विर्सिएको कामी नाचको इतिहास

डि.वि नेपाली

प्रामाणिक तथ्याङ्कका आधारमा मानव सभ्यताको शुरुवात् भएको लगभग पाँच हजार वर्ष पूरा भएको छ । पहिले शुद्र र अहिले दलित भनिने आम जातिय समुदायलाई लगभग ३५ सय वर्ष भन्दा बढी समयदेखि मनुवादी दर्शनमा आधारित वर्णवादी राज्यसत्ताले जीवनयापनका सबै क्षेत्र, अवसरबाट वञ्चितिकरण, विमुखिकरण र बहिष्करणमा पार्दै आईरहेको छ । सामाजिक, साँस्कृतिक,राजनैतिक, शैक्षिक, आर्थिक, तथा सत्ता र सम्पतिको प्राकृतिक जन्मसिद्ध अधिकारमा समेत आजको दिन सम्म सन्तोषजनक प्रतिनिधित्व रहेको छैन् । यसबाट अनुमान लगाउन सकिन्छ की उनीहरुको विगत कति नारकिय एंव पशुतल्य थियो होला ? कल्पना पनि गर्न सकिन्न । नेपालको कूल जनसंख्याको २५ प्रतिशत भन्दा बढी रहेको यो समुदाय नागरिकता र भूमिविहिन छन् भने जन्मदर र मृत्युदर पनि उच्च एवं गरीबीले आक्रान्त रहेको राष्ट्रिय–अन्तराष्ट्रिय तथ्याङ्कले उल्लेख गरेकाछन् । यो समुदाय जीवनयापन ( गाँस, बाँस,कपास, शिक्षा, रोजगार, औषधोपचार) का लागि आधारभूत आवश्यक्ता परिपूर्तिमै तड्पिरहनु पर्ने बाध्यताले उनीहरुसँग भएको श्रम, सीप, सृजना र प्रविधि लोप हुने अवस्थामा रहेकाछन् । श्रम, सीप, कला सँस्कृति र प्रविधिका महासागर ऐतिहासिक श्रमजीवी दलित समुदाय विगत लामो समयदेखि उपभोक्तावादी सँस्कृतिले गर्दा विस्थापित भैरहेका छन् ।

दलित समुदाय भित्रको एक जाति हो कामी । नेपाली बृहत शब्दकोषमा “कामी भन्नाले फलामको काम गर्ने लोहार,लौहकार” भन्ने परिभाषा पाइन्छ । “कामी” शब्द सँस्कृतको कारन्धमी शब्दवाट आएको हो । कामीको अर्को भावार्थ काम गरेर खाने भन्ने पनि हुन्छ । नेपाली उखान टुक्कामा कामीलाई अतिनै महत्व दिइएको छ । जस्तै, (क) राजाको काम छोडेर कामीको देवाली (ख) सुनारको सयचोट कामीको एकैचोट । यसले उनीहरुको सँस्कृति र कर्मशील्तालाई झल्काउँछ । नेपालको घरपरिवार, कृषि, खानी र हातहतियारका ज्ञाता यी शिल्पजीवि जातिकोे दुर्दशा वि.सं.२००७ साल पछि नेपालको विश्व वजार प्रवेशले शून्यमा झर्न पुग्यो । पछिल्लो कालमा शाषकहरुले अछुत बनाए । तर, धर्मशास्त्रलाई मान्ने हो भने उनीहरु अछुत कँही कतै थिएनन् । विश्वकर्मा शिल्पी देवता, योगशास्त्रका ज्ञाता थिए भन्ने कुरा हिन्दूधर्मशास्त्रहरुमा प्रष्ट रुपमा उल्लेख नै गरिएका छन् । क्रृग्वेदको उत्पतिको समय ईसापृ्र्व द्धितिय सहस्राब्दीलाई मानिएको छ । त्यसै समयमा नै कामी (विश्वकर्मा) जातिको बारेमा थुप्रै प्रसंगमा उल्लेख गरिएको छ । यस्तो सुसभ्य, कला कौशल, सीप–प्रविधि, सृजनशीलता र श्रमजीवि कामी जातिलाई विश्वकर्मा देवताको रुपमा आज सम्म पनि अछुत भन्दाभन्दै पनि समाजले देवताकै रुपमा पृ्ज्न छोडेका छैनन् । यसबाट पनि उनीहरुको उच्च महत्वको प्रस्टता हुन्छ ।

क्रृग्वेदको उत्पतिको समय ईसापृ्र्व द्धितिय सहस्राब्दीलाई मानिएको छ । त्यसै समयमा नै कामी (विश्वकर्मा) जातिको बारेमा थुप्रै प्रसंगमा उल्लेख गरिएको छ ।

खुकुरी लगायत कृर्षि तथा घरायसी हातहतियार पनि आज सम्म पनि कामीलेनै बनाउँदै आएका छन् । गोर्खालीहरुको पहिचान बनेको नेपाली खुकुरी सन् १८१४ मा व्रिृटिस भारतमा रहँदा पूर्वी नेपालमा पनि प्रयोग गरिएको थियो । यसको प्राचिनता रहस्यमय रहेको छ । नेपालमा शताब्दिऔ अघि नै मल्ल राजाहरु शक्तिमा आएको बेलामा प्रयोग भएको थियो । राष्ट्रिय संग्रालय छाउनीमा ५०० वर्ष अघि नै द्रब्य शाहले प्रयोय गरेको उल्लेख छ । जसले वि.सं. १६२७ मा गोर्खा राज्य स्थापना गरे । तर, केही तथ्यले खुकुरीको इतिहास शताब्दियौ पुरानो रहेका देखाउँछ । प्रयोग र क्षेत्रका हिसाबले पनि फरक फरक रहेको पाइन्छ खुकुरी । नेपालमा भने ७ औ शताब्दितिर लिच्छविहरु शक्तिमा हुँदा प्रयोगमा ल्याए । यसको सृजनाकार भने कामी जाति नै रहेको पाईन्छ । प्रथम र द्धितिय विश्वययुद्धमा एउटा नाङ्गो खुकुरीको भरमा विश्व थर्काउने नेपाली बहादुर गोर्खाहरुको इतिहास सुनौला अक्षरले लेखिएको छ । तर, ति खुकुरी बनाउने सर्जक कामी जातिको इतिहासमा नामोनिशान पाँईदैन् । नेपालको छाउनी स्थित सैनिक तथा राष्ट्रिय संग्रालयमा विभिन्न घरेलु हात हतियार संग्रहित गरिएको छ । जसमा भरुवा बन्दुक, खुँडा, खुकुरी, भाला, तरवार आदि । हाल नेपालको जनसंख्या झन्डै तीन करोड रहेको छ । नेपालका १२५ जाति मध्ये कामी जाति पनि एक हो । वि.सं. २०५८ सालको जनगणनानुसार कामीहरुको मात्रै नेपालको कृ्ल जनसंख्याको ५.६ प्रतिशत रहेको तथ्यांकले देखएको छ । वि.सं. २०५८ सालकोे जनगणामा दलितहरुको जनसंख्यामा सबैभन्दा बढी जनसंख्या कामीको रहेको छ । कामीको जनसंख्या ८,९५,९५४ अर्थात् दलितहरुको कृ्ल जनसंख्याका ३१.१ प्रतिशत रहेको छ । विं. सं. २०६८ को जनगणना अनुसार कामी जातिको कृ्ल जनसंख्याको ४.८ प्रतिशत रहेको देखाएको छ । नेपालको कूल जनसंख्याको सातौं स्थानमा कामी जाति रहेका छन । तर, अधिकारकर्मीहरुले भने यो तथ्यांकमा विमति राख्दै आएका छन् । अन्यत्र देशैभरि वसोवास गरेपनि उनीहरुको सघन वस्ती भने नेपालको मध्यपश्चिम र सुदूरपश्चिममा रहेको छ । अन्य दलितको तुलनामा शिक्षा र आर्थिक स्थिति राम्रो रहेको तथ्यांकले देखाएको छ ।

वि.सं. १६२७ मा गोर्खा राज्य स्थापना गरे । तर, केही तथ्यले खुकुरीको इतिहास शताब्दियौ पुरानो रहेका देखाउँछ । प्रयोग र क्षेत्रका हिसाबले पनि फरक फरक रहेको पाइन्छ खुकुरी । नेपालमा भने ७ औ शताब्दितिर लिच्छविहरु शक्तिमा हुँदा प्रयोगमा ल्याए । यसको सृजनाकार भने कामी जाति नै रहेको पाईन्छ ।

 

जुम्ला राज्यलाई एघार नदी र एघारपर्वतहरुले बनाएको वाइस पाखा जुम्ला भन्ने गरिन्थ्यो । त्यसैबाट पछि वाइसे राज्य भनिएको देखिन्छ । जुम्ला राज्यको प्रभाव अन्र्तगत रहेका कर्णाली प्रदेशका राज्यहरुलाई समग्रमा बाईसे राज्य भनिन्थ्यो । छिमेकी अन्य राज्यहरु भन्दा जुम्ला निकै शक्तिशाली थियो । जुम्ला राज्यमा वर्तमान कर्णाली अञ्चलका पाँच जिल्ला जुम्ला, हुम्ला, डोल्पा, मुगु र कालिकोट पर्दथे । मलयवर्माको जुवाँईको रुपमा वि.ंसं. १४५५ तिर वलिराजा जुम्लाको राजा भएका थिए । वलिराजा मुगुको कालै गाउँका कल्याल वंशका थिए । वलिराजाको वि.सं. १४५७ को अभिलेखमा राजधानीको रुपर्मा जुम्लास्थाने सुर्वनहारनाम नगर्रे अर्थात् जुम्लाको तातोपानी नजिकै सुनारगाँउको उल्लेख गरिएको छ । त्यसवेला सो समयका राजा मेदिनीवर्माकै सहमतीमा वलिराजालाई जुम्लाका स्वतन्त्र राजा स्वीकार गरी राज्याभिषेक गर्ने निर्णय वमोजिम विं.सं.१४६१ मार्ग सुदि १४ आईतवारको दिन स्वर्णग्राम (सुनारगाँउमा) मा वलिराजाको राज्याभिषेक सम्पन्न गरिएको थियो । वलिराजाका सैनिक सहयोगीमा चैतुवा कठाइत र पुरिचन्द्र तिरुवा (कामी) प्रमुख थिए । वंशावलीअनुसार वलिराजा राजा भएपछि सुनारगाँउमा सभा लागेको र पुरिचन्द्रले वलिराजालाई सहयोग गरेवापत घडेरी र खेत–पाखो पनि वकस दिएका थिए । जुम्लाकै ओदुराज र साइराजाबीच बूढाकोटमा लँडाइ हुँदा सो लँडाइमा हरिचन्द्र तिरुवा (कामी) ले युद्धमा सहयोग गरेकोले साईराजाले उनलाई बूढाकोट दिलाएका थिए । सो समयदेखि बूढाकोटलाई तिरुवाकोटको रुपमा नामकरण गरियो । चाचुन तिरुवालाई पनि राजकाजमा सहयोग गरेवापत सम्मान सहित दरवारमा जागिर दिएका थिए । वत्सराजको अभिलेखमा वलिराजाले सुनारगाँउबाट सिञ्जा उपत्यकामा पर्ने जाँच गाँउको नराकोटलाई नयाँ राजधानी बनाएको उल्लेख गरिएको छ ।
साँस्कृतिक पहिचान दलितहरुका लागि जान्नेलाई श्रीखन्ड नजान्नेलाई खुर्पाको बीँड जस्तै भएका छ । यसको सबै जड छुवाछुत् तथा जातीय भेद्भावकै कारणले भएको हो भन्ने कुरामा हामी सबै विमती नहोला । हामी पारस मणि जस्तै मिल्काएईएका बहृ्मुल्य धातु जस्तै हौ । तर, आज त्यो हाम्रो विगतको वाध्यतालाई फाईदा उठाई स्वार्थपृ्र्ति गर्नेहरु पनि प्रशस्तै भेटिन्छन् । हाम्रो सम्पृ्र्ण सीप, कला, प्रविधि तथा सँस्कृतिको प्याटेन्ट राईट दर्ता गर्न पनि सकिएको छैन् । दलित समुदायको विभिन्न गौरवपृ्र्ण नाच सँस्कृति रहेको पाईन्छ । जसमाः—पासी र पासवानको कल्ली, घोडी नाच, पासवान र डुमको हुड्का र नरसिंगा नाच, वादी जातिको कथननाच, झृ्र्मा नाच, टेमकृ्ली नाच, कामी जातिको लाठी, खुकुरी, सरायँखेल, ढालतलवार नाच, गन्धर्व जातिको जैलपत्ता नाच, दमाई जातिको हुड्के, छलिया, वसन्त, भृ्इँचम्पा, धुलौट, भडा नाच, सार्की जातिको सरङ्गे नाच प्रमुख रुपमा रहेको छ । यो लेखमा भने नेपालका ऐतिहासिक श्रमजीवी कामी जातिको “ढालतलवार” (कामी) नाचको बारेमा चर्चा गर्ने गरिनेछ ।

साँस्कृतिक पहिचान दलितहरुका लागि जान्नेलाई श्रीखन्ड नजान्नेलाई खुर्पाको बीँड जस्तै भएका छ । यसको सबै जड छुवाछुत् तथा जातीय भेद्भावकै कारणले भएको हो भन्ने कुरामा हामी सबै विमती नहोला ।

कला सँस्कृतिमा पनि यो जाति निकै सम्पन्न मानिएको छ । कामी जातिको “कामीनाच”(ढालतलवार) ले उनीहरुको परम्परागत सँस्कृति झल्काउने गर्दछ । कामी जातिले यसलाई अहिले सम्म स्थापित गर्न सकेका छैनन् । खोज अनुसन्धान तथा अभिलेखीकरण पनि भएको पाईदैन् । लुकेर सुष्ुाप्त अवस्थामा रहेको कला सँस्कृतिलाई संरक्षण गर्ने काम कतैवाट भएको पाईदैन् । वास्तवमा आगामी दिनमा खोज अनुसन्धान गर्दै जाने हो भने कामी जाति भित्र आफ्नै गौरवपृ्र्ण जातीय कलासँस्कृति रहेको प्रष्ट देख्न सकिन्छ ।
कामी जातिको विभिन्न कला, सँस्कृति तथा नाचहरुमध्ये जुम्ला जिल्लाको कामी (ढालतलवारण) नाच वा एक प्रमुख नाच हो । सुनारगाँउ र लामाथाडाको बीचमा नराकोट पर्दछ । पछि वलिराजाले जुम्ला जिल्ला शनि गाविस गोरा गाँउमा पनि आफ्नो राजकाजको शासन मुकाम कायम गरिएको स्थानिय वृद्ध बाँचे कामी वताँउछन् । यो ऐतिहासिक प्रसंङ्गसँगै कामी जातिको ढालतलवार नाचको इतिहास पनि जोडिएको पाईन्छ । बाँचे कामीकै अनुसार उनीहरुका पूर्खा कालीकोट जिल्लाको छातीकोटबाट जुम्लाको सुख्खामुब्ला, देउला हुँदै आचार्यलीमा आएर वसेका थिए । आचार्यली र गोरा गाँउको पैदल दूरी करीब डेढ घण्टाको मात्रै रहेको छ । देउलामा वस्दा उनका पूर्खाले १५ मुरीको खेत (जिउलो) पनि दर्ता गरेका थिए । पछि नातिको पालामा खेत बेचिएको उनी बताँउछन् । डेढ घण्टाको दूरीमा शिल्पजीवी श्रमिक कामी जातिको पूर्खालाई वलिराजाले सम्मानपूर्वक आफ्रनै राजकाज कायम भएको गोरा गाँउमा वस्न आग्रह गरे । वलिराजाको आग्रह बमोजिम कामी जातिका पूर्खाहरु पनि राजदरवारकै वरिपरि बस्न राजी भए । यसमा वलिराजाको दुईवटा उदेश्य रहेको देखिन्छ । सुरक्षा र मनोरञ्जन । कामी जातिबाट भुरे–टाकुरे अस्थिर राज्य टिकाउन हात हतियार उत्पादन तथा ढालतलवार (कामी) नाचबाट आनन्द प्राप्ति गर्नु । बेलाबलामा वलिराजालाई ढालतलवारनाच देखाउने क्रमको निरन्तरता नै अहिले सम्म पनि पूर्खाको नासोको रुपमा यो नाच परम्परा बाँचिरहेको बाँचे कामी बताँउछन् । कामी जातिको ढालतलवार नाचको उत्पति पनि यहिँबाट भएको र पछि अन्यत्र फैलिएको उनी बताँउछन् । यो नाच विशेष अवसर, जन्म, मृत्यु, विवाह, केटाकेटीको छेवरपास्नीमा आज सम्म पनि कामी जातिले नाच्ने गरेको उनीहरु बताँउछन् । गहिरो खोज अनुसन्धानको अभावमा कामी जातिको मौलिक ढालतलवार नाच संरक्षणको पर्खाईमा रहेको छ । (बाँचेकामीसँग गरिएको कुराकानीमा आधारित, २०७०÷०२÷१४)

सुरक्षा र मनोरञ्जन । कामी जातिबाट भुरे–टाकुरे अस्थिर राज्य टिकाउन हात हतियार उत्पादन तथा ढालतलवार (कामी) नाचबाट आनन्द प्राप्ति गर्नु ।

जातिय साँस्कृतिक पहिचान के हो :
दोस्रो विश्वयुद्धको अन्ततिर सन् १९४५ मा संयुक्त राष्ट्र संघको स्थापना भयो । र, यसै साल राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक संगठन ( युनेस्को) को स्थापना भयो । युनेस्कोका अनुसार सँस्कृतिका विभिन्न विधाहरुको प्रकृति, स्वरुप, विशेषताको आधारमा र तिनीहरुको सुरक्षा, संरक्षण एवं व्यवस्थापकीय तरिका एवं प्रविधिहरुको विविधताको आधारमा तिनीहरुलाई निम्न प्रकारले वर्गीकरण गर्ने अन्तराष्ट्रिय प्रचलन छः—
१ मृ्र्त ( भौतिक) साँस्कृतिक सम्पदा – tangible cultural heritage
२ अमृ्र्त ( अभौतिक) साँस्कृतिक सम्पदा –intangible cultural heritage
३ अभिलेखात्मक साँस्कृतिक सम्पदा – documentary cultural heritage
१ मृ्र्त ( भौतिक) साँस्कृतिक सम्पदा – tangible cultural heritage
कला, वास्तुकलाको दृष्टिले विशेष महत्व राख्ने चल, अचल वस्तु, पुरातात्विक स्थल एवं अवशेष आदिलाई समग्रमा मृ्र्त साँस्कृतिक सम्पदा भनिन्छ । आम दलित समुदाय मृ्र्त साँस्कृतिक सम्पदाका सुत्रधार, सृर्जनाकार र सर्जक हुन् ।
२ अमृ्र्त ( अभौतिक) साँस्कृतिक सम्पदा –intangible cultural heritage

अमृ्र्त ( अभौतिक) साँस्कृतिक सम्पदालाई बौद्धिक सम्पदा पनि भन्ने गरेको पाईन्छ । लोक सँस्कृति, अभिनय, कलाहरु, संस्कार, जात्रा, परम्परा, पर्व, नृत्य, मेला पर्वहरु आदिलाई समग्रमा अमृ्र्त साँस्कृतिक सम्पदा भनिन्छ ।
UNESCO convention for the safeguarding of the intangible cultural heritage, 2003 को दफा २ ले अमृ्र्त साँस्कृतिक सम्पदालाई यसरी परिभाषित गरेको छ —
UNESCO convention for the safeguarding of the intangible cultural heritage,
—oral tradition and expression including lanaguage as a vehicle of the intangible cultural heritage(ICH)

—performing arts (such as traditional music, dance and theatre)

—social practice, rituals and festival events.

—knowledge and practice concerning nature and univers.

—traditional craftsmanship.

कतिपय मृ्र्त साँस्कृतिक सम्पदाहरु अर्मूत  साँस्कृतिक सम्पदाको दार्शनिक एवं आध्यात्मिक पृष्ठभृ्मिमा सिर्जना हुने भएकोले पनि अमृ्र्त सँस्कृतिले विशेष महत्व राख्दछ ।
दलित समदायको गीत–सङ्गीत, नृत्य लगायत सम्पृ्र्ण सङ्गीतशास्त्र अभौतिक साँस्कृतिक सम्पदा अन्र्तगत पर्दछन् ।
३ अभिलेखात्मक साँस्कृतिक सम्पदा –documentary cultural heritage

अभिलेखात्मक सम्पदालाई(memory of the world) पनि भनिन्छ । यस अन्र्तगत हस्तलिखित ग्रन्थ, वंशावली लगायत सबै प्रकारका अभिलेखात्मक सामग्रीहरु पर्दछन् ।
कला कौशल, सीप–प्रविधि र सृजनशीलतामा राष्ट्रिय स्तरमै अब्बल भए जस्तै साँस्कृतिक रुपमा पनि कामी जाति अगाडी नै रहेको छ । तर, नेपालको तहगत विभेदपृ्र्ण जातीय संरचना, अज्ञानता, आफनो कलासँस्कृति संरक्षणप्रति चेतनाको अभाव, गहिरो खोज अनुसन्धानको कमी, सँस्कृतिको संरक्षणमा राज्यको उदासिनताले गर्दा कामी जातिको मौलिक कलासँस्कृति लोप हुने अवस्थामा रहेको छ । अहिले सम्म कोही कसैले पनि उनीहरुको विशिष्ट कलासँस्कृतिको अध्ययन अनुसन्धानको त कुरै छोडौ त्यसतर्फ सोचविचार पनि गरिएको अवस्था छैन । भर्खरै विद्धानहरुले पानी नै नभएको विशाल मरुभृ्मि भित्र ठृ्ला–ठृ्ला पानीका कुवा भएको पत्ता लगाएका छन् । त्यसै गरी हामी आफैसँग केही पनि पहिचान र कलासँस्कृति छैन भन्छौ । तर, हामी भित्र नै कलासँस्कृतिको महासागर छ भन्ने अत्तोपत्तो छैन । त्यसको विस्तृत अध्ययन अनुसन्धान र खोजविन गर्नुपर्ने खाँचो अहिले सम्मको स्थितिले पुष्टि गरेको छ । जातीय विभेदका कारणले गर्दा नै आज हरेक दलित समुदायको मौलिक जातीय कलासँस्कृति लोप भैरहेका छन् । विभेदकै कारणले अपहेलित भै स्वयं कामी जातिले पनि वेवास्ता गरिएको साँस्कृतिक पहिचानको रुपमा रहेको यस “ढाल नाच” लाई स्वाभिमानपृ्र्वक बचाउनु हामी सबैको चासोको विषय बनेको छ । ढालनाच कर्णाली अञ्चलमा वसोवास गर्ने कामी जातिको प्रसिद्ध समूह नाच हो । देब्रे हातमा ढाल र दाहिने हातमा तलवार लिएर यो नाच नाचिन्छ । शत्रुसँग युद्ध गर्दाको अभिनय गर्दै नाचिने यो नाच वीर रसको प्रधान रहेको हुन्छ । ऐतिहासिक वीर पुरुषहरुले लडाइँको मैदानमा देखाईएको बहादुरीको अभिनय गर्दै नाचिने ढालनाचले ऐतिहासिक लडाइँको झल्को दिन्छ । यो नाच कामी जातिले मात्रै नाच्दछन । विशेष पर्व, विवाह र उत्सवमा यो नाच नाचिन्छ । नाचमा सहनाई, ढोल, झ्याली, दमाहाहरु बजाइन्छ । बाजाको तालमा अगाडि र पछाडि सर्दै ढाल र तरवार नचाउँदै यो नााच नाच्ने गरिन्छ । यसमा गीत गाइन्न, लोग्ने मानिस मात्र यो नाचमा सहभागी हुन्छन् । यो नाच जातीय रुपमा पनि समावेशी रहेको छ ।

जातीय विभेदका कारणले गर्दा नै आज हरेक दलित समुदायको मौलिक जातीय कलासँस्कृति लोप भैरहेका छन् । विभेदकै कारणले अपहेलित भै स्वयं कामी जातिले पनि वेवास्ता गरिएको साँस्कृतिक पहिचानको रुपमा रहेको यस “ढाल नाच” लाई स्वाभिमानपृ्र्वक बचाउनु हामी सबैको चासोको विषय बनेको छ । 

नेपालमा खास जातिको मात्रै कला सँस्कृति छ भन्ने अल्पदृष्टिले गर्दा दलित समुदायको मौलिक कला सँस्कृति लोप भैरहेका छन् । कतिपय हाम्रै समुदायका अग्रज नेतृत्वको अर्कमण्यता, विषयवस्तुको अज्ञानता, दूरदृष्टिको अभाव, भेदभावपूर्ण नेपालको सामाजिक, राजनीतिक, आर्थिक प्रणालीसँग जुधिरहनु पर्ने कारणले पनि हाम्रो साँस्कृतिक पहिचानको मुद्धा आझेलमा परेको हुन सक्छ । दलित समुदाय माथि जातीय भदेभाव मात्रै पनि नहुने हो भने यो समुदाय आफैमा एउटा ठृ्लो संभावना बोकेर बसेको वर्ग हो । सरकारले थोरै सहयोग अनि हामी आफै सचेत बन्यौ भने हामो समृद्धि हाम्रै हातमा छ । जसरी अफ्रिकी काला जाति रङ्गभेद्को शिकार बनेता पनि उनीहरुले खेलकृ्द, सङ्गीत तथा राजनीतिमा समेत कब्जा जमाएकोले उनीहरुको इज्जत, प्रतिष्ठा एवं सम्मान सफलताको शिखरमा पुग्न् सफल भएको छ । त्यसै गरी नेपाली दलित समुदायले पनि आफ्नो सीप, कला, प्रविधि तथ सँस्कृतिलाई आधुनीकिकरण, व्यावसायीकरण तथा बजारीकरण गर्न सक्यौ भने हामीले अपमान भोग्नु परे पनि हाम्रो भावी पुस्ताले सम्मानपृ्र्वक जीवन जीउन सक्ने आधार बन्न सक्छ । तर, यसका लागि तपाई हामीमा एउटा प्रतिवद्धता, संकल्प र इमान्दारीता भने अवश्य पनि चाहिन्छ ।


प्रकाशित | १ श्रावण २०७५, मंगलवार २३:०१

11 responses to “विर्सिएको कामी नाचको इतिहास”

  1. हरी बिश्वकर्मा रसाइली ,कौशीक गोत्र says:

    लेख खोज मुलक छ । अर्को लेखमा बिश्वकर्मा समुदाय को गोत्र को बारेमा खोज अनि अनुसन्धान गरि लेख प्रस्तुत गरेमा थर अनि गोत्र बारेमा सबैको ज्ञान् वृद्धि हुने थियो !
    साथै तमाम दलित हरु र गैर दलित हरु सहगोत्री हुन भन्ने कुरा बुझाउन सके बिभेदको दुरि कम गर्न मद्धत पुग्थ्यो भन्ने मेरो बुझाई छ ।

  2. मोहन सार्की says:

    ईतिहास लाइ बुझना पाउँदा खुशी लाग्यो धन्यवाद

  3. Giree prasad sunar says:

    धेरै राम्रो लेख सारै चित बूज्यो

  4. Jeevan says:

    Khoj ramro xa hamipani hamro saskiriti dekhaunu paro aba bahira launu paro samajma kami jati saskirti

  5. हामी कामी जातीहुँ भन्दैगर्दा नचिनेको अम्रित:ले हातधोईरहेका रहेछौ, ।
    ईतिहासिक,परमपराका मानसिक तनाबमा,जातिय,भेदभाबका,घृर्णा सानो र ठूलो भन्ने जातिय बारनाले, सोच्न र बुझ्न अनि खोज्न नसकिएको बिगत पुर्खौली ईतिहनस,,अाज, यो लेखले :दशौ शताब्दीको भुमिका छर्लङ्ग प्रस्ट हुदा अाज अाफुलाई पनि,सोही युगको दर्सक झै लाग्यो।
    धन्येबाध हाम्रो ईतिहास लाई,खोत्लनु भएकोमा!!
    ===================
    धेरै धेरै सहेकाछौ, घृर्णागर्दा पनि,
    नबुझेरै डराई रहिऊ सानै हौकी भनी।
    मान्छेे भई मान्छेलाईनै सधैहेपीरहे
    अाजपनी उस्तैछ याहाँ,हिजो बाउँ बाजेलेसहे।
    धेरै भागिउँ डराएर अबलडनुपर्छ
    जातियता छुवाछुत्लाई अन्त्ये गरर्नुपर्छ।

  6. गोपाल रम्दाम says:

    इतिहास सदै अ्मर रहोश दलित!होइन
    बिस्वाकर्मा परिवार
    को नाम लेया चिनना पाइयोस

  7. प्रेम विश्वकर्मा says:

    अति सुन्दर लेख यस प्रकारका लेख प्रकाशन गर्न अथवा प्रचार गर्न हाम्रो लागि अत्यन्त आवश्यक ठान्दछु , र डी.बी.नेपालीज्युलाई हार्दिक धन्यवाद टक्राउँछु ।

  8. Lopson B.k says:

    Wawaw ekdam khusi lagyo yo hamro parmpa ko katha sunda ho hame Dalit haru yakat bhaiyeo bhane hami lai kasai le pani touch garna sakdina daju bhai lopson b.k Hal Doha Qatar

  9. यसैगरी सम्पुर्ण दलित शिक्षित दाइ भाइ हरु यकजुट भयर अदिराज्य भरी तपाइको जस्तै सोछ बिचार गरि लागेभने पकै निमुखा दलितमाथि हुने दुव्र्यवहार को अन्त हुने थियोे र हिन्सा बाट टाडा भयका समचार सुन्न सबैले पाउथेकि

  10. hikmat sapkota says:

    खोजमुलक लेख

  11. Nil Bahadur B.K. says:

    Khusi lagyo hamro pani itihas rahexa yo bhanda hami Hindu bhaekole dalit Ra hair dalit bichko sanglo todne hamra sahgotri bare prasta Patna sake ajha prasta rupma manav pahichan bare sajag hina sakinthyo kasto lagxa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

 

 

')