नेपाली समाजमा गोत्र, जात र थर–व्यवस्था

नेपाली समाजमा गोत्र र थरजस्ता विषयमा अझै पनि काफी हदसम्म भ्रम र अन्यौल छ। यसो हुनमा मूलतः दुई कारणले मुख्य भूमिका खेलेको देखिन्छ। एक, नेपाली समाज एउटै सभ्यता र परम्पराको समाज होइन, बरु नेपाली समाज विश्वमा पाँच हजार वर्षभन्दा अघिदेखि विकसित भई आजसम्म आइपुगेका पाँच वटा महासभ्यताको महासङ्गम भएको समाज हो।

पहिलो– उत्तरको ह्वाङ्हो र याङ्सी नदीको मैदानमा विकसित भई तिब्बत हुँदै नेपाल प्रवेश गरेको मङ्गोल सभ्यता। दोस्रो– युरोपबाट मध्य एसियाको ककेसिया हुँदै मस्टोपुजक संस्कृतिसहित पश्चिम नेपाल आइपुगेको खस सभ्यता। तेस्रो– युरोपबाट इरान हुँदै सिन्धुघाटी प्रवेश गरी गङ्गा मैदानमा पुगेर वेदको रचना गरी नेपाल आइपुगेको वैदिक आर्य सभ्यता। चौथोँ– मोहेनजोदारो र हडप्पाजस्ता भव्य सभ्यता निर्माण गरेका द्रविड र आस्ट्रिक जातिको सभ्यतामाथि आर्यहरूको हमलापछि पराजित भएर एवम् पटकपटक लड्दै नेपाल आइपुगेको द्रविड र आस्ट्रिक सभ्यता। यी चारै वटा पाँच हजार वर्षभन्दा अघिदेखि विकसित महासभ्यता हुन्। र, पाँचौ– चौध सय वर्षअघि अरबबाट थालनी भई नेपाल आइपुगेको इस्लाम सभ्यता। यो पछिल्लो हो तर यो एउटा महासभ्यता नै हो।

नेपाली समाज यी फरक–फरक पाँच महासभ्यतासँग सम्बन्धित दर्जनौ जाति र समुदाय रहेको समाज हो। उनीहरूका आ—आफ्नै वंश परम्परा, पुर्खा सम्बन्धी मान्यता एवं विश्वास र जीवन दृष्टिकोणहरू छन्। ती विषयहरू एक आपसमा फरक छन्। एउटा जाति वा समुदायका गोत्र, थर, वंशावली वा पुर्खा सम्बन्धी दृष्टिकोणबारे अर्को जाति वा समुदायलाई ज्ञान हुँदैन वा अत्यन्तै कम ज्ञान हुन्छ। गोत्र, थर, वंश परम्पराजस्ता विषयमा एक समुदायले अर्को समुदायसँग अन्तरक्रिया नगरी नहुने स्थिति जनजीवनमा अत्यन्त कम अवस्थामा मात्र आउने भएकोले पनि त्यस्तो अर्को समुदायबारे अनभिज्ञता रहन मद्दत पुर्‍याउँछ। अझ यसोभन्दा झनै सही होला कि नेपाली समाजमा चल्दै आएको समग्र अर्थ–राजनीतिक ढाँचाका कारणले नै नेपाली समाजमा गोत्र, थर आदिबारे भ्रमहरू रहिरहेका छन्।

राजा पृथ्वीनारायण शाहद्वारा गोरखा राज्यको विस्तार गरी आजको नेपालमा हिन्दू उच्च जातीय पहाडिया आर्य–खस अहङ्कारवादमा आधारित राज्य सत्ता सञ्चालन गर्न सुरु गरी पञ्चायतकालसम्म आउँदा जसरी शिक्षा, संस्कृति, कानुन, राजनीति र अर्थतन्त्रमा एक छत्र पहाडिया हिन्दू उच्च जातीय दृष्टिकोण र मूल्य मान्यता लादियो, त्यसबाट कस्तो भ्रम जन्मिन पुग्यो भने पहाडिया हिन्दू उच्च जातको मात्रै व्यवस्थित गोत्र हुन्छ, उनीहरूको मात्रै सम्मानित थर हुन्छ, उनीहरूको मात्रै सम्मानित वंश परम्परा हुन्छ आदि–आदि।

हिन्दू उच्च जातीय गोत्र वास्तवमा हिन्दू वर्ण व्यवस्थामा आधारित जातीय श्रेष्ठता कायम गर्न निर्मित मिथक मात्र हुन्स मानव समाजको सभ्यताको शैशवकालीन एउटै वंश परम्परामा आधारित गोत्रको निरन्तरता होइन

यसप्रकारको राज्यको बलात् हस्तक्षेपकारी नीतिका कारण हिन्दू उच्च जातबाहेककाको त्यस्ता विषयमा जानकारी लिन अरुलाई वास्तै नहुने, रुचि नै नजाग्ने, उनीहरूका थर गोत्र सुन्दा पनि असभ्य मान्छेको कमसल परिचय जस्तो भान हुने स्थिति बन्न पुग्यो। राज्यको त्यसप्रकारको नीति अघि बढ्दै जाँदा उत्पीडितहरूलाई थर लेख्न नदिने, थर नै फेरेर लेख्न बाध्य पार्ने आदि काम हुँदै आए। यसको सबै भन्दा बढी मार दलितमाथि पर्‍यो जसको कारण कतिपय स्थानका दलित परिवारले आफ्नो वास्तविक थर गोत्र नै बिर्सिसक्ने स्थितिसम्म पुगेको देखिन्छ। त्यसैगरी हिन्दू उच्च जातबाहेकका जनजाति, दलित, मुस्लिम समुदायकाले पनि आफ्नो गोत्र, थर, वंश परम्परालाई गर्वका साथ भन्न मन नलाग्ने, हिनताबोध हुने वा कम्तीमा आफैभित्र मात्र चुपचाप अभ्यास गरिरहने दुर्भाग्यपूर्ण परिघटना घट्दै आयो।

गोत्र के हो ?

प्रसिद्ध समाजशास्त्री लुइस मोर्गनले आफ्नो ‘आदिम समाज’ नामक पुस्तकमा कविला युगमा सामूहिक परिवारमा बस्ने निश्चित एउटै हजुरआमाका सन्तानलाई एउटा गोत्रभित्रका मानिसहरूका रूपमा उल्लेख गरेका छन् ९मोर्गन सन् १९६४०। अर्थात् गोत्र भन्नाले एउटै हजुरआमाका सन्ततिहरूको मानव झुण्ड हो। त्यतिबेला बाबुको पहिचान आवश्यक नभइसकेकाले हजुरआमाका सन्तानलाई मानिएको हो, किनकि आमा मात्र निश्चित पहिचान हुने अवस्था थियो। त्यसपछिका सबै जसो समाजशास्त्रीले पनि मानव समाजमा देखापरेको सुरुको गोत्र प्रणालीलाई एउटै हजुरआमाका रक्त नाताका सन्ततिको झुण्ड थिए भन्ने कुरा स्वीकार गरेका छन्।

यसप्रकार मानव समाजमा सुरुमा गोत्र भन्नाले एउटै पुर्ख्यौली रक्तखलकका मानिसको झुण्ड थियो। तर मानव समाज सात हजार वर्षभन्दा बढी लामो यात्रा गर्ने क्रममा सयौं जाति, हजारौं उपजातिमा विभक्त र विकसित भइसकेको छ। त्यसैले गोत्रको त्यो शैशवकालीन अवस्था, परिभाषा र बुझाइ आज जस्ताको जस्तै छैन। अर्को कुरा, मातृप्रधान समाज भत्केर पितृसत्तात्मक युगको पनि आज करिब सात हजार वर्ष बितिसकेको स्थितिमा आजका मानवशास्त्रीहरूले भने झैं कुनै पनि जातिमा रक्तशुद्धता भन्ने बाँकी छैन, कतै न कतै छ्यासमिस भइसकेको छ। त्यसैले गोत्र वा थरहरूबारे छलफल अब रक्तशुद्धता वा वंशीय श्रेष्ठताका निम्ति गरिनु हास्यास्पद विषय हुन पुग्दछ, जस्तो कि अझै कतिपयले त्यस्तो गर्ने प्रयत्न गर्दछन्।

आजको विश्वग्रामको युगमा र प्रेम विवाह हावी हुँदै गएको समयमा गोत्र र थरको विषय एउटा सामान्य पारिवारिक वा व्यक्ति परिचयको अर्थमा मात्र कार्यकारी हुन थालेको छ। गोत्र वा थर बढीमा मागी विवाहमा अर्थपूर्ण अझै छ र सारमा विवाह गर्दा नजिकको वंशमा खप्टिन नपुगोस् भन्नाका लागि मात्र उपयोग भइरहेको छ। भविष्यमा थरहरू केवल परिवार र व्यक्ति परिचयमा मात्र सीमित हुने स्थिति आजबाट हेर्दा स्पष्ट देख्न सकिन्छ। यसर्थ, आज गोत्र र थरहरूको अध्ययन आफ्ना पूर्वजको लहरो पहिल्याउनेसम्मको यात्रा हो, त्यो पनि बाबुबाट मात्र वंश चल्दै आएकाले पुरुष पूर्वजको मात्र लहरो फेला पर्ने यात्रा हो। नेपालमा गोत्र र थर जस्ता विषयलाई पनि उत्पीडन, अपमान, शोषक वर्गीय मुल्य मान्यता निर्माणका सानातिना कलपूर्जा बनाइएको ऐतिहासिकता रहेकाले उत्पीडित समुदायले यी विषयका यथार्थलाई पनि सतहमा ल्याएर समता र अधिकारको लडाइँको अङ्ग बनाउनु भने अवश्य पर्दछ। कुनै पनि मानव समुदाय अर्को भन्दा कमसल होइन भनी पुष्टि गर्न यस्ता विषयले पनि गम्भीर महत्व राख्दछन्।

मानव समाजमा गोत्र जसरी सुरुआत भए पनि र तिनले समाज विकासमा जस्तो भूमिका खेलेका भए पनि आज तिनको रूप र अवस्था त्यही रूपमा छैन भन्ने प्रष्टै छ। त्यस सन्दर्भमा हेर्दा नेपालमा रहेका सबै जाति समुदायको गोत्र परम्पराको अवस्था, अवशेष र रूप कुन अवस्थामा छ भनी गंभीर अध्ययन जरुरी छ र मूलतः हुन बाँकी छ। त्यसमध्ये हिन्दू गोत्र परम्परा भने एक प्रकारले रोचक पनि छ। वास्तवमा हिन्दू परम्परा जसलाई भनिन्छ, त्यो हिन्दू उच्च जातीय गोत्र परम्परा हो किनकि त्यसभित्र दलितहरूलाई राखिन्न। हिन्दू उच्च जातीय गोत्र भनेका ऋषिहरूका नाम हुन् अर्थात हिन्दू फरक फरक ऋषिका सन्तानहरू नै हिन्दू उच्च जात हुन् भन्ने दावी त्यसमा पाइन्छ।

ती मुख्य ऋषिका चेला वा उपऋषिहरूको नामलाई चाँहि प्रवर भन्ने गरिन्छ। यसरी जो ऋषिका सन्तान हुन्, ती सबै उच्च जातीय मानिन्छन्स तब नीच मानिएका जातको वंश खलकलाई ऋषिसँग जोड्न मिल्ने कुरै भएन। त्यसैले दलितहरूको गोत्र र प्रवर ऋषिको नामसँग सम्बन्धित गर्न दिइएको छैन। जो जात घटुवामा परेर अछूत बन्न पुग्यो, त्यसको पनि पुरानो गोत्र क्रमशः खोस्दै लगेर आम ‘अछूत’ को परम्परागत गोत्रमै कायम गरिदिने प्रचलन चल्यो।

यसप्रकार हिन्दू उच्च जातीय गोत्र वास्तवमा हिन्दू वर्ण व्यवस्थामा आधारित जातीय श्रेष्ठता कायम गर्न निर्मित मिथक मात्र हुन्स मानव समाजको सभ्यताको शैशवकालीन एउटै वंश परम्परामा आधारित गोत्रको निरन्तरता होइन। यो विषयलाई सामान्य विश्लेषणबाट पनि स्पष्ट पार्न सकिन्छ किनभने ऋषिहरू स्वयमको गोत्र के थियो ? के ऋषिहरूभन्दा पहिले गोत्रमा आधारित समाज थिएन ?  समाजमा ऋषि स्वतः थोरै हुन्थे भने ऋषिबाहेकका बहुसङ्ख्यक मानिस जो हिन्दू नै थिए, तिनको गोत्र के थियोरु ऋषिपछिका त आजका तागाधारी समुदाय भए तर ऋषिहरूसँगै बाँचेका मानिसहरू जो ऋषिका सन्तान होइनन तर हिन्दू नै हुन, ती तमाम ब्राह्मण र क्षेत्रीय बाहेकका वैश्यहरूको गोत्र पनि कसरी ऋषिकै नाममा रहन गयो ?

यस्ता कैयन प्रश्नहरू छन्, जसको विश्लेषण गर्दा हिन्दू उच्च जातीय ऋषि नामका गोत्र र प्रवरहरू उच्च जातीय श्रेष्ठता सिर्जना गर्न बनाइएका मिथक मात्र हुन् भन्न सजिलै सकिन्छ। तर हिन्दू समाजमा दलितहरूको गोत्र, अझ ठोस गरी भन्दा आर्य–खसभित्रका दलितको गोत्र चाँहि कल्पित मिथकभन्दा बढी वंश परम्पराको ठोस त्यान्द्रोलाई सङ्केत गर्ने खालका छन्। आर्य–खसभित्रका दलितको मूलतः तीन वटा गोत्र छन्। एक, काशी। दुई, कोशल वा कौशल्य। र तीन, काशी कोशल। काशी भनेको हिन्दू तीर्थ काशी होइन। बरु काशी भनेको खस जातिको एउटा शाखा वा एक समयको प्राचीन नाम हो जुन जातिलाई छागल पनि भनिन्थ्यो। त्यसैगरी कोशल पनि खसभित्रको छाग जातिकै अर्को नाम हो। काशी कोशल भन्दा दुई वटै खसभित्रका प्राचीन जाति बुझाउँछ। गौतम बुद्धकालमा भारत वर्षमा भएका सोह्रवटा महाजनपदहरूमध्ये दुई वटा काशी र कोशल जनपदहरू थिए भन्ने तथ्यले पनि काशी र कोशल शब्दले प्राचीन पूर्खा नै जनाउँछन् भनी पुष्ठि गर्दछ। यसरी हेर्दा आर्य–खसभित्रको ‘अछूत’ वा पुहुनी गोत्रले बढी वंश परम्पराको त्यान्द्रो समातेको छ। यो गोत्र ब्राह्मणमा नहुनु र खसबाट हिन्दू बनाइएका केही क्षेत्रीमा चाँहि पाइनुले पनि यी गोत्र खस वंश परम्परालाई सङ्केत गर्ने स्तरका हुन् भनी भन्न सकिन्छ।

आर्य–खसभित्रका दलितको मूलतः तीन वटा गोत्र छन्। एक, काशी। दुई, कोशल वा कौशल्य। र तीन, काशी कोशल। काशी भनेको हिन्दू तीर्थ काशी होइन।

 

त्यसैगरी आर्य–खसभित्रका दलितमा प्रवर हुँदैन जुन ऋषिकै नाम हो बरु शाखा भन्ने हुन्छ। थरसँगै शाखा सोध्ने चलन नै थियो र अधिकांशको ब्रह्म शाखा, उदिमा शाखा, साई शाखा आदि हुने गर्दछ। यो ब्रह्मको अर्थ हिन्दू ब्रह्माजी होइन बरु यो ब्रह्मपुत्र नदीसँग सम्वन्धित छ। खसहरू विभिन्न बाटोबाट हिमालय काटेर दक्षिणतिर लागेका थिए। त्यसमध्ये एउटा शाखा ब्रम्हपुत्र नदीसँगै मानसरोवरबाट गङ्गा मैदानतिर लागेको बुझिन्छ। त्यसैले गोत्र र थरसँगै तिनको शाखा ब्रह्म बन्न पुगेको देखिन्छ। गोत्रसँगै आर्य–खस दलितहरूमा शाखा पनि भन्ने चलनले शाखा प्राचीन खसहरूको विभिन्न यात्री झुण्डलाई सङ्केत गर्ने परिचय बुझिन्छ जुन वैदिक आर्य उच्च जातीय गोत्र प्रणालीमा पाइन्न।

जात के हो  ?

हिन्दू वर्णव्यवस्था अनुसार तोकिएको पेशागत नाम र तह नै जात हो। सुरुमा चार वर्ण ब्राह्मण, क्षेत्रीय, वैश्य र शूद्र भनेको पेशागत क्षेत्रको मानव समुह र तहगत व्यवस्था थियो। त्यसमा क्रमशः पेशा थपिदै गए र त्यही अनुसार पेशाकै आधारमा जातको नाम र त्यसको तह निर्धारण गर्दै लगियो। ब्राह्मण र क्षेत्रीय जुन मूल शासक हुन्, उनीहरूको पेशा र तह स्थिर राखियो अर्थात ज्ञान र सत्ताको पेशा। त्यसबाहेक वैश्य र शूद्रहरूको पेशागत क्षेत्रहरू बढ्दै गए। श्रम क्षेत्र बढ्दै जाँदा वैश्य अन्र्तगत र शूद्र अन्तरगत आवश्यकता अनुसार जात र तह पनि बढाउँदै लगियो। ब्राह्मणभित्र उपाध्याय, जैशी, पूर्वीया, कुमाई जस्ता केही भेद भए पनि धेरै तहगत जात हुँदैनन्। त्यसैगरी क्षेत्रीमा पनि झर्रो, घर्ती केही भेद भए पनि धेरै तहगत जात हुँदैनन्। त्यसको एउटै कारण हो कि उनीहरूको ज्ञान र शासनको मूल श्रम क्षेत्र कायम राखियो। वैश्य र शूद्रभित्र मात्रै तहगत आशयका जात किन बनाइयो भन्दा उनीहरूबाट नै सबैथरी श्रमको काम गराइयो। कारण यही नै हो। जात अर्थात् श्रम क्षेत्र वा पेशा। यस प्रकार जातको नाम पनि श्रम वा स्थान विशेषसँग सम्बन्धित हुने गरेका छन् र अहिले पनि प्रचलित जातको नामको चरित्र त्यस्तै कायम नै छ। जस्तै, कर्मीबाट कामी, दमाह बजाउने दमाहीबाट दमाई, जुम्लाको –कतिपयका भनाइमा हुम्ला० सराक भन्ने स्थानबाट फैलिएका सराकीबाट सार्की, वाद्य अर्थात बाजाको काम गर्ने वाद्येयीबाट बादी, गाउनेबाट गाइने, द्य (देउता) को मन्दिर सफा गर्ने, रखवारी गर्ने द्यलास चर्म अर्थात् छालाको काम गर्ने चमार आदि आदि।

थर के हो ?

थर वास्तवमा निश्चित व्यक्तिको पारिवारिक परिचय हो। वंश र थर पुरुषबाट सन्तानमा जाने पितृसत्तात्मक परिपाटीका कारण थर यथार्थमा पुरुष वंशगत लहरोको रूपमा एक पुस्ताबाट अर्को पुस्तामा जाने गरेको छ। नेपालमा एउटै थरभित्र विवाह गर्नै नहुने, आफ्नै थरभित्र मात्र विवाह गर्न मिल्नेदेखि थरलाई नामसँगै जोडेर भन्ने परम्परा नै नभएका जातिसम्म बस्दछन्। नेपालका हिन्दूहरूमा सामान्यतया कूलको अर्थ बोकेका एउटै थरकाबीच विवाह हुँदैन। नेवारमा एउटै थरभित्र मात्र विवाह हुन्छ। हिमाली भोटे जातिमा नामसँगै थर भन्ने परम्परा नै थिएन तर अहिले नामसँगै थर भन्ने अरुसँगको अन्तरक्रियाले गर्दा उनीहरूले पनि नामसँगै थर लेख्न थालेका छन्। जनजातिमा र मुस्लिम समुदायमा पनि थरले महत्वपूर्ण स्थान ओगटेकै छ। त्यसैले नेपालमा रहेका फरक फरक समुदायका निम्ति थरको अर्थ र उपादेयता फरक फरक हुन्छन् भन्ने कुरालाई ध्यानमा राख्न जरुरी छ।

थरहरू यसप्रकारले निम्नानुसार बनेका छन्ः

क) उद्गम स्थानसँग सम्बन्धित जस्तै, दुल्लुबाट हिँडेका दुलाल, पौडीबाट हिडेका पौडेल।

ख) पेशासँग सम्बन्धित जस्तै, प्रशासनको काम गर्ने कार्की।

ग) पदसँग सम्बन्धित जस्तै, मन्त्री खलक अमात्य।

घ) पद्वीसँग सम्बन्धित जस्तै, दीक्षित गर्ने आचार्य, लामा।

ङ) सामाजिक हैसियतको सङ्क्रमणकालसँग सम्बन्धित जस्तै विटुला।

च) जाति वा जातसँग सम्बन्धित, सीधै जात नै नाम थरको रूपमा प्रयोग यसभित्र पर्छन्।

छ) राष्द्रियतासँग सम्बन्धित जस्तै, भारती, नेपाली।

ज) आस्था, मान्यतासँग सम्बन्धित जस्तै शिवभक्ति, खेवा।

झ) ऐतिहासिक घटना वा कूलसँग सम्बन्धित जस्तै वर्मशाखा।

नेपालका आर्य–खस, मधेसी र नेवारभित्रका दलितहरूको थर निर्माणको प्रक्रिया र विद्यमान थरहरू पनि अन्य सबै जाति समुदायको जस्तै नै हो। यी तिनै जातिरसमुदायभित्रका दलितको थुप्रै थरहरू र ती जाति समुदायभित्रका गैरदलितको थुप्रै थरहरू मिल्छन होइन बरु एउटै हुन्। त्यसैगरी प्रत्येक जातिरजातरसमुदायमा मात्र पाइने थर भए जस्तै दलितभित्रका विभिन्न जातहरूमा मात्र पाइने थर पनि छन्।

दलितहरूका थर र गैरदलितका थर मिल्नुका तीन वटा कारण छन्। एक, उद्गम स्थल एउटै भएकोले। जस्तै, पौडी क्षेत्रबाट हिडेका हुनाले ब्राह्मण पनि पौडेल र दलित पनि पौडेल भनी चिनियो। दुई, पद्वीसँग मिल्न गएकाले। जस्तै, मण्डल, मिझार जस्ता पद दलित, जनजाति र मधेसका वैश्य अन्तरगतका कतिपय जातको मुखियालाई दिइन्थ्यो। त्यही पद्वी दलित, गैरदलितले थर बनाउँदा मिल्न गयो। र तीन, गैरदलित पुरुषलाई जात झारेर सजाय दिँदा थर चाँहि कथित माथिल्लो जातकै बाँकी रहन पुग्यो।

के दलितहरूले थर ढाँट्छन्  ?

नेपालमा दलितहरूमाथि कैयौँ पटक लाग्ने गरेको आरोप के छ भने उनीहरूले जात ढाँटे। के यो आरोप सही छ तरु एक, जात नचिनेको ठाउँमा केही समय लुकाउन सकिन्छ तर चिनेको ठाउँमा कसरी ढाँट्नेरु नचिनेको ठाउँमा दमपच लुकेर जात ढाँटेर अपवादमा त कसैले जुनी काट्न सक्ला तर आम रूपमा सम्भव नै छैन किनकि जातबाट हुने समस्या र फाइदा चिनेको ठाउँमा तथा जात व्यवस्था मान्ने ठाउँमा हुने हो। अस्थायी रूपमा जात ढाँट्नेहरू नभएका होइनन्, जात खुल्दा ठूलो अपमान र असजिलो भोग्नु पर्ने हुनाले त्यस्तो हुने गरेको छ। तर अन्ततः जात त खुलैरै छाड्छ र हुने जे जति छ सामना गर्न नै पर्छ। त्यसैले जात ढाँट्ने भन्ने आरोपको मूल रूपमा खास अर्थ छैन।

दुई, जात ढाँटे भनी लगाउने आरोपको अर्को सन्दर्भ चाँहि के हो भने दलितहरूले पहिले पहिले गैरदलितले मात्र लेख्ने र भन्ने गरेको थर लेख्न थाले भनेर हो। यो चाँहि अज्ञानताको समस्या हो। नेपालमा २०४६ साल भन्दा पहिले आम रूपमा दलितलाई थर लेख्न नै दिइदैनथ्यो, सोझै थरको स्थानमा जात लेख्न बाध्य पारिन्थ्यो र आजसम्म पनि कतिपय स्थानमा बाध्य पारिदै छ। एउटा ब्राह्मण नागरिकता लिन गए थरका रूपमा उसले ब्राह्मण लेख्न पर्दैनथ्यो, बरु आफ्नो थर सापकोटा बकाइदा लेख्न पाउँथ्यो तर एउटा गौतम थरवाला दमाई नागरिकता लिन जाँदा थर दमाई, दर्जी, नगर्ची यस्तै प्रष्ट जात चिनिने गरी लेख्नुपथ्र्यो, उसले आफ्नो गौतम थर लेखाउन पाउँदैनथ्यो। वास्तवमा गोतामकोटबाट हिँडेको दमाई र ब्राह्मण दुवैको चिनारी थर गोतामेरगौतम हो तर लेख्ने अधिकार तागाधारीलाई मात्र थियो। त्यसैले गौतम थरको दमाई वा शाही थरको बादी बिहेवारी गर्दा मात्र त्यो थर आफ्नै समुदायबीच प्रयोग गर्न बाध्य थियो।

अब थरका आधारमा कसरी किटान गर्ने ? पौडेल उपाध्याय ब्राह्मणदेखि बादीसम्म हुन्छन्। राउत पहाडिया क्षेत्री, मधेसी वैश्य र धोवी दलितसम्मको हुन्छ। कसरी जात छुट्याउने

 

२०३६ सालको आन्दोलन र विशेषतः २०४६ को परिवर्तनसँगै आएको स्वतन्त्रता र पार्टी राजनीतिले दलितहरूमा ह्वात्तै चेतना र अधिकारका लागि लड्न सक्ने बनायो। त्यसपछि फटाफट दलितहरूले आफ्नो वास्तविक थर लेख्न थाले। त्यसरी दलितले थर लेख्न सुरु गर्दा आफूले मात्र लेखेको वा गैरदलितको मात्र भनी बुझेको थर दलितले लेखेको देखेपछि गैर दलित कतिपय विद्वान पनि चिच्चाए, ‘दलितले किन जात ढाँटेकोरुु यथार्थमा जात ढाँटेको थिएन त्यो, त्यो त उसले आफ्नो थर पो लेखेको थियो। वास्तवमा दलितले यदि थर फेर्ने हो भने उसको समुदायमा कसरी वैवाहिक जीवन चलाउँछरु अरुले कसरी स्वीकार गर्छन्रु समुदायमा बसेर थर फेर्नु त्यति सजिलो कुरा नै हैन। यो कुरा अब नेपाली समाजमा सबैले बुझ्ने गरी, सुन्ने गरी भन्नु पर्ने बेला भैसकेको छ।

हो, अर्को एउटा सानो प्रवृत्ति भने समाजमा छ, यथार्थमा नै हाक्काहाक्की आफ्नो हैसियत माथि देखाउन थर परिवर्तन गर्ने। तर त्यो साह्रै सानो स्तरको प्रवृत्ति हो र त्यो प्रवृत्ति दलितमा भन्दा बढी गैरदलितमा पाइएको छ। जस्तो, पद्वीवाला थर दलितले साह्रै कम प्रयोग गरेको पाइन्छ, गैरदलितले बढी गरेको पाइन्छ। चौधरी, सुब्वा, राई, दीक्षित आदि आदि जुन उनीहरूका वंशगत थर होइनन्। त्यसैगरी आजका गौतम थरका ब्राह्मणहरू गौतम ऋषिसँग जोडिएको प्रसङ्ग होइन बरु गोतामकोटबाट हिँडेको गोतामे परिचयका हुन्स पछि गोतामेबाट गौतम बनाएका हुन्। लेखक ध्रुवचन्द्र गौतमका सहोदर दाजुको धनुषचन्द्र गोतामे थर हुनुले पनि त्यो कुरा सजिलै प्रष्ट गर्दछ। अर्को, प्रसङ्ग हेरौं, सामान्यतया काठमाडौंबाट बाहिर गएर बसेका थुप्रै गैर श्रेष्ठ नेवारले आफ्नो थर श्रेष्ठ बनाएका छन्। उदाहरणको लागि सिन्धुलीको मरिन क्षेत्रका नेवार भक्तपुरबाट गएका द्यौभडेल थरका हुन् तर त्यहाँ पुगेर आफ्नो थर श्रेष्ठ बनाएका छन्। यस्ता अनगिन्ती उदाहरण छन्।

थरको आधारमा जाति वा जातको चिनारी सम्भव छैन !

नेपाल यस्तो देश हो जहाँ नाम र थरको आधारमा एउटा समुदायलाई मात्र प्रष्ट चिन्न सम्भव छ— त्यो हो मुस्लिम। अरु कसैको पनि पहिचान सम्भव छैन। लामा थर लेख्ने नेपालमा दर्जन भन्दा बढी जाति छन्। लामा थरका आधारमा जाति कसरी चिन्नेरु मण्डल, चौधरी, लगाएतका थर लेख्ने थुप्रै जातरजाति छन्। थरका आधारमा कसरी जात चिन्नेरु शर्मा थर लेख्ने आर्य–खस, नेवार र मधेसमा छन्। थरका आधारमा कसरी चिन्नेरु किराँत राई या राय दुवै पदीय थर हुन् जुन दनुवार, किराँत, यादव, नेवार र क्षेत्रीको हुन्छ। अब कसरी छुट्याउनेरु बुढाथोकी मगर, कामी, क्षेत्री हुन्छन्। अब थरका आधारमा कसरी किटान गर्ने ? पौडेल उपाध्याय ब्राह्मणदेखि बादीसम्म हुन्छन्। राउत पहाडिया क्षेत्री, मधेसी वैश्य र धोवी दलितसम्मको हुन्छ। कसरी जात छुट्याउने ?

तसर्थ, थरहरूको आधारमा मात्र नेपालमा जाति वा जात प्रष्ट हुन्छ भनी बुझ्ने बुझाइ नै गलत छ, त्यस बुझाइलाई फेर्नु अवश्यम्भावी छ। नेपालमा जाति वा जात जान्न वा खुलाउन खोज्दा थर मात्र भनेर पुग्दैन बरु जाति वा जात पनि अनिवार्य रूपमा खुलाउनु पर्ने हुन्छ। थरको आधारमा मात्र व्यक्तिको सम्पूर्ण परिचय खुल्ने अवस्था नेपालमा छैन।


प्रकाशित | ४ श्रावण २०७५, शुक्रबार ०८:३१

Leave a Reply

Your email address will not be published. Required fields are marked *

 

 

')