दलित महिला सदस्य पदमा १७० जनाको उम्मेदवारी परेन

दलित अनलाईन १९ बैशाख २०७९, सोमबार १७:२४

काठमाडौं —निर्वाचन आयोगले देशभर विभिन्न पदमा ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचितभएको जानकारी दिएको छ । सोमबारको पत्रकार सम्मेलनमा निर्वाचन आयोगले सो जानकारी दिएको हो ।

यस्तै ७५३ स्थानीयतहमध्ये ६ हजार ७४३ दलित महिला सदस्यको उम्मेदवारी परेको र विभिन्न स्थानीय तहमा १७० वटा महिला सदस्य पदमा मनोनयन दर्ता नभएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

स्थानीय तहका हरेक वडामा दुई  जना महिलामध्ये एक जना दलित महिला अनिवार्य हुनुपर्ने प्रावधान रहेको छ ।  स्थानीय तह निर्वाचन २०७४ मा १७९ वटा वडामा दलित महिलाको कोटा खाली रहेको थियो ।  त्यस्तै स्थानीय तह निर्वाचनमा ३५३ जना दलित महिला निर्विरोध निर्वाचित भएका छन् । त्यसमा एकल उम्मेदवार परेपछि उहाँहरु निर्विरोध निर्वाचित भएका आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank