सम्वृद्धिको नाराभित्र मुसहर समुदाय

चन्देश्वर सदा

नेपालमा विभेदमा परेका अर्थात अमानविय जीवन व्यतित गर्दैआईरहेका मुसहर, पासवान, ढोम, हलखोर, खत्वे, पासी, तत्मा, बातर, मुसमान, कामी, दमाई, विश्वकर्मा, वादी, ढागर, पथ्थर कट्टा लगायतका जातजातिहरु छन् । त्यस मध्ये मुख्यरुपमा मुसहर जाति सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक, सामाजकि न्याय अनुभूतिबाट बाहिर छन् ।
विश्वको सर्वोच्च शिखर सगरमाथाको गौरवमय काखमा सुशज्जित हाम्रो देशको विद्यमान सामाजिक,आर्थिक, शैक्षिक तथा सांस्कृतिक विषमता र पछौटेपन जस्तो सामाजिक र उन्नति अवरोध अझै कायमै छ । संघिय गणतन्त्र पद्घति भएको सवैधानिक व्यवस्थाको मूल तत्व समानता , समता, स्वतन्त्रता र भातृत्व हो । मुसहरहरु उक्त तिनै प्रवधानवाट विमुख भएको हुँदा समानत, स्वतन्त्रता, भातृत्व, उचित शिक्षा, स्वास्थ्य तथा जनविकासको सुरंक्षाक विभेद र अभावमा आजसम्म पनि मुसहर समुदाय कठिनाईपूर्ण जीवन व्यतित गर्दै आइरहेका छ ।
नेपालमा राणाकाल देखि नै राज्यद्वारा सामाजमा अति पछाडी परेका तथा पारिएका मुसहर समुदाय दलित समुदाय भित्रकै सवै भन्दा आर्थिक अवस्था कमजोर, शैक्षिक स्तर न्यून ,समाजिक रुपमा बहिष्कृत र राजनैतिक रुपामा असचेत तथा बञ्न्चित भन्नु पर्दा असान्दर्भिक नहोला । मुसहर जातिका पछौटेपनका मुख्य कारणहरुमा सामाजमा छुवाछुतको प्रभाव, सामाजिक न्यायमा विभेद, गरिबी, शिक्षाको अभाव, मादक पदार्थको सेवन,जातीय हिनताबोध, राष्ट्रिय नितिको अभाव, धन सन्चय गर्ने बानीको अभाव, संगठनको अभाव, बाहिरी शोषण , मुख्यरुपमा योजना आयोगको लापरवाही र राजनीतिक दलहरुको बैमानी आदि रहेकोछ । नेपालको जनसंख्या मध्ये मुसहरजातिको कुल जनसंख्या १२,५०,००० (बारह लाख पचास हजार) रहेकामा २१ औं शताब्दीमा आईपुग्दा पनि राज्यले ध्यान नपू–याएको हुँदा नेपालमा भएका एक सय २३ जातिमा सबै भन्दा तलको भर्याङ्ग (पोदान) मा रहि सम्पूर्ण जाती भन्दा साक्षर दर न्यून रहेको छ ।
मुसहर समुदायका जनसंख्या नेपाल सरकारले मात्र २,७०,००० जनसंख्या भएको पुष्टि गरेकोछ । जुनकी सान्दर्भिक छैन् । यो समुदायको बसोवास ३२ जिल्लामा रहेकोछ । जबकी नेपाल सरकारको तथ्यांक अनुसार २२ जिल्लामा मुसहर समुदाय रहेको उल्लेख गरेको पाइएकोछ ।
मुसहर समुदायवाट अरु समुदायको घर आंगन, पानी, खाना,चुल्हो समेत छुवाउंने कुप्रथा चलन २१ औं शताब्दीसम्म आईपुग्दा पनि कायमै रहेको छ । सनातन धर्म सांस्कृतिको आधार बनाई कथाकथित उच्च समुदायका व्यक्तिहरुवाट हालसम्म अप्रत्यक्षरुपमा अवैज्ञानिक प्रथालाई यथावत सामाजमा हालसम्म कायमै राखेकोमा विभिन्न जिल्लामा छुवाछुतको आधारमा पटक पटक भएका घटनावाट स्पष्ट हुन्छ । जबकी मौलिक हक अधिकारको महलमा उल्लेख भए बमोजिम कुनै पनि मानवलाई जात, लि¨, रंग, वर्ण आदिको आधारमा विभेद गर्न नपाईने उल्लेख भएको पाईन्छ ।

नेपालको जनसंख्या मध्ये मुसहरजातिको कुल जनसंख्या १२,५०,००० (बारह लाख पचास हजार) रहेकामा २१ औं शताब्दीमा आईपुग्दा पनि राज्यले ध्यान नपू–याएको हुँदा नेपालमा भएका एक सय २३ जातिमा सबै भन्दा तलको भर्याङ्ग (पोदान) मा रहि सम्पूर्ण जाती भन्दा साक्षर दर न्यून रहेको छ ।

तर नेपालमा विभिन्न पार्टी, संघ, संस्था र नेपाल सरकारले विभेद तथा छुवाछुत सम्वन्धि नियम कानुन, ठुलठुला योजना तथा ५ तारे होटलमा परिवर्तन र न्युनिकरणको प्रगति , सेमिनार, चर्चा आजको मुसहरलगायत सम्पूर्ण दलितको अवस्थालाई विश्लेषण गर्दा ढोक्सला मात्र भएको भन्नुपर्दा अनुयुतm नहोला ।
विश्वमा श्र्रम गर्नेहरुले उचित मानसम्मान तथा उचित ज्याला प्राप्त गर्दै आईरहेको सन्दर्भमा खास गरेर एशिया र दक्षिण एशिया ठ्याकै उल्टो परिपाटी छ । जस्तैं ः खेतमा बाली लगाउने देखि लिएर वाली काट्ने थन्काउँने सम्मको कार्य गरिब मजदुरले गर्छ तर त्यसैको घरमा अन्न हुँदैन् । जुत्ता बनाउने तथा सिउने काम मजदुरले गर्छ तर त्यसैको खुट्टा नांगो हुन्छ । सिरक तकिया मजदुरले सिउछन् तर त्यसैले सिरक तकिया प्रयोग गर्न पाउँदैन । ठुलठुला पक्की घर मजदुरले बनाउंछ तर त्यही व्यक्ति पक्की घरमा कहिले पनि सुत्न पाउंदैन् । होस्पिटल गरिबले बनाउँछ ।तर त्यसैले ईलाज गराउन पाउँदैन् । विद्यालयको निर्माण गरिब मजदुरले गर्छ ।तर त्यसैको छोराछोरी स्कूल पढनवाट बंन्चित हुन्छ । लुगा सिउने काम गरिब मजदुरले गर्छ तर त्यसैको जिउ नांगो हुन्छ । नेपालभरीमा कृषि योग्य जमीनको खनजोत तथा तयारी गरिब मजदुरले गरेका थिए तर त्यहि व्यक्तिहरु आज सुकुमवासी भएर कष्टकर जीवन विताउंन बाध्य छन् । भैंसी, गाई पालन गरिब मजदुर मmोपरीवालाले गरेकोछ तर दुध,घ्यू,मखन महलवालाले खाईरहेको हुन्छ । अरुको परिचय निमार्ण गर्छन् तर आफ्नो परिचयगुमाउंदै जान्छन् । दलितलाई पैदाईसी अछुत बनाएको छ ।

नेपालमा विभिन्न पार्टी, संघ, संस्था र नेपाल सरकारले विभेद तथा छुवाछुत सम्वन्धि नियम कानुन, ठुलठुला योजना तथा ५ तारे होटलमा परिवर्तन र न्युनिकरणको प्रगति , सेमिनार, चर्चा आजको मुसहरलगायत सम्पूर्ण दलितको अवस्थालाई विश्लेषण गर्दा ढोक्सला मात्र भएको भन्नुपर्दा अनुयुतm नहोला ।

विभिन्न जिल्लामा रहेका मुसहर समुदायका दशा दिशा र अवस्था हेर्दा दुःखदायीपूर्ण रहेकोछ । जुन कुराको पुष्टि तपसिलमा उल्लेखित मुसहर समुदायका अगुवा÷नेतावाट गाउँ स्तरीय सर्वेेक्षण तथ्यांक र हाल मात्रै सर्लाही जिल्लमा वि.वि.सी.नेपालद्घारा मुसहर समुदायका अवस्था वारे घरदैलो कार्यक्रम भई प्रसारण भएका साझा सवाल मार्फत स्पष्ट हुन आउँछ ।
मसहर समुदाय ९५∞ सकुमवासी छन् । यस समुदायमा ३ ∞ मात्र साक्षर छन् । यस समुदायका १ जाना मात्र स्थायी अधिकृत कर्मचारी छन् । जो वन विभाग अन्तरगत कार्यरत छन् । यस समुदायवाट हालसम्म १ जाना एम.वि.वि.एस.(डाक्टर) कोर्स सिद्धयाएर सिरहा अस्पतालमा कार्यरत र १ जाना एम.वि.वि.एस.फाईनल बर्षमा अध्ययनरत । यस समुदायवाट हाल सम्म ४ जाना मात्र स्तानात्तोर (मास्टर डिग्री) पास गरेकोछ । यस समुदायका ४ जाना महिला मात्र स्टाप नर्स पास गरेकी छिन् । तर हाल सम्म स्थायी नोकरी पाउन सकेको छैन् । सबै जना लोकसेवामा उत्तिर्ण हुनवाट बञ्चित छन् । यस समुदायवाट पहिलो चोटी महिला विधार्थी सिरहा जिल्लाको सुनिता कुमारी सदा आई.एस.सी.(क्ष्।कअ।) मा अध्ययनरत छिन् वहांले ईन्जिनियर बन्ने अठोट गरेकी छिन् । यस समुदायका एक जना व्यक्ति पनि हाल सम्म गा.वि.स.को अध्यक्ष हुन सकेको छैन् । यस समुदायवाट एक जना पनि प्रतिनिधि सभामा छनौट भएको छैन्न । यस समुदायको एक जना पनि महिला कमचारी छैन् । यस समुदायका महिलाहरुको साक्षर दर १∞ भन्दा पनि कम छ । यस समुदायका एक जाना पनि होटल व्यवसाय गरेको पाउँदैन किन भन्ने मुसहरको पानी चल्दैन् , छुवाछुतले गर्दा होटल खोल्नवाट बञ्चित हुनु परेको छ । तर बिडम्वना रगत र श्र्रम चल्छ । यस समुदायका नेपालभरीमा ५ जनाका मात्र पक्की घर छ । त्यो पनि २,३ कोठाको मात्र । यस समुदायको ९९ ∞ को घरमा ढोका हुँदैन् । यस समुदायमा ८० ∞ व्यक्तिहरुले नागरिकता पाएको छैन् । यस समुदायका ९० ∞ व्यक्तिहरुले बृद्घा भक्ता पाउँनवाट बञ्चित छन् । यस समुदायका ९५ ∞ व्यक्तिहरुले आफ्नो उमेर बताउन सक्दैन् किनभने अनपढ भएको कारण जन्म दिन टिपोट गर्ने कोहि हुँदैन् । यस समुदायका ९९ ∞ को घरमा टि.भी.छैन् । यस समुदायका ९९ ∞ को घरमा चर्पी छैन् ।

नेपालका सरकारी, गैरसरकारी निकायका प्रमुख, योजना निकाय, राजनीतिक दलहरु, नागरिक सामाज, बौद्घिकवर्ग, संचारकर्मी तथा सर्वसधारण जनताहरुले आ–आफ्नो ठाउँवाट साकारात्मक कदम मुसहर समुदायका लागि चालिदिनुपर्छ ।

यस समुदायका ९९ ∞ व्यक्तिहरुले दिशा पश्चात साबुनले हात धुदैन् । किनभने आर्थिक अभाव तथा जनचेतना समेतको कमी । यस समुदायका ९० ∞ व्यक्तिहरुले खाना खानुका साथ साथै खाजा चिया पनि खानु पर्छ भनि थाहै छैन् । यस समुदायका ९५ ∞ व्यक्तिहरु कुपोषणका शिकारको चपेटामा परेका छन । यस समुदायका ९५ ∞ व्यक्तिहरु स्वास्थ्य सेवावाट बञ्चित छन् । यस समुदायका ९९ ∞ महिलाहरु बच्चाको जन्म घरमै दिन छन् । ९० ∞ महिला र केटाकेटीलाई कुनै किसिमको टिका लगाउँदैन । यस समुदायका ९९ ∞ व्यक्तिहरुका घरमा ओडने सिरक हुँदैन् । यस समुदायका ९५ ∞ केटाकेटीहरु नांङ्गै हुन्छन् । यस समुदायका ९९ ∞ को घरमा सत्ने खाट हुँदैन् । भूँईमा नै सुत्ने गर्छ । यस समुदायका ९० ∞ व्यक्तिहरु रक्सी सेवन गर्छन् किनभने मुसहरीहरुको बस्ती÷ टोल टोलमा साहु तथा बनियांहरुले रक्सीको पसल खोली अबैध धन्दा गर्दै आएको छ । यस समुदायका ९९ ∞ को घरमा पंखा हुँदैन् । यस समुदायका ९९ ∞ को घरमा विजुली जडान भएको छैन् किनभने पूर्णरुपले सुकुमवासी भएको हुंदा ।
यि उपरोक्त जल्दो बल्दो तथ्यांकवाट मुसहर समुदायको अवस्थामाथि प्रकाश पार्न अब के नै बांकी रहियो र । मनुष्यको मौलिक अधिकारको सन्दर्भमा राज्यले यस समुदायमाथि गरेको वि भेद तथा मौलिक अन्याय प्रति कम्तिमा पनि सरकारको ध्यार्न जानुपर्छ । राज्यका जिम्मेवार निकायहरुले यस समुदायका सान्दर्भिक आवाज सम्वन्धित निकाय समक्ष उठाउने पर्ने हो कि होइन् ? राज्यका प्रत्येक समुदायका जबसम्म चौतर्फी विकास हँुदैन तबसम्म राज्य अविकसित नै कहलाउँछ । नेपालका सरकारी, गैरसरकारी निकायका प्रमुख, योजना निकाय, राजनीतिक दलहरु, नागरिक सामाज, बौद्घिकवर्ग, संचारकर्मी तथा सर्वसधारण जनताहरुले आ–आफ्नो ठाउँवाट साकारात्मक कदम मुसहर समुदायका लागि चालिदिनुपर्छ ।

लेखक नेपाल राष्ट्रिय मुसहर संघका अध्यक्ष हुनुहुन्छ ।


प्रकाशित | ८ भाद्र २०७५, शुक्रबार ००:०२

Leave a Reply

Your email address will not be published. Required fields are marked *