प्रधानमन्त्रीलाई खुला पत्र

प्रधानमन्त्री ज्यू नमस्कार !
बागलुङको दुर्गम धम्जाको सानो मुखले ठूलो कुरा ग¥यो भनी नकड्कीनु होला । आज मलाई भित्रैदेखि एउटा बिन्ती विसाउन मन लागेको छ ।

म पनि त कुनै दिन सुकुम्वासी थिएँ नी भनेर एक पटक पढिदिनुहोला । तपाई प्रधानमन्त्री हुँदा मेनस्ट्रिम दैनिकहरु यही हेडलाईनले रंगीएका थिए, ‘सुकुम्बासीदेखि प्रधानमन्त्रीसम्म’ । जतिबेला तपाई सुकुम्बासी हुनुहुन्थ्यो त्यतिबेला पक्कै पनि अनुभुत गर्नुभएको थियो होला की भूईमान्छेका पीडा पनि कति भएङकर हुन्छन् भनेर । तपाई जत्तिको प्रधानमन्त्रीसँग यति त आशा राख्न मिल्छ होला नी, ‘खोला तरेपछि लौरो पक्कै विर्सनुहुन्न । ’

हुन त आज मैले यो पत्र लेख्ने आँट गर्नु पनि तपाईहरुकै योगदान हो । तपाईहरु अर्थात नेपाललाई गणतन्त्रको मोडालिटीमा ल्याउँदा सम्म जजसले रगत, पसिना वा आफैलाई बगाए । राणा शासन कालमा हुन्थे भने मेरा हात काटिन्थे होला । शाहीकालमा पनि त्यस्तो वातावरण कहाँ थियो र ? राजाले प्रजा सधैं माथि त भन्थे तर प्रजालाई कहिल्यै माथि उठ्न दिदैनथे । अहिले पनि प्रजा त तलको तलै छन् । यत्ति हो कम्तिमा बोल्न पाएका छन्, निराशा पोखेर आफुलाई हलुका बनाउने अवसरको सदुपयोग गरेका छन् ।

हो मैले पनि यही अवसरको सदुपयोग गर्दैछु । यो सदुपयोगका लागि पनि मेरा केही आधारहरु छन् । तपाई इतिहासकै शक्तिशाली प्रधानमन्त्री । उर्जाशील प्रधानमन्त्रीको रुपमा छाप छोड्नुभएको छ । आखिर आशा गरेकालाई नै त हो नी गुनासो पोख्ने, केही आशा राख्दै ।

प्रसंग गाँस, बास, कपास, शिक्षा, स्वास्थ्यबाट शुरु गर्छु । जसलाई आधारभुत आवश्यकता भनेर वर्षौदेखि रट्दै आइएको छ । तर आधारभूत आवश्यकता नै म जस्ता बहुसंख्यक नेपालीलाई फलामको चिउरा बनेको छ, प्रधानमन्त्री ज्यू !

राणा शासन कालमा हुन्थे भने मेरा हात काटिन्थे होला । शाहीकालमा पनि त्यस्तो वातावरण कहाँ थियो र ? राजाले प्रजा सधैं माथि त भन्थे तर प्रजालाई कहिल्यै माथि उठ्न दिदैनथे । अहिले पनि प्रजा त तलको तलै छन् । यत्ति हो कम्तिमा बोल्न पाएका छन्, निराशा पोखेर आफुलाई हलुका बनाउने अवसरको सदुपयोग गरेका छन् ।

 

अहिले म दुर्गमको कुरा गरिनँ । काठमाडौंमै घुम्न मन लाग्यो । एक जना मेरा साथी हुनुहुन्छ । जागिरले उनलाई ३५–४० हजार तलव दिन्छ । उहाँको एक जना ६ वर्षकी छोरी हुनुहुन्छ, निकै माया लाग्दी । भर्खर दुई कक्षामा पुग्नुभएको छ, छोरी । एक कक्षा त टप पनि गर्नु भएछ । तर तीन महिनादेखि उहाँ छोरीको भर्नाको टेन्सनले मसँग निचोरिएको कागती जस्तो मुख देखाउन आउनुहुन्छ । भर्नाको मात्र ३५ हजार रुपैयाँ । तलव नपाएको दुई महिना भो । केही दिनमा आउँछ होला, त्यसले त खान पनि पुग्दैन । छाक काटेर भए पनि पहिला भर्ना गरिदिनुपर्छ । त्यसअघि उहाँ मासिक र इग्जाम फिको तनावमा हुनुहुन्थ्यो ।

दिन प्रतिदिन स्कुल, कलेजका फि बढ्दैछन् । प्रतिव्यक्ति आयले महंगीलाई धान्दैन । अवको दिनमा झन् त्यस्ता साथीहरुले कसरी पढाउन सक्छन् आफ्नो छोरीलाई र कसरी पढ्न सक्छ त्यस्तो छोरा र छोरीहरुले सृजनशिल बनेर ? न राज्यले फि तिर्न सक्ने रोजगाारीको वातावरण सृजना गर्न सक्छ, न त शिक्षालाई निशुल्क बनाउँछ । त्यसै चार लाख बालबालिका विद्यालय बाहिर भएका होइनन् । धेरै नेपालीको पहुँचबाट फुत्कीसकेको छ गुणस्तरीय शिक्षा प्रधानमन्त्री ज्यू !

सुन्न त सम्पन्नशीलका थुप्रै सुत्रहरु सुनिन थालेको छ देशमा । देशले संघिय गणतान्त्रिक संविधान पनि पाइसक्यो । बडो उत्साहजनक भाषणले मिडिया भरिएको छ । यो देशको भविष्यप्रति साच्चीकै आशाबादी हुनुपर्ने हो । तर जव म रातपरेपछि ओछ्यानमा ढल्केर देश र आफुलाई सम्झन्छु, धुरुधुरु रुन मन लाग्छ । अहिले त सानोतिनो जागिर छ । एक्लो ज्यानलाई धान्न पुगेकै छ । तर शहरमा यत्रो प्रदुषण छ । तरकारीमा विषादी छ, जंकफुडका प्याकेट मात्र झुण्डीएका छन्, राशन कम रक्सी, चुरोट बढी बिक्छ । श्वास होइन प्रदुषण फेरिरहेछ फोक्सोले । कुन दिन म ढल्छु पत्तो छैन या भनौँ देशले कुन दिन ढलाउँछ एकिन छैन । यदि मलाई भोलि कुनै गम्भीर रोग लाग्यो भने के ले उपचार गर्ने ? उपचारको लागि त पैसाको खोलो पो बगाउनुपर्छ त । जव गम्भीर रोग लाग्छ मसँग चुपचाप मर्नुको विकल्प रहदैन प्रधानमन्त्री ज्यू । कैयौ अस्पतालमा हरिविजोग छ नेपाली नागरिकता धारीहरुको । चुपचाप लास बनिरहेछन् । घरबाट ल्याएको झिटिझाम्टोले नपुगेपछि ज्यूँदो मान्छेलाई पोको पारेर घर फर्काउछन् अनि दुई चार दिनमा मलामी जान्छन् । त्यसैले, हत्याराको नागरिक पो रहेछु भनेर रुन मन लग्छ । अनि यसरी आँशुलाई पोको पारेर प्रधानमन्त्रीलाई पढाउन विवश छु । तर, सरकार भन्छ स्वास्थ्य आधारभुत आवश्यकता ।

अवको दिनमा झन् त्यस्ता साथीहरुले कसरी पढाउन सक्छन् आफ्नो छोरीलाई र कसरी पढ्न सक्छ त्यस्तो छोरा र छोरीहरुले सृजनशिल बनेर ? न राज्यले फि तिर्न सक्ने रोजगाारीको वातावरण सृजना गर्न सक्छ, न त शिक्षालाई निशुल्क बनाउँछ । त्यसै चार लाख बालबालिका विद्यालय बाहिर भएका होइनन् । धेरै नेपालीको पहुँचबाट फुत्कीसकेको छ गुणस्तरीय शिक्षा प्रधानमन्त्री ज्यू !

 

तपाई त पटक पटक उपचारका लागि थाइल्याण्ड गइराख्नुुहुन्छ । अरु नेताहरुको पनि त्यतै त्यतै लर्को लाग्छ । तपाईहरुको ज्यान ,हाड , छाला र गिदीको, हाम्रो चाही फलामको त होइन होला नी प्रधानमन्त्री ज्यू । थाइल्याण्डका जस्ता हस्पिटल यही बनाएर हामी सबैले सँगै उपचार गर्न मिल्दैन र ?

अब कुरा गरौँ डेरा र पानीको । मेलम्चीको कथा सुनेको २० वर्ष बढी भयो । स्कुल पढ्दा घोकेर परिक्षामा लेख्नुपथ्र्यो । प्रचण्डले पोहोर सालकै दशैँमा मेलम्चीको पानी खुवाउने भन्दै हुनुहन्थ्यो । घरबाट ल्याएको झिटिझाम्टोले नपुगेपछि ज्यूदो मान्छेलाई पोको पारेर घर फर्काउछन् अनि दुई चार दिनमा मलामी जान्छन् । त्यसैले, हत्याराको नागरिक पो रहेछु भनेर रुन मन लग्छ । अनि यसरी आँशुलाई पोको पारेर प्रधानमन्त्रीलाई पढाउन विवश छु ।

एउटा घरमा म तीन वर्ष बसेँ । महिनाको शुरुमै पाँच हजार रुपैयाँ घरधनीलाई बुझाएर एक महिना बुक गरिरहन्थे । राती १२ बजेपछि पानी आउथ्यो । त्यो पनि दुई घण्टासम्म आए त के कानै । ड्याङ्ग ढोका हान्थे । आँखा मिच्दै जराकजुरुक उठ्थ्यौँ । चार वटा फल्याट थियो । एउटा फ्ल्याटमा चार कोठा । बढीमा तीन जार पानी थाप्न पाए त भाग्यमानी । कहिलेकाँही त ठूलै झगडा पथ्र्यौ, पालो मिचेको नाउँमा । म नहुँदा कुटाकुट नै भयो अरे भन्ने सुन्थेँ ।

त्यो पानीले ट्वाइलेट जान पुग्दैनथ्यो । थुप्रै पटक पसलमा किनेको जारको पानी निलो बकेटको पीढमा राखेर ट्वाइलेटको ढोको छिरेको छु । अब नुहाउने र कपडा धुने कुरा त परको भइहाल्यो ।

मलाई त घरी घरी लाग्छ नागरिकता धारी गैर नागरिक हुँ । यी सब तपाईका लागि साना कुरा हुन सक्छन् । तर, म जस्ता साना मान्छेको सबैभन्दा ठूलो कुरा तपाई समक्ष विसाएको छु । अरु जे जे गर्नुछ गर्नुस्, हामीलाई यो देशको नागरिक बनाउनुस्, प्रधानमन्त्री ज्यू ।

 

म जहाँ बस्थे त्यहाँबाट १५ मिनेट हिँडेपछि एउटा ढुंगेधारामा पुगिन्थ्यो । जार र कपडा लिएर साँझ पख त्यही पुगिन्थ्यो । दिउसो त खुट्टा टेक्ने ठाउँ सम्म हुन्थेन । वावा ! रातको १२ बजेसम्म पनि कति भीड ! दोस्रो वर्ष भाडा बढ्यो, पानी बढेन । समस्या कस्तो भने भाडा बढ्छ, तरकारीको भाउ बढ्छ, कपडाको भाउ बढ्छ, अहँ तलव बढ्दैन । कुन्नी व्यापार त बढ्छ की ?

अब भन्नुस् प्रधानमन्त्री ज्यू, राजधानीमा बसेर पानीको लागि यति धेरै संघर्ष गर्नुपर्छ भने एउटा नेपालीले करिअरको संघर्षबारे कहाँबाट सोच्न पाउँछ ? फोहोर शरिर बोकेर स्वच्छ विचार राख्न र देशलाई योगदान दिन साह्रै गाह्रो छ । फोहोर भन्ने वित्तिकै याद आयो । महानगरको फोहोर फ्याँक्ने गाडी कहिले आउँछ थाहा हुँदैन । हप्तामा मुस्कीलले एक पटक । किचन भरिन्छ फोहोरले, सताउन थाल्छ दुर्गन्ध र किटाणुले । अहँ आउदैन त गाडी । अस्ती भर्खर एक महिना फोहोर थुपारेर फ्याँक्नुप¥यो । अनि महिना पुग्ने वित्तिकै फोहोरको एक सय रुपैयाँ ।

एउटा सर्वसाधरणलाई अरु केही चाहिएको छैन प्रधानमन्न्त्री ज्यू । सिम्पल र सिधा छ कुरा, निशुल्क स्वास्थ्य, शिक्षा, रोजगारी र सुरक्षा । बस आफु अनुकुलको काम गर्न पाओस् र परिवारसँग खुशी साथ बसेर दुई छाक खानको टाउको दुखाउन नपरोस् । एक–एक थान नागरिकता र एमआरपी दिएर मात्र तपाईको दायित्व पुरा हुँदैन । मलाई त घरी घरी लाग्छ नागरिकता धारी गैर नागरिक हुँ । यी सब तपाईका लागि साना कुरा हुन सक्छन् । तर, म जस्ता साना मान्छेको सबैभन्दा ठूलो कुरा तपाई समक्ष विसाएको छु । अरु जे जे गर्नुछ गर्नुस्, हामीलाई यो देशको नागरिक बनाउनुस्, प्रधानमन्त्री ज्यू ।

धन्यवाद !

खड्काथोकी नयाँ पत्रिकाका सह–सम्पादक हुनुहुन्छ ।


प्रकाशित | १० श्रावण २०७५, बिहीबार १४:२४

Leave a Reply

Your email address will not be published. Required fields are marked *

 

 

')