काल पहिला कि, न्याय पहिला ?

“अस्पतालको शै¥या ठट्याउँदै ऐया ! ऐया ! ए काल लैजा म मर्दो भया” अब बाँच्दैन् । अब बाँच्दैन्, ओ ! बा मरे भनेको प्रष्ट सुनिन्छ । जिल्ला अस्पतालको विरामी राख्ने कोठा बाहिरै । सोझै अनुमान गर्न सकिन्छ कि भित्र जो कोही विरामी एकदमै नाजुक अवस्थामा छ । भित्र हेर्दा क्रिटिकल बेडमा केहि दिन अघिदेखि कुहिएको जिउँदो लास झँ पल्टिएको विरामी, नाक मुख थुनी स्याहारमा बसेका कुरुवा र उपचारार्थ खटिएका महिला स्वास्थ्यकर्मी समेतको दृश्य कहाली लाग्दो देखिन्थ्यो ।

छि ! कस्तो गन्ध आयो भनि छेउमा उभिन मिल्छ ? तपाईको त श्रीमान् हो नि अलि हात लगाएर शिर उठाउनु भन्दै एक महिला स्वास्थ्यकर्मी विरामीको कुहिएको घाउँमा पट्टी लगाउँदै कुरुवा महिलालाई भन्दै थिइन् । जीउभरी एक सरो कपडा पनि थिएन । घोप्टोपरि पल्टिएकाले मुख देखिएन्, विरामीको । पछाडि पट्टि कोखा नजिकै कुहेका फर्सीबाट निस्केका ल्यात्रा जस्तै देखिने ठूलो घाउ थियो । भालुले कोतरे जस्तो कम्मरमुनी झन् ठूलो ह्वाल परेर्भैm देखिने घाउले त झन् त्यहाँ भित्रको माहोल नै फरक भयो एक छिन त ।

यो दृश्य बाहिरी रुपमा हेर्नेहरुले सहजै अनुमान गर्ने कुरा यहि हो । कुनै मान्छेलाई नरभत्क्षी जंगली जनावरले आक्रमण गरी घाइते बनाएछ । उहाँको उपचार भइरहेको छ तर, यो अनुमान गर्नेहरु सबै गतल सावित हुनेछन् । गौमुल गाँउपालिका ४ का विसे कामीको दर्दनाक अनि विभत्स कथा सुन्नेहरु ।

एकाइसौँ शताब्दीको वर्तमान अवस्थामा जहाँ जनावरको बाँच्ने अधिकारको माग भइरहेको छ । तर, गौमुल गाँउपालिका ४ मा जसको बास बनाइ रहनुभएका थिए विसे कामी, उहाँकै स्वास समेत उडाउन उद्धत भए केही दानवीय मन भएका मानव आत्माहरु ।

फलस्वरुप जिल्ला अस्पताल मार्तडीको अन्र्तरंग विभागको क्रिटिकल वार्डमा पुग्नुभयो विसे कामी ? । बुढेस कालको साहारा भनेर जन्माएको छोराको उल्टो साहारा बनिरहेका उहाँका बुवा मागे कामी यसरी बताउनुहुन्छ विभत्स घटनाको नालिवेली ।

हाम्रो पूख्र्यौली पेसा नै हो नयाँ घर बनाउँने । पुराना घरछाना मर्मत सम्भार गर्ने । यस्तै यस्तै काममा हाम्रा दिन चलिरहेका थिए । सोही अनुरुप गौमुल गाउँपालिका वडा नं.४ कालादह स्थित माने रोकायाको घर लगाउने काम गरेका थियौँ । मेरो छोरा मिस्त्रीको रुपमा काम गर्छन् । सोही ठाउँका मनबहादुर नेपाली र मेरा छोराले मिली माने रोकायाको घर बनाएका थिए । सँधै दिनमा काम गरेर साँझ माने रोकायाकै घरमा खाना खाएर कहिले घर आउने त कहिले त्यहीँ बस्ने गर्दथ्यो, मेरो छोरो ।

मिति २०७४ साल चैत्र २ गते दिउँसो करिव ४ः०० बजेको समयमा धन बहादुर रोकायाले मार्तडीबाट गाउँ आई सुके रोकाया, भवि रोकाया र धनगीरी रोकायालाई रक्सी खुवाई आफुले पनि रक्सी सेवन गरी मेरो छोरा भएको ठाउँ माने रोकायाको घरमा आएर तिमीहरु डुम बढ्ता भएका छौ, हामीलाई मुद्दा दिएर तिमीहरुले आफ्नै काल निम्त्याएका हौ, जे जे गर्नु छ गर, तिम्रो मिति पुगिसकेको छ, अब बढी बाँच्दैनौं भनेर धम्की दिनुभएको रहेछ ।

बुबाको यो भनाइमा विसेले शै¥याबाटै सुमधुर स्वरमा यसो भन्नुभयो “पहिला हामीले गाउँ घरकै मान्छे हुन् ,रक्सी खाएको बेला जहिले पनि हामीलाई धम्की दिइरहन्छन । आज पनि हामीलाई देखेकाले धम्क्याएर भनेका होलान् भनेर सामान्य रुपमा लियौं । पछि राती खाना खाएर म घरमा अलिकति काम छ । म गैहाल्छु भोलि सबेरै आउँछु । घरकाले बोलाएका छन् भनेर हिँडेको थिएँ ।” धन बहादुर रोकाया, धनगिरी रोकाया, भवि रोकाया र सुके रोकाया समेतका मान्छेहरु अगाडि आई मलाई मार्नु पर्छ भनी योजना बनाएर बाटो कुरी बसीरहेका रहेछन् । म आफ्नै बाटोबाट ँिहड्दै गर्दा सुके रोकाया, भवि रोकाया र धनगीरी रोकाया लगाएत अन्य पहिचान खुल्न नसकेका ३ जना गरी ६ जनाको समुह आइ सर्वप्रथम भवि रोकाया, धनगीरी रोकाया र पहिचान नखुलेका अन्य ३ जनाले मलाई समातेपछि सुके रोकायाले पछाडिबाट खुकुरीले प्रहार गरी घाइते बनाए पश्चात सोही ठाउँमा म लडेँ ।

यत्तिकैमा छेउमा उभिएकी उनकी श्रीमती रिठु कामी घटनाको बारेमा थप्दै भन्नुहुन्छ “ बेलुकी घरमा बोलाएको लोग्ने नआएको र फोन पनि नउठाएपछि पछिल्लो बिहानै कालादहमा आइपुगेपछि श्रीमान घर नपुगेको थाहा भयो । आफन्तको सहयोगमा खोजी गर्दा ठाडागडाको सुक्खा खोलाको भिरालो भागको खोचमा उत्तानो पल्टेको बेहोस अवस्थामा उहाँ भेटिनुभयो ।

जिल्ला प्रहरी कार्यालयमा उजुरी पनि भयो । वेहोसी श्रीमानलाई आफन्तको सहयोगमा उपचारका लागि जिल्ला अस्पताल बाजुरामा पु¥याईयो । जिल्ला अस्पतालमा उपचार हुने सम्भव नभएपछि डाक्टरको सल्लाहले कोहलपुर मेडिकल कलेज पु¥यायाैँ । त्यहाँ पनि उपचार नभएपछि भारतको नयाँदिल्लीमा लगी उपचार गरियो । तर, हामीसंग भएको ऋण सापटको पैसा पनि सबै सकियो । उपचार पनि पुरा भएन् । घटनामा संलग्न व्यक्तिहरु र जानमान मान्छे बसेर उपचार गर्ने सर्तमा सामान्य मिलापत्र भयो । तर, मिलापत्रको कागजले मात्र उहाँको उपचारमा कुनै टेवा पुगेन । बरु, दिन प्रतिदिन मेरा पतिको अवस्था दिनानुदिन दयनीय बन्दै गयो । केश जिल्ला अदालतमा चलिरहेको छ । विपक्ष मध्येका कोही फरार छन् । कोही धरौटीमा छुटेर आफ्नै तालमा छन् तर, प्रत्येक दिन मेरा पति अस्पतालको शै¥यामा छट्पटाई छटपटाइ मरीमरी अन्तिम सास लिइरहनु भएको छ । आँशु झार्दै ‘काल पहिला आउँछ कि न्याय पहिला आउँछ ’ भनि बाटो ढुकी बसीरहेकी छु भावुक हँदै उहाँले भन्नुभयो ।

वर्षौ देखि सामाजिक विभेद, आर्थिक अभाव, थिचोमिचो , अपमानित जीवन व्यतित गरेर भए पनि बाँच्नु भएका बिसेले अन्ततः बाँच्न पाउने अधिकार समेत गुमाउन भएको छ । रगत पसिनाले सञ्चित गरेर जीवन संगिनी सहित ५ सन्तानको साहारा बन्नुभएका बिसे अहिले डुब्न लागेको घाम जस्तै जिल्ला अस्पतालको शै¥यामा हुनुहुन्छ । बाँच्ने आशा समेत मारी सकेका उहाँ र उहाँको परिवारलाई न्याय पाउने आशा जीवितै छ तर उहाँको लागि न्याय पहिला पुग्ने हो या काल थाहा छैन ।


प्रकाशित | ७ श्रावण २०७५, सोमबार १९:५३

Leave a Reply

Your email address will not be published. Required fields are marked *

 

 

')