आज ५६ औं अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवस मनाइदै

दलित अनलाईन ८ चैत्र २०७७, आईतवार १०:३२

काठमाडौं — आज विश्वभर विभिन्न कार्यक्रम गरी ५६ औं अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवस मनाइदै छ।
दक्षिण अफ्रिकामा गोरा शासकहरुले जातिभेद तथा रङ्गभेद नीतिलाई बढवा दिन जारी कानुनका विरुद्ध सडकमा उत्रिएका काला जातिलाई सरकारले हत्या गरेको दिनको सम्झनामा यो दिवस मनाइने गरिन्छ।

यो वर्षको नारा ‘जातीय हिंसा र छुवाछूत विरुद्ध हामी’ तय गरिएको छ। नेपालमा पनि विभिन्न कार्यक्रम गरी दिवास मनाइदै छ।
सन् १९६० को दशकमा ल्याटिन अमेरिकी मुलुुकमा समाजवादी र जनवादी लहर चल्यो। सोही समयमा अफ्रिकी मुलुकहरू दक्षिण अफ्रिका, नामिबिया जस्ता औपनिवेशिक मुलुकहरूमा औपनिवेशिक गोरा शासकहरूद्वारा लादिएको उपनिवेशवाद, जातिभेद तथा रङ विरोधी जनसङ्घर्ष चर्किदै थियो। दक्षिण अफ्रिकामा राज्यको वागडोर लिएका गोरा शासकहरूले जातिभेद तथा रङ्गभेद नीतिलाई बढवा दिन जारी कानुनका विरुद्धमा काला जनता सडक सङ्घर्षमा थिए ।
सन् १९६० मार्च २१ का दिन दक्षिण अफ्रिकाको सार्पभिल्ले भन्ने स्थानमा भएको शान्तिपूर्ण प्रदर्शनमा सरकारको दमनबाट ६९ जना काला प्रदर्शनकारीको सरकारले हत्या ग¥यो। गोरा शासकको व्रmुरतापूर्ण दमनको विश्वका न्यायप्रेमी मानव समुदायले घोर भत्र्सना गरे। संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९६६ मा एक प्रस्ताव २१४२ पारित गरी २१ मार्चलाई ‘अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस’का रुपमा मनाउन अन्तर्राष्ट्रिय जगतलाई आह्वान गर्याे।
सन् १९६७ देखि संसारभरि प्रत्येक वर्ष २१ मार्चलाई अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसका रुपमा मनाउन थालिएको हो।
नेपालमा यो दिवस सन् २००१ (वि.सं.२०५७) बाट मनाउन थालिएको हो। नेपालको संविधानमा जातका आधरमा कसैमाथि विभेद गर्न नहुने उल्लेख भएपनि विभेद कायमै छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank