राजतन्त्र अन्त्यको भित्री कथा

माओवादी राजतन्त्रको पक्षमा
तत्कालिन माओवादी युद्धमा थियो । त्यतिबेला माओवादीले नेपालमा नमुना राजतन्त्र ल्याउन चाहेको कुरा पटक पटक दोहो¥याएको थियो । त्यही बेला तत्कालिन राजा ज्ञानेन्द्रले म लगायत ४ सय जना बुद्धिजिवीलाई गोकर्ण रिसोर्टमा चियापानको लागि भन्दै निम्ता गरेका थिए । २०५९ सालमा ज्ञानेन्द्रले कु गर्नुभन्दा केही समय अघिको कुरा थियो यो ।
राजा ज्ञानेन्द्रको बहिनी मेरो प्यासेन्ट पनि हुनुहुन्थ्यो । त्यसैले मैले उहाँलाई भने“, मैले राजास“ग केही कुरा राख्न चाहेको छु, भनिबक्सिदिनुहोला ।’ त्यसको केहि समयपछि गोकर्ण रिसोर्टको भेटमा राजाले केही पर लगेर भन्नुभयो, ‘के छ तपाईको कुरा ?’ मैले तीन पानाको लिखित सन्देश दिएर भने, ‘एक पटक यो पढि बक्सियोस् ।’ लिखित २ पानाको सुझावमा राजाको गल्ती र त्यसलाई सुधार गर्ने केही उपाय लेखेको थिए“ भने एक पेज माओवादीले दिएको पत्र थियो ।
त्यतिबेला दल र जनतालाई राजा ज्ञानेन्द्रले महेन्द्रले जस्तै २०१७ सालमा कु गर्छ की भन्ने डर थियो भने राजालाई आफ्नो आफनो राज्यअनुसार शासन चलाउन सकिदैन की भन्ने आशंका । यी दुवै समस्यालाई समाधान गर्नुपर्छ भन्ने मेरो सुझाव थियो तर राजाले चार महिनापछि कु ग¥यो र कु गर्नुभन्दा अगाडि उनले पाँच दलसँग सल्लाह नै गरेनन् । मैले पहिले नै भनेको थिए“ की यस्तो गल्ती नगरिबक्स्योस् । त्यसपछि भेट भएन ।


भेट त त्यसअघि पनि कयौ पटक गर्न खोजेका थियौँ । हामी शान्ति र विकासको लागि नागरिक समाजले ढोकामै गई भेटको लागि विन्ती पत्र चढाएका थियौ“ । हामीले तेस्रो पटक सम्म ‘नोट टु द किङ’ भनेर पठाएका थिर्यौं । तर एक पटक पनि हामीलाई भेटिएन । त्यतिबेला माओवादी पनि गणतन्त्रको पक्षमा थिएन । ज्ञानेन्द्रकै नीजी स्थार्थ, अभिमान, घमण्ड र बेवकुफीको परिणाम गणतन्त्र आएको हो ।
त्यतिबेला पनि कांग्रेस राजतन्त्र फयाँक्नुपर्छ भन्ने पक्षमा पटक्कै थिएन र कांग्रेस वीपीकै सिद्धान्तमा अगाडि बढेको थियो । यता माओवादी पनि राजा फ्याँक्ने भनेर जनयुद्धमा गएको थिएन । उ पनि नमुना राजतन्त्रको पक्षमा नै थियो । तर जब राजाले कु ग¥यो, त्यसपछि दलहरु तर्सिए, माओवादी पनि परिवर्तन भयो । यसरी २०५९ देखि ०६२÷०६३ सालको जनआन्दोलन सम्म आइपुग्दा माओवादीले गणतन्त्रलाई मुख्य मुद्धा बनाइसकेको थियो ।

हामी शान्ति र विकासको लागि नागरिक समाजले ढोकामै गई भेटको लागि विन्ती पत्र चढाएका थियौ“ । हामीले तेस्रो पटक सम्म ‘नोट टु द किङ’ भनेर पठाएका थिर्यौं । तर एक पटक पनि हामीलाई भेटिएन । त्यतिबेला माओवादी पनि गणतन्त्रको पक्षमा थिएन । ज्ञानेन्द्रकै नीजी स्थार्थ, अभिमान, घमण्ड र बेवकुफीको परिणाम गणतन्त्र आएको हो ।

 

बालुवाटारमा प्रचण्ड सार्वजनिक हुँदा
खासमा सात राजनीतिक दलले माओवादीलाई उपयोग गर्न चाहन्थे । त्यतिबेला गिरिजा लगायतका नेता रत्नपार्कमा त बसेका थिए तर त्यसको खासै प्रभाव परेको भने थिएन । त्यतिबेला उनीहरु जनताबाट पनि तिरस्कृत थिए । माओवादी मात्र एउटा शक्ति थियो । जसलाई जनताले पनि साथ दिएका थिए । माओवादीले ज्यादती गरेको छ भन्ने कुरा त आउ“थ्यो तर राजाले पनि आर्मी , पुलिस मार्फत ज्यादती नै गरेका थिए । त्यतिबेला हामीले पनि भन्यौ“, ‘माओवादीले ज्यादती गरेको छ तर मुद्दा ठीक छन् ।’ हामीहरुले नै गिरिजाहरुलाई सहयोग गरेपछि मात्र जनसागर उर्लिन थाल्यो र देशमा परिवर्तन भयो । राजाको आफनै बेवकुफीले देशमा गणतन्त्र आयो । ज्ञानेन्द्रकै बहुलठ्ठी पनकै कारण राजतन्त्र पनि गयो ।
त्यतिबेला राजाले चुनाव गर्न खोजेका थिए तर दलहरुले माओवादी समक्ष चुनाव विथोलिदिन गुहार मागेका थिए । त्यतिबेला दलहरु नागरिक समाजभन्दा पनि कमजोर थिए । जतिबेला माओवादी र जनताहरु हातमा रुखको हांगा लिएर सडकमा उत्रिएका थिए । एमाले, कांग्रेसका नेताहरु भने घरमा टिभी हेरेर बसेका थिए । माओवादी र नागरिक सडकमा थिए । अहिलेका प्रधानमन्त्री लगायतको भनाई के थियो भने, ‘नेताले निर्देशन दिने हो, सडकमा आउने होइन ।’
बालुवाटारमा प्रचण्ड, बाबुराम लगायतका माओवादी नेता सार्वजनिक भए । प्रचण्डलाई मैले पहिलो भेटमा भनेको थिए“, ‘प्रचण्ड जी तपाईहरु बुलेटको गोलीजस्तै सोझो बुझनुहुन्छ, तर डेमोक्रेसीमा आएपछि राजनीतिक दलका बांगोटिंगो कुरा बुझनुहुन्न । तपाइहरुलाई यिनीहरुले खाल्डोमा हाल्न सक्छन् , सतर्क रहनुहोला । त्यतिबेला प्रचण्डको जवाफ थियो, ‘डा.साब हामी पनि खारिएर आएका छौ“ ।’ मैले पनि ठाने“, ‘हो, त्यसै त जनयुद्ध लडिदैन । ’ म उहाँको कुरामा सहमत पनि भए । तर सत्य त पछि देखि नै हालियो ।

प्रचण्डलाई मैले पहिलो भेटमा भनेको थिए“, ‘प्रचण्ड जी तपाईहरु बुलेटको गोलीजस्तै सोझो बुझनुहुन्छ, तर डेमोक्रेसीमा आएपछि राजनीतिक दलका बांगोटिंगो कुरा बुझनुहुन्न । तपाइहरुलाई यिनीहरुले खाल्डोमा हाल्न सक्छन् , सतर्क रहनुहोला । त्यतिबेला प्रचण्डको जवाफ थियो, ‘डा.साब हामी पनि खारिएर आएका छौ“ ।’

 

मुग्लिङको बाटो नै समृद्धि
हामी सबै लोकतन्त्रको अभ्यासमा छौँ । मुलकमा तीन तहको निर्वाचन सकियो र हामी संघीयतामा प्रवेश गरिसकेका छौँ । लोकतन्त्रको सबैभन्दा ठूलो उपलब्धी नै यही हो । आज हामी नागरिक स्वतन्त्र भएका छौँ । साँच्चीकै भन्ने हो भने पोलिटिकल्ली निकै एड्भान्स भएका छौं । तर सामाजिक तवरमा जनताले पाउने राहत, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारीमा भने हामी निकै पछि छौँ । यस्तो हुनुको एउटा कारण पार्टीभित्रको फुट पनि हो । त्यो फुट जनताको लागि भन्दा पनि नेताको नीजी स्वार्थका लागि भए । अनि सरकार बनाउने र गिराउने खेल हुँदा भ्रष्टाचार मौलाउँदै आयो । यसमा माफिया र विभिन्न खालका सिण्डीकेटको पनि भूमिका छ । अहिले पनि हामी सम्बृद्धिको कुरा गरिरहेका छौँ । अहिले हामीले धेरै टाढाको सपना नदेखेकै ठिक छ । यद्यपी यसलाई मनमा चाही राख्नुपर्छ । अहिले त मुग्लिङ, काठमाडौको बाटोहरु राम्रो गराउन जरुरी छ । गाउँ–गाउँमा गोरेटो बाटो पु¥याउने, महंगी नियन्त्रण, पेट्रोल ,डिजेल , ग्यास लगायतका अत्यावश्यक वस्तुहरु जनताले सुलभ रुपमा पाउनुपर्ने कुरालाई सबैभन्दा पहिलो प्राथमिकता दिएर अगाडि बढ्नुपर्छ । त्यसपछी मिड टर्मका कार्यहरुको योजना बनाऔँ । जहाज, रेल ल्याउने कुरालाई लङ टर्म कार्यक्रमको रुपमा राख्नुपर्छ । त्यसैले अहिलेको तत्कालको प्राथमिकता भनेको सडकको खाल्डाखुल्डी पुरियोस्, धुलोका कारण जनताले स्वास्थ्य बिर्गन नपरोस्, खाद्यान्नमा भएको मिसावटलाई पनि हटाइयोस्, शिक्षा प्रभावकारी बनोस्, अस्पतालहरुमा तुरुन्तै डाक्टर, औषधिहरुको व्यवस्था होस् । यही नै हो अहिलेको सम्बृद्धि । अनि भ्रष्टाचारीलाई कडा भन्दा कडा कारवाही होस्, द्धन्द्धकालको मुद्दालाई सहि ढंगले टुंग्याइयोस्, भूकम्पपीडितलाई छिटोभन्दा छिटो राहतको व्यवस्था होस् । यस्ता काम सरकारले तत्काल गर्नुपर्छ ।

प्रतिपक्ष कमजोर हुँदा
अहिले प्रतिपक्ष दल असाध्यै कमजोर अवस्थामा छ । कांग्रेस कमजोर भएमा लोकतन्त्र खतरामा जान्छ । एमाले र माओवादी अहिले एउटै दल बनेका छन् । हिजो जनयुद्ध देखि नै माओवादीको कट्टर विरोधी केपी ओली नै एमालेको अध्यक्ष हुँदा पार्टी एकिकरण भएको छ । तर यिनीहरुको मिलाप त्यति लामो समय टिक्दैन । किनकी नेतृत्वको मिलन भए पनि कार्यकर्ता पंक्तिमा फाटो देखिन्छ । सँगै बन्दुक बोकेर आएका बैद्य, विप्लवहरु त फुटे भने ५० वर्ष अघिदेखिका वाम शक्तिहरु आज हामी एक भयौ भनेर भन्नु कतिको सान्दर्भिक होला ? कम्युनिष्टहरुले अहिले पहिले शक्तिमा थिएनौँ र संसदीय व्यवस्थालाई स्वीकार ग¥यौँ, तर अव हामी आफनो ढंगले अगाडि जान्छौँ भन्न पनि सक्छन् । यस्तो अवस्थामा अधिनायकवाद आउँछ र त्यो पुरानो रसिया र चीनको तवरले आइदियो भने नेपाललाई खतरा हुन्छ । त्यसको लागि पनि कांग्रेस बलियो हुनु पर्छ । यसो हुँदा लोकतन्त्र नै खतरामा पर्न सक्छ । अर्को कुरा अहिले पनि म्यादी प्रधानमन्त्रीको कुरा आएको छ । यसले फेरि प्रचण्ड र ओली कसैलाई पनि आफ्नो कार्यक्रम अगाडी बढाउनमा सहयोग गर्दैन । केही समय पहिले त ओलीमा विश्वास थियो तर छोटो समयमै सशंकित हुने वातावरण तयार पारिसकेको छ यो सरकारले । सिन्डीकेट, शिक्षा लगायतका कुरामा निकै फितलो कार्य हुँदै गएको छ ।

सँगै बन्दुक बोकेर आएका बैद्य, विप्लवहरु त फुटे भने ५० वर्ष अघिदेखिका वाम शक्तिहरु आज हामी एक भयौ भनेर भन्नु कतिको सान्दर्भिक होला ?

तर प्रधानमन्त्री ओलीले पहिलेका कार्यक्रमलाई अगाडि बढाउनुपर्छ । त्यसका साथै उहाँले पहिले भारतसँगको सम्बन्ध जति विगार्नुभयो र अहिले फेरी त्यो आफनो बडकपन देखाएर सुधार्नुभएको छ, जुन राम्रो विषय हो । हामीसँग भारत नकरात्मक भएमा नेपालको विकास हुन गाह्रो छ भने चीनसंगको सम्बन्धलाई पनि उहाँले निरन्तरता दिनुपर्छ । तर बुझ्नुपर्ने कुरा के हो भने भारत र चीनलाई चलाइरहनुपर्ने कुनै आवश्यकता नै छैन ।

राजनीतिक विश्लेषक तथा नागरिक समाजका अगुवा डा. दिक्षितसँग दलित अनलाईन डटकमले गरेको कुराकानीमा आधारित ।


प्रकाशित | ३१ असार २०७५, आईतवार २१:४६

Leave a Reply

Your email address will not be published. Required fields are marked *

 

 

')