‘नथिया’, ‘ऐलानी’ र ‘पण्डित बाजेको लौरी’मा हाम्रो विरोध किन ?

केशव नेपाली /सुकलाल नेपाली

बादी समुदाय सीप र कलाका धनी हुदाहुँदै पनि आर्थिक, सामाजिक, साँस्कृतिक, राजनितिक लगायत सबै पक्षबाट पछाडी पारिएको दलित भित्रको पनि दलित समुदाय हो । यस समुदायको धर्म,संस्कृति, मुल्य मान्यता अन्य समुदाय सरह नै रहेता पनि भाषा र संस्कृति नेपाली नै हो भने बोलीमा कही कतै आप्mनै मातृ भाषा पनि बोलिने गरिन्छ । बादी समुदायको परम्परागत पेशा भनेको नाचगान गर्ने, बाद्यवादनका समाग्री (मादल, ढोल र तबला आदी) बनाउने तथा बिक्री वितरण गर्नेे, जाल बुन्ने, माछा मार्ने, सुल्पा, चिलिम र टरिया बनाउने रहेको छ । यो समुदाय खास गरी नदी किनार, खोला छेउ र ओडारमा बसी धुमन्ते जीवनयापन गर्दथ्यो र हाल अल्पसंख्यक सिमान्तकृत समुदायको रहेको रुपमा परिचित छ ।

नेपालको बाइसे चौबिसे राजाहरुको शासन काल र १०४ बर्षको राणा कालीन ब्यवस्था देखि नै यो समुदायले राजा रजौटाहरुलाई चाड पर्व भोजमा नाच गान गरी शुभ साइत जुराउने र मनोरञ्जन दिने .पेशा गरेको पाईन्छ । यसरी गरीमामय पेशा गर्दै आएको अवस्थामा निरिह बादी समुदायका केहि परिवारका अविवाहित यूवतीहरु तत्कालिन राजा रजौटा, मुखिया, जिम्मुवालवाट यौन शोषणमा पर्न गई तिनीहरुवाट रखेलको रुपमा राखि उनीहरुलाई यौन मनोरन्जनको साधनको रुपमा प्रयोग गरेको पाईन्छ साथै सामाजिक, साँस्कृतिक र धार्मिक मूल्य र मान्यताका आधारमा जात जान्छ भनि कथित राजा रजौटाले उनीहरुलाई त्यसै छोडी अलपत्र पार्ने र केहीलाई रखेलको रुपमा राख्ने गरेको इतिहास पाईन्छ । यसरी नै परम्परागत रुपमा यौन शोषणमा पर्दै आएका कारण बाध्यताबस बादी समुदायका केहि परिवारका केही अविवाहित यूवती तथा महिलाहरुले यौन पेशालाई अंगालेको पाईन्छ तर यसरी केहि परिवारले मात्र अंगालेको बाध्यात्मक यौन पेशाका कारण समग्र वादी समुदाय नै यौन पेशा गर्ने समुदायको रुपमा कलंकित हुन पुग्यो र नेपाली समाजमा बादी बदेनीकोे रुपमा परिभाषित भयो र समग्र बादी समुदायमा यसको नकारात्मक प्रभाव पर्न गएको अवस्था छ । विभिन्न अध्ययन र नेपाल सरकारको आधिकारिक अध्ययन टोलीको प्र्तिवेदनलाई हेर्दा यस समुदायका ६५ परिवारका अविवाहित यूवतीहरु मात्र यस पेशामा संलग्न भएको पाईन्छ । र वांकि ९४५ वादी परिवार अहिले पनि विभिन्न सम्मानित पेशामा संलग्न भएको पाईन्छ ।

जातीय भेदभाव तथा छुवाछुत(कसूर र सजाय) ऐन २०६८ को धारा ४(१२) कसैले श्रव्यदृश्य सामग्री, लेख, रचना, चित्र, आकार, कार्टुन, पोस्टर, पुस्तक वा साहित्यको प्रशारण, प्रकाशन वा प्रदर्शन गरेर वा अन्य कुनै तरिकाले कुनै जात, जाति वा उत्पत्तिका व्यक्तिको उच निच दर्शाउने, जात, जातिका आधारमा हुने सामाजिक विभेदलाई न्यायोचित ठह¥याउने वा जातीय सर्वोच्चता वा घृणामा आधारित विचारको प्रचार प्रसार गर्ने, अपमानजनक शब्दको प्रयोग गर्ने वा आचरण, हाउभाउ वा व्यवहारबाट त्यस्तो सङ्केत गर्ने वा जातीय विभेदलाई कुनै पनि किसिमले अभिवृद्धि गर्ने किसिमबाट उक्साउन वा दुरुत्साहन गर्न वा गराउन हुँदैन ।

 

यस प्रकारको कलंक र नकारात्मक प्रभाववाट छुटकारा पाई सम्मानित जीवन यापनका लागि स्वयम बादी समुदायवाट विभिन्न किसिमका प्रयासहरु गरीएकोछ । बादी समुदायले आफ्नो अधिकार प्राप्तीका लागि २०६४ साल श्रावन ३१ गते देखि ४८ दिन सम्म आन्दोलन गरी २०६४ असोज २८ गते नेपाल सरकार र बादी समुदाएका बिच वार्ता सम्झौता भई नेपालसरकारवाट वादी समुदायको आत्म सम्मानमा ठेस लाग्ने शब्दहरु भाड, वदेनी, पातर रण्डी,वेश्या आदि शब्दहरुको प्रयोगमा रोक लगाएको र कहि कतै यस किसिमका शब्दहरुको प्रयोग गरेको पाईएमा कानूनी कार्यवाही हुने व्यवस्था गरीएको छ । साथै यसै समुदायको संघर्ष र वादी अध्ययन कार्यदलको सिफारीसमा नेपाल सरकारले बादी समुदायमा रहेको यौन शोषण लाई २०६५ साल पौष २३ गतेका दिन अन्त्य भएको घोषण गरेको छ र सोही दिन देखि बादी समुदाय यौन शोषण रहित समुदायको रुपमा प्रतिस्थापित भएको जानकारी गराउन चहान्छौ । साथै मिति २०६५ साल जेष्ठ २१ गतेका दिन नेपाललाई नै जातीय भेदभाव तथा छुवाछुत मुक्त राष्ट्र घोषण गरिएकोछ । त्यसैगरी मुलुकी ऐन २०२० अदलको महल १० क मा कसैले कसैलाई धर्म, वर्ण वा कामको आधारमा छुवाछुत, भेदभावपूर्ण व्यवहार वा वहिष्कार वा निशेध गर्न नपाउने व्यवस्था गरको छ । यसैलाई आत्मसाथ गर्न वादी समुदायले आत्मसम्मान सहित वाँचन पाउँ भनि २०६० साल वैशाख ९ गते सर्वाेच्च अदालतमा मुद्धा दायर गरिएपछि वादी समुदायलाई सम्मान पूर्वक वाँच्न र यो देशको नागरिकको हक प्राप्त गर्नको लागि २०६२ साल भाद्र ३० गते सम्मानीत सर्वाेच्च अदालतबाट निर्देशनात्मक परमादेश जारी भई सम्मान प्रदान गरिएको थियो । साथै जातीय भेदभाव तथा छुवाछुत(कसूर र सजाय) ऐन २०६८ को धारा ४(१२) कसैले श्रव्यदृश्य सामग्री, लेख, रचना, चित्र, आकार, कार्टुन, पोस्टर, पुस्तक वा साहित्यको प्रशारण, प्रकाशन वा प्रदर्शन गरेर वा अन्य कुनै तरिकाले कुनै जात, जाति वा उत्पत्तिका व्यक्तिको उच निच दर्शाउने, जात, जातिका आधारमा हुने सामाजिक विभेदलाई न्यायोचित ठह¥याउने वा जातीय सर्वोच्चता वा घृणामा आधारित विचारको प्रचार प्रसार गर्ने, अपमानजनक शब्दको प्रयोग गर्ने वा आचरण, हाउभाउ वा व्यवहारबाट त्यस्तो सङ्केत गर्ने वा जातीय विभेदलाई कुनै पनि किसिमले अभिवृद्धि गर्ने किसिमबाट उक्साउन वा दुरुत्साहन गर्न वा गराउन हुँदैन ।

नेपालको संविधान २०७२ को भाग ३ मौलिक हक र कर्तव्यमा भएको व्यवस्थाः

धारा १६(१) सम्मान पूर्वक वाँचन पाउने हक अन्र्तगत प्रत्येक व्यक्तिलाई सममान पूर्वक वाँच पाउने हक हुने छ ।
धारा १७ २ (च) को (१) स्वतन्त्रताको हकमा विभिन्न जात जाति धर्म सम्प्रदायवीचको सुसम्ब्न्धमा खलल पर्ने जातीय भेदभाव वा छुवाछुतलाई दुत्साहन गर्ने श्रम प्रति अभिहेलना गर्ने गाली विइजती गर्ने स्वतन्त्रता हुने छैन ।
धारा १८ समनताको हक उपधारा १ मा सवै नागरिक कानूनको दृष्टीमा समान हुने छन कसैलाई पनि कानूनको समान संरक्षणबाट वञ्चित गरिने छैन ।
उपधारा २) सामान्य कानूनको प्रयोगमा उत्पति, धर्मा, वर्ण, जात जाती लिङ्ग, शारीरिक अवस्था, अपागता, स्वास्थ्य स्थिति, वैवाहिक स्थिति,गर्भावस्था, आर्थिक अवस्था, भाषा वा क्षेत्र, वैचारिक आस्था वा यस्तै अन्य कुनै आधारमा भेदभाव गरिने छ्रैन ।
धारा १९ संचारको हक उपधारा १,२ र ३ मा भएको व्यवस्था आकर्षीत हुने देखिन्छ ।

धारा ३८ महिलाको हक उपधारा ३ महिला विरुद्ध धार्मिक सामजिक सास्कृतिक परम्परा प्रचलन वा अन्य कुनै आधारमा शारिरीक मानसिक यौनजन्य मनोवैज्ञिानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन । तर त्यस्तो कार्य कानून वमोजिम दण्डणीय हुने छ र पीडितलाई कानून वमोजिम क्षतिपूर्ति पाउने हक हुने छ ।

धारा २४) (३) छुवाछुत तथा जातीय भेदभाव विरुद्धको हक भएको व्यवस्था अकर्षीत हुने देखिन्छ । उत्पती जात जाती वा शारिरीक अवस्था आधारमा कुनै व्यक्ति वा समुदायलाई उच वा निच दर्शाउने जात जाती वा छुवाछुतको आधारमा समाजिक भेदभावलाई न्यायोचित ठान्ने वा छुवाछुत वा जातीय उच्चता वा घृणमा आधरित विचारको प्रचार प्रसार गर्न वा जातीय विभेदलाई कुनै पनि किसिमले प्रोत्साहन गर्न पाईने छैन ।

यस धाराको प्रतिकुल हुने गरि भएका सवै प्रकारका छुवाछुत तथा भेदभावजन्य कार्य गम्भिर समाजिक अपराधका रुपमा कानून वमोजिम दण्डणीय हुने छन र त्यस्तो कार्यबाट पीडित व्यक्तिलाई कानून वमोजिम क्षतिपूर्ति पाउने हक हुने छ ।
धारा ३८ महिलाको हक उपधारा ३ महिला विरुद्ध धार्मिक सामजिक सास्कृतिक परम्परा प्रचलन वा अन्य कुनै आधारमा शारिरीक मानसिक यौनजन्य मनोवैज्ञिानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन । तर त्यस्तो कार्य कानून वमोजिम दण्डणीय हुने छ र पीडितलाई कानून वमोजिम क्षतिपूर्ति पाउने हक हुने छ ।
उल्लेखित संवैधानिक र कानूनी व्यवस्थालाई व्यवास्ता गरी विगतमा भएको यस समुदायका केहि परिवारमा देखिएको यौन शोषणलाई आधार बनाई केहि निर्माता, निर्देशक साहित्यकार, लेखकहरुले चलचित्र बनाउने , विभिन्न कथा उपन्यास लेखि पूनः बादी जाति प्रति लान्छाना, भेदभाव र शोषन गरेको पाइएकोछ । जुन निम्नानुसार उल्लेख गरीएको छ ।

१. देशका विभिन्न चलचित्र हलमा एक साथ प्रदर्शनमा रहेको श्री थमन कुमार भण्डारीद्धारा निर्माण गरीएको “पण्डित वाजेको लौरी” नामक चलचित्रको कथा वस्तु एउटा बादी परिवारमा आधारित छ । जसमा केहि सन्देश मुलक भएता पनि समग्रमा यसमा उल्लेखित केहि शव्दहरु, अनि प्रक्रिया जस्तै कान्छा वादीको भूमिकामा रहेका पात्र माछा मार्ने र मादल बनाउने मात्र नभई आपm्नै श्रीमतिलाई यौन पेशामा लगाउने , ग्राहक आफैले खोज्ने र त्यसको कमाईबाट जिविकोपार्जन गर्ने गरिएको देखाईएको छ । जुन कपोकल्पित छ र श्रीमान वाट कहिल्यै पनि त्यस प्रकारका व्यवहार, क्रियाक्लाप कहि कतै र कहिल्यै पनि भएको छैन त्यसै गरी कान्छा वादीको श्रीमतिको रुपमा रहेकी मन्दिरा बदेनीको भूमिका रहेकि पात्रले विवाहित वादी महिलाले यौन व्यवसाय गरेको देखाइएको छ । जुन कुरा कहि कतै र कहिल्यै पनि नभएकोले वादी महिलाको अस्मिता माथि ठूलो आच पुगेकोछ र यस चलचित्रमा वदेनी जस्ता अपशव्दहरु पटक पटक प्रयोग भएको छ साथै यसमा बादी प्रथा भनिएकोले यो बादी प्रथा नभई बादी समुदाय माथिको यौन शोषण हो र यस चलचित्रले समाजमा जुन वादी समुदायमा लागेको कलंक ,लान्छाना र भेदभावलाई यसले झन झन वढावा दिई समाजमा नकारात्मक प्रभाव पारेको छ साथै भविष्यमा यसले ठूलो रुप लिने सम्भावना देखिन्छ र यस समुदायका महिला पुरुष पूनः लान्छाना भेदभावमा पर्ने र यस समाजमा उत्साहित भई रचनात्मक कार्य गर्नबाट बन्चित हुने सम्भावना देखिन्छ ।

२. यसै गरी सरस्वती प्रतिक्षाद्धारा लेखिएको नथिया नामको उपन्यासमा वादी समुदायका केहि महिलाहरु जुन यौन शोषणमा प्रत्यक्ष सहभागी थिए उनीहरुलाई र उनीहरुको जिवन कथालाई आधार बनाई लेखिएको छ । जसले समुदायमा सचेतना गर्ने र केहि संदेश दिने कोशिश गरिएता पनि ,नेपाल सरकारबाबाट बन्देज गरेका समग्र यस समुदायलाई प्रत्यक्ष ठेश लाग्ने, लान्छाना ,भेदभाव देखिने शव्दहरुको प्रयोग भएको र समग्र समुदायलाई प्रतिकूल असर हुने खालका शव्दहरु जस्तै बदेनी,पातर,रण्डी,रखेल जस्ता शव्दहरु तथा प्रक्रियाहरु उपन्यासमा प्रयोग भएको छ । जसले समग्र वादी समुदायलाई प्रत्यक्ष प्रभाव पार्ने र समाजमा पूनः अपमानित भई जीवन जिउन वाध्य हुने अवस्था देखिन्छ ।

३. यसरी नै विवेक ओझाद्धारा लेखिएको उपन्यास “ऐनाली” मा पनि कानुनद्धारा ब्रजित गरिएको बदेनी,पातर,रण्डी,रखेल जस्ता शव्दहरु प्रयोग भएको र एउटा वादी महिलाको जीवनलाई ऐलानी जमिनसँग जोडी जसले पनि उपभोग गर्ने प्रयोग गर्ने जस्तो गलत प्रक्रिया र संदेश प्रवाह गरिएको छ । समाजमा आत्मसम्मानमा ठेस लाग्ने र जसको नकारात्मक प्रभावले समाजमा यस समुदायका महिलाको अस्मितामाथि आँच पुग्न गई भावी पिढिमा नकारात्मक मनोसामाजिक असर पर्ने देखिन्छ ।
यसप्रकारका विभिन्न चलचित्र, कथा, उपन्यास लेख प्रदर्शन, प्रकाशन गरी समग्र वादी समुदायलाई प्रत्यक्ष रुपमा नकारात्मक प्रभाव पारी विभेद,लान्छाना, शोषण समाजिक अपराध गरेको पाइएकोले यस समुदाय विपरित हुने कार्यको समग्र वादी समुदायले घोर भर्तसना गर्दछ साथै यस किसिमको जघन्य सामजिक अपराधपूर्ण कार्यको सम्बन्धित निकाय तथा सम्पूर्ण सरोकार राख्ने न्याय प्रेमी आम नेपाली समुदायको निम्न कुरामा ध्यानाकर्षण गर्दछौ ।

चलचित्र निर्माता थमन कुमार भण्डारी ज्यू ले यस जातिको संवेदनशिलतालाई हेरी चलचित्र प्रदर्शन यथाशिघ्र स्थगित गर्न र नथिया लेखक सरस्वती प्रतिक्षा ज्यू तथा ऐलानी लेखक विवेक ओझा ज्यू लाई कथा तथा उपन्यासमा उल्लेख भएका वादी समुदायलाई प्रत्यक्ष ठेस पुग्ने शव्दहरु यथाशिघ्र शंशोधन गरी अर्को सस्करण प्रकाशित गर्न र सार्जजनिकरुपमा निजहरु थमन कुमार भण्डारी, सरस्वती प्रतिक्षा र विवेक ओझाले आत्मआलोचनाका साथ माफी माग्न जोडदार माग गर्दछौ । हाम्रो मागलाई व्यवास्ता गरेमा नेपालको संविधान २०७२ को धारा १९को संचारको हकको उपधारा १,२,३, धारा २१ को उपधारा २, धारा २४ को उपधारा ५ र धारा ३८ को उपधारा ३ अनुसार कार्यवाहीको माग गर्दछौ ।
अन्त्यमा हाम्रा मागहरु प्रति व्यवास्ता गरेमा संवैधानिक तथा न्यायीक उपचारको अभियानलाई अगाडी वढाईने छ र यस अभियान प्रति सराकार राख्ने न्याय प्रेमी आम नेपाली समुदाय तथा अधिकार कर्मि अभियान्त ज्यूहरुलाई ऐक्यवद्धता गर्न हार्दिक आव्हान तथा अनुरोध गर्दछौ ।

 

लेखक राष्ट्रिय वादी परिषद्का अध्यक्ष र महासचिव हुनुहुन्छ ।


प्रकाशित | २१ श्रावण २०७५, सोमबार २१:२६

Leave a Reply

Your email address will not be published. Required fields are marked *

 

 

')