दलितलाई पानी खुवाउँदा, ६ वर्षदेखि गाउँ बाहिर

निमेन्द्र शाही

बाजुरा — बाजुराको हिमाली गाउँपालिका–२ नातिखोलाको एक परिवार ६ वर्षदेखि गाउँ निकालाको उत्पीडन सहन बाध्य छन । साबिकको रुगिन गाविसको कवाडी गाउँमा बस्दै आएका जयलाल बुढाको घरमा २०६९ सालमा एक जना दलितलाई पानी खाएको गाउँलेले देखेका थिए । अछूतलाई पानी खुवाएको भनेर बुढा परिवारलाई अछूत भन्दै व्यवहार गर्न थालेपछि उनले गाउँ छाडे ।
गाउँलेले अछूत भनेर खेदेपछि बाजुराको हिमाली गाउँपालिका–२ नातिखोलामा गएर बसेका जयबहादुर बुढा दम्पती ।

‘गाउँमा बस्न नपाए केही छैन, छोराहरूसँग पनि बस्न नपाउँदा मन पोल्छ,’ गाउँबाहिर बस्नुपर्दाको अमिलो मन सम्हाले पनि गहभरी आँसु पार्दै ६० वर्षीया जयलाल बुढाले भन्नुभयो, ‘मान्छेलाई पानी खुवाउनु पनि पाप हो ? त्यसो भए पुण्य के हो ?’ उहाँका तीन छोराबुहारीहरू उहाँभन्दा टाढा छन् । छोराबुहारीलाई पुरानो घरमा छाडेर गाउँबाहिर छन् । ‘जीवन डुब्न लागेको बेला आफन्तको सहारा चाहिन्थ्यो, यही समयमा छोराहरूसँग बस्दा उनीहरू पनि अछूतको आरोप खेप्न बाध्य हुन्छन् कि भन्ने पीर लाग्छ, उनीहरू पनि यहाँ आउँदैनन,’ उहाँले भन्नुभयो ।
सदरमुकामदेखि तीन दिनको पैदल दूरीमा रहेको उक्त गाउँपालिकामा यस्ता विषयको निर्णय ठालू (मुखिया) ले लिन्छन् । अहिले यस्ता समस्या वडा कार्यालय र गाउँपालिकामा पुग्छन् ।

जिल्लामा केही वर्षअघिसम्म दलितको हातको पानी खायो वा दलित केटीसँग विवाह ग¥यो भने उसलाई डुमियो (अछूत) भन्ने आरोप लगाएर गाउँ निकाला गर्ने चलनको सिकार हुनुभएको थियो, बुढा । उहाँले पुख्र्यौली बस्ती छोडे । यसरी बस्ती छाड्ने र जात नै परिवर्तन गर्नेहरू गाउँमा मनग्गे छन् ।
‘मेरी घरवालीले कवाडीमा बस्दा दलितको हातको पानी खाएको र हामी बस्ने घरको भुइँको तलामा दलित आएको र पानी खाएको देखेपछि गाउँले त्यो दलित केटासँग सल्केको आरोप लगाएर गाउँ छोड या स्वास्नी छोड भने तर मैले गाउँ छोडे,’ उहाँले भन्नुभयो ।
उहाँलाई ‘डुम’ भन्दै गाउँमा एक्ल्याए, कुटपिट गरे, धारा, कुला, घट्ट, कुनै पनि ठाउँमा जान नदिएपछि खोलाको किनारामा आएर बस्नुभएको छ ।
नेपालको संविधान २०७२ को धारा २४ ले कसैलाई पनि छुवाछूत तथा जातीय विभेद गर्न नपाइने व्यवस्था छ । तर, बुढा परिवार अझ पनि गाउँ गएर परिवारसँग दुःखसुख साट्ने आँट गर्न सकेका छैनन् । गाउँलेले उहाँका छोरा बुहारीलाई समेत सँगै बस्न नदिएपछि माइलो छोरो भागेर भारत गएका छन् । उहाँ अहीलेसम्म पनि घर आएका आउनुभएको छैन । गाउँलेले पानी भर्न गएका बेला गाग्री तानेर फुटाउँदै यिनीहरूलाई कुनै काममा सहभागी गराउनुहुँदैन भनेको उहाँकी पत्नी रीमकला बुढाले बताउनुभयो । बुढाको परिवारलाई भेट्न गएका गाउँपालिका अध्यक्ष गोबिन्दबहादुर मल्लले दम्पतीलाई गाउँमा पुनःस्थापित गर्ने आश्वासन दिनुभयो ।


प्रकाशित | ३१ असार २०७५, आईतवार ०९:४३

One response to “दलितलाई पानी खुवाउँदा, ६ वर्षदेखि गाउँ बाहिर”

  1. निरप परियार says:

    यो देसको कानुनले दलित गरिब र दिन दुखिहरुको सामाजिक आर्थिक राजनैतिक जातीय समस्यालाई सम्बोधन गर्न सकेको छैन l २०७२ को धारा २४ ले कसैलाई पनि छुवाछूत तथा जातीय विभेद गर्न नपाइने व्यवस्था छ तर पनि यस्ता अमानवीय हिंशात्मक घटना परि घटना घटी रहेका छन् l कानुन किन्न सक्ने मान्छे मात्र यो देश जिएका छन l
    यो देह धर्म निरपेक्षत बन्न सक्ने नेताहरु ले यसको वकालत गर्ने सक्ने तर यस्ता घटना हरु निन्दा नगर्ने किन कि यस्ता काममा नेताका झोले खोले अनि सन्ड मुसंडहरु नै बढी मात्रमा संलग्न हुन्छन l पीडित हरु पनि एकीकृत भै यस्ता कानुन बिरोधि क्रियाकलापको खुलेर बिरोढ गर्ने आवश्यक देखिएको छ lदलित उत्पिडीत तथा गरिबका नेता भनाउदाहरु ति उत्पिदिडको नाममा संस्था खोलि राज्यको तथा बिदेशी रकम मा रमाउन व्यस्त छन् l

Leave a Reply

Your email address will not be published. Required fields are marked *

 

 

')