामीले निरोजलाई मिर्गौला बिक्री र प्यारालाइसिसबीचको सम्बन्ध हुनसक्छ भनेर सोध्यौँ । उनले ठ्याक्कै भन्न त नसक्ने तर दुईवटा भएजस्तो एउटा नहुने हुने बताए । आफ्नो यो हालत हुनुमा मिर्गौला बिक्री प्रकरण पनि कारक हुनसक्नेबारे भने निरोजलाई पनि कताकता शङ्का छ ।

निरोज अहिले पनि गीत गाउँछन् । गीत र सङ्गीतको प्रेम एकरति घटेको छैन, मात्र सपनामा धेरै फेरबदल आएको छ ।

सपना अब बलियो घर मात्रै

अहिलेको निरोजको पहिलो सपना भनेको एउटा सुरक्षित घर भए हुन्थ्यो भन्ने मात्रै छ ।

करिब ६ फिटको जस्ताको छानामुनि दैनिकी चलाउन निरोजलाई धेरै गाह्रो छ । चैत वैशाखको हुरी आउँदा होस् या प्रचण्ड गर्मी हुँदा, निरोजलाई सबैभन्दा बढी पीडा हुन्छ । असार साउनमा झरी पर्दा पानीको केही हिस्सा ओछ्यानमै आइपुग्छ । वैशाख, जेठ र भदौको घाममा बस्न नसक्ने गरी तताउँछ । अझ यहीबीचमा कहिलेकाहीँ बत्ती गइदियो भने त अवस्था ज्यादै दयनीय बनिदिन्छ ।

एउटा भएको माटोको घर पनि भूकम्पले भत्काइदियो । निरोज यतिबेला अर्को घरको सपना देखिरहेका छन् । सरकारले दिने अनुदानको ३ लाख त आउँछ नै । त्योमध्येको डेढ लाख त ल्याइसकेका छन् । केही ऋण त केही एनजीओहरूले सामान्य सहयोग गरेका छन् । घरको वालसम्म तयार भयो । अब ढलान गर्ने र झ्यालढोका हाल्ने पैसा निरोजको परिवारसँग छैन ।

यही बन्दै गरेको घरको भित्तामा एउटा ह्विलचेयर थन्किएको छ । यदि घर बनेमा मुख्य बाटोसम्म जान सकिन्थ्यो र ह्विलचेयरमै भए पनि हिँडडुल गर्न सकिन्थ्यो कि भन्ने सपना निरोजसँग छ । यद्यपि यो ह्विलचेयरले काम गर्ने सम्भावना भने अब ज्यादै न्यून मात्रै छ ।

आश्वासन होइन सहयोग दिनुस् : निरोज

निरोजको अवस्थाबारे जानकारी पाउने धेरै एनजीओकर्मी निरोजलाई भेट्न पुगे । भेटेर जाने धेरैले निरोजलाई सहयोग गर्ने आश्वासन पनि दिए । तर अधिकांश त्यस्ता ‘डलरवाला’ फर्किएर आएनन् ।
‘सपना त धेरैले देखाए नि सर १ तर के गर्ने डलरवाला फर्किएर आउँदैनन् ।’

हामीले स्पष्टीकरण दियौँ, हामी त सहयोग गर्न आएका नि होइनौँ र पछि पनि गर्न सक्दैनौँ । हामीले दिनसक्ने भनेको समाचार मात्रै हो । बरु पहलसम्म गर्ने कोसिस भने जरुर गरौंला । निरोजको मुहारमा कुनै परिवर्तन आएन ।

निरोजले भने, ‘सर यी घर बनाउन खोजेको यस्तो अवस्थामा छ । हामीसँग १ रुपियाँ पनि बाँकी छैन । लौन घरको ढलान गरिदिने वा छाइदिने कोही छन् कि भनिदिनुपर्यो ।’ हामी अवाक भयौँ ।


प्रकाशित | ३१ भाद्र २०७५, आईतवार २२:०८

Leave a Reply

Your email address will not be published. Required fields are marked *